20090104

माओवादी वाइसीएलमार्फत् पशुपतिनाथ मन्दिरमा आक्रमण, दश जना घाइते


माओवादी कार्यकर्ताले विरोधमा बसेका पशुपतिनाथ मन्दिरका भण्डारी र स्थानीयवासीलाई आइतबार साँझ आक्रमण गरेका छन् । आक्रमणमा भण्डारीहरूसहित दश जना घाइते भएका छन् । उनीहरूमध्ये दुईलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। जसमा एकजना केदारमान राजभण्डारी छन्। परम्परागत धर्म संरक्षण समितिले पशुपतिको पश्चिम ढोकाअगाडि आयोजना गरेको पत्रकार सम्मेलनमा वाइसीएलले आक्रमण गरेको हो। माओवादी आक्रमणवाट हरिहरमान राजभण्डारी, केदारमान राजभण्डारी, सरोज कर्माचार्य लगायतका १० घाइते भएका छन । आक्रमणमा नेपाल टेलिभिजनका क्यामराम्यान टेकबहादुर खड्कापनि घाइते भएका छन । 'राजालाई त हटायौं, तिमीहरू को हौ ?' भन्दै अदालतको आदेश नमान्ने कुरा गर्दै माओवादीहरूले आफूहरुमाथि आक्रमण गरिएको घाइतेले बताए । पशुपतिमा नयाँ पुजारी ल्याइएपछि भण्डारीहरूले समितिमार्फत् त्यसको विरोध गर्दै आएका छन्। आइतबार अपराह्न आयोजना गरिएको सम्मेलनमा समाचार संकलनका लागि पुगेका नेपाल टेलिभिजन र नेपाल वान टेलिभिजनका पत्रकारहरूमाथि समेत वाइसीएल कार्यकर्ताले आक्रमण तथा दुर्व्यवहार गरेका थिए। सम्मेलन सुरु हुनासाथ करिब एक सय जनाको संख्यामा आएका वाइसीएल कार्यकर्ताले माइक खोस्दै भण्डारीहरूलाई निर्घात कुटपिट गरेका थिए। समूहको नेतृत्व नेवाः मुक्ति मोर्चाका स्थानीय कमाण्डर रमेश डंगोलले गरेका थिए। घटनास्थलमै उपस्थित पशुपति विकास कोषका पदाधिकारी र प्रहरीले वाइसीएल आक्रमणमा मुकदर्शक मात्र बनेको समितिका प्रवक्ता हरिहरमान राजभण्डारीले बताए। उनको पनि आँखा र टाउकोमा चोट लागेको छ। घटनापछि पत्रकार सम्मेलन स्थगित गरिएको थियो।नेपाल भ्रमणमा रहेका भारतीय नेताहरू मुलायमसिंह यादव र अमरनाथ सिंहको पशुपतिनाथ मन्दिर दर्शन गर्ने कार्यक्रम स्थगित भएको छ। पशुपतिनाथका भारतीय मुल पुजारी र पुजारीलाई हटाई नेपाली पुजारी नियुक्त गरिएको सवाललाई लिएर पशुपति क्षेत्रमा विवाद र तनाव बढेका कारण उनीहरूको दर्शन कार्यक्रम स्थगित भएको हो। राष्ट्रपति रामवरण यादवको व्यक्तिगत निम्तामा दुई दिने भ्रमणमा आएका समाजवादी पार्टीका अध्यक्ष यादव र महासचिव सिंहले सोमबार पशुपतिको दर्शन गर्ने कार्यक्रम थियो। पशुपतिनाथ मन्दिरमा नयाँ पुजारी नियुक्तिलाई लिएर विवाद उठिरहेकाबेला पशुपति क्षेत्र विकास कोषले आइतबार नवनियुक्त भट्ट पुजारी विष्णु दाहाललाई पूजामा सहयोग गर्न दुई नयाँ ब्राह्मण नियुक्त गरेको छ। नवनियुक्त दुवै ब्राह्मणले काम सुरू गरिसकेका छन्। भण्डारीका ठाउँमा ब्राह्मण नियुक्त गरेपछि भण्डारीहरूको संस्था पशुपति सेवक संघका सहसचिव हरिहरमान राजभण्डारीले आपत्ति जनाएका छन्। ‘भण्डारीले काम गर्दै आएको ठाउँमा दुई नयाँ ब्राह्मण राखेर सरकारले फेरि राजनीतिक हस्तक्षेप गरेको छ,’ उनले भने, ‘भट्ट पुजारीको ठाडो नियुक्तिपछि सरकारले गरेको यो निर्णयको हामी थप विरोध गर्छौं।’ कोषका सदस्य सचिव परमान्द शाक्यले दुई ब्राह्मणलाई अस्थायी नियुक्ति गरेको बताए। नवनियुक्त दुबै पुजारीहरू माओवादी समर्थक रहेको बताइएको छ ।

सेना बहकाउमा नपर्ने : प्रधान सेनापति

प्रधान सेनापति रुक्मांगत कटवालले राजनीतिक दलका कार्यकर्तालाई नेपाली सेनामा प्रवेश गर्न नदिइने बताउनुभएको छ।
नेपाली सेना अराजनीतिक संस्था भएको भन्दै उहाँले नेपाली सेनाको संरचनामा जो कोही नेपाली पनि आउसक्ने बताउनुभयो।
नुवाकोटको त्रिशूलीमा रहेको सैन्य तालिम केन्द्रमा भएको सैन्य आधार तालिमको कवाजलाई आइतबार सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले संवैधानिक सरकारको कानुनी आदेश सेनाले मान्ने बताउँदै दलविशेषको झण्डा समाउन नसक्ने बताउनुभयो। देश अत्यन्तै नाजुक र संवेदनशील अवस्थाबाट गुजि्ररहेको भन्दै उहाँले नेपालको भविष्यमा कुनै प्रकारको आँच आउन नदिने बताउनुभयो। प्रधान सेनापति कटुवालले सेना राजनीतिभन्दा माथि रहेको भन्दै सरकार र अन्य राजनीतिक दलहरूको बहकाउमा नपर्ने बताएका छन् । पछिल्लो समयमा विभिन्न संस्था र व्यक्तिबाट सेनालाई जुधाउने, बझाउने र विवादमा तान्ने प्रपञ्च भइरहेको भन्दै असन्तुष्टि पोखे । उनले जस्तो सुकै परिस्थितिमा पनि सेना आत्तिने, मात्तिने र कसैको बहकाउमा नपर्ने दृढता व्यक्त गरे । कटुवालले सेनाको नियमित कार्यमा वादविवाद गर्नुभन्दा सेनालाई विश्वासमा लिएर अघि बढ्न सुझाव दिदै नेपाली सेनाले कानुनी राज्यलाई कहिल्यै चुनौती नदिने स्पष्ट पारे । उनले भने, 'मुलुक र कानुनको विरुद्ध संचालन भएका सशस्त्र समूहविरुद्ध सेना लडिरहन्छ ।'

माओवादीको कुटपीटबाट एमालेका तीन घाईते

गुल्मीमा माओवादी कार्यकर्ताको कुटपीटबाट एमालेका तीन कार्यकर्ता घाईते भएका छन् । गुल्मी खड्ककोट माविका प्रधानाध्यापक कृष्ण ज्ञवाली, युथफोर्सका कृण्ण सुवेदी र नन्दी ढकाललाई माओवादीका कार्यकर्ताले कुटेको एमालेले जनाएको छ । घाईते तीन जनाको जिल्ला सदरमुकाम तम्घासमा उपचार भैरहेको छ ।

You Can Watch Tito Satya New Episode

Watch more Revver videos on AOL Video




वाईसीएलको आव्हानमा रुपन्देही बन्द

प्रहरीले कार्यकर्ता पक्रेको भन्दै वाईसीएलले रुपन्देही बन्द गरेको छ । बन्दका कारण रुपन्देहीमा पर्ने सिद्धार्थ राजमार्ग र पूर्वपश्चिम राजमार्गमा गाडी चलेका छैनन । वुटवल र भैरहवा बजार पनि बन्द छन । उद्योग कलकारखाना तथा शिक्षण संस्थाहरु समेत बन्द रहेका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डेले जनाएका छन् । एमाले समर्थक सुजन पुन मगरलाई छुरा हानेको अभियोगमा प्रहरीले केही दिनअघि वाइसीएलका कार्यकर्ता नारायण गौतम, विष्णु भण्डारी र युवराज क्षेत्रीलाई नियन्त्रणमा लिएपछि वाईसीएल आन्दोलनमा उत्रिएको हो ।


विपनामै राजतन्त्र पुनर्स्थापित हुनेछ
श्रीपेच सुरक्षितरुपमा राख्न जिम्मा लगाइएको हो छाडेर गएको भनिएको छैन, घटनाक्रमले राजतन्त्रको औचित्यलाई पुष्टि गररिहेका छन् - कमल थापा
के आधारमा राजतन्त्र पुनर्स्थापन हुन्छ भन्दै हुनुहुन्छ तपाईहरू ?
पहिलो त, नेपालको जुन किसिमको भूराजनीतिक अवस्था छ र जुन किसिमको सामाजिक, सांस्कृतिक र धार्मिक परिवेश छ । यो पृष्ठभूमिमा राजतन्त्रको सान्दर्भिकता समाप्त भइसकेको छैन । दोस्रो कुरा राजतन्त्रलाई कानूनी र प्राविधिक ढंगबाट मात्रै हटाइएको छ । यसमा आम नेपाली जनताको अभिमत प्रकट भएको छैन । तेस्रो, गणतन्त्रको कार्यान्वयन अन्तरमि संविधानमा संशोधन गरेर गरिएको हो । अन्तरमि संविधान भन्ने वित्तिकै यो केही समयका निम्ति र अस्थायी भन्ने बुझिन्छ । त्यसैले मुलुकको समग्र परिवेशलाई मध्यनजर राखेर र राजालाई पाखा लगाइएपछिको दुइ अढाइ वर्ष यताको घटना क्रमलाई मध्यनजर राखेर मुलुकको राष्ट्रिय अस्तित्वको संरक्षणका लागि पनि अन्ततः सबै राजनीतिक शक्तिहरूले राजासहितको प्रजातन्त्रलाई स्वीकार गरेर जानुपर्छ भनेर हामीले भन्दै आएका हौ" ।

अझै राजतन्त्र बाकी छ भन्ने तर्कको आधारमा यसो भन्दै हुनुहुन्छ ?

यहा" प्राविधिकरुपमा र संवैधानिकरुपमा गणतन्त्रको कार्यान्वयन भएको छ । यस आधारमा राजतन्त्र समाप्त भएको कुरालाई अस्वीकार गर्न सक्दैनौ" । तर राजतन्त्रको सान्दर्भिकता सकिएको छैन । त्यसको बहस अहिले जारी छ । र यो दुइ अर्ढाई वर्षा घटनाक्रमले राजतन्त्रको औचित्यलाई पुष्टि गररिहेका छन् । जस्तो,तपाइँलाई एउटा कुरा स्पष्ट पार्न चाहन्छु । राजसंस्थालाई समाप्त पार्ने बेलामा यसरी प्रस्तुत गरियो कि \\\'देशले भोग्नुपरेका सम्पूर्ण रोग, भोक गरीबी, शोषण विभेदको कारण नै राजतन्त्र हो त्यसकारण यसलाई समाप्त पार्नुपर्छ\\\' भनियो । तर यो अर्ढाई वर्षो घटना र क्रमलाई हेर्ने हो भने त्यो रोग त समाधान भएको छैन । झन नयाँ रोगहरू जन्मिइरहेका छन् । प्रजातन्त्र आफै अनिश्चित भएको छ । राष्ट्रिय अखण्डता र पहिचानमा गम्भीर संकट पैदा भएको छ । यसबाट यो प्रमाणित भयो कि राजन्त्र नै सबै समस्याको जड भन्ने होइन रहेछ । यो अवस्थामा राजसंस्थालाई बचाउन पुनर्विचार हुनु जरुरी छ ।
तपाईले जे भने पनि राजतन्त्र पुनर्स्थापित गर्नुपर्छ भन्ने पक्षमा जनाधार नै छैन नि, कसरी सम्भव छ यो ?
जनाधारको परीक्षण भएकै छैन । राजतन्त्रको अन्त्य गरेर गणतन्त्रको घोषणा गर्ने काम जनताद्वारा निर्वाचित संविधानसभाले गरेको होइन । २०६४ साल पुस १० गते त्यो बेलाका मनोनीत सांसदहरूले गणतन्त्रको घोषणा गरेका हुन्, त्यसको कार्यान्वयन मात्रै संविधानसभाले गरेको हो । त्यसैले गणतन्त्रको घोषणा गर्नुमा जनमतको प्रत्यक्ष सहभागीता छैन, परोक्षरुपमा प्रकारान्तरले मात्रै र प्राविधिकरुपमा मात्रै रहेको छ । नेपालमा कतिले राजतन्त्र चाहन्छन् कि गणतन्त्र चाहन्छन् भन्ने कुरा बुझ्नका लागि जनमत संग्रहमै जानर्ुपर्छ । किनभने राजनीतिक दलहरू एउटा मात्रै राजनीतिक मुद्दा बोकेर संविधानसभामा गएका होइनन् । धेरै एजेन्डा थिए दलहरूका र जनताले पनि एउटा मुद्दामा मात्रै होट हालेका होइनन् । फरक दलहरूका फरक मुद्दाहरूमा उनीहरूले भोट दिए । त्यसकारण राजतन्त्रको पक्षमा कति जनमत छ भन्ने कुराको परीक्षण संविधानसभामा भएन ।
अब फेरि जनमत संग्रहमा जानु जरुरी छ ?

हाम्रो विचारमा त सकेसम्म राष्ट्रिय अखण्डता, सार्वभौमिकता तथा राष्ट्रिय स्वार्थसँग गाँसिएका विषयहरू भोटबाट निर्णय गर्नु जरुरी हुदैन । त्यसकारण सहमतिका आधारमा राजालाई पनि कुनै स्पेश दिएर -संवैधानिक, सेरेमोनियल वा आलंकारकि जे होस्) एउटा नयाँ राजनीतिक प्रणालीको विकास गर्न सकयौ भने त्यो नेपालको हितमा हुन्छ । यदि राजतन्त्रलाई विवादकै बिषय बनाउने हो भने यसको निर्णय गर्ने उपयुक्त विधि भनेको जनमत संग्रह नै हो ।
स्वयम् पूर्व राजा ज्ञानेन्द्र शाह स्वयम्ले नै नागरिक भएर बस्छु भन्नुभएको छ भने तपाईहरूले अभियान चलाउ"दैमा कसरी राजसंस्था पुनर्स्थापित हुन्छ ? पहिलो कुरा त जेठ १५, २०६५मा गणतन्त्र घोषणा भएका बेला मुलुकमा थप भीडन्त र रक्तपातको स्थिति नआओस्, भनेर त्यो निर्णयको सहज कार्यान्वयनका निमित्त राजाले त्यो निर्णय गरेको हो
। दोस्रो, राजाले नारायणहिटी दरबार छाड्दा दिएको सम्बोधनमा राजदण्ड र श्रीपेच सुरक्षितरुपमा राख्नका लागि जिम्मा लगाइएको हो छाडेर गएको भनिएको छैन । तेस्रो कुरा नेपालमा राजतन्त्र राख्नुपर्छ कि पर्दैन भन्ने कुरा राजाको भन्दा पनि नेपाली जनताको कुरा हो । नेपाली जनताले जे फैसला गर्छन्, त्यही लागू हुन्छ ।

जनताकै कुरा गर्ने हो भने गणतन्त्रको घोषणा हुनासाथ राजतन्त्रको पक्षमा विशाल जुलुस त निस्क्नुपथ्र्यो नि ?

हेर्नुस्, राजतन्त्र भनेको हिजोसम्म सबैको साझा विषय थियो । राजतन्त्रलाई मात्रै आधार बनाएर कुनै संगठन नै बनेको थिएन । राजतन्त्रको पक्षमा कुनै संगठित शक्ति नै थिएन । किन भने राजाका बारेमा कुनै विवाद नै थिएन । राजा चाहिन्छ भन्नुपर्ने नै थिएन । तर राजतन्त्रको पक्षमा जनता सडकमा निस्कने सानातिना प्रयास भएका थिए । त्यसका विरुद्धमा जुन खालका सांघातिक आक्रमण शुरु भयो, राजा र राजसंस्थाविरुद्ध देशभर िजसरी घृणा फैलाउने काम भयो, त्यो पृष्ठभूमिमा ज्यानलाई जोखिममा राखेर हिड्ने संगठित शक्ति बनेकै थिएन ।
जनताले त संविधानसभाको चुनावमा गणतन्त्र चाहनेहरूलाई नै भोट दिए, तपाईंले भनेजस्तो भए त माओवादीहरूको यत्रो मत आउने थिएन होला नि ?

मैले अघि नै भनिसकेको छु कि राजाका पक्षमा बोल्ने वातावरण थिएन । राजा चाहिन्छ भन्ने कुरा त छाडिदिनुस्, गणतन्त्रमा गएका कांग्रेस एमालेहरूकै के हविगत भो यो चुनावमा । स्वयम् त्यतिवेलाको सरकारका अर्थमन्त्री रामशरण महतको टाउको फोडियो । अर्को कुरा चुनावमा पार्टी एफिलिएसन पनि ठूलो कुरा हो । इस्युको आधारमा भोट हाल्ने खालको चेतनास्तर हाम्रो मुलुकका जनताको भइसकेको छैन । पार्टी एफिलिएसनका आधारमा मान्छेहरूले भोट हाले । कांग्रेस, एमाले, माओवादीलाई जनताले दिएको भोट राजतन्त्र विरुद्धकै भोट हो भन्ने कुरालाई आधिकारकिरुपमा लिन सकिदैन । पार्टीहरू पचासौ" एजेन्डा बोकेर गएका थिए । सबैका मनपर्ने एजेण्डाका आधारमा जनताले भोट दिए । राजतन्त्र चाहिन्छ कि चाहिन्छ भनेर भोटिङ गर्न पनि दिइएन, स्वयम् राजा र राजसंस्थाविरुद्ध घृणा फैलाउने निरन्तर काम गरियो । अर्को महत्वपूर्ण कुरा, हिजो राजसंस्थाको पक्षमा रहेका दलहरूले राजालाई अन्तिम अवस्थामा गएर धोका दिए । राजालाई मात्रै होइन जनता र राष्ट्रलाई नै पनि उनीहरूले धोका दिए ।
राजसंस्थाका बारेमा तपाईहरूले चलाएको बहसले राजनीतिक ध्रुवीकरणको रुप लिने अपेक्षा गर्नुभएको छ ?
यसले विस्तारै आकार लिइरहेको छ । अहिले नेपालको राजनीति वैचारकिरुपमा दुइ ध्रुवमा विभाजित छ । एउटा गणतन्त्रको धु्रव छ त्यसको सम्बाहक माओवादी हो, जसले जनगणतन्त्रको पक्षमा बहस चलाउदै आएको छ । त्यसको विकल्प भनेको राजासहितको प्रजातन्त्र चाहिन्छ भन्ने धु्रव । त्यसको अग्रणी चाहि हाम्रो पार्टी राप्रपा नेपाल रहेको छ । अहिले धु्रवीकरणले पूर्ण स्वरुप लिइसकेको छैन । तर मलाई लाग्छ भविश्यमा नेपालको राजनीति यही धु्रवमा बाँडिनेछ किनभने बीचका शक्तिहरू भनेको कहिले यता, कहिले उता पेन्डुलमजस्ता छन् । अहिले प्रजातन्त्र त बहसमै छैन । सबैको आ-आफ्नै परिभाषा छ । माओवादी पनि प्रजातन्त्र विरोधी होइन, हामी पनि होइनौँ । अब प्रजातन्त्रकै पक्षमा मात्रै धु्रवीकरण सम्भव हुदैन । या त धु्रवीकरण हुन्छ माओवादीले भनेअनुसारको गणतन्त्र वा जनगणतन्त्रको पक्ष्मा अथवा राजासहितको प्रजातन्त्रको पक्षमा । नेपालमा यदि उग्रवामपन्थी प्रवाहलाई जनगणतन्त्रको प्रवाहलाई रोक्ने हो भने हामीले भन्दै आएको \\\'राजा सहितको प्रजातन्त्र\\\'मा आउनु जरुरी छ ।
तपाइले भनेको दुइ वैचारिक धरातलमध्ये काङ्ग्रेस, एमाले जस्ता पार्टीहरू कहाँ छन् ?

मैले जुन दुइ वटा विचार भने, यो सबै राजनीतिक पार्टीहरूमा छ । काङ्ग्रेस, एमाले, अरु पार्टीमा पनि छ । तर धु्रवीकरण संगठितरुपमा भइसकेको छैन । तर भविश्यमा हुन्छ भन्ने मलाई विश्वास छ । जतिजति उग्रवामपन्थी प्रवाह बढ्दै जान्छ, त्यसको पीडा पर्दै जान्छ, त्यति त्यति धु्रवीकरण हुने अवस्था सृजना हुदै जानेछ ।
कांग्रेसले त ’वामपन्थी प्रवाहलाई रोक्न’ वृहत प्रजातान्त्रिक एकताको प्रस् ताव अघि सारेको छ नि ?

यो बहस सत्ताबाट बाहिर निस्कनु पर्दाको पीडाको अभिव्यक्ति हो । यसको पछाडि कुनै सैद्धान्तिक आधार छैन । यदि सैद्धान्तिक विचार भएको भए माओवादीको विकल्पमा अर्को विचार दिन सक्नुपथ्र्यो नि । विचार बिना धु्रवीकरण हुन्छ ? यदि समीकरण भए पनि दिगो हुदैन । गिरिजाबाबुले जुन प्रजातन्त्रवादी मोर्चाको कुरा गर्नुभएको छ, यदि रक्षा मन्त्रालय कांग्रेसले पाएको भए यो प्रजातन्त्रवादी मोर्चाको आवश्यकता पथ्र्यो कि पर्दैनथ्यो ? गिरिजाबाबुले राष्ट्रपतिको पद पाएको भए यो मोर्चाको आवश्यकता पथ्र्यो कि पर्दैनथ्यो, थाहा छैन । उहाहरूले जुन मोर्चाको कुरा गर्नुभएको छ, सिद्धान्तमा अडिग छैन । र, यो दुर्भाग्यपूर्ण छ । कांग्रेसले परिस्थतिलाई गम्भीररुपमा बुझ्नै सकेको छैन । माओवादीले आफ्नो केन्द्रीय समितिको बैठकमा राजतन्त्र समाप्त भएको अवस्थामा कांग्रेसलाई प्रधान शत्रु भनेपछि पनि रक्षा मन्त्रालय मागिरहने कांग्रेसले ? माओवादीले प्रधान शत्रु घोषणा गरेकाहरूलाई क्याबिनेटमा राख्छ ? राखे पनि टिक्न दिन्छ ? यो सामान्य राजनीतिक यथार्थलाई कांग्रेसले बुझेन । गिरिजाबाबुले माओवादीको सरकारलाई अपदस्त गर्न प्रजातान्त्रिक मोर्चाको कुरा गरेपछि माओवादीले सत्ता टिकाउन अर्को गणतन्त्रवादी र राष्ट्रवादीको मोर्चा बनाउने निर्णय गर्‍यो । यो पनि सैद्धान्तिक छैन । गिरजिाबाबुले सत्तामा जान भर्‍याङ बनाइरहनुभएको छ भने माओवादीले पनि सत्ता टिकाउन अर्को कार्ड फालेको छ । प्रजातन्त्र र राष्ट्रियमाथि देखापरेको संकट समाधान गर्ने गरी मोर्चा बनाउने हो भने ठीकै छ अन्यथा मोर्चाको कुनै औचित्य म चाहिँ देख्दिन ।
राजतन्त्र पुनर्स्थापित भएको सपना देख्नुभएको छ कि छैन ?

मैले त विपनामै राजतन्त्र पुनर्स्थापित हुने कुरा गरेको छु । तपाईं कहाँ सपनाको कुरा गर्नुहुन्छ ?
- From nepalipatra, Europe



Nepal, the God's creation

Nepal, the God's creation, which was decorated, expanded and protected by our forefathers. They have handed Nepal to us in a beautiful shape. With an empty stomach our forefathers bravely fought the enemies for the nation's independence. With a few brave soldiers carrying just stones, khukuris (traditional weapons) and limited number of guns Prithvi Narayan Shah, the great founded Modern Nepal. All of his lives have been sacrificed by King Prithvi Narayan Shah to build Nepal. Just remembering such a great historical personality is not enough, we need to follow his deeds and protect his ideals of one big beautiful Nepal than to blindly working to disintegrate this heavenly land.
The lessons of bravery carried out by the Shah dynasty is directly linked to the dignity of the Nepalese people. This unbreakable bondage made Nepal safer till date. With this, Kings could save Nepal from the foreign dominations. Thus, the breaking of this bondage is nothing more than to keep Nepal under domination.
The words 'Nation's founder' can only be decorated to a personality who builds nation. The Great King Prithvi Narayan Shah is that personality who could only be decorated with that term. How come today's political leaders are attempting to replace him? These leaders are trying to disintegrate our Nepal to satisfy their personal interests. By breaking a nation into pieces, Nepal's leaders are trying to become the founder of federated states. This is just the daydream of the leaders. Nepal does not lack patriots like Kaji Kalu Pande, Rajendra Laxmi, Bahadur Shah, Balabhadra Kunwar, Bhakti Thapa, Amar Singh Thapa and so many others. These patriots will never allow to become leaders' wishes fulfilled.
In modern Nepal's history, there is no any incident that Kings have ever tried to undermine our dignity rather they have put every efforts to protect and uplift it. Kings' true intentions of making Nepal a prosperous and self-reliant were hindered by some quarters to satisfy their dirty needs. The Great King Prithvi Narayan Shah had with him honest and patriot associates to identify those culprits and succeeded in his mission to unify Nepal. King Gyanendra left the throne thinking this unified Nepal founded by his forefather must be kept intact at any cost. He thought people would be happier and safer. However, day-by-day the situation of Nepal is worsening. Anarchy is taking over peace, prosperity and security.
The center of a faith of Hindus all over the world, Pashupatinath Temple is dragged into dirty politics. The Maoist led government intentionally created mess everywhere and now is creating mess in the Pashupatinath Temple to dismantle the religious harmony existed in Nepal till date. The priests, management team and the devotees were attacked by the hooligans of Young Communist League (YCL) under the guidance of Maoist led government. Such thing never happened when Kings of Nepal ruled and would have never happened if King were on the top providing us guardianship.
Today's leaders of Nepal are showing no interests of making youths aware of wrong doings. In stead, they see opportune for them when these youths are heading towards violence. These all remind me one beautiful paragraph of a song written by G. Shah (King Gyanendra Shah), "Hey Yuba timi hau desh ka shakti, timi hau desh ka bhakti, timi hau desh ka rakshak, timi hau desh ka palak" meaning in substance , "youth, you are the power of the nation, you are the protector of the nation". I would like to mention one more paragraph of other song written by G. Shah, which I am listening while I am writing this article, " bachnu nai chha yedi bhane bacha Nepali bhai, bolnu nai chha yedi bhane bola Nepali nai, ……. Mutu bhari chhati bhari Nepali bhai bacha, har shasha-shasha mechi-kali liyi bacha" meaning, "if you want to live, live as Nepali, if you want to speak, speak Nepali, …….. In every breath inhale Mechi and Mahakali and live like a Nepali, in the whole of your breast and heart live like a true Nepali. Thus, a personality like King Gyanendra Shah who loves our nation with heart can only be the founder of New Nepal.
-Kamala Prasai
Nepali Women Diaspora,
nepaliwomendiaspora@yahoo.com , Kamalaprasai@yahoo.com

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक