20081218

संविधानसभाको बैठक बहिष्कार, पुष भइसक्यो, खोइ कब्जा गरेको सम्पत्ति फिर्ता भएको?”

फोरमले पनि मधेसका मागहरु पुरा नगरे सरकार छोड्ने धम्की

आफ्ना मागहरुको प्रधानमन्त्रीले बेवास्ता गरेको विरोधमा मूख्य प्रतिपक्षी दल नेपाली कांग्रेसले व्यवस्थापिका संसदको रुपमा काम गर्न बिहीवार बसेको संविधानसभाको बैठक बहिष्कार गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठोस कदम नचाले विरोध अझ चर्काउने चेतावनी कांग्रेसले दिएको छ। तर सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी र अर्को साझेदार नेकपा एमाले भने गठबन्धन सरकारका कामकारवाहीलाई पूर्णता दिन सहमत भएका छन्। संसदको कारवाही शुरु हुनासाथ मूख्य विपक्षी दलका प्रमुख सचेतक लक्ष्मण घिमिरेले माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले केही हप्ताअघि सदनसामु व्यक्त गरेको प्रतिबद्धता पुरा नगरेकोमा आक्रोश व्यक्त गरे। संसदको समेत भूमिका निर्वाह गर्ने संविधानसभाको बैठक बहिष्कार गर्नुअघि घिमिरेले प्रधानमन्त्रीले कार्तिक २६ गते सदनसामु गरेका प्रतिबद्धता पुरा नगरेको आरोप लगाए। माओवादीले कब्जा गरेको सम्पत्ति बारे कुरा गर्दै उनले भने, “खोइ फिर्ता भएको? “हामीले मंसिर महिनाभरी कु़-यौं। अब पुष तीन भइसक्यो, खोइ फिर्ता भएको?” माओवादीले उसको युवा संगठन वाईसीएलको अर्धसैनिक संरचना भङ्ग गर्नुपर्ने र जबर्जस्ती कब्जा गरिएका घर जग्गा फिर्ता गर्नुपर्ने लगायतका माग गरिरहेको नेपाली कांग्रेसले आफ्नो अर्को कदम प्रधानमन्त्रीको प्रतिक्रिया हेरेर चाल्ने सोंच बनाएको घिमिरेले बताए। प्रचण्डको नेतृत्वको गठबन्धन सरकारमा रहेको अर्को दल मधेसी जनअधिकार फोरमका नेताहरुले पनि मधेसका मागहरु पुरा नगरे सरकार छोड्ने धम्की दोहोर्‍याइरहेका छन्।
तर सरकारका कामकारवाही र खाली रहेका महत्वपूर्ण नियुक्तीहरुलाई पूर्णता दिने प्रयासमा नेकपा माओवादी र नेकपा एमालेका नेताहरु सामेल एउटा संयुक्त संयन्त्र जुटेको छ। दुवै दलका नेताहरु सामेल बिहीवार चलेको छलफल सेना समायोजन विशेष समिति र पदाधिकारीविहीन विभिन्न आयोगहरुलाई सक्रिय बनाउने विषयमा केन्द्रित भएको नेकपा एमालेका तर्फबाट बैठकमा सहभागी नेता भरतमोहन अधिकारीले बताए। उनका अनुसार बिहीवार नै नेकपा एमाले स्थायी समितिको बैठकले प्रधानमन्त्री प्रचण्डले पूर्वमहासचिव माधवकुमार नेपाललाई संवैधानिक समितिको संयोजक बन्न गरेको आग्रहलाई सकारात्मक रुपमा लिएको छ। त्यसो हुन सकेमा सरकारमा सामेल दुवै बामपन्थी दलहरुबीचको सम्बन्ध अझ बढ्नसक्छ। तर गठबन्धनभित्रका दलहरुको असन्तुष्टि र मूख्य प्रतिपक्षीदलको आक्रोशले प्रचण्डसामू रहेका चुनौतिहरुलाई अझ बढाइदिएको छ।



लोड शेडिंगले उद्योगहरुको उत्पादन क्षमता ८० प्रतिशतले घट्ने

नेपाल विद्युत प्राधिकरणले बिहीवारदेखि लागु गरेको दैनिक १०-घण्टे लोड शेडिंगले उद्योगहरुको उत्पादन क्षमता ८० प्रतिशतले घट्ने व्यापारीहरुले बताएका छन्। लोडशेडींको नयाँ तालिका हेरेर निराश बनेका निजी क्षेत्रका व्यापारीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले यसले औद्योगिक उत्पादनमा ठूलो गिरावट हुने चेतावनी दिएका छन्। "तालिकानै यस्तो बनाएको छ कि दिउँसोको समयमा र त्यो पनि पटक पटक गरेर बिजुली जान्छ। यसले गर्दा उद्योगहरुको उत्पादन क्षमता ८० प्रतिशतले घट्ने छ," उनले बताए। हप्तामा ४५ घण्टा बिजुली गइरहेकोमा व्यापारीहरुले जसोतसो काम चलाइरहेका थिए। तर अब काम चलाउन निकै गाह्रो हुने चिन्ता व्यापारीहरूको छ। गोल्छा अर्गनाइजेशनका प्रमुख दिवाकर गोल्छाले भने, "उद्योगहरुमा जेनेरेटरहरु त हुन्छन् तर १० घण्टासम्म धान्ने खालका त हुँदैनन्। त्यसकारण धेरै मर्का परेको छ।" उनले बिजुलीको अतिरिक्त व्यवस्था गर्दा आफ्नो उद्योगलाई दैनिक १५ लाख रुपियाँ घाटा पर्ने बताएका छन्। यो समस्याको तत्काल समाधान गर्न उद्योगीहरुले वैकल्पिक उपाय खोज्न सरकारलाई आग्रह गरेका छन्। गोल्छाले सरकारले तत्काल २०० देखि ३०० मेगावाट सम्म बिजुली उत्पादन गर्न थर्मल परियोजनामा लागि हाल्नुपर्ने बताए। एक साता अगाडि ७० मेगावाट क्षमताको मध्य मर्स्याङ्गदी आयोजना शुरु भएपछि पलाएको उज्यालोको आशालाई लोड शेडिंगको नयाँ तालिकाले अन्धकारमा डुबाइदिएको छ। छिट्टै डिजेल मार्फत बिजुली उत्पादन गरेर राहत दिने सरकारको आश्वासनले व्यापारीहरुलाई आशा गर्ने अर्को ठाउँ भने दिएको उनीहरुको भनाइ छ।

मुलुक सोमालिया बन्ने खतरा छ - रामप्रसाद खनाल

काठमाडौंबाट प्रकासित् हुने राष्ट्रिय पत्रीका साप्ताहिक आवाजका प्रधान सम्पादक यज्ञ ढकालले लिनुभएको र डिसेम्बर १४ गते सोही पत्रीकामा प्रकासित् रामप्रसाद खनालसँगको यो अन्तर्वार्ता साप्ताहिक आवाजबाट साभार् गरी यहाँ प्रकाशन गरिएको जानकारी गराइन्छ । रामप्रसाद खनाल अमेरिका पलायन भयो भनेर केहीले भन्छन् नि, तपार्इं यसमा के भन्नुहुन्छ ?
- शान्त नेपाल अशान्त हु“दै गएपछि, सजाय पाउनर्ुपर्ने अपराधी सजाय दिने ठाउ“मा पुगेपछि, दण्डहीनताले परकाष्टा नाघेपछि, जीउज्यानको सुरक्षा नभएपछि, काम गरेर खाने वातावरण हराउ“दै गएपछि रामप्रसाद खनाल बाध्यतावस अमेरिका बस्न थालेको हो, रामप्रसाद खनाल मावै होइन ऊजस्ता थुप्रै कलाकार, पत्रकार, बुद्धिजीवी, गरिखानेहरू नेपाल बस्ने वातावरण नदेखेपछि अमेरिका बस्न थालेको सा“चो हो । तर, पलायन भएको, भासिएको पक्कै होइन ।
- तपाईं अमेरिकामा स्थायी बसोवास गर्ने मान्छे नेपालको किन चिन्ता लिनुहुन्छ ?
- म अमेरिकामा बसे पनि मेरो मन हरेक पल नेपालमै छ, प्राकृतिक सौर्न्दयता, जलस्रोतदेखि हर कुराले सम्पन्न तर हाल अपराधीकरण गर्न खोजिएको मेरो प्यारो मातृभूमिको यादले मलाई सधंै सताउ“छ । बिहान, दिउ“सो, सा“झ कम्तीमा म तीनपटक इन्टरनेटबाट नेपालमा पुग्छु, हर्ेछु, समाचारमा नेपाल देख्दा मेरो मन धुरुधुरु रुन्छ, हरेक दिन केवल राष्ट्रका लागि अशोभनीय खबर देख्छु, शोभनीय, खुसी लाग्ने कुनै समाचार देख्दिन“, दिक्क लाग्छ, फेरि सोच्छु कस्तो नेपाल कस्तो भयो - हर्ेदाहर्ेदै कता गयो ††-- नेपालभित्रै छु म अमेरिकामा भए पनि, अमेरिका बर्साई मेरो स्थायी होइन, देशमा शान्ति बहाल भए, काम गरेर बस्ने वातावरण बने सबैभन्दा पहिला अमेरिकाको ग्रिनकार्ड त्यागेर सपरिवार नेपाल फर्किने रामप्रसाद खनाल पहिलो व्यक्ति हुनेछ ।
- अमेरिका बसेर नेपालप्रति भक्तिभाव देखाउनु नेपालप्रतिको अपमान होइन र ?
- रहर होइन, म र म जस्ता कलाकार, पत्रकारलगायतका सचेत वर्ग बाध्यताले विदेशिएका छन् तर बाध्यताले विदेशी भए पनि नेपालप्रतिको मायामा कुनै कमी आउ“दैन । भर्खर मैले अमेरिकामा अर्काे एउटा नेपाली गीतको एल्बम निकालेको छु, त्यसको एउटा अंश यहा“ उद्धृत गर्छु 'बनाउनु पर्छ अफ्नै देश, बाध्यताले विदेशमा भए नि प्यारो लाग्छ आफ्नै भाषा भेष...।' विदेशमा बसेर आफ्नो मातृभूमि, भाषा भेष भूले अपमान हुन्छ तर नेपालप्रति भक्तिभाव हुनु त सम्मान हो, प्रशंसनीय कुरो हो ।
- अमेरिकामा बसेर नेपालप्रति तपाईंको योगदान के ?
- हर्ेन्ाुस्, अमेरिकामा बसे पनि मेरो मन नेपाली नै छ, नेपाली गीत गाउ“छु, आफ्नो २० वर्ष पत्रकारिताको इतिहासलाई निरन्तरता दिंदै 'नेपालमदर डट कम' नामक नेपाली वेबसाइट चलाएर नेपाल र नेपालीका खबर देश/विदेशमा पुर्‍याउ“छु, अमेरिकामै एल्बम निकालेर नेपाली गीत/संगीतको अन्तर्रर्ााट्रय पर््रवर्द्धन गर्दैछु । प्रत्यक्ष अप्रत्यक्ष धेरै कुरामा मैले नेपालप्रति योगदान दिएकै छु नि, होईन र ?
नेपालको राजनीत्रि्रति निकै चासो लिनुहुन्छ नि, कारण के हो ?
- देशको भविष्य राजनीतिस“ग गा“सिएको हुन्छ । राजनीतिक संस्कार गलत हुनाले आज नेपालको यस्तोे स्थिति भएको हो । राजादेखि नेताहरूसम्म सबैको दूर दृष्टि नहुनाले देश यो अवस्थामा पुगेको हो । राष्ट्रभक्त नेता कोही जन्मिएको अहिलेसम्म देख्न सकिएन व्यवहारमा । सबैलाई कर्ुर्सर्ीीेह छ, सबैको हालत देखियो । २०५ को संसद्लाई ६०१ पुर्‍याएर बा“डीचु“डी खाने, आफूहरू मात्रै रमाउने, देशलाई हरिकङ्गाल बनाउन ेशिवाय केही देखिएन । पहिले आफूले पनि राजनीति गरेका कारण चासो लाग्दोरहेछ तर हाल म राजनीतिबाट पर्ूण्ा अलग रही एउटा पत्रकार, कलाकारका रूपमा मात्र आफूलाई प्रस्तुत गर्न चाहन्छु र भन्छु- 'कृपया रामप्रसाद खनाललाई एउटा कलाकार र पत्रकारका रूपमा मात्र हेरिदिनुस्, कुनै वाद वा वादी भनेर नजोडिदिनुस्े मात्र नेपालवादी भनेर जोडिदिनुस् ।'
एउटा पत्रकार र पत्रकारका रूपमा नेपालको भविष्य कस्तो देख्नुहुन्छ ?
- मैले हाइटी, कङ्गो र बुरुण्डीजस्ता असफल राष्ट्रहरूको भ्रमण सकेर नेपाल र्फकेपछि चार वर्षअगाडि लेखेको भनेको कुरा फेरि आज चार वर्षछि देाहोर्‍याउ“छु
यदि हाम्रा राजनीतिक दलका नेता र दल अब पनि सुध्रिएनन् भने कर्ुर्सर्ीीे मोहमा लागेर हुने नहुने, मिल्ने नमिल्ने जे-जे गरिरहेका छन्, अहिले पनि त्यसलाई कायम राखे भने, सेना, प्रहरी, सशस्त्र प्रहरी यसरी नै चुप लागेर बस्ने प्याराल्ााइज हुने हो भने वाईसीएल, युथफोर्स लगायतका युवा जमातमा देखिएका क्रियाकलाप जारी रहे भने , लेखेर राख्नुहोस् दर्ुइ/तीन वर्षभत्रै नेपालमा फेरि अर्काे प्रतिक्रन्तिको खतरा, गृहयुद्धको खतरा र मुलुक सोमालिया बन्ने खतरा छ, मान्छेले मान्छे मार्ने त अहिले नै सामान्य कुरा भएको छ । नेपालमा अब मान्छेले मान्छेकै मासु खाने दिन पनि नआउला भन्न सकिंदैन । तर्सथ, सबैले मिलेर अघि बढ्नु, चेत्नु पर्ने अवस्था छ, सबैलाई चेतना भया... ।
अन्त्यमा अमेरिकामा बसेर अन्तर्रर्ााट्रय कलाकार मञ्च स्थापना गरेर अगाडि बढ्न खोज्नुका कारण पनि बताइदिनुहुन्छ कि ?
- मैले राजनीतिबाट अलग रहेपछि कला, संस्कृतिका लागि काम गर्ने र नेपाली कला, संस्कृतिलाई अन्तर्रर्ााट्रयस्तरमा पुर्‍याउने अठोट गरेर यो कन्सेप्ट बनाएको हु“ । नायक, नायिका, गायक, गायिका हास्यव्यङ्ग्य कलाकार, नाटक वा जुनसुकै कलास“ग सम्बन्धित, कलाकारहरूको विधा अर्न्तगत पर्ने क्रियाशील सबैलाई समेटेर अन्तर्रर्ााट्रय स्तरको मञ्च बनाउने क्रममा अन्तर्रर्ााट्रय कलाकार मञ्च अमेरिका गठन भएको हो । यसमा सबै क्षेत्रका राष्ट्रिय/अन्तर्रर्ााट्रय ख्याति कमाएका कलाकारिता गर्ने साथीहरू हुनुहुन्छ । यसको केन्द्रीय कार्यालय र केन्द्रीय समिति अमेरिकामा छ र अब हरेक देशमा हामी यसका शाखाहरू विस्तार गर्दैछांै, काम सुरु भइसकेको छ । यो विशुद्ध कलाकारहरूको हकहितका लागि, कला र संस्कृतिका लागि खोलिएको संगठन हो । राजनीतिको 'र' पनि यहा“भित्र छिर्न पाउ“दैन । धन्यवाद

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक