20081206

हिजो र आजका ताजा समाचार भिडियोमा



मन्त्रीले सरकार विदेशीको इसारामा चलिरहेको बताए

लमजुङ, माओवादीका एक मन्त्रीले सरकार विदेशीको इसारामा चलिरहेको बताएका छन् । 'सरकार नाममात्रैको छ, अधिकारविहीन छ,' कानुनमन्त्री देवप्रसाद गुरुङले शुक्रबार तमु राष्ट्रिय मुक्ति मोर्चाको जिल्ला सम्मेलन उद्घाटन गर्दै भने, 'कुनै निर्णय गर्न सक्ने अवस्थामा छैन । विदेशी साम्राज्यवादी शक्तिका कारण अधिकारविहीन बनेको छ ।' स-साना निर्णयमा पनि विदेशीको हात रहेको जनाउँदै उनले भने, 'विदेशीकै इसारामा सरकार नाच्दै आएको छ । संविधान बनाउनेदेखि ऐननियम संशोधन र सन्धि/सम्झौता सबै उनीहरूकै इसारामा हुने गरेका छन् । विदेशी इसाराबिना केही हँुदैन ।'


राजा ज्ञानेन्द्र किन 'पर्ूव' बने ?
-अनिल पाण्डे


समय कति बलवान हुन्छ, एकैछिन गम्भीर बन्ने हो भने सबैले महसुस गर्छन् ।
हामी सबै समयको अधीनमा छौं । यसले चाहँदा हाम्रो जन्म, उत्थान, प्रगति, समृद्धि र प्रगति मात्र होइन पतन वा मृत्यु पनि हुनसक्छ ।
नेपालको सर्न्दर्भमा राजादेखि रङ्कसम्म सबै समयको भयानक चपेटामा परिसकेका छन् । तर, उनीहरु आजसम्म चेतिरहेका छैनन् । समयलाई बुझेर परिवर्तन हुने शक्तिहरु रबरझैं तन्किएर बाँचिरहेका हुन्छन् भने समय नबुझ्नेहरु एक पछि अर्को गर्दै लठ्ठी भाँचिएझैं भाँचिन्छन् वा पतनको मार्गतिर लाग्छन् ।
पर्ूवराजा ज्ञानेन्द्र किन 'पर्ूव' बने भन्ने तथ्य खोज्ने हो भने समयको पहिचान गर्न नसक्नु मुख्य कारण देखापर्दछ । उनले दाजुबाट विरासतमा पाएको राजसिंहासनप्रति सुरुमा जनताको खासै अस्वाभाविक प्रतिक्रिया थिएन । उनले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई हटाएर नयाँ सरकार गठन गर्दा पनि जनता 'स्वार्थी नेतालाई ठिक्क पर्‍यो' भनिरहेका थिए । नेताहरुले जनचाहनाअनुसार काम गर्न नसकेको अवस्थामा राजाले चुपलागेर नबस्ने जुन नीति अख्तियार गरे त्यसप्रति जनता सकारात्मक नै थिए । मुलुकमा अब केही सकारात्मक परिवर्तन हुन्छ कि भन्ने आश जनतालाई थियो । तर, समयले प्रदान गरेको यो अबसर राजा ज्ञानेन्द्रले पर्ूण्ातः गुमाए । समय कति बलवान हुन्छ, एकैछिन गम्भीर बन्ने हो भने सबैले महसुस गर्छन
ज्ञानेन्द्रले दूरदर्शी बनेर 'ब्यापारी राजा' होइन 'साधु राजा' बन्न सकेको भए आज को अवस्थ्ाा आउने थिएन । आज उनले सबैथोक गुमाएका छन् । सिंहासन र नारायणहिंटी मात्र होइन, आफ्नै छोरा पारसको सामीप्य पनि गुमेको छ । हिजो समयले साधु बन्न आमन्त्रण गरिरहेका बेला उनले त्यसको माग बुझेनन् समयले जोगी बनाउँदै छ । विवश बाबुसँग झगडा गरेर एक्लो छोरो पारस कहिले विदेशतिर बरालिन्छन् त कहिले काठमाडौंमै पाहुना लागेर बस्छन् । विदेशमा सिंङ्गापुर उनको प्यारो ठाउँ बनेको छ भने काठमाडौंमा बहिनी प्रेरणा तथा राजबहादुरको घर उनको आश्रय स्थल बनेको जानकारीमा आएको छ । तर बाबुआमासंग बस्दा उनी अपमानित महसुस गरिरहेका छन् । ज्ञानेन्द्र परिवारको यो कस्तो विडम्बना ।
सुनिन्छ, पारस शाह तत्काल गद्दी छोड्ने मनस्थितिमा थिएनन् । सेना, राजनीतिक र्समर्थक र पुख्र्यौली विशाल सम्पत्तिको उपयोग गर्दै सिंहासन जोगाउनु पथ्र्यो भन्ने सोच उनको रहेको थियो । तर ज्ञानेन्द्रले सजिलै संसद् पुनर्स्थापना गरिदिए । क्रमशः शक्ति छोड्दै अन्ततः एउटा सामान्य पत्रकार सम्मेलन गरेर उनी नारायणहिटीबाट नागार्जुनतिर लागे । पारसको विश्लेषणमा ठिक तरिकाले परिचालन गरेको भए सत्ता जोगिन सक्थ्यो ।
पारस शाहभन्दा बाबु ज्ञानेन्द्र शाहको दृष्टिकोण दूरकालको छ भन्ने कुरामा शंका छैन । अध्ययन र अभ्यासले ज्ञानेन्द्रलाई निकै खारेको छ । सात सालको परिवर्तन अगि नै सिंहासनमा बसिसकेका र बाबु र दाजु महेन्द्र र बीरेन्द्रको कार्यकालमा शाही शक्तिको स्वाद पाइसकेका उनले जीवनमा ऐतिहासिक स्तरको अनुभव सँगालेका छन् । उनको जीवनमा अवसर र चुनौतीको ओइरो लागेको थियो । भाग्यले उनलाई कहिले राजा बनायो भने कहिले रङ्क हुन विवश गरायो । आज रङ्क बनेर पनि उनी भबिष्यबाट पर्ूण्ातः निरास भने भैसकेका छैनन् भन्ने अनुमान उनका निकटबर्ती सूत्रहरुबाट जानकारीमा आएको छ । खासगरी उनी छिमेकी भारतको संसदीय निर्वाचनको प्रतीक्षामा छन् । आज संसदीय संरचनाकै आधारमा भारतमा कांग्रेस आईले शासन गरिरहेको छ भने भोलि जनतापार्टर्ीीाउन सक्छ भन्ने उनलाई लागेको छ । भारतमा जनता पार्टर्ीीैदिएको भए आफूलाई सघाउने थियो भन्ने विश्वास उनमा छ । जनता पार्टर्ीी केही नेताहरु नेपालको परिवर्तनको संघारमा काठमाडौं आएर राजाको पक्षमा वकालत गरेको पनि कसैले बिर्सर्ेे छैनन् । आज पनि अटलबिहारी बाजपेयी र लालकृष्ण आडबाणीजस्ता त्यस पार्टर्ीी शर्ीष्ा नेताहरु नेपालमा कुनै पनि स्वरुपको राजतन्त्र कायम रहेको हर्ेन चाहन्छन् । उनीहरुले विभिन्न समय र सर्न्दर्भमा दिएको अभिव्यक्तिमा नेपालको राजतन्त्र यहाँको मौलिक धरोहर भएको र मुलुकको पहिचानका रुपमा कायम राख्नुपर्ने तर्क पाइन्छ ।
पर्ूव राजा ज्ञानेन्द्रको आशाअनुसार छिमेकी भारतमा जनता पार्टर्ीीाउला वा नआउला, आए पनि नेपालमा राजतन्त्र पुनःस्थापना गर्ने वातावरण बन्ला वा नबन्ला र नेपाली जनता कुनै पनि प्रकारको राजतन्त्र राख्न तयार होलान् वा नहोलान् यो आफ्नो ठाउँमा छ, तर स्वप्नद्रष्टा हुनु प्रगतिको परिचायक हो ।
परिवर्तन र विकासका लागि सपना देख्नु अनिवार्य छ । तर त्यस्तो सपना समय सापेक्ष हुनु पर्छ । समयले नदिएको भाग खोजेर पाइँदैन । पारसलाई समयले सिंहासन नदिएकै हो र भोलि परिस्थिति कस्तो बन्छ आजै केही भन्न सकिन्न । यद्यपि केसम्म भन्नर्ैपर्छ भने, हिजो जसले समयको माग बुझेन भोलि पनि बुझ्ला भन्न सकिन्न । नेपालमा राजादेखि नेताहरुसम्म कसैले पनि समयको माग बुझ्न सकिरहेका छैनन् । अमेरिकाको क्यालिफोर्नियाजस्तो नेपालीको ठूलो संख्या रहेको क्षेत्रमा एउटा कन्सुलर कार्यालय खोल्नेजस्तो सामान्य समयको मागलाई त सत्ताधारी नेताहरु पन्छाइ रहन्छन् भने उनीहरुबाट ठूलो अपेक्षा के गर्ने ?


सय दिनमा सय भन्दा वढी निर्दोष नेपालीले ज्यान गुमाउनु परेको आरोप
वर्तमान सरकारको सय दिनको कार्यशैली प्रति व्यापक आलोचना


शुक्रबार कैलालीको धनगढीमा जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्न पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टर्ीीेपालका केन्द्रीय अध्यक्ष कमल थापाले सरकारको कडा आलोचना गरेका छन् । सरकारको सय दिनमा सय भन्दा वढी निर्दोष नेपालीले ज्यान गुमाउनु परेको आरोप थापाले लगाए । वर्तमान सरकारको आलोचनालाई श्रृङ्खलावद्ध तरिकाबाट उल्लेख गर्दै अध्यक्ष थापाले पहिलो गल्ती २० लाख विदेशीलाई मधेशमा नेपाली नागरिकता वितरण गरेको, दोस्रो विश्वको एकमात्र हिन्दू राष्ट्र नेपाललाई निरपेक्षता गरी सखाप पारेको, तेस्रो राजसंस्थालाई हटाएको, चौथो २ सय ४० वर्षो नेपाली सेनाको पहिचानलाई फुटाउने काम गरेको, पाँचौ मेची महाकालीसम्मको तर्राईलाई एक मधेश बनाउने दुस्प्रयास गरेको, छैठौ नेपाललाई टुक्र्याउने षड्यन्त्र गरेको लगायतका कामको थापाले व्यापक आलोचना गरेका थिए ।
करिब एक घण्टा भाषण गरेका थापा आधा घण्टा जति नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको विगतमा गरेका गल्ती र प्रसंशनीय काम कोट्याउनमै विताए । प्रजातन्त्र खतरामा परेकै कारण गिरिजा सडकमा उत्रेका छन्, राष्ट्रियता खतरामा परेकै कारण आफू सडकमा उत्रेको कुरा उल्लेख गर्दै अध्यक्ष थापा गिरिजाप्रसाद कोइराला आफूलाई ठूलो खेलाडी मानेर नानाथरी सहमतिको बुँदामा फसी आफ्नै कर्ुर्सर्ीीुमाएको बताए । नेकपा -माओवादी) का लागि खनेको खाडलमा गिरिजा आफै परेकोले बालुवाटार छोड्नु परेको बताए ।
'नेपाली कांग्रेस आफ्नो पार्टर्ीीे मापदण्ड र वैचारिक धरातललाई छोडेकै कारण आज समस्यामा परेको' उनले बताए । बीपी कोइराला मर्ने बेला अन्तिम समयमा अस्पतालको बेडबाटै 'नेपालमा राजा विना देश स्वतन्त्र नरहने' शब्द उल्लेख गरेको स्मरण गर्दै आज नेपाली कांग्रेस विपीको इच्छा विरुद्ध राजतन्त्रको खिलापमा लागेकै कारण सत्ताबाट हात धुनु परेको दावी उनको थियो । गिरिजाप्रसाद कोइराला धतुरो लगाएर आँपको फल खोजेको प्रसंग जोड्दै नेता थापाले कोइराला अझै आफ्नो धारमा स्पष्ट नरहेको बताए । संसदीय व्यवस्थाको बारेमा चर्चा गर्दै उनले माओवादी अध्यक्ष प्रचण्ड खुलमखुल्ला संसदीय व्यवस्थालाई ध्वस्त पारी जनवादी गणतन्त्र ल्याउने घोषणा गरेका थिए तर गिरिजाप्रसाद अँध्यारो कोठामा संसदीय व्यवस्थाको खिलापमा हस्ताक्षर गरेर पनि फेरि संसदीय व्यवस्थाकै लागि सडकमा आउनु उचित नरहेको बताए ।
प्रजातन्त्र र राष्ट्रियता दुवै गम्भीर खतरामा परेको बेला पनि जिम्मेवार राजनीतिक दलका नेता रत्तिभर पनि सचेत नभएकोप्रति थापाले आर्श्चर्य व्यक्त गरे । प्रजातन्त्र र राष्ट्रियता सखाप पार्नका लागि आन्तरिक रुपमा ग्राण्डडिजाईन बनाइएको छ, तर त्यस्को रिमोट विदेशीको हातमा रहेको ठोकुवा उनले गरे । राष्ट्रियताका लागि आप\mनो पार्टर्ीीान्दोलनमा उत्रने बताउँदै राप्रपा नेपालका नेता थापा राष्ट्रको अस्तित्व बचाउनका लागि सबै राजनीतिक दल एक ढिक्का हुनुपर्नेमा जोड दिए । परपम्रागत शक्ति र प्रजातान्त्रिक शक्ति बीच एकता नभएसम्म राष्ट्रलाई बचाउन नसकिने उनले बताए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक