20081226

झन्डै ८ हजार जनालाई शहीद !!!

शान्ति मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा प्रस्तुत गरिएको शहीद घोषणा गर्ने नामावलीप्रति एमालेले असहमति जनाएको छ।
नेकपा एमाले केन्द्रीय कमिटीको बिहीबारको बैंठकमा माओवादी जिल्ला संगठन समितिहरूको सिफारिसका आधारमा प्रस्तुत गरिएका नामहरू अत्यन्त विवादास्पद र आलोच्य रहेको भन्दै केन्द्रीय सदस्यहरूले माओवादीले बलात्कारी, मोटरसाइकल दुघटनामा परेर मृत्यु भएकाको पनि नाम शहीदका रूपमा घोषण गर्न सिफारिस गरेको तथ्य राखेका थिए।
केन्द्रीय कमिटीको बैठकले द्वन्द्वकालमा मारिएका सबै पक्षका मानिसहरूको बारेमा विस्तृत रूपले अध्ययन र छानबिन गरेर मात्र शहीदहरूको निक्र्यौल गर्नुपर्ने र यस विषयलाई व्यापक छलफल र छानबिनपछि मात्रै अगाडि बढाउनुपर्ने निर्णयगरेको छ।
स्वयम् उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले पनि शहीदका प्रस्तावित नामहरू विवादास्पद भएकाले छानबिन नगरी मान्य नहुने स्पष्ट पार्नुभएको छ। माओवादीले झन्डै ८ हजार जनालाई शहीद घोषण गर्न शान्ति मन्त्रालयलाई नामावली दिएको छ।


"सम्झौता अनुसार सरकार संचालन भएको छैन" - एमाले

एमाले महासचिव झलनाथ खनालले वर्तमान सरकार सहमतिअनुसार संचालन नभएको बताएका छन्। केन्द्रीय कमिटी बैठकले गरेको निर्णय सार्वजानिक गर्न पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा महासचिव खनालले भने, ´सरकार गठन हुनुअघि गरिएको सम्झौता अनुसार सरकार संचालन भएको छैन।´ एमाले बैठकमा समेत सहमति अनुसार सरकार सञ्चालन नभएको भन्दै नेताहरुले आलोचना गरेका थिए। ´सरकारको नेतृत्व गरिरहेको माओवादी र प्रधानमन्त्री स्वयंले विगतमा भएका सहमति र समझदारीहरु कार्यान्वयन नगर्ने मात्र होइन, माओवादी कार्यकर्ताले उदण्डतासमेत प्रदर्शन गर्दै सहमति विपरीतका कामहरु गरिरहेका छन्´–महासचिव खनालले भने। एमालेले यी क्रियाकलापहरूको आलोचना गर्दै माओवादी नसुध्रे सहकार्य असहज बन्ने निष्कर्ष समेत निकालेको छ। सार्वजनिक रुपमा गरिएको प्रतिबद्धताहरु कार्यान्वयन गर्न प्रधानमन्त्री उदासिन हुनुका साथै उनीबाट बारम्बार गैरजिम्मेवार र अपरिपक्व अभिव्यक्तिहरु आइरहेकाले सरकारको छविमा नै नकारात्मक असर परेको एमाले नेताहरुको ठम्याइ छ। केन्द्रीय नेताहरूले मात्र होइन, महासचिव खनालले समेत सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै असन्तुष्टी ब्यक्त गरेका छन्। संक्रमणकालीन यो समयमा प्रतिक्रियावादी शक्तिहरूको षडयन्त्र निरन्तर रहेको बताउदै महासचिव खनालले भने,– ´यतिखेर क्रान्ति र प्रतिक्रान्ति गर्नेहरूबीच टक्कर छ।´ परिवर्तनकारी शक्तिहरूबीचको सहकार्य कमजोर बन्दै गएकोमा पनि उनले चिन्ता ब्यक्त गरे। ´यो सामाजिक तथा राजनीतिक रूपान्तरणको लागि जोखिम पनि हो ´–उनले भने।
विचार, संगठन र कार्यशैलीमा परिवर्तन एमालेको पुस ७ देखि१० गतेसम्म भएको केन्द्रीय कमिटी बैठकले विचार, संगठन र कार्यशैलीमा ब्यापक पुनर्गठन गर्ने निर्णय गरेको छ। त्यसको लागि पार्टीलाई बहुपदीय प्रणालीमा लैजाने निर्णय पनि एमालेले गरेको छ। ´पार्टीलाई लोकतन्त्रीकरण गर्ने सम्बन्धमा बहुपदीय संरचनासहित सामुहिक नेतृत्व प्रणालीमा जाने निर्णय गरेको छ´– एमाले महासचिव खनालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ, ´त्यसलाई कार्यान्वयन गर्नका लागि केन्द्रमा अध्यक्ष, उपाध्यक्ष, महासचिव र सचिव तथा त्यसभन्दा तलका कमिटीहरुमा अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिवसहितका पदीय संरचनाहरु निर्माण गरिनेछ।´ सामुहिक नेतृत्व प्रणाली अर्न्तगत अध्यक्षलाई राजनीतिक नेतृत्व र महासचिवलाई संगठनात्मक नेतृत्वको जिम्मेवारी दिइने भएको छ। मुख्य पदको लागि महासचिव खनालसहित पूर्व महासचिव माधवकुमार नेपाल र अर्का वरिष्ठ नेता केपी शर्मा ओली देखिए पनि कुन पदको लागि उम्मेदारी दिदैछन् भन्ने कुरा कुनै नेताले पनि सार्वजानिक गरिसकेका छैनन्। ´उम्मेदारीको सम्बन्धमा विचार र दृष्टिकोणहरू पारित भएपछि सरसल्लाह गरेर उम्मेदारी दिने/नदिने वा कुन पदमा दिने भन्ने विषयमा निर्क्यौल हुन्छ´, खनालले भने।
महासचिव खनालले पार्टीले अवलम्बन गर्दै आएको जनताको बहुदलीय जनवाद (जवज)लाई अद्यावधिक गरिने बताएका छन्। ´बहुदलीय जनवादलाई अहिलेको परिप्रेक्षयअनुसार अद्यावधिक गरिने छ´– उनले भने। महासचिव खनालले केन्द्रीय कमिटी बैठकमा जवजलाई अद्यावधिक गरिने भनि ल्याएको प्रस्तावलाई केन्दीय सदस्यहरूले चाहिं पाँचौ महाधिवेशनमा खनालले ल्याएको नौलो जनवादको सिद्धान्त लागु गर्न खोजेको भनी आलोचना गरेका थिए।
दक्षिणन्थी यथास्थितिवाद र उग्रवामपन्थी विचारका विरुद्ध सैद्धान्तिक, वैचारिक र राजनीतिक रुपमा संघर्ष गर्नुपर्ने ठहर पनि एमालेको छ। ´सहमतिका आधारमा जनमुखी संविधान निर्माण गरी संघीय लोकतन्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्ने र आर्थिक–सामाजिक रुपान्तरणलाई अघि बढाउनुपर्छ´, महासचिव खनालले भने। संविधान निर्माणका लागि प्रमुख राजनीतिक दलहरुबीच समझदारी हुनुपर्ने कुरामा एमालेको जोड छ। ´सहमतिका लागि प्रधानमन्त्री र नेकपा (माओवादी) लचिलो हुनुपर्ने र नेपाली कांग्रेस जिम्मेदार रुपमा प्रस्तुत हुनपर्छ´, एमालेको निर्णयमा उल्लेख छ।
आफनै पार्टीका नेता विष्णु पौडेलले सम्हालेको जलस्रोत मन्त्रालयसँग सम्बन्धित सरकारले गरेको निर्णयको एमालेले विरोध गरेको छ। देशले भोग्नु परिरहेको गम्भीर उर्जा संकटको स्थितिमा जलश्रोतको उपयोग गर्न अग्रसर हुनुको साटो डिजेल प्लान्ट ल्याउने भनी सरकारले गरेको निर्णयलाई एमालेले विरोध गरेको हो। यसअघि सरकारले राष्ट्रिय विद्युत संकट घोषणा गर्दै डिजेल प्लान्ट ल्याउने निर्णय गरेको थियो। माओवादीका विभिन्न जिल्ला संगठनको सिफारिसमा शान्ति तथा पुर्ननिर्माण मन्त्रालयले शहीद घोषणा गर्न प्रस्ताव गरेको सूचीप्रति एमाले बैठकले आपत्ति प्रकट गरेको छ। ´शहीद घोषणा गर्ने कार्य कुनै एक पक्षको मात्र सरोकारको विषय नभै राष्ट्रिय सरोकारको विषय हो´, एमालेको निर्णयमा उल्लेख छ, ´अतः मन्त्रिपरिषदमा शहीद
घोषणाबारे आएको प्रस्तावका सम्बन्धमा देशका प्रमुख राजनीतिक दलहरुका बीच छलफल गरी राष्ट्रिय सहमतिका
साथ मात्र निर्णय गरियोस्।´ बैठकले विगतको सहमतिको पालना, राष्ट्रिय शक्तिहरूबीच एकता, अपराधिक समूहहरूलाई कानुनी कारवाही, विखण्डनविरुद्ध दृढतापूर्वक उभिनुपर्ने, कब्जा गरिएका घर जग्गा फिर्ता हुनुपर्ने, वाइसीएलका ज्यादतीपूर्ण क्रियाकलाप रोकिनुपर्ने लगायतका प्रस्तावहरु पनि पारित गरेको छ। पार्टीको आठौ महाधिवेशनको लागि ´यथास्थिति, अराजकता र विखण्डनका विरुद्ध आठौ महाधिवेशन´ र ´राष्ट्रिय एकता, सामाजिक रुपान्तरण र संघीय लोकतान्त्रिक गणतन्त्रका लागि नयाँ संविधान´ भन्ने नारा पनि एमालेले तय गरेको छ। पार्टीको आठौ महाधिवेशन आगामी फागुन ५ देखि १० गतेसम्म बुटवलमा हुन गइरहेको छ। केन्द्रीय कमिटीको अर्को बैठक पुस २० गते हुने छ जसमा महासचिव खनालले लिखित प्रतिवेदन पेश गर्ने छन्।


सोमबारदेखि दैनिक १२ घन्टा लोडसेडिङ

नेपाल विद्युत् प्राधिकरणले आगामी सोमबारदेखि दैनिक १२ घन्टा लोडसेडिङ गर्ने भएको छ। हाल दैनिक १० घन्टाका दरले लोडसेडिङ हुँदै आएकोमा सोमबारदेखि दैनिक २ घन्टा थप हुन लागेको हो। चिसोका कारण नदीको जलस्तर घट्दै गएकाले माग र आपर्ूर्तिमा ठूलो असन्तुलन आएपछि लोडसेडिङको समय बढाउनुपरेको प्राधिकरण प्रणाली सञ्चालन विभागका प्रमुख शेरसिंह भाटले बिहीबार जलस्रोत मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो। अहिले विद्युत्को माग बढेर दैनिक १ करोड ८ लाख युनिट पुगेको तर आपूर्ति ७० लाख युनिट मात्र भएकाले ३८ लाख युनिट बिजुली अझै अपुग भएको उहाँले बताउनुभयो। यस्तै प्राधिकरणले आज शुक्रबारदेखि होर्डिङ बोर्डमा बिजुली आपर्ूर्ति बन्द गर्ने भएको छ।



आफुले केही गर्न नमिल्ने अख्तियारको ठहर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रायमाझी आयोगको प्रतिवेदन अनुसार राष्ट्रिय ढुकुटी दुरुपयोग गरेको आरोपमा मुछिएका तत्कालीन प्रधानसेनापति प्यारजंग थापालाई सफाई दिएको छ । रायमाझी आयोगको प्रतिवेदनले थापालाई दोषी ठहर गरी कारवाहीको लागि सिफारिस गरेको भएपनि प्रतिवेदन कार्यान्वयन सम्बन्धी व्यवस्था गर्न गठन भएको मन्त्रिपरिषद समितिले थापालाई सफाई दिइसकेकोले आफुले केही गर्न नपर्ने अख्तियारले जनाएको छ । मन्त्रिपरिषद समितिले थापालाई भविष्यमा कुनैपनि सरकारी पद नदिन गरेको सिफारिस कार्यान्वयन भइसकेको र थापाले खर्च गरेको रकम महालेखा परीक्षकबाट लेखा परीक्षण हुँदा बेरुजु समेत कायम नगरेकोले आफुले केही गर्न नमिल्ने अख्तियारको ठहर छ । अख्तियारले सैनिक ऐन बमोजिम कारवाही हुने क्षेत्रमा अनुसन्धान गर्न कानुनले आफुलाई क्षेत्राधिकार नदिएकोले थप अनुसन्धान गर्न नसकिएको उल्लेख गरेको छ ।


वामदेव गौतमको सरकारमा नेतृत्व 'असक्षम र माओवादी परस्त' भएको आरोप


उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको नेतृत्वमा सरकारमा 'एमालेको पार्टी पहिचान कायम नभएको' भन्दै केन्द्रिय सदश्यहरुले असन्तुष्टी प्रकट गरेका छन् । पार्टी केन्द्रिय कार्यलय बल्खुमा जारी केन्द्रिय कमिटीको बिहीबारको बैठकमा सरकारमा गौतमको नेतृत्व 'असक्षम र माओवादी परस्त' भएको आरोप लगाउँदै केन्द्रिय सदश्यहरुले माओवादीसँग गठबन्धन तोड्न वा गौतमको नेतृत्व फेर्न दवाव दिएका छन् । माओवादीका ७ हजार ६ सय ३४ जनालाई सहिद घोषण गर्ने 'गैरजिम्मेवार र हचुवा निर्णयको छडके किनारा साक्षी बसेको' भन्दै सदस्यहरुले विकल्प खोज्नुपर्ने धारणा राखेका हुन् । सदस्यहरु कृष्णगोपाल श्रेष्ठ, गोबिन्द कोइराला, गोकर्ण बिष्टलगायतले गौतमको आलोचना गरेका थिए । गौतम पार्टीप्रति अनुत्तरदायी भएको भन्दै उनीहरुले महासचिव झलनाथ खनालसंग रोष प्रकट गरेका थिए । जनताको बहुदलिय जनवाद (जबज) मा परिमार्जनको प्रस्तावसहित महासचिव झलनाथ खनालले बैठकमा प्रस्तुत गरेको मौखिक प्रतिवेदनबारे भने अर्को बैठकमा मात्र छलफल हुने भएको छ ।
केन्द्रीय सदस्यहरुले भने महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक सिद्धान्त र विचारमा सम्झौता गर्न नसकिने उल्लेखगर्दै लिखित प्रतिवेदन नल्याएकामा खनालको आलोचना गरेका थिए ।


राष्ट्रिय विद्युत संकट घोषणा

सरकारले राष्ट्रिय विद्युत संकट घोषणा गरेको छ । मन्त्रालयमा पत्रकार सम्मेलन गरी जलस्रोत मन्त्री विष्णु पौडेलले डरलाग्दो उर्जा संकट भएकोले बाध्यता वश राष्ट्रिय विद्युत संकट घोषणा गर्नुपरेको जानकारी दिनुभयो । मन्त्री पौडेलले संकट समाधान गर्न ३५ बूादे राष्ट्रिय विद्युत संकट निरुपण कार्ययोजना सार्वजनिक गर्नुभयो । जस्मा २५ वटा तत्कालीन, ३ वटा अल्पकालीन र ७ वटा दीर्घकालीन योजन छन् । मन्त्री पौडेलका अनुसार आईतवारदेखि दैनिक १२ देखि १४ घण्टा र फागुन देखि दैनिक १६ घण्टासम्म लोडसेडिङ हुनेछ । माग र आपूर्तिको अवस्था एकदमै असन्तुलित रहेको र यो स्थायी समाधान होईन भन्ने जान्दा जान्दै पनि सरकार यस्तो निर्णयमा पुगेको मन्त्री पौडेलको भनाई छ । सरकारले ०६८ सालसम्म विद्युत उत्पादन गरिसक्ने आयोजनालाई सरकारले सात वर्षसम्म आयकर छुट दिने र माघदेखि सीएफएल अभियान शुरु गर्ने मन्त्री पौडेलले जानकारी दिनुभयो । मध्यमस्र्याङ्दीमा काम पुरा भएको भन्दै मन्त्री पौडेलले परीक्षणको काम बााकी रहेकोले विद्युत उत्पादन गर्न केही हप्ता लाग्ने बताउनुभयो ।


वाईसीएल र युथ फोर्सलाई विघटन नगरीने

माओवादी र एमालेबीच वाईसीएल र युथ फोर्सलाई विघटन नगरी सुधारेर लैजाने सहमति भएको छ । दुई पार्टीका शीर्ष नेताहरुबीच आपसी सम्बन्ध सुधारका लागि सिंहदरबारमा भएको छलफलमा यस्तो सहमति भएको छ । त्यस्तै शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन, नयाा संविधान बनाउन, आर्थिक सामाजिक संरचना विकास गर्न १२ बूादे भन्दा पनि अझ उन्नत स्तरको राजनीतिक सहमति गर्ने खोज्ने निर्णय पनि भएको छ । सम्बन्ध सुधारका लागि तल्लो तहमा पनि छलफल गर्न दुई दल सहमत भएका छन् । बैठक पछि एमालेका पूर्व महासचिव माधव कुमार नेपालले दुई दलबीच बिगि्रएको सम्बन्ध सुधि्रएको बताउनुभयो । बनाउन बााकी विभिन्न समितिलाई पूर्णता, राजनीतिक र संवैधानिक समिति नियुक्तिका बारेमा अध्ययन गर्न देव गुरुङ्ग र भीम रावललाई जिम्मेवारी दिइएको छ । त्यस्तै बजेट कार्यान्वयन भए नभएको अध्ययन गर्ने जिम्मा डाक्टर बाबुराम भट्टराई र विष्णु पौडेललाई दिइएको माओवादी प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो ।


विश्वका दस प्रमुख व्यक्तित्वमा ज्ञानेन्द्र

दुई सय ३८ वर्ष लामो राजतन्त्रात्मक परम्परालाई पूर्णविराम लगाउने राजाका रूपमा चित्रित ज्ञानेन्द्रलाई अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्समा प्रकाशित समाचारको आँकडाअनुसार विश्वका दस प्रमुख व्यक्तित्वमा पारिएको हो ।
चिनियाँ समाचार संस्था सिन्ह्वाले रोयटर्सलाई उद्धृत गर्दै दिएको तस्बिर-समाचारमा ज्ञानेन्द्रलाई छैटौं नम्बरमा राखिएको छ ।
सिन्ह्वाले सार्वजनिक गरेको सो सूचीको पहिलो नम्बरमा नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाराक ओबामा रहेका छन् । अमेरिकी इतिहासमा ह्वाइटहाउस प्रवेश गर्ने उनी पहिलो अश्वेत नागरिक भनेर तस्बिर विवरणमा उल्लेख गरिएको छ ।
दोस्रो नम्बरमा छन् न्युयोर्कका पूर्वगभर्नर इलियट स्पिजर । एक वेश्यासँगको सम्बन्धबारे समाचार प्रकाशित भएपछि उनको चर्चा विश्वभरि फैलिएको थियो । समाचार सार्वजनिक भएको दोस्रो दिन उनले गभर्नर पदबाट राजीनामा दिएका थिए ।
जापानका पूर्वप्रधानमन्त्री यासुओ फुकुदालाई तेस्रो नम्बरमा राखिएको छ । विभिन्न आरोपका कारण विवादमा परेका यासुओले आफ्नो प्रधानमन्त्रीय पूर्णकाल नछिचोल्दै राजीनामा गर्नुपरेको थियो ।
त्यसैगरी, रुसका नयाँ राष्ट्रपति दिमित्री मेदमेडेभलाई चौथो, क्युबाका नेता राउल क्यास्ट्रो पाँचौँ, थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा र नेपालका पूर्वराजा ज्ञानेन्द्रलाई छैटौं नम्बरमा राखिएको छ ।
जनआन्दोलन-२ पछि घोषणा भएको गणतन्त्रपछि पूर्वराजा ज्ञानेन्द्र २९ जेठ साँझ ८:३१ मा नारायणहिटी दरबार त्यागेर नागार्जुन गएका थिए ।
गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री रहेको तत्कालीन सरकारले उनलाई नागार्जुनमा बस्ने व्यवस्था मिलाएको थियो । त्यसै दिन उनले नारायणहिटी दरबारमा पत्रकार सम्मेलन गरेर शाहवंशीय विरासत मानिने श्रीपेच र राजदण्ड सरकारलाई हस्तान्तरण गरेको घोषणा गरेका थिए । नागार्जुन दरबारमा रहेका वेला 'ऐतिहासिक संस्मरण' लेख्ने तयारी गरेका पूर्वराजा ज्ञानेन्द्रले राजनीतिक भेटघाट पनि गरेका थिए ।
गत दसैंदेखि महाराजगञ्जस्थित निर्मल निवासमा ज्ञानेन्द्रदम्पती बस्दै आएको छ । पूर्वरानी कोमल शाह भने नागार्जुनभन्दा निर्मल निवासमा बढीजसो बस्दै आएकी थिइन् । ज्ञानेन्द्रले निर्मल निवासमा राप्रपा नेपालका कमल थापालगायत पूर्वसहयोगीहरू, पूर्वक्षेत्रीय प्रशासक एवं निकटस्थ पत्रकारहरूसँग भेटवार्ता गर्दै आएका छन् । हाल ज्ञानेन्द्र निर्मल निवासमा श्रीमतीसहित बुहारी हिमानीसँग बस्दै आएका छन् । एक मात्र छोरा पूर्वयुवराज पारस भने सिंगापुर बस्दै आएका छन् । दसैंपछि पारस दुईपटक नेपाल आएर सिंगापुर फर्केका छन् । दसैं-तिहारपछि दोस्रोपटक नेपाल आएका उनी गत आइतबार सिंगापुर फर्केका छन् ।
फुर्सदमा रहेका ज्ञानेन्द्र पछिल्ला दिनमा आफ्ना निकट सहयोगीसँग बसेर 'पप्लु' खेल्ने गरेको पारिवारिक स्रोतको भनाइ छ । निकट सहयोगीहरू प्रभुशमशेर, शान्तकुमार मल्ल, भरतकेशर सिंहलगायतको घरैमा गएर ज्ञानेन्द्रले तास खेल्ने र मदिरापान गर्ने गरेको स्रोतले जनाएको छ ।
उता, रोयटर्सले पूर्वराजा ज्ञानेन्द्रका अलावा ओलम्पिकमा गोल्ड मेडलिस्ट पूर्वखेलाडी मारियन जोन्स र २४ वर्षसम्म आफ्नै छोरीलाई झ्यालसमेत नभएको कालकोठरीमा राखेर निरन्तर बलात्कार गर्ने पिता जोसेफ फ्रिजललाई पनि सूचीमा राखेको छ ।
रोयटर्सले प्रस्तुत गरेको यो सूची हेर्दा २००८ मा समाचारका रूपमा सबैभन्दा बढी चर्चित बनेका व्यक्तिहरूको सहभागितालाई आधार बनाइएकोजस्तो लाग्छ । समाचार संस्था रोयटर्सको सहारा लिँदै सिन्ह्वाले सामग्रीका रूपमा तस्बिर र केही 'न्युज लिङ्क' मात्र प्रस्तुत गरेको छ । यस विषयमा समाचार रिपोर्ट भने सम्प्रेषण गरेको छैन ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक