20081218

बुशलाइ हानीएका दुई जुत्तालाई एक करोड !!

बुशलाइ हानीएका दुई जुत्तालाई एक करोड अमेरिकी डलरमा किन्न एक ब्यक्तिले प्रस्ताब गरे

अमेरिकी राष्ट्रपती जर्ज बुशमाथि एक पत्रकारले हानेको जुत्ता प्रसंग अहिले संसारभरी छाएको छ । आलोचना भन्दा बढि अहिले अरेबियाली मूलुकहरुमा भने त्यसको प्रशंसा छ । उनलाई गौरबशाली ब्यक्तित्व भन्दै पुरस्कार समेत दिइएको छ । कसैले उनलाई जुत्ताका नायक भनेका छन । इन्टरनेशन हेराल्ड ट्रिब्युनका अनुसार सौदी अरेबियामा बुशलाइ हानीएका दुई जुत्तालाई एक करोड अमेरिकी डलरमा किन्न एक ब्यक्तिले प्रस्ताब गरेका छन । त्यो सायद विश्वकै सबैभन्दा महँगो जुत्तामा पर्न सक्ने रिपोर्टमा उल्लेख छ । त्यसैगरि लिबियाका नेता कर्णेल मुअंमर अल कादाफीकी छोरीले जुत्ता हान्ने ति २९ वर्षिय मुअंबर मुंतादेर अल जाईदीलाई साहसी भन्दै पदक दिएकी छन ।जईदीमाथी प्रहरीले यातना दिएको खबर आएपछि उनको रिहाई गर्नुपर्ने मागपनि अरेबियाली मुलुकहरुबाट ब्यापक रुपमा उठेको छ । ईराकका बिभिन्न शहरहरुमा लाखौं जनता ति पत्रकारको समर्थनमा उत्रेका छन । तिनले जुत्ता र चप्पल झुण्ड्याउँदै अमेरिकी सेनाहरु तुरुन्त इराक छोद्नुपर्ने माग गरेका छन । ति पत्रकारको तस्बिर अंकित प्लेकार्ड बोकेर प्रशंसा गरिएको छ । तिनले बाटोमा देखेका अमेरिकी सेनाहरुमाथि ढुंगा मुढा प्रहार गरेका छन् । टिभी, रेडियो, पत्रपत्रीकामा त्यस काण्डले प्रथामिकता पाएको छ । चोक चोकमा बसेर मानिसहरु त्यसैको चर्चा गरेका छन । अधिकांशले पत्रकारको प्रशंसा र बुशको आलोचना गरेका छन । ति पत्रकारले इराकि जनताको मात्रै नभएर सम्पूर्ण अरबीयाली जनताको भावना ब्यक्त गरेको बताएका छन ।
अमेरिकि राष्ट्रपती बुश् लाई इराकमा पत्रकारले दुई जुत्ता कसरी हाने ? हेर्नुश भिडियो तल


-----------------------------------------------------------------

2nd Anniversary of VISHWAPARIKRAMA Celebration, Washington DC


Dear Community Members,
Happy New Year 2009 !
As you know, VISHWAPARIKRAMA is a fortnightly Nepali newspaper regularly published from Greater Washington DC since 2007.
We are proud to declear this newspaper as #1 Nepali Newspaper published in USA. It is circulated in 40 states and hundreds of cities of USA .It is circulated in Canada, Russia and UK too.
As we are turning in 3rd year, it is time to celebrate 2nd anniversary. Please mark your calender Sunday, 17th Jan. 2009.
This year we are organizing women's poetry competition. We are going to honor senior Nepalese in the field of Social Service in Greater Washington Area.
Date: Sunday 17th Jan, 2009
Time: 12.30 PM to 4.30 PM
Venue:Arlington Central Library
1015 North Quincy Street
Arlington, VA 22201
For Further Information Call:
Govinda Giri Prerana,Chief Editor: 703-587-0795 Cell
------------------------------------------------------
कम्तीमा ७० घण्टा लोडसेडिङ

नेपाल विद्युत् प्राधिकरणले फेरी लोडसेडिङको समयावधि थप गरेको छ। थप गरेको लोडसेडिङ तालिकाअनुसार अब हप्तामा कम्तीमा ७० घण्टा मुलुकवासीले बिजुलीको उपभोग गर्न पाउनेछैनन्। प्राधिकरणले नदीहरुमा पानीको सतह निकै कम भएकोले मागअनुसार बिजुली उत्पादन गर्न नसकेको भन्दै लोडसेडिङको समयावधि बढाएको हो। यसअघि हप्तामा ४५ घण्टा लोडसेडिङ हुँदै आएको थियो।
अब भने दैनिक १० घण्टा बत्ती काटिने भएको छ। लोडसेडिङको नयाँ तालिकाअनुसार हप्तामा ६ दिन एक पटकमा ६ घण्टा र अर्को पटक ४ घण्टा गरी १० घण्टा लोडसेडिङ हुनेछ भने एक दिन भने ३ घण्टामात्र बत्ती काटिनेछ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक