20081224

प्रचण्ड चमत्कार कि दर्ुभाग्य ?

-शेखर ढुंगेल

गणतन्त्र आएपछि गणहरु गणपति हुनेछन् भन्ने जुन भावना जनतामा उर्लिएको थियो माओवादीको असफलता र अन्य राजनीतिक दलहरुको सत्तालिप्सा देखेर गणरुपी जनतामा नैरास्यता छाएको छ । गणपति त गण होइन, नेता पो बनेका छन् । यो कस्तो गणतन्त्र हो, जसको मालिक नेता बनेका छन् र जनता फेरि दासभन्दा खराब जीवनयापन गर्न बाध्य बनिरहेका छन् । यो त गणतन्त्र होइन, गणगा“ड पो हुनथाल्यो ।
जस्ले जे जस्तो तर्क दिए पनि तीतो सत्य के हो भने 'बोकाले दाईं' गरेर हुन्न भन्ने बुढापाकाको कथन नेपालमा सावित भएको छ । ०४६ सालमा पनि महेन्द्रको सालिकअगाडि एमाले, कांग्रेस, माओवादीभन्दा उग्र भएका थिए । तत्पश्चात भयो के त भने कांग्रेस र एमालको अधिनायकवाद चल्यो । गिरिजा त्यसबेला जंगेजस्तै बनेका थिए । राष्ट्र र जनतालाई ढा“टेर महाकाली सन्धिमात्र गरेनन्, चित्त नबुझेका छत्तीसेलाई सत्ताच्युत गर्न जनताको सदन भंग गरिदिए ।
संसदीय ब्यवस्था र प्रजातन्त्रको धज्जी उडाउनेमा माओवादीभन्दा कांग्रेस र एमाले नै अगाडि छन् । समय फेरियो, माओवादीको रणनीति सफल भयो । संसदीय प्रजातान्त्रिक पक्षधर अर्थात २०४७ को संविधानले स्थापना गरेको संरचनाको पत्तन भयो । त्यसस“गस“गै पुराना सयौं परंपरागत संरचनाहरु कतै जोसमा, कतै सडकको दवावमा, कतै सत्ताको लालचमा भत्काईंदै गए । यहा“सम्म कि शून्य राजनैतिक संरचनाको अवस्थामा झर्‍यो । माओवादीको सत्ता आयो, शासन आयो, नया“ नेपालको कुरो आएको छ तर प्रस्थान र गन्तब्यको विन्दूको चुरोसम्म पहिल्याउन सत्तासिन र विपक्षी दलहरू असफल भएका छन् ।
संविधानसभाको माध्यमबाट जनताको प्रतिनिधिमार्फ संविधान बनाई नया“ नेपालको निर्माण गर्ने भन्ने माओवादीको माग र अन्य दलको अभिष्ठ, स्वयं उसकै लागि घा“डो किन भयो - बुझ्न कठिन हु“दैछ । अनुमान केसम्म गर्न थालिएको छ भने कि त माओवादीलाई 'ब्यालेट' मार्फ सत्तामा पुगिएको नसा उत्रिएको छैन कि त लोकतन्त्रप्रति विश्वास नै छैन । या कहिले काहीं नेता डा. बाबुराम भट्टर्राईले भन्नुभएकै 'विहारीशैलीको लोकतन्त्र' नै हो त -
माओवादीको सत्ता चलेको पनि ४ महिना भइसक्यो । केही उज्यालो सत्ता हात पारेको माओवादीले अन्धकार बनाईदिएको छ । यो अन्धकारशैली नया“ नेपाल निर्माण गर्ने कुन मोडल हो - जनताले बुझ्न सकेका छैनन् । मर्स्याङ्दी उद्घाटन गरेकै भोलीपल्टदेखि ६ घण्टाबाट १० घण्टा पुगेको लोडसेडिङ् अव १८ घण्टा हुन्छ भनेर विद्युत प्राधिकरणकै कर्मचारीहरु भन्न थालेको छन् । यस्ता कालो अ“ध्यारोमो विद्यार्थीले कसरी पढ्ने - उद्योगधन्दा कसरी चलाउने - नया“ नेपाल कसरी बनाउने - स्थिति भयावह बन्दै गएको छ ।
हिजो डा.बाबुराम भट्टर्राईको लेखअनुसार निलम्बित राजालाई सम्झौताको नाममा पुनस्थापना पनि गर्न सकिन्छ भन्ने थियो । त्यो पार्टर्ीी नेता तथा प्रधानमन्त्री प्रचण्ड राष्ट्रवादी र गणतन्त्रवादीको दह्रो मोर्चा बनाउने कुरा गर्न थाल्नु भएको छ । कतै राजालाई पनि त्यही मोर्चामा आउन दरखास्त हालिएको त होइन - यता गिरिजाप्रसाद कोइरालाले पर्ूवपञ्चहरुको तीनवटै पार्टर्ीी अन्य प्रजातन्त्रवादीलाई मिलाएर अधिनायकवादलाई परास्त गर्न बृहद प्रजातान्त्रिक मोर्चा गठन गर्ने सुरसार कस्नासाथ प्रचण्डको मोर्चाको कुरा उठ्नुले राजनीतिक क्षेत्रमा तापक्रम एक्कासी बढ्दै गएको छ । दलीय राजनीति तातेको छ ।
यही बेलामा भारतीय राजदूत राकेश सुदले राजालाई सोल्टी होटलको गोप्य कोठामा गोप्य भेटघाट गरेको समाचारले राजनीतिमा ज्वारभाटा ल्याइदिएको छ । किन भेटे सुदले - के भने सुदले - राजाकेा प्रतिकृया के थियो - अन्दाजका अनेक रिङ्गटालाग्दा कथाको पटाक्षेप हुनेक्रम जारी छ । त्यो पनि एकसेएक लोकतान्त्रिक दलका मुखपत्रहरुबाट । कसै कसैले त यतिसम्म लेखे कि राजाले भारत भ्रमणको व्यवस्था मिलाइदिन आग्रह गरेरे । कसैले सग्लो देश हेरेर मर्ने इच्छा व्यक्त गरेको विषयलाई बढी महत्व दिएर प्रकाशित गरिरहेका छन् ।
आखिर पर्ूवराजा पनि यही देशका नागरिक हुन् । हिजो पनि उनले देशको माया गरे, आज पनि देशको माया गरिरहेका छन् । यो देश छोडेर कतै जान्न भन्ने पर्ूवराजाको अभिव्यक्तिले र यही देशमा चुपचाप बसेका राजाको व्यवहारले पर्ूवराजाको लोकप्रियता र जनताको सहानुभूतिलाई ह्वात्तै बढाइदिएको छ ।
खासगरी प्रचण्ड सरकारको असक्षमता र नालायकीपनका कारणले पर्ूवराजातिर फर्केर हर्ेन जनता बाध्य भएका छन् । जतिपनि कूसंस्कार र कूलक्ष्यणहरु देखिएका छन्, ती सबै राजतन्त्र हटाउनाले हो भन्ने छाप जनताको मनमा परिसकेको छ । हो, राजतन्त्रबाट अनेक गल्तीहरु भएका होलान्, तिनलाई सच्याएर अखण्ड नेपालको जगर्ेना गर्न सकिन्थ्यो । राजतन्त्र फाल्नेले आफु पनि सच्चिन सकेनन्, पवित्र भएनन्, राजतन्त्र पनि फालेर देशलाई बर्बादीको भूमरीमा होमिदिएका छन् । यसैका कारणले विदेशीको खेल मैदान बनिसकेको छ नेपाल । राजतन्त्र फालेपछि चमत्कार गर्छर्ुुन्ने प्रचण्डले देशलाई अ“ध्यारो युगमा धकेलिदिए । यही हो चमत्कार - जनता आहत भइरहेका छन्, जनताले राहत पाइरहेका छैनन्, यही हो चमत्कार - असमानता र बिखण्डनका आवाजहरु उठिरहेका छन्, यही हो चमत्कार - ज्वाला सिंहले टोपी जलाउन थाले, मधेसबाट पहाडीया नभागे भौतिक कारवाही गर्ने हुकुम जारी गरिसक्यो, अव नेपालको झण्डा जलाउने कार्यक्रम पनि ल्याइसक्यो । हु“दा हु“दा तमलोपाले एक मधेस एक प्रदेश हु“दैन भने एक नेपाल पनि रह“दैन भनिसके । यही हो चमत्कार - यदि यस्तै अराजकतालाई चमत्कार भन्ने हो भने नेपालीका लागि प्रचण्ड चमत्कार दर्ुभाग्य बाहेक केही हुने लक्ष्यण देखिदैन ।
पर्ूर्वी र पश्चिमी पहाड र तर्राईतिर अनेक जातजातिहरु स्वशासनका माग गरेर सेना संगठित गर्न थालेका छन् । खासगरी पर्ूर्वी पहाडको लिम्बु र पश्चिम तर्राईको थरुहठ सेना डरलाग्दो सशस्त्र समूहका रुपमा अगाडि आएको छ । यिनलाई व्यवस्थापन गर्नु चानचुने चुनौति हुनसक्दैन । चुनौति अनेक छन्, दलहरुमा मतभेद चुलिदो छ । गणतन्त्र गलगा“ड भयो देश र जनताका लागि ।


नयाँ क्रान्ति गर्नुपर्ने प्रधानमन्त्रीको भनाइ

प्रधानमन्त्री पुष्पकमल दाहालले कम्युनिस्ट पार्टीहरूबीच नयाँ धु्रवीकरण हुने बताएका छन् । कम्युनिस्टबीच धु्रवीकरण प्रक्रिया तीव्र रूपले अघि बढेको उल्लेख गर्दै निकट भविष्यमै ठूलो मोर्चा हुने उनले दाबी गरे । माओवादीमा पार्टी प्रवेश गर्नेका लागि मंगलबार आयोजित स्वागत कार्यक्रममा दाहालले अग्रगमनकारी र यथास्थितिवादीबीच ध्रुवीकरण आवश्यक रहेको बताए । 'अब प्रतिक्रियावादीहरू टुक्राटुक्रा हुने छन् । कम्युनिस्टहरू एक हुनेछन्,' प्रजातन्त्रवादीलाई संकेत गर्दै उनले भने, 'यथास्थितिवादीहरू आफैं धु्रवीकरण भएका हुन्छन्, उनीहरू बीच स्वार्थ मिलेको हुन्छ ।'एमाले सुधारवादमा गएको तर्क गर्दै दाहालले उक्त पार्टीभित्रका 'क्रान्तिकारी' व्यक्तिहरू माओवादीमा प्रवेश गर्ने क्रम सुरु भएको दाबी गरे । 'हाम्रो पार्टी एमालेजस्तै सुधारवादी बाटोमा जान्छ कि भन्ने चिन्ता छ,' उनले भने, 'हामी त्यस्तो हुन दिँदैनौं ।'एमालेसँग छलफल गरी एउटै पार्टी बनाउने पहल गरिने उनको धारणा थियो । उनले देशभक्त र गणतन्त्रवादीहरूबीच मोर्चाबन्दी हुनुपर्ने बताए । मुलुकमा सबै कम्युनिस्टलाई एक ठाउँमा ल्याएर नयाँ क्रान्ति गर्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । 'हामी क्रान्तिलाई शान्तिको बाटोबाट जनताको मुक्ति चाहन्छौं,' उनले भने, 'जनता मुक्त हुँदैनन् भने बाहिरी शान्तिको अर्थ छैन । शान्ति मनभित्र हुनुपर्छ ।' २०४७ को संविधान उत्तम भनिए पनि अन्ततः त्यो कागजको खोस्टो सावित भएको जिकिर गर्दै प्रधानमन्त्रीले अब लेखिने संविधान जनताको आफ्नै सम्पत्ति हुनुपर्नेमा जोड दिए । 'अब बन्ने संविधान जनताको खोस्टो हुनुहुँदैन । जनताको सम्पत्ति हुनुपर्छ,' दाहालले भने, 'यथास्थितिवादीहरू जनताको संविधान बनाउनतिर लाग्नेछन् । भाषा मिलाएर झुक्याउने प्रयास गर्नेछन् ।' सरकारले केही दिनमै जनतालाई राहतको घोषणा गर्ने जानकारी पनि उनले दिए । कार्यक्रममा एमाले पूर्वसांसद कुन्ता शर्मालगायत माओवादीमा प्रवेश गरेका थिए । माओवादीले पार्टी एकताका लागि नेकपा एकता केन्द्र मसाल, नेकपा एकीकृतसँग वार्ता गरिसकेको छ । उसले राष्ट्रवादी मोर्चा गठनका लागि देशभक्तको नाममा पूर्वप्रशासक र पूर्वपञ्चहरूसँग छलफल गर्ने जनाएको छ । माओवादीले एमालेसँग पार्टी एकता हुने सम्भावना व्यक्त गरे पनि एमाले नेताहरूले एकता नहुने बताउँदै आएका छन् ।
यसैबीच, प्रधानमन्त्री दाहालले कांग्रेसले अघि सारेका माग कार्यान्वयन गर्न संसदीय समिति बनाउन लागेको बताएका छन् । कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले त्यस्तो समिति चाँडै बनाइने बताए । सशस्त्र द्वन्द्वका बेला कब्जा सम्पत्ति फिर्ता गर्न र क्षतिपूर्ति दिन संसदीय समिति गठन गर्ने प्रतिबद्धता उनले संसद्को बैठकमा गरेका थिए । प्रमुख प्रतिपक्षी कांग्रेसले आफ्ना नौबुँदे माग कार्यान्वयन नभएको भन्दै संसद् बहिष्कार गर्दै आएको छ । उनले कांग्रेससँग छिट्टै 'कुरा मिल्ने' दाबी गरे ।


कान्तिपुर अनिश्चितकालीन बन्द गर्ने माओवादी चेतावनी

सत्तारूढ दल नेकपा माओवादीआबद्ध मजदुर संगठनहरू अखिल नेपाल संचार छापाखाना र प्रकाशन मजदुर संघले कान्तिपुर क्षेत्रीय कार्यालय विराटगरमा मंगलबार दिनभर धर्ना दिदैँ अन्य कर्मचारी एवम् सञ्चारकर्मीलाई कार्यालय प्रवेश गर्न निषेध गरे ।
प्रवेशद्वारमा धर्ना दिएर बसेका उनीहरूले कार्यालयभित्र रहेका कर्मचारीहरूलाई बाहिर निस्कन भनेका थिए । कान्तिपुरकर्मीले आफ्नो जिम्मेवारी पूरा गर्न कार्यालयमा बस्नुपर्ने बताएपछि उनीहरूलाई धम्कीपूर्ण भाषामा चेतावनी दिइएको थियो र बाहिरबाट प्रवेश गर्न खोज्नेलाई प्रवेशद्वामै रोकिएको थियो । नाराबाजी गर्दै जदुर संघका कार्यकर्ताले कान्तिपुरकर्मीलाई गालीगलौज पनि गरेका थिए । धर्नामा बसेकाहरू कान्तिपुरसम्बद्ध कर्मचारीबाहेक नयाँ अनुहार भएको क्षेत्रीय कार्यालय प्रशासनले जनाएको छ ।
कान्तिपुर मुख्यालयबाट नियमित आउने गरेको पार्सल प्रवेशद्वारमै खोलेर कान्तिपुर दैनिक र काठमाडौं पोस्ट्का राष्ट्रिय संस्करण नियन्त्रणमा लिइएको थियो । तर पार्सलभित्र रहेका कार्यालयका महत्वपूर्ण पत्रहरू भने ४ बजेपछि मात्र कार्यालयलाई फिर्ता दिइएको थियो ।विभिन्न १२ सूत्रिय माग राखी आन्दोलन थालेको बताएका उनीहरूले सोमबार दुई घन्टा कार्यालयमा धर्ना दिएका थिए । सरकारले वृद्धि गरेको तलबभत्ता पाउनुपर्ने, दुई सय ४० दिन सेवा अवधि पुगेका कर्मचारीलाई स्थायी गरिनुपर्नेलगायत माग उनीहरूको छ । मजदुरहरूको आन्दोलन कार्यक्रमअनुसार बुधबार पत्रिका वितरणमा दुई घन्टा ढिलाई गर्ने र १० देखी ५ बजेसम्म धर्ना दिने जनाइएको छ । बिहीबारबाट कार्यालय र प्रकाशनसम्बन्धी काम अनिश्चितकालीन बन्द गर्ने जनाएको छ ।


यो मुलुक गरिबको होइन : 'न्याय पाइनँ, देश छोड्दै छु'


दैलेख गमौडी पुगेर आफ्नो घरजग्गा बेचेर नेपालगन्ज झरेका ६० वर्षीय भुवानसिंह थापाले भने, 'न्याय त पाइएन, पाइएन, आफन्तले पनि साथ दिएनन् । अब देश नै छोड्ने निर्णय गरेँ ।' अदालतले गरेको फैसला, वकिललाई फिस बुझाएका भौचर र घरजग्गा बेचिएका केही प्रमाण देखिए उनका हातमा । कलेटी परेका ओठ, विरक्तलाग्दो अनुहार र आँखामा टप्केको उदासीसहित नयाँ पत्रिकाको कार्यालय नेपालगन्जमा भेटिएका थापा भन्दै थिए, 'दीपकसमसेरले मरे छोरी नदिएपछि अदालतमा जुन घटना भयो, त्यो मैले चाहेर भएको थिएन । सन्तानको मायामा पागल बनेर मैले उसमाथि आक्रमण गरेँ । अहिले पनि मलाई कुनै पश्चात्ताप छैन ।'
प्रहरी-प्रशासन, अधिकारवादी, नागरिक समाजको कुरै छोड्नुस्, पुनरावेदन अदालत नेपालगन्जको शरणमा जाँदा पनि छोरी फिर्ता पाइएन । मैले सक्नेजति प्रयास गरेँ । अब त सबै बाटो बन्द भइसक्यो ।
श्रीमतीको मृत्युपछि ०४६ सालमा नेपालगन्ज नगरपालिका— ७ का दीपकसमसेर जबराको घरमा घरेलु कामदारका रूपमा छोरी रूपा र छोरा विष्णुलाई छोडेर थापा भारत गएका थिए । विदेशबाट एक वर्षअघि फर्केपछि उनले आफ्ना छोरा-छोरीको खोजी गरे । तर, छोरा बेपत्ता भएको खबर पाए । भने, 'छोरा त गायब भयो नै, छोरी भए पनि देऊ मलाई भनेर मैले दीपकसमसेरलाई भनेँ, दिएनन् । मुद्दा-मामिला भयो ।'
अस्थायी रूपमा बाँके खासकारकाँदो गाविस— ६ बस्ने थापाले छोराछोरी फर्काउने प्रयास असफल भएपछि आफूले देश छोड्न लागेको व्यथा सुनाए । भने, 'छोरो भारत गयो भन्छन् दीपक । मैले उनको घरमा छोडेर गएको छोरो भारतै गयो भन्नेमा मलाई शंका छ । छोरो त हरायो, हरायो । छोरी पनि नपाएपछि म यस देशमा किन बस्नू ? ' प्रहरी-प्रशासन, अधिकारवादी, नागरिक समाजको कुरै छोड्नुस्, पुनरावेदन अदालत नेपालगन्जको शरणमा जाँदासमेत आफ्नी छोरी आफूले फिर्ता पाउन नसकेको गुनासो उनको छ । 'मैले सक्नेजति प्रयास गरेँ । अब त सबै बाटो बन्द भइसक्यो,' न्यायका लागि उजुरी दिएको कागजको पोको देखाउँदै उनले भने । छोरा-छोरी फिर्ता पाउनुपर्ने मागसहित उनले पुनरावेदन अदालत नेपालगन्जमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता
गराएका थिए । छोरा-छोरीलाई फिर्ता पाउन पुनरावेदन अदालत नेपालगन्जमा दर्ता गरिएको रिट गएको कात्तिक २४ गते खारेज भएपछि न्याय पाउने आश मरेको थापाले बताए । रूपा थापा (छोरी) लाई अदालतमै झिकाई बयान गराउँदा उनले बाबुसँग नगई जबराकहाँ नै बस्ने बताएकी थिइन् । त्यही झोकमा थापाले अदालतको मुद्दा फाँटमा जबरामाथि चक्कु प्रहार गरेका थिए ।
न्याय पाउने आशले अदालत पुगेका थापा आवेगमा आएर जबरामाथि चक्कु प्रहार गरेपछि सोझै पुगे प्रहरी हिरासतमा । प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्‍यो । २५ हजार धरौटीमा हालै मात्र प्रहरी हिरासतबाट मुक्त भएका थापाले रुँदै भने, 'अब त केही नै बाँकी रहेन । भारतमा १० वर्षसम्म मजदुरी गरेर जम्मा गरेको पैसा धरौटी जम्मा गरेर छुटेको छु ।'
छोरा-छोरीको आशमा बसेको बताउँदै उनले दैलेखमा रहेको केही जग्गा बेचेर कहिल्यै नेपाल फिर्ता नहुने गरी भारत जान लागेको बताए ।'मेरो को नै रह्यो र, यहाँ ? छोरा-छोरी खौज्दा-खोज्दै थाकिसकेँ । नेपालमा भएको जग्गा बिक्री गरेर भारत गई कुनै आश्रममा जीवन गुजार्ने सोच बनाएको छु,' दुःखी हुँदै थापाले भने ।
यता, जबराले रूपालाई जबर्जस्ती नराखेको बताएका छन् । उनले भने, 'रूपा जान मान्छे भने मैले रोक्न मिल्दैन । रोक्दिनँ पनि ।'आफू छोरा-छोरीका बारेमा निकै चिन्तित भएको उल्लेख गर्दै थापा आफ्नो बुढेसकालको अन्तिम अवस्थामा पनि छोराछोरीको साथ पाउने आशा प्रकट गरे । 'अवस्था जस्तो भए पनि म
उनीहरू (छोरा-छोरी) लाई बिर्सिन सक्दिनँ,' थापाले भने ।

यो मुलुक गरिबको होइन हजुर !: भुवानसिंह थापा

०४६ सालमा श्रीमती बितिन् । त्यसपछि मेरा छोराछोरीलाई पाल्ने कोही भएन ।
म भारत गएर मजदुरी गर्थें । श्रीमतीले बच्चा र घरको हेरचाह गर्थिन् । श्रीमतीको निधनपछि म भारत जानुपर्ने भयो, गुजाराका लागि पनि । उनीहरूलाई हेर्ने कोही भएन । त्यसैले नेपालगन्ज नगरपालिका— ७ बस्ने दीपकसमसेर जबराको घरमा काम गर्नका लागि छोडेर भारत गएँ । भारतबाट फर्किर्एपछि छोरा-छोरीलाई फिर्ता लिन दीपकको घरमा पुगेँ । तर, उनले मेरा छोराछोरी फिर्ता दिएनन् । मैले फिर्ता पाउनका लागि अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवदेन दर्ता गराएँ । छोरी जबराको घरमा छे । तर, छोराको अत्तोपत्तो छैन ।}अदालतले छोरीलाई झिकाएर बयान लियो । तर, जबराले छोरीलाई सिकाए— म बाबुकोमा जान्नँ भन् भनेर । कुनै छोरी त्यस्ती हुन्छे, जसले बाबुसँग बस्दिनँ भन्छे ? परिवारसँग नरम्ने कुनै नेपाली होला यहाँ ? दीपकका कारण उसले मसँग आउन मानिन । छोरो बेपत्ता, छोरी पनि पठाएन । मेरा सबै प्रयास असफल भए । त्यसैले देश छोड्ने निष्कर्षमा पुगेको छु ।
प्रहरी-प्रशासन, अधिकारवादी, नागरिक समाजको कुरै छोड्नुस्, पुनरावेदन अदालत नेपालगन्जको शरणमा जाँदा पनि छोरी फिर्ता पाइएन । मैले सक्नेजति प्रयास गरेँ । अब त सबै बाटो बन्द भइसक्यो ।
छोरा-छोरीलाई फिर्ता पाउन पुनरावेदन अदालत नेपालगन्जमा दर्ता गरिएको रिट गएको कात्तिक २४ गते खारेज भएपछि न्याय पाउने आश मरिसक्यो । त्यही आवेगमा आएर अदालतको मुद्दा फाँटमा जबरामाथि चक्कु प्रहार गरेको पछि थाहा पाएँ । म त्यति वेला होसमा थिइनँ । म सन्तानप्रेमले पागल भएको थिएँ ।
२५ हजार धरौटीमा भर्खर हिरासतबाट मुक्त भएको छु । भारतमा १० वर्षसम्म मजदुरी गरेर जम्मा गरेको पैसा धरौटी जम्मा गरेर सकियो ।छोरा-छोरीको आशमा बसेको थिएँ । कोही रहेनन् अब । दैलेखस्थित जग्गा बेचेर कहिल्यै नेपाल फिर्ता नहुने गरी भारत जान लागेको छु । यो मुलुक गरिबको रहेनछ हजूर !
'मेरो को नै रह्यो र, यहाँ ? छोरा-छोरी खौज्दा-खोज्दै थाकिसकेँ । नेपालमा भएको जग्गा बिक्री गेर भारत गएर कुनै आश्रममा जीवन गुजार्ने सोच बनाएको छु ।
म उनीहरूलाई (छोरा-छोरी) लाई बिर्सिन सक्दिनँ । कुनै दिन छोराछोरीले बोलाए भने फर्किनेछु । नत्र म अब नेपाली रहिनँ । फकिरजस्तै डुलेर मेरो मृत्यु हुनेछ । -ठाकुरसिंह थारू/नयाँ पत्रिका

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक