

"सरकार आधा न्यायाधीशलाई फाल्ने रणनीतिमा" : प्रतिकारमा उत्रने चेतावनी

सर्वोच्च अदालतका न्यायाधीश रामप्रसाद श्रेष्ठले सरकार आधा न्यायाधीशलाई फाल्ने रणनीतिमा लागेको बताएका छन् । सरकार, दल, विभिन्न समूहहरूबाट अहिले स्वतन्त्र न्यायापालिकामाथि हस्तक्षेप हुन थालेको जिकिर गर्दै न्यायाधीश र कानुन व्यवसायीले हस्तक्षेप भइरहे प्रतिकारमा उत्रने चेतावनीसमेत दिएका छन् ।
'कुन न्यायाधीश, वकिलले इमानदार भई काम गरेका छन्, कति भ्रष्ट छन्, समयअनुसार चल्न सकेका छैनन् भन्दै सरकारले अनुसन्धान र लेखाजोखा गरिरहेको छ,' विराटनगरमा शुक्रबा आयोजित 'न्यायक्षेत्र समन्वय समितिको प्रभावकारिता' विषय अन्तक्रिर्यामा न्यायाधीश श्रेष्ठले भने, 'अब यो लेखाजोखाले ५० प्रतिशत न्यायाधीश स्वाहा हुनेछन् ।'
समय र परिस्थिति बुझेर प्रभावकारी काम गर्न नसकेको तथा भ्रष्टचारीको नाम दिई न्यायाधीशलाई स्वाहा पार्ने गृहकार्य थालेकोबारे आफूले पछिल्लोपटक कानुनमन्त्री र माओवादीका अर्का एक नेताबाट थाहा पाएको न्यायक्षेत्र समन्वय समितिका केन्द्रीय संयोजकसमेत रहेका उनले जनाए ।

'मन्त्रीज्यू यति राम्रो महान्यायाधिवक्ता कसरी ल्याउन सफल हुनुभयो भनी मैले सोधेको थिएँ' कानुनमन्त्रीको भनाइ उद्धृत गर्दै श्रेष्ठले भने, 'धेरै अनुसन्धान गरियो, सबै कुरा राम्रो भएको पाएपछि ल्याइयो । अब हामी न्यायाधीश, सरकारी वकिल, अनुसन्धानको प्रहरी कसले राम्रो नराम्रो गरेको छ त्यसबारे अनुसन्धान गरिरहेका छौं ।'
आफूले माओवादीका एक नेतालाई समेत सोधेको उल्लेख गर्दै श्रेष्ठले ती नेताले समेत न्यायालयमा न्यायाधीशमाथि अनुसन्धान सुरु भएको र सोही अनुरूप मूल्यांकन हुने आफूसँग बताएका उनले खुलाए । समयअनुसार चल्दै राम्रो न्याय सम्पादन गर्न सकेनौ भने न्यायाधीशहरू स्वाहा हुने जानकारी दिँदै उनले राम्रो काम गर्न सहभागी न्यायाधीश र सरकारी वकिलहरूलाई आग्रहसमेत गरे । भ्रष्टको नाम दिई दल, मिडियाले समेत अहिले असहयोग गरेको उनको आरोप छ ।
कर्मचारीलाई बाँकी नराख्ने माओवादी धम्की
माओवादी जिल्ला इन्चार्ज राजन दाहालले परिस्थितिअनुसार कर्मचारी नबदलिए कुनै कर्मचारीलाई बाँकी नराख्ने धम्की दिएका छन् । नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन रामेछापको जिल्ला अधिवेशनको शनिबार उद्घाटन कार्यक्रमका विशेष अतिथि दाहालले भने- 'अब पनि असहयोग गरिरहने हो भने साना कर्मचारी मात्र हैन ठूला पनि रहँदैनन् ।'
उनले माओवादीको अहिले सत्ता नभएर सरकार मात्र रहेको बताए । उनले भने, 'सत्तामा सेना, पुलिस, अदालत र कर्मचारी एकै ठाउँमा आउनुपर्छ । अहिले त्यसो नभइसकेकाले आन्दोलन जारी राख्नुपरेको हो ।'
माओवादीको लेपनमा बसेर बेइमानी गर्ने कर्मचारीलाई नछोड्ने चेतावनी उनले दिए । 'जनतामा समर्पण गरेर काम नगर्ने हो भने कसैलाई छुट हुनेछैन,' उनले भने, 'हामीलाई हाम्रा मानिस चाहिएको छैन, राम्रा मान्छे चाहिएको छ ।'
कार्यक्रममा नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनका केन्द्रीय कोषाध्यक्ष रामबहादुर रावलले कर्मचारीले राजनीति गर्न पाउनुपर्ने बताए । प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै रावलले भने, 'कर्मचारीले पनि आफ्ना लागि राम्रो नीति बनाउनका लागि राजनीति गनर्ुपर्छ ।' उनले कर्मचारी मिलन केन्द्रहरूले सामन्तवादको अवशेषलाई टेवा दिइरहेको आरोप लगाए ।
असन्तुष्टि र अविश्वासका कारण फोरम विभाजनको संघारमा

काठमाडौं। मधेसी जनअधिकार फोरमका बरिष्ठ नेताहरूले पछिल्लो समयमा दिइएको अभिव्यक्तिका कारण फोरम फुटको संघारमा पुगेको संकेत देखिएको छ। बरिष्ठ नेताहरूले सार्वजनिक गरेका ती अभिव्यक्तिहरूलाई केही राजनीतिक विश्लेषकहरूले आसन्न पार्टी महाधिवेशनको कसरत भनेर व्याख्या विश्लेषण गरे तापनि यथार्थ भने नेतारुबीच बढ्दै गएको आपसी असन्तुष्टि र अविश्वासका कारण पार्टी फुटनजिक पुगेको एक केन्द्रीय नेताले बताए।

एक साताअगाडि मधेसी जनअधिकार फोरमका संसदीय दलका नेता एवम् भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छेदारले विराटनगरको एक कार्यक्रममा 'एक मधेस एक प्रदेश' सम्भव नभएको सार्वजनिक अभिव्यक्ति व्यक्त गरेपछि लामो समयदेखि भुसको आगोको रूपमा बल्दै आएको फोरमभित्र नेताहरूबीचको विवाद सार्वजनिक भएको हो। सो कार्यक्रममा गच्छेदारले मधेसवादी दलले एक मधेस एक प्रदेशको नारा छाडिसकेको समेत बताएका थिए। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सरकारबीच गत फागुन १६ मा भएको आठबुँदे सम्झौताबाटै एक मधेेस राजनीतिक रूपमा छाडिएको हो भन्दै गच्छेदारले 'राजनीतिक रूपमा एक मधेस एक प्रदेशको मुद्दा उठाउनु स्वाभाविक हो। तर, व्यावहारिक रूपमा यो सम्भव छैन', भनेका थिए।
गच्छेदारले एक मधेस एक प्रदेश फोरमले छाडिसकेको अभिव्यक्ति गत साता सार्वजनिक भएपछि गच्छेदार र संस्थापन पक्ष उपेन्द्र यादव निकटस्थ नेताहरूबीच आपसी आरोपप्रत्यारोपको जुहारी नै चलेको छ।

तीनको ज्यान गयो, १९ जना र्घाईते
अर्घर्ााँचीको नुवाकोटमा जीप दर्ुघटना हुँदा ३ जनाको ज्यान गएको छ । अरु १९ जना र्घाईते भएका छन् । असुरकोटबाट सदरमुकाम सन्धिखर्कका लागि छुटेको लु १ ज ११८४ नबंरको जीप नुवाकोट गाविसको वडानंबर ३ हटिया नजिकै सवा १२ बजेतिर पल्टेको प्रहरीले जनाएको छ । दर्ुघटनामा अर्घर्ााँची खिल्जीका ३५ वषर्ीय भुवन गैरे, प्यूठानकी २२ वषर्ीया सरिता श्रेष्ठ र सनाखत हुन नसकेका एक बालकको ज्यान गएको छ । र्घाईते मध्ये १४ जनाको जिल्ला अस्पतालमा उपचार भैरहेको र ५ जनालाई उपचारका लागि भैरहवा लैजाँदै गरिएको सहकर्मी प्रेमनारायण आचार्यले जनाएका छन् । अप्ठेरो बाटो, बढी यात्रु र तीब्र गतिका कारण जीप पल्टिएको प्रहरीले जनाएको छ । जीप सडकभन्दा १ सय मीटर तल खसेको छ । सदरमुकामबाट जिल्लाका विभिन्न भागका लागि छुट्ने जीपमा ३५-४० जनासम्म यात्रु चढाउने गरिएको छ ।
५० जनाको माओवादी जत्थाले हिमाल मिडियामा फेरि आक्रमण
स्वतन्त्र प्रेसमाथि श्रृंखलाबद्ध हमलाको क्रममा हिमालमिडियामा ६ पुषमा फेरि आक्रमण भएको छ । माओवादीसम्बद्ध अखिल नेपाल होटल तथा रेष्टुराँ मजदुर संघका अध्यक्ष रमेशबाबु पन्तको नेतृत्वमा दिउँसो १२ बजे आएको करिब ५० जनाको जत्थाले हिमाल मिडियाको व्यवस्थापन बैठक भइरहेको ललितपुर, हात्तिवनस्थित कार्यालयको मिटिङ हलमा प्रवेश गरेर यो आक्रमण गरेको हो ।माओवादी सञ्चार तथा छापाखाना मजदूर युनियनका ललितपुर प्रमुख रमेश केसीले बैठकस्थलमा रहेका हिमालमिडियाका प्रमुख कार्यकारी निर्देशक आशुतोष तिवारीलाई चिनाउनासाथ उक्त जत्थाले तिवारीमाथि अन्धाधुन्ध आक्रमण गरेको थियो । त्यसबीच, उक्त जत्थाले नेपाली टाइम्स साप्ताहिकका सम्पादक कुन्द दीक्षित, हिमाल खबरपत्रिकाका कार्यकारी सम्पादक किरण नेपाल, वरिष्ठ सम्वाददाता डम्बरकृष्ण श्रेष्ठ, शम्भु गुरागाईं, विन्दिरा शाक्य, सुरेन्द्र शर्मा, सुभाषकुमार दास, कर्म लामा, वीरबहादुर तामाङ्गसहित १२ जनाभन्दा बढी पत्रकार तथा कर्मचारीहरुमाथि अन्धाधुन्द आक्रमण गर्यो । आक्रमणकारी जत्थाले हिमालमिडियाको कार्यालयमा पनि तोडफोड गर्यो । आक्रमणकारी जत्थाको तोडफोडबाट मिडिङ हलको झ्यालको सिसा, टेबल, अन्य कोठाका झ्यालका सिसा फुटेका छन् । आक्रमणकारी जत्थाले हिमाल मिडिया कार्यलयमा करिब १५ मिनेट ताण्डब मच्चाएको थियो । हिमालखबर पत्रिका को १-१५ पुष अंकमा माओवादीसम्बद्ध मजदुर संगठनका उद्योग व्यवसाय क्षेत्रमाथि भएका यस्तै अराजक क्रियाकलापबारे 'मजदुर नाम बदनाम' शीर्षकमा आवरण रिपोर्ट र विश्लेषण छापिनुलाई हिमाल मिडियामाथि आज भएको आक्रमणको कारण रहेको हिमाल मिडियाको निश्कर्ष छ । आक्रमणको क्रममा त्यो हिश्रक जत्थाका केहीले 'हाम्रोबारे समाचार लेख्ने ?' भन्नुले यो हिमाल मिडियालाई यस्तो निश्कर्ष निकाल्न सहयोग पुर्याएको हो ।
यसको केही समयअघि पनि माओवादी कार्यकर्ताहरुले हिमालमा छापिएका सामग्रीलाई लिएर हिमालमिडियाको वितरण कार्यालयमा तोडफोड गर्नुका साथै पत्रिकाका प्रति जलाएका र कर्मचारीको ज्यान लिने धम्की दिएका थिए ।
हिमाल मिडियामाथि भएको आक्रमणको राजनीतिक दलहरुले निन्दा गरेका छन् । आक्रमणको भएको केही घण्टापछि नै सभासद नविन्द्रराज जोशीको नेतृत्वमा नेपाली कांग्रेस सभासदको प्रतिनिधि मण्डल हात्तिवनस्थित हिमाल मिडिया कार्यलय आएर हिमाल मिडियाले अघि बढाएको साहासिक पत्रकारिताप्रति एकवद्धता जनाएको थियो भने एमाले स्थायी समिति सदस्यहरु केपी ओली, अमृतकुमार बोहोरा, इश्वर पोखरेल र केन्द्रीय सदस्य रघु पन्त हिमाल मिडिया कार्यलयमा आएर माओवादीको फासीवादी प्रवृतिको बिरोध गरेका थिए । त्यसको केही बेरपछि एमालेका पूर्व महासचिव माधवकुमार नेपाल पनि हिमाल मिडिया कार्यलय आएका थिए । उनले हिमाल मिडियालाई जनता सूचित गर्ने आफ्नो कर्तव्यमा अविचलित भएर अघि बढ्न तथा त्यसक्रममा आइपर्ने यस्ता वाधा पन्छाउन आफ्नो पार्टी हिमालको साथ रहने आश्वासन दिएका थिए ।
आक्रमणपछि राष्ट्रिय मानवअधिकार आयोग, नेपाल पत्रकार महासंघ, बिभिन्न मानव अधिकारवादी संस्थाहरुका टोलीहरु हिमाल मिडिया कार्यलय आइपुगेका थिए । आक्रमण तथा आक्रमणबाट भएको क्षतिको समाचार संकलन गर्न ठूलो संख्यामा संचारकर्मीहरु दिनभरी हिमाल मिडियाको कार्यलयमा आइपुगेका थिए ।
हिमाल मिडियामाथि भएको आक्रमणको आज ब्यवस्थापिका संसद बैठकमा सभासदहरुले बिरोध गरेका छन् । एमाले सभासद प्रदीप ज्ञवाली, तराई मधेस लोकतान्त्रिक पार्टीका सभासद हृदयेश त्रिपाठी र राष्ट्रिय प्रजातन्त्र पार्टीकी सभासद प्रतिभा राणाले हिमाल मिडियामाथि भएको आक्रमणको बिरोध गरे भने माओवादी सभासद सालिकराम जमकट्टेलले चाहिँ वार्ता गर्न हिमाल मिडिया कार्यलयमा आएका मजदुरहरुलाई हिमाल मिडियाले गुण्डा लगाएर पिटेको आरोप लगाए ।
हिमाल मिडियामाथि भएको आक्रमणको सांकेतिक बिरोधस्वरुप आज दिउँसो चार बजे हुने निश्चित भएको माओवादी-एमाले शीर्ष बैठक एमालेले बहिश्कार गरेको छ । एमालेका पूर्व महासचिव तथा स्थायी समिति सदस्य नेपालले माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित माओवादीका शीर्ष नेताहरुसँग हुने तय भएको बैठक हिमालमाथि भएको आक्रमणको बिरोध गर्न आफूहरुले बहिश्कार गरेको जानकारी दिए ।
सरकारको कामबाट प्रधानमन्त्री नै निरास
एमाले नेता माधवकुमार नेपालले संविधान मस्यौदा समितिको नेतृत्व नगर्ने हुनुभएको छ ।
आइतबार बिहान झापाली सञ्चारकर्मीसंग बिर्तामोडमा कुरा गर्दै नेपालले विश्वासको संकट रहेकाले आफू समितिको नेतृत्वमा नबस्ने जानकारी दिनुभयो । यसअघि, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई समितिको नेतृत्व लिइदिन अनुरोध गर्नुभएको थियो ।
नेपालले भन्नुभयो-"मान्छेलाई यथार्थभन्दा गलत ढङ्गले चित्रण गर्न खोजियो भने विश्वासको सङ्कट हुन्छ ।"
नेता नेपालले सरकारको नेतृत्व गर्ने माओवादीभित्र राष्ट्रलाई नेतृत्व गर्ने क्षमता नभएको दावी गर्नुभयो । सरकारको कामबाट प्रधानमन्त्री नै निरास भएको आफूले पाएको उहाँको दावी थियो ।
राष्ट्रभक्ति र देशभक्तिबीच कति भिन्नता छ ?
- Anil Pandey

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको बाटोमा अघि बढिसकेको, नेपाली जनताले यसलाई समयको आवश्यकता ठहर गरिसकेको बेला, राजास्वयंले जनताको चाहना नै मेरो चाहना हो भनेर स्वीकार गरिसकेको समयमा कसैले राजतन्त्र नै फर्काउन खोज्छ भने, ऊ प्रतिगमनकारी नै हो । समयको मागलाई बुभ\\mनु नै वैज्ञानिकता हो । जस्तो, भेरिएबल्स -ख्बचष्बदभिक) नै बदलिएको अवस्थामा अनुसन्धानकर्ताको निष्कर्षबदलिनु अवैज्ञानिक हुँदैन । जहाँसम्म मानवीय कमजोरीका कुरा छन्, यो पक्तिकारमा पनि हुनसक्छन् । तर त्यसलाई पहाड बनाउने अभ्यासले नयाँ नेपाल बन्न सक्तैन ।
यस पक्तिकारले सर्न्दर्भअनुसार आप\\mनै उदाहरण दिए पनि यो सबैका लागि लागू हुने नियम हो भन्ने कुरामा यो विश्वस्त छ । खासगरी परदेशी बनेका नेपालीले एक-आपसमा एकता पर््रदर्शन गर्ने मान्यता बनाउँनर्ुपर्छ । यस कार्यमा हामी सफल हुनसकौं, यही शुभकामना । motherland-nepal@hotmail.com
when i seen this site, i feel this is different than other sites. thanks publisher.
ReplyDelete- Khem Sapkota
canada