20090102

नेपाल भन्ने पनि देश छ र ?!, सगरमाथा चाइनामा रे, बुद्धको जन्मभुमी लुम्बिनी भारत मा रे !!!

मैले संसार का २६ देश जहाँ जहाँ घुमे, त्यहाँ त्यहाँ र हाल बस्दै आएको अमेरिकामा पनि नेपाल भनेको भारतको एउटा प्रान्त हो भन्ने भ्रम बिदेशी मान्छेहरुमा बढी रहेको पाएँ । कमैले मात्र नेपाल एउटा स्वतन्त्र देश हो भन्ने थाहा पाएको र नगन्यले मात्र नेपाल घुमेको बताउने गरेका छन । अझ रिश उठ्दो कुरा त के भने सगरमाथा चाइनामा रे, बुद्धको जन्मभुमी लुम्बिनी भारत मा रे !!!, कती रिश उठ्दो होला तपाईं आँफै कल्पना गर्नुश !?। अपराधीहरुको राज भए पनि , सत्य, न्याय, धर्म, परम्परा, सस्क्रितीको नाश हुँदै गएपनी , भाई भाई लडेर तराइ हिमाल पहाड छुट्याउने खेलमा रहे पनि , देशमा सान्ती पूर्वक बाँच्न, नाच्न , काम गरेर खाने बातावरण हराउदै गए पनि, आफ्नो जन्म भुमी साँचै सबै भन्दा प्यारो हुदो रहेछ
अनी त्यसो भन्नेहरुलाई नेपाल सानो तर सुन्दर देश, प्राकृतिक सौन्दर्यताले भरिपूर्ण देश , सगरमाथाको देश , भगवान गौतम बुद्ध जन्मेको देश, एउटा स्वतन्त्र देश, बलजफ्ती नेताहरुले खारेज गरेको भनेपनी हिन्दू धर्मालम्बीहरुको देश भनेर उत्तर दिदा दिदा र भन्दा भन्दा ठीक्क हुन्छ, कसैलेत ओहो तेरो देश त माओईस्ट टेरोरिस्ट (Maoist Terorist) हरुले कब्जा गरेछन है भन्छन ,
बिस्तारै बिस्तारै बिदेशमा नेपालीको सन्ख्या बढ्दै जादा अब बल्ल नेपालको पनि प्रचार राम्रो सँग हुँदैछ । यसै क्रममा मलाई पनि झोक चल्यो, देशको नाम सडकमा दौडिदा अरुले पनि जानुन भनेर अमेरिका को भर्जिनिया राज्यबाट सरकारी अतिरिक्त महसुल तिरेर मैले मेरो मोटरमा नम्बर प्लेट नै माइ नेपाल ( My Nepal ) भनेर राख्ने अनुमती लिएँ । नेपालीले बिदेशमा जहाँ जहाँ यसरी अनुमती लिएर नम्बर प्लेट राख्न पाईन्छ, प्रयास गर्नेहो कि ? अमेरिका का ५० हरेक स्टेटमा नाम नजुधाइ नम्बर प्लेट राख्न पाईन्छ, सुने अनुसार क्यानाडा , बेलायत र अन्य केही देशमा पनि यस्तो ब्यबस्था छ रे , आउनुहोश सबै ले भन्न थालौं मेरो नेपाल ।


प्रधानसेनापति हटाउने प्रयास

रक्षामन्त्री रामबहादुर थापा (बादल) ले अस्ति बिहीबार प्रधानसेनापति रुक्माङ्गद कटवाललाई पदबाट हटाउने प्रयास गरेका छन्। विभिन्न दल एवं भारतको सहमति लिएर प्रधान सेनापतिलाई हटाउन खोजिए पनि रक्षामन्त्री सफल हुन भने सकेनन्। यही विवादका कारण अस्ति दिउँसोको मन्त्रिपरिषद् बैठकसमेत बीचैमा अवरुद्ध भयो। बिहीबार रक्षामन्त्री बादलले कटुवाललाई हटाउनका लागि रक्षा मन्त्रालयका अधिकारीहरूलाई प्रस्ताव तयार गर्न ठाडो निर्देशन दिएका थिए। उनले प्रधानमन्त्री प्रचण्डलाई यसबारेमा पहिल्यै जानकारी गराएका थिए।
प्रधानमन्त्रीले ठीक छ, प्रक्रिया पुर्‍याएर ल्याउनोस् भनेका थिए। बीचमा प्रधानमन्त्रीले एमाले महासचिव झलनाथ खनाललगायत केही वरिष्ठ नेतालाई फोन गरेर सेनापति हटाउने बारेमा सहमति लिने प्रयास गरेका थिए। एमाले महासचिव खनाल खनालले उक्त प्रस्ताव प्रधानमन्त्रीले नै ल्याएको भए ठीक छ, तर आफूले त्यसको सिद्धान्ततः विरोध गर्ने बताएका थिए भने अन्य एमाले नेताले निकै कडा रुपमा प्रतिवाद गरेका थिए भने अन्य एमाले नेताले निकै कडा रुपमा प्रतिवाद गरेका थिए। केही नेताले त्यसो गरिए सरकार छाड्ने समेत बताएको चेतावनी दिएको स्रोतले बतायो। दिउँसो ११ बजे क्याविनेट बस्न सुरु गरेपछि रक्षामन्त्री बादलले प्रधानसेनापति हटाउने मौखिक प्रस्ताव ल्याउनासाथ एमालेका मन्त्रीहरूले त्यसको कडा प्रतिवाद गरे।
बादल सेनापतिप्रति अत्यन्तै आक्रोशित देखिएका थिए। विशेषगरी नयाँ भर्ती खोलेको, सरकारलाई असहयोग गरेको तथा रक्षा मन्त्रालयलाई नमानेको बादलले गुनासो गरेको स्रोतले बतायो। तर, बादलको इच्छाअनुसार कुरा अगाडि बढ्न नसकेपछि क्याविनेट अगाडि बढ्न सकेन।मन्त्रिपरिषद्बाट कटुवाललाई हटाउने निर्णय पारित गराउन नसकेपछि सोही दिन बादलले रक्षा मन्त्रालयलाई प्रधानसेनापतिसमक्ष लिखित स्पष्टीकरण पठाउन लगाएका छन्। तर सो को जवाफ भने प्रधानसेनापतिले रक्षालाई दिएका छैनन्। रक्षामन्त्रीले सेनापतिलाई हटाउन खोजेपछि नेपाली सेना सतर्क भएको स्रोत बताउँछ। माओवादी बाहेकका अन्य दलहरूमा पनि यो मुद्दाले ध्यानाकर्षण गराएको छ। एमाले नेताहरूले यसबाट आफूहरू चकित परेको बताएका छन्। भर्खरै नेपाली सेनाले खाली रहेका सीटहरूमा नयाँ भर्नाका लागि आवेदन लिन सुरु गरेपछि माओवादी नेता र सैन्य हेडक्वार्टर बीच तनाव बढ्न थालेको हो। नेपाली सेनाले नयाँ भर्ती खोलिएको नभई पुरानै संख्यामा नपुग भएको स्थान पूर्ति गर्न खोजेको बताउँदै आएको छ। तर, अनमिनका प्रमुख इयान मार्टिनले समेत माओवादीकै विचारमा सहमति जनाउँदै सेनामा भर्ती खोल्नु शान्ति सम्झौता विपरीत भएका तर्क गरेपछि नेपाली सेनामा हलचल मच्चिएको छ। शान्ति सम्झौतापछि सेनाले दुईपटक यस्तो भर्ना खोलिसकेको थियो। अहिले तस्रो पटकमात्रै यस्तो विवादसिर्जना भएको हो। रक्षा मन्त्रालयले जंगी अड्डालाई पत्र पठाई तत्कालका लागि भर्ना सम्बन्धी कार्य स्थगन गर्न भनेको थियो। तर सैन्य अधिकारीहरूले भने भर्ना नियमित प्रक्रिया भएको र यसबाट शान्ति सम्झौता उल्लघन नभएको सार्वजनिक प्रतिक्रिया दिएपछि रक्षामन्त्रीले सेनाले सरकारको आदेश नमानेको भन्न थालेका हुन्। भर्ना रोक्ने विषयमा लेखिएको पत्रमा रक्षा सचिवको नभई सहसचिव टीकादत्त पोख्रेलको हस्ताक्षर छ। हाल रक्षाका अधिकारीहरू त्यसरी पत्र लेख्नु गलत भयो भन्ने र ठीकै भयो भन्ने र ठीकै थियो भन्ने दुई खेमामा विभक्त भएको स्रोतले बताउँछ।
स्रोतका अनुसार नेकपा(माओवादी) रुक्माङ्गतलाई हटाएर जर्नेल कूलबहादुर खड्कालाई प्रधानसेनापति बनाउने मनसुवामा रहको छ। खड्काले गोरखा डा. बाबुराम भट्टराई पढेकै लुइँटेलमै पढेका हुन्। नेकपा माओवादीले यसअघि न्यायपरिषद् सदस्य मोतिकाजी स्थापितलाई यसैगरी हटाउन खोज्दा असफल भएको थियो। सेनापति हटाउन असफल भएमा रक्षामन्त्री बादलले आफै राजीनामा दिनुपर्ने स्थिति आउन सक्ने स्रोतले बताएको छ। सरकारमा पुगेपछि सबै क्षेत्रमा प्रभाव जमाउन सफल भए पनि न्यायालय र सैन्य संरचनामा माओवादीले प्रभाव लाद्न सकेको छैन। प्रधानसेनापति हटाउनका लागि बिहीबार नै भारतको सहमति लिने प्रयास गरिए पनि ठाडै अस्वीकार गरिसकेको दावी स्रोतको छ।

अपराधीलाई अबिर जात्रा : हिमाल मिडिया तोडफोड गर्ने, पत्रकार कुट्ने माओवादी अपराधी हरु लाई हिरासत् मुक्त र अबिर जात्रा गरी सम्मान गरेर माओवादीले आफ्नो स्वतन्त्र प्रेस प्रतिको धारणा को यसरी खिल्ली उडाएको छ ।

प्रधानमन्त्री र पशुपति क्षेत्र विकास कोषले सर्वोच्च अदालतको आदेश बुझेनन्

ओककम्, पुरानो ढुकुटीको सम्पत्ति सबै गर्नुपर्यो स्वाssहा... सोर्सफोर्समा नयाँ भट्ट बनिपाएँ आssहा ...दादागिरीबाट के काम हुँदैन सबैले पाए थाssहा... (नेस)

प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय र पशुपति क्षेत्र विकास कोषले पुजारी नियुक्ति विवादमा सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशको लिखित जानकारी शुक्रबार बुझेनन्। सर्वोच्च अदालतले शुक्रबार जानकारीसहित म्यादपत्र पठाएकोमा कोषले बुझ्न नमानेको सर्वोच्च स्रोतले बतायो। यस विषयमा जानकारी लिन खोज्दा कोषका सदस्यसचिव परमानन्द शाक्यसँग सम्पर्क हुन सकेन। प्रधानमन्त्री कार्यालयमा चाहिँ म्यादपत्र निकै ढिला गरी पुर्‍याइएकाले नबुझएको हो। यता संस्कृति तथा राज्य पुनर्संरचना मन्त्रालयले म्यादपत्र बुझेको छ। पुजारी नियुक्तिबिरुद्धको रिटमा सर्वोच्च अदालतले बिहीबार नयाँ पुजारीलाई पूजा नगराउनू भनी अन्तरिम आदेश जारी गरेको थियो।
अन्तरिम आदेशको अवज्ञा गरी नयाँ पुजारीबाट नै पूजा गराइएकोमा कानुन व्यवसायीहरूले आलोचना गरेका छन्। ´यस्तो सार्वजनिक सरोकारको विषयमा सञ्चारमाध्यममा आएपछि सरकारले जानकारी लिनुपर्ने हो´, वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले भने– लिखित आदेश नै कुरेर बस्नुपर्दैन। बिहीबार सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेलगत्तै कोषले पशुपतिनाथ मन्दिरको ताल्चा काटी नयाँ पुजारीहरुलाई प्रवेश गराएको थियो। लामो समयदेखि पुजारीका रुपमा क्रियाशील भण्डारीहरूले शुक्रबार बिहानैदेखि पाशुपत क्षेत्रमा सवारी आवागमनमा रोक लगाएका छन्। मूल पुजारीमा विष्णुप्रसाद दाहाल र पुजारीमा शालिग्राम ढकालको नियुक्ति खारेजीको माग गर्दै बन्द गरिएको हो। भण्डारीहरूको बाहुल्यता रहेको पशुपति सेवक संघद्वारा आयोजित बन्दका क्रममा पाशुपत क्षेत्रमा छिर्ने सबै प्रवेश विन्दुमा सवारी प्रवेशमा रोक लगाइएको छ। भण्डारीहरूले पशुपतिमा भएको राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्ने र सर्वोच्च अदालतको आदेश पालना गर्नुपर्ने माग राख्दै बन्द आयोजना गरेका हुन्।शुक्रबार बिहानको नियमित पूजाको टीकासमेत भण्डारीहरुले बहिष्कार गरेका थिए। सर्वोच्च अदालतले पुजारीको नियुक्ति कानुन विपरित भएको भन्दै दायर गरिएको रीटको सुनुवाइमा नवनियुक्त पुजारीको सट्टा साविककै पुजारी र मूल भट्टलाई पूजा गराउन आदेश दिएको थियो । उनीहरु बिहीबार प्रहरी सुरक्षामा मन्दिरको ताल्चा काटेर भित्र प्रवेश गरेका थिए। नवनियुक्त पुजारीहरुले शुक्रबार बिहान सुरक्षा घेरामा नियमित पूजा अर्जना गरेका थिए।

अमेरिकामा नेपालीको शुभकामना आदान-प्रदान

अलामिडा, जनबरी १,
नयाँ वर्ष२००९ को उपलक्ष्यमा जनबरी १ तारिक साँझ क्यालिफोर्नियाको बे-एरियाका नेपाली भेला भएर शुभकामना आदान-प्रदान गरे । मदरल्याण्ड नेपाल र स्थानीय नेपाली समाजको आयोजनामा भएको सो भेलामा सहभागीहरुले नयाँ वर्षा अमेरिकामा रहेका नेपालीको उत्थान, प्रगति र विकासका लागि गर्नसकिने विभिन्न कार्यक्रमका बारेमा सरसल्लाह पनि गरेका थिए ।
मदरल्याण्ड नेपालका अध्यक्ष अनिल पाण्डेले संस्थाको नेतृत्व हस्तान्तरण गर्ने घोषणा गरिसकेको सर्न्दर्भमा उपस्थित समूहमा नयाँ नेतृत्व लिन चाहने व्यक्तिहरुको पनि भेलामा उत्तिकै सक्रियता थियो ।
सहभागीहरुले आ-आफ्नै घरबाट खानाका विभिन्न परिकार बनाई ल्याएर मदरल्याण्ड नेपालकै कार्यालय रहेको भवन २१०६-अलामिडामा साँझ अबेरसम्म बसेर समाइलो गरे । भेलामा त्यस क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरु गोविन्द शाही, युवराज तिमिल्सिना, गोपाल खड्गी, गीता श्रेष्ठ, मनहरा थापा, गम गुरुङ, संगीता अधिकारी, मणि नेपाली, सज्जन पाण्डे, रीना दीक्षित, सन्तोष पाठक, ललिता गुरुङ, गणेश सुवेदी, जीवन सुब्बा लगायतका करिव ५० नेपालीको सहभागिता थियो ।
अन्त्यमा, मदरल्याण्ड नेपालका अध्यक्ष पाण्डेले सहभागी सबैमा धन्यवाद ज्ञापन गर्नुभएपछि कार्यक्रम सम्पन्न भयो ।

विश्वविद्यालय अनिश्चितकालका लागि बन्द

स्थानीय बासिन्दासँग जग्गाको मुआव्जा सम्बन्धी बिबाद फेरि बढेपछि त्रिभुवन बिश्वविद्यालय अनिश्चितकालका लागि बन्द भएको छ । आफुहरुसँगको सम्झौता पालना नभएको भन्दै स्थानीय बासिन्दाले तोडफोड गरेपछि प्रशासनले सुचना निकालेर सुरक्षाको कारण देखाउँदै बिश्वविद्यालय बन्दको घोषणा गरेको हो । २०१३ सालमा विश्वविद्यालय स्थापना गर्दा भएका मुआव्जा र रोजगारी सम्बन्धी सम्झौता पालना नभएको भन्दै स्थानीय बासिन्दाले आज बिश्जविद्यालयको ग्रामीण विकास र अंग्रेजी केन्द्रीय विभाग तथा उपकुलपतिको कार्यालयमा तोडफोड गरेका छन् । बिश्वविद्यालयको पर्खाल पनि ठाउँठाउँमा भत्काइएको छ । स्थानीय बासिन्दाले जग्गाको मुआव्जा र जागिरको माग गर्दै हिजो ज्ञापनपत्र बुझाएका थिए । सरकारले बिश्वविद्यालयका लागि ६५ सय रोपनी जग्गा अध्रि्रहण गरेको छ । तर आफ्नो जग्गाको मुआव्जा नपाएको भन्दै स्थानीय बासिन्दा र बिश्वविद्यालयबीच पटक पटक बिबाद भइरहेको छ । तोडफोड पछि बिश्वविद्यालय परिसरमा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ । बिश्वविद्यालयलाई प्रहरीले घेरेर राखेको छ । स्थानीय बासिन्दाले अहिले किर्तीपुरमा पर््रदर्शन गरिरहेका छन् । पर््रदर्शनका कारण किर्तीपुर क्षेत्रमा गाडी चलेका छैनन् ।
बाँदर र गुना मारेर खाने आफ्नो परम्परा सुरक्षित हुनुपर्ने माग

सरकारले लोपोन्मुख राउटे जातिका लागि मासिक भत्ता बढाएर एक हजार रुपैयाँ दिने भएको छ । राउटे जातिका प्रतिनिधिसँगको भेटमा अर्थमन्त्री डाक्टर बाबुराम भट्टर्राईले पाँचसय रुपैया मासिक भत्ता बढाएर हजार बनाउने जानकारी दिनुभएको हो । पाँचदिन अघि काठमाण्डू आएका राउटेका प्रतिनिधि भेटघाट र अन्तक्रिर्या कार्यक्रममा व्यस्त छन । हरेक भेटघाट र अन्तक्रिर्यामा उनीहरुले जंगलमा स्वतन्त्रपर्ूवक घुम्ने, नरम जातको काठ काटेर जीविका गर्ने तथा बाँदर र गुना मारेर खाने आफ्नो परम्परा सुरक्षित हुनुपर्ने माग गरेका छन् । साथै आफूहरुलाई खाद्यान्न, लत्ताकपडाको पनि व्यवस्था गर्नुपर्ने राउटेको माग छ ।

नेपाली जनसर्म्पर्क समिति, अमेरिकाको नेभाडा च्याप्टर अधिवेशन सम्पन्न

अमेरिकाको नेभडा राज्यमा रहेका प्रजातन्त्रवादी नेपालीहरुले नेपाली जनसर्म्पर्क समिति, अमेरिकाको नेभडा च्याप्टरको प्रथम अधिवेशन सम्पन्न गरेका छन् । नेभडा राज्यको रेनोमा आयोजित प्रथम अधिवेशनले नौ सदस्यीय नभेडा च्याप्टर कार्य समिति चयन गरेको छ । सो कार्य समितिको सभापतिमा वेनी डागी निर्वाचित हुनुभएको छ ।
त्यसैगरी उपसभापतिमा अशोक पोख्रेल, सचिवमा लेखनाथ अधिकारी, सहसचिवमा तर्ीथराज जोशी, कोेषाध्यक्षमा यादव पौडेल रहनुभएको छ । सदस्यहरुमा क्रमशः शिखा उप्रेती, कृष्ण शाहतेली, शुशील जोशी र श्याम बस्नेत निर्वाचित हुनुभएको छ ।
सो अधिवेशनको उद्घाटन् गर्दै नेपाली जनसर्म्पर्क समिति, अमेरिकाका केन्द्रीय सभापति डा. सुरेन्द्रराज देवकोटाले प्रवासमा रहेका हामी नेपालीहरुले मातृभूमि नेपालका लागि केही गर्नु पर्ने अठोटमा जोड दिद,ैं महिनाको एकडलर मातृभूमिका लागि अभियान यही आशयले ल्याइएको कुरा बताउनु भयो ।
सो अवसामा नेपाली जनसर्म्पर्क समिति, अमेरिका वेस्टकोस्ट च्याप्टरका सभापति पशुपति पाण्डे, ज्ञानहरि अर्याल, अशोक पोख्रेल, यादव पौडेल, नेपाल विद्यार्थी एशोसिएशनका अध्यक्ष मधु ज्ञावली आदिले च्याप्टरको गतिविधिका वारेमा प्रकाश पार्नु भयो ।
वेनी डाँगीको सभापतित्वमा भएको सो उद्धाटन समारोहमा नेपाली काँग्रेस केन्द्रीय कार्यलयबाट प्राप्त शुभकामना सन्देश पनि पढेर सुनाइएको थियो ।
यसैवीच, आजै नेपाली जनसर्म्पर्क समिति, अमेरिकाले कनेटिकट अधिवेशन २००७ को घोषणपत्र अनुरुप "महिनाको एकडलर मातृभूमिका लागि" अभियानको निर्देशिका पारित गरेको छ ।
यो अभियानलाई र्सार्थक बनाउन अमेरिका लगायत संसारभरी छरिएर रहेका नेपाली समुदायलाई नेपाली जनसर्म्पर्क समिति, अमेरिकाले आहृवान गरेको छ ।- By shiva Prakash

1 comment:

  1. Namaste!!Ram dai,
    I am very much impressed by your contribution for Nepal. I highly appreciate your thoughts and deeds. Hope that each and every Nepali will contribute in their own way for our country.Keep it up!!!!

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक