20090103

डुंगा सवार २१ जना यात्रुहरु हराए

सप्तकोसी नदीमा आइतबार विहान डुंगा पल्टिदा डुंगा सवार २१ जना यात्रुहरु हराइरहेका छन् । सुनसरीको श्रीपुर कुसहा खण्डमा विहान ८ वजे डुंगा पल्टिएको हो । डुंगामा ४० जना यात्रु सवार रहेकोमा १९ जना सम्पर्कमा आएको प्रहरीले जनाएको छ । उनीहरु पौडिएर नदी किनारमा आएका हुन् । डुंगामा क्षमता भन्दा बढी यात्रु सवार रहेका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ । काठमाण्डौंबाट पूर्वतर्फ गइरहेका यात्रुहरु सो डुंगामा चढेका थिए । हराइरहेका व्यक्तिहरुको उद्धारका लागि आधा दर्जन डुंगा परिचालन गरिनुका साथै स्थानीय वासीसंगै जनपथ,सशस्त्र प्रहरी तथा नेपाली सेना खटिएका छन् । बाक्लो कुहिरोका कारण उद्धारकार्यमा कठिनाइ भइरहेकेा सुनसरीका प्रमुख जिल्ला अधिकारी दुर्गा भण्डारीले बताए । गत भदैमा सप्तकोसीमा आएको बाढीले राजमार्ग बगाएपछि पूर्व जाने यात्रुहरु डुंगा चढेर सप्तकोसी तर्दै आएका छन् ।

आन्दोलनको कार्यक्रम सार्वजनिक

तराई मधेश लोकतान्त्रिक पार्टीले वर्तमान सरकार मधेशका मुद्दाप्रति उदासिन रहेको भन्दै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । पुस १९ गते पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको कार्यक्रम अनुसार पुस २८ गते तराई मधेशका सबै जिल्ला सदरमुकाममा विरोध प्रर्दशन, माघ ३ गते तराई मधेशका जिल्ला प्रशासन कार्यालय अगाडि दुई घण्टा धर्ना दिने कार्यक्रम रहेको छ । यसैगरी सो पार्टीले माघ ५ गते बलिदानी दिवस मनाउने तथा माघ ७ गते लोड सेडिङ्गको विरुद्धमा तराई मधेशमा पर्ने विद्युत प्राधिकरण कार्यालय अगाडि धर्ना तथा विरोध गर्ने भएको छ । आफ्नो पार्टीले मंसिर १६ गते प्रधानमन्त्री समक्ष राखेको १३ बुँदे माग पुरा नभए माघ ९ र १० गते भैरहवामा हुने राष्ट्रिय कार्यकर्ता भेलाले दोस्रो चरणको आन्दोलन तय गर्ने अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए । मंसिर १६ गते बुझाएको १३ बुँदामा ०६४ फागुन १६ गते मधेशी मोर्चासँग सरकारले गरेको सम्झौता कार्यान्वयन हुनु पर्ने, मधेशी समुदायलाई सेना, प्रहरी तथा निजामती सेवामा सामुहिक प्रवेश गराउनु पर्ने लगायतका माग छन् । मधेशी दलहरु समेत सम्मिलित सरकारले मधेशका मुद्दालाई सम्वोधन गर्न नसकेको भन्दै पुस १७ गते नै सो पार्टी सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने घोषणा गरेको थियो ।

पशुपतिनाथलाई राजनीतिक विवादभन्दा माथि राख्न म अनुरोध गर्न चाहन्छु : पूर्व राजा ज्ञानेन्द्र


पूर्व राजा ज्ञानेन्द्रले सरकार र सम्बन्धित सबैलाई पशुपतिनाथ मन्दिरलाई राजनीतिबाट टाढा राख्न आग्रह गरेका छन्। पूर्व राजाले पत्रकारहरूको एक समूहलाई शनिबार दिउँसो भेटी यो आग्रह गरेको हुन्। पशुपतिनाथमा गत शनिबार नयाँ पुजारीहरूको नियुक्ति भएपछि सुरु भएको विवाद एक साता पुगिसकेको छ। ´वहुसंख्यक नेपालीहरू तथा विश्वका हिन्दूहरूका आस्था र श्रद्धाका प्रतीक अराध्य देवता श्री पशुपतिनाथलाई राजनीतिक विवादभन्दा माथि राख्न म नेपाल सरकार, समस्त श्रद्धालुहरू र सम्बन्धित पक्ष सबैसँग हार्दिक आग्रह र अनुरोध गर्न चाहन्छु´, ज्ञानेन्द्रले पत्रकारहरूलाई दिएका अभिव्यक्तिलाई उदृत गर्दै पूर्व संवाद सचिव फणिराज पाठकले भने। ज्ञानेन्द्रले अगाडि भनेका छन्– ´शताब्दीयौंदेखि नेपालले विश्वसमक्ष धार्मिक र सामाजिक सद्भावको उदाहरण बन्दै विश्वलाई प्रेरणाको सन्देश दिंदै आएको छ। नेपालको त्यो छवि नधमिलियोस् भनी हामी सदैव प्रयत्नशील रहनु आवश्यक छ।´ सरकारले भारतीय भट्टहरूले राजीनामा दिएपछि दुई नेपाली पुजारीलाई नियुक्त गरेको हो। दक्षिण भारतबाट आएका पुजारीहरूले पशुपतिनाथमा १८०८ देखि पशुपतिनाथ मन्दिरको दैनिक पूजाआजाको जिम्मेवारी पाउँदै आएका थिए।
´आफ्नो आस्थाको धर्म, रीतिरिवाज र धार्मिक परम्पराको निर्वाह हाम्रो राष्ट्रिय जीवन र राष्ट्रियतासँग अविच्छिन्न रुपमा गाँसिएका अधिकार र कर्तव्य हुन्´, पूर्व राजाले भनेका छन्– ´यो यथार्थलाई स्वीकार गरी श्री पशुपतिनाको पवित्रताप्रतिको श्रद्धा, पूजाअर्चाना र दैनिक गतिविधिलाई सामान्य बनाउन पनि सबैसँग आग्रह गर्न चाहन्छु।´


मौकामा चौका हान, पशुपती, बुद्ध र देशै फाल् ???

-शेखर ढुङेल

भन्ने हरु भन्दै गर्छन्
सक्ने ले गर्ने हो
खाको लाको पाको
नेपाली को उखान सबै ले थाहा पाको
-----
लुट्ने हरु निर्धक लुट
कानुन देखे पार्टी को झन्डा लुक
हत्यारा लाई शाहीद घोषणा भएको
देश मा अपराध लाई कस्ले रोक्छ ?
-----
माग माग आजै क्षति पुर्ती माग
जेको पनि माग्ने भए
आमा ले ९ महिना सम्म पेटमा
कब्जा गरेकी थीइन त्यस्को पनि माग
------
खोतल खोतल मौका यही हो
जता ततै खोतल
जहाँ सम्म आफु आएको ठाउँ देखिन्न
तब सम्म खोतल
-----
तिम्रो आँशु मात्र मोती
अरु को आँशु बर्षा को पानी
कती सम्म लुट्छउ लुट देश
नेता रुपी देश का बेइमानी
-----
तोपी फालेउ दौरा फालेउ
पात्रो पनि फाल्ने भन्छोउ
फाल् फाल् पालै पालो
पशुपती बुद्ध र देशै फाल्
(माफ है देश को बिक्री को आक्रोस मा पोखिएको भाषा को लागि )


वामदेव गौतम स्वीकार, प्रधानमन्त्री अस्वीकार

नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले आफ्नो पार्टीले प्रधानमन्त्री एवं माओवादी अध्यक्षपुष्पकमल दाहाललाई सेना समायोजन विशेष समितिको संयोजकमा स्वीकार नगर्ने बताएका छन्। रिपोर्टर्स क्लबद्वारा राजधानीमा शनिबार आयोजित कार्यक्रममा उनले एमाले नेता एवं उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमलाई समितिको संयोजक बनाउने सहमति भइसकेकाले आफ्नो पार्टीले दाहाललाई उक्त भूमिकामा स्वीकार गर्न नसक्ने बताए।
माओवादीले हालै सत्तारूढ दलहरूको राजनीतिक समन्वय समितिको बैठकमा प्रधानमन्त्री दाहाललाई समितिको संयोजक बनाउनुपर्ने अडान राखेको छ। समन्वय समितिको बैठकपछि सरकारमा एमालेका मन्त्रीहरूको नेतृत्व गरेका उपप्रधानमन्त्री गौतमले माओवादीको उक्त प्रस्तावलाई आफूले स्वीकार नगर्ने बताएका थिए। ´गृहमन्त्री पहिल्यै सेना समायोजन विशेष समिति संयोजक बन्ने सहमति भइसकेको हो´ पौडेलले भने– ´उक्त सहमति उल्लंघन गर्न मिल्दैन।´ पौडेलले माओवादी, कांग्रेस, एमाले, मधेसी जनअधिकार फोरमबीच भएको सहमतिअनुसार गौतमलाई समितिको संयोजक बनाइएको थियो। समितिले पूर्णता नपाए पनि उनी नै अहिलेसम्म संयोजक छन्। कांग्रेस उपसभापति पौडेलले सैन्य भर्ती रोक्न माओवादीले दिएको दबाबलाई नेपाली सेनामाथिको राजनीतिक हस्तक्षेपको संज्ञा दिए। ´अहिले हुन लागेको सैन्य भर्ती नेपाली सेनाको नियमित कार्य हो। रिक्त पदपूर्तिका लागि भएको भर्ती रोकिनुहुन्न´ पौडेलले भने। पदपूर्ति शान्ति सम्झौता विपरित नहुने दाबीसमेत उनको थियो। उनले सैन्य भर्तीको विषयलाई लिएर प्रधान सेनापति परिवर्तनको कुरा उठाइएकामा पनि आपत्ति प्रकट गरे। ´सुरक्षा निकायजस्तो संवेदनशील अंगलाई विवाद र अविश्वासको घेराभित्र पार्नुहुँदैन। यसमा राजनीतिक हस्तक्षेप गर्ने र प्रधान सेनापति हटाउने कुरा आए कांग्रेसले कडा प्रतिवाद गर्नेछ´ उनले भने।

All Nepalese Must Know This

Prachanda's family
1. Samir Dahal (Under-secretary of PM's office), son of Prachanda's
younger brother Narayan Dahal
2. Ganga Dahal (Officer of PM's office), Prachanda's younger daughter
(Indian citizen)
3. Gangaram Dahal (un-appointed foreign relations officer),
Prachanda's own brother
4. Renu Pathak (CA member), Prachanda's daughter
5. Arjun Pathak (Officer of CA), Prachanda's son-in-law
6. Prakash Dahal (Prime Minister's PA/accountant), Prachanda's son,
salary equal to the under-secretary
7. Narayan Dahal (CA member), Prachanda's nephew
8. Thakur Bhatta (Prachanda's brother-in-law)
9. Another son-in-law (contractor of Chitwan Cantonment)

Baburam's relatives
1. Hisila Yami (Tourist Minister), Baburam's wife
2. Taranaj Pandey (PM's adviser), Baburam's nephew
3. Praya Yami (National Planning Commission), Hisila's older sister
4. Timila Yami (Chairperson of Drinking Water Project), Hisila's older sister
5. Chirik Shova (member of Kathmandu Drinking Water), Baburam's older sister
6. Baburam's younger brother (Tariff -fixing Committee), Head of
Kathmandu Drinking water.
7. C. P. Gajurel's first cousin, Head of Land Reform Commission.
Enjoy the information. Don't get shocked.
- From Laxmi subedi

माओवादीले कब्जा गरेका घरजग्गा फिर्ता नहुने, गरिब जनतालाई बाँडिने

बुटवल। नेकपा माओवादीका नेता मोहन वैद्यले सामन्तीहरुको कब्जा गरिएका घरजग्गा फिर्ता नहुने बताएका छन्। उनकै पार्टीका प्रधानमन्त्रीले नेपाली कांग्रेससँगको वार्तामा तीन महिनाभित्रमा माओवादीले कब्जा गरेका सम्पूर्ण फिर्ता गरिसक्ने प्रतिबद्धता जनाएका थिए। वैद्यले को सामन्त हो भनेर नभने पनि आफूहरु जनयुद्धबाट सरकारमा पुगेकाले कुनै पनि सम्झौता पालना नगर्ने समेत बताए। वैद्यले नेपाली कांग्रेससँग बिहीबार गरिएको सहमति पुरानै हो नयाँ केही छैन भन्दै कांग्रेस पनि सामन्तहरुको पार्टी भएको बताउनुभयो। उनले सामन्तहरुको भूमी कानुन बनाएर गरिब जनतालाई बाँडिने समेत बताए। बुटवलमा आयोजित कार्यक्रममा नेकपा माओवादीका लागि सरकारभन्दा जनतानै ठूलो भएको बताउदै माओवादी जुनसुकै बेलामा सरकार छाडी जनतामाझ जानसक्ने तर्फ सकेत गरेका थिए। नेपाली जनताको अधिकार स्थापना गर्नका लागि सरकार, सदन र सडकबाट एकसाथ संघर्ष गर्ने बताए। तराई मधेश लोकतान्त्रिक पार्टीले सरकारलाई दिइआएको समर्थन फिर्ताबाट कुनै असर नपर्ने बताए। उनले हामी जुनसुकै बेला सरकार छाडी सडकमा आउने सोचमा छौं भने तमलोपाको समर्थन फिर्ता गरेर के नै हुन्छ र?


हत्यारा, बलात्कारी, लागुऔषध कारोबार गर्नेसमेतको मुद्दा फिर्ता
अपराधीहरुको मुद्दा फिर्ता लिन सर्वोच्च अदालतको रोक

आफु निकट र आफ्ना कार्यकर्ता भन्दै हत्यारा, बलात्कारी, लागुऔषध कारोबार गर्नेसमेतको मुद्दा फिर्ता लिएर बदनाम भएको सरकारलाई अब थप अपराधीहरुको मुद्दा फिर्ता लिन भने सर्वोच्च अदालतले रोक लगाइदिएको छ।
बिहीबार अधिवक्ता माधव बस्नेतसहित ३ जनाले दायर गरेको मुद्दाको फैसला गर्दै न्यायधिश बलराम केसीको इजलासबाट फिर्ता लिने भनेका मुद्दाहरु आजका मितिसम्म फिर्ता लिइसकेकका बाहेक अन्य मुद्दा यो मुद्दा टुंगो नलागेसम्म फिर्ता लिने काम नगर्नु/नगराउनु भनी अन्तरिम आदेश जारी गरिएको छ भनिएको छ।
सरकारले विश्वव्यापी मानव अधिकार हनन गर्दै मुद्दा फिर्ता लिएकाले सर्वोच्वले अर्को आदेश नभएसम्म विगतका निर्णयसमेत कार्यान्वयन नगर्न आदेश छिटै कार्यान्वयनका लागि इन्टरनेट, फ्याक्स लगायत अन्य संचारमाध्यमबाट समेत जानकारी दिन आदेश दिएको छ। रिटमा प्रधानमन्त्री, मन्त्रिपरिषद् कार्यालय, उपप्रधानमन्त्री तथा गृहमन्त्री, कानुनमन्त्री, महान्यायाधिवक्ता र राष्ट्रिय मानव अधिकार आयोगलाई बनाइएको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक