20090108

हतियारधारी वाईसीएल जत्थाले देवकोटालाई आक्रमण गरी खुट्टा छिनाइदिए

सत्ताको नेतृत्व सम्हालिरहेको माओवादीले आफ्नो युद्धकालीन जङ्गली रूपलाई जारी राखेको छ । र्सवत्र आलोचित बन्दै आएको उसको अराजक र आपराधिक सङ्गठन वाईसीएलले नेकपा -एमाले) जीतपुरफेदी गाविसका कार्यकर्ता विवेक देवकोटालाई साङ्घातिक आक्रमण गरी खुट्टा छिनाइदिएको छ । मोटरसाइकलमा गइरहेका बेलामा डेढ सयको सङ्ख्यामा जीतपुरफेदीमा पुगेका हतियारधारी वाईसीएल जत्थाले देवकोटालाई एक्कासिी आक्रमण गरेका थिए । गत सोमबार बालाजुमा अड्डा जमाएर बसेका माओवादीहरू त्यही“ पुगेर युथफोर्स संयोजकसमेत रहेका देवकोटामाथि साङ्घातिक आक्रमण गरेको स्थानीयबासीले बताए । गम्भीर अवस्थामा उहा“लाई उपचार्रार्थ शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको छ । यसअघि वीर अस्पताल र बीएण्डबी अस्पतालमा उपचार हुन नसकेपछि देवकोटालाई त्यहा“ पुर्‍याइएको थियो । हाल उहा“को अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । उनीस“गै रहेका एमाले कार्यकर्ता सिद्धराज घिमिरेको पनि शिक्षण अस्पताल महाराजगन्जमा नै उपचार भइरहेको छ । ३१ वषर्ीय देवकोटाको देबे्र खुट्टा वाईसीएलले घु“डामाथिबाट छिनाइदिएका छन् । धादिङ, काठमाडौ“ र नुवाकोटको बीचमा पर्ने डम्पिङसाइटको विवाद बुझ्न गएका बेलामा काठमाडौ“बाट गाडीमा गएका वाईसीएलले एक्कासि खुकुरी प्रहार गरेका थिए । अस्पतालको पोस्टअपे्रसन अपे्ररेटिक वार्डमा राखिएका देवकोटाले 'बुधबार'सित भने- 'म विवादबारे बुझ्न डम्पिङसाइटमा जा“दै गर्दा एक जना जितपुरफेदीकै वाईसीएल कार्यकर्ताले ऊ त्यो युथफोर्सको अध्यक्ष हो भन्यो । मलाई त्यसपछि समातेर घा“टी रेट्न थाले । मैले बलपर्ूवक ब“च्ने प्रयास गरेपछि समातेर ढाले र १५-२० पटक खुकुरीले काटे ।'
बालाजु क्याम्पमा बस्दै आएका 'ज्वाला' उपनामले चिनिने नागेन्द्र कोइरालाको नेतृत्वको आपराधिक जत्थाले देवकोटामाथि आक्रमण गरेको स्थानीय बासिन्दाले बताए । अन्य आक्रमण गर्ने वाईसीएलहरू भुवन अर्याल, शेषकुमार लामा, उद्धव अर्यालर्,र् इश्वर फुयाल र भोला अर्याललगायतलाई तुरुन्त गिरफ्तार गर्न नेकपा -एमाले)ले सरकारसमक्ष माग गरेको छ ।
घाइतेलाई भेट्न महासचिव झलनाथ खनाल, पर्ूवमहासचिव माधवकुमार नेपाल, स्थायी कमिटी सदस्य केशव बडाल, केन्द्रीय सदस्यहरू युवराज कार्की, कृष्णगोपाल श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, वैकल्पिक केन्द्रीय सदस्य पशुपति चौलागाईंलगायतका नेताहरू अस्पताल पुग्नुभएको थियो । महासचिव खनाल अस्पताल परिसर पुगेलगत्तै जितपुरफेदीका स्थानीय बासिन्दाले शान्तिसुरक्षाको माग गरेका थिए । उनीहरूले आफ्नै पार्टर्ीीे नेतृत्वमा गृहमन्त्रालय हु“दा पनि शान्तिसुरक्षा नपाएकोमा आक्रोश पोखेका थिए । उनीहरूले आक्रमणकारीलाई तत्काल गिरफ्तार गरी कडाभन्दा कडा कारबाही गर्न माग गरेका थिए । सयौ“को सङ्ख्यामा उपस्थित स्थानीय बासिन्दाले पार्टर्ीीरकारमा बसेको कुनै तुक नरहेको भन्दै आक्रोश पोखेका थिए ।
वाईसीएलले देवकोटाको घु“डामुनि काटेर 'मर्‍यो' भनी फालेको धेरै लामो समयसम्म पनि प्रहरी त्यहा“ नपुगेको भन्दै स्थानीय बासिन्दाले रोष प्रकट गरेका थिए । देवकोटाकी श्रीमतीले महासचिव खनालस“ग श्रीमान्को ज्यान बचाइदिन अनुनय-विनय गर्दा सा“च्चिकै अस्पताल परिसरका मान्छेहरूका आ“खा रसाएका देखिन्थे । स्थानीयबासी पर्शुराम अर्यालले 'अब घर फर्केलास्' भन्दै वाईसीएलहरूबाट पटक-पटक धम्कीपर्ूण्ा फोनहरू आइरहेको भन्दै यस्तो अवस्थामा कसरी घर फर्किने भनी महासचिव खनालसमक्ष प्रश्न राख्नुभएको थियो ।
महासचिव खनालले घाइते र स्थानीय बासिन्दाहरूको आक्रोशपर्ूण्ा प्रश्नहरू सुनेपछि संलग्नहरूलाई कारबाही गर्ने सम्बन्धमा आजै प्रधानमन्त्रीसमक्ष कुरा गर्ने बताउनुभयो । उहा“ले भन्नुभयो- 'यस्ता अपराधी, ज्यानमारा र जल्लाद प्रवृत्तिका मान्छेहरूलाई तत्काल कारबाही गर्नेबारे माओवादी र प्रधानमन्त्रीस“ग आजै कुरा गर्छर्ुु' उहा“ले गृहमन्त्रीले शान्तिसुरक्षा कायम गर्न खोज्दा पनि सत्ताको नेतृत्व गर्ने माओवादीकै कार्यकर्ताहरूबाट आपराधिक गतिविधि बढेको भन्दै अब यसप्रकारको सम्पर्ूण्ा जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने बताउनुभयो । यस्ता गतिविधिले सरकार सञ्चालनमा समेत गम्भीर असर पार्ने उहा“को भनाइ थियो । महासचिवले यसप्रकारका क्रियाकलापले मुलुकलाई नै दर्ुघटनातिर लगिरहेको भन्दै त्यसतर्फसचेत हुनुपर्ने बताउनुभयो ।
मङ्गलबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले आक्रमणको घोर भर्त्सना गरेको छ । र्'बर्बर र कानुनविपरीत कार्य गर्ने व्यक्तिहरूलाई तत्काल कानुनी कारबाही गर्न बैठकले माग गरेको छ ।' बैठकद्वारा पारित प्रस्तावमा उल्लेख छ । पार्टर्ीीेन्द्रीय सचिवालयले वाईसीएलका यस्ता आततायी, अराजक र आपराधिक घटनाको भर्त्सना गर्दै यस्ता क्रियाकलाप तुरुन्त बन्द गर्न र वाईसीएलको अर्धसैनिक संरचना खारेज गरेर राजनीतिक चरित्र पर््रदर्शन गर्न भनेको छ । त्यस्तै, आक्रमणको विरोधमा मङ्गलबार काठमाडौ“ युथफोर्सले रत्नपार्क चोकमा आधा घन्टा चक्काजाम गरेको छ । विरोधसभालाई काठमाडौ“ जिल्ला सचिव रामेश्वर फुयाल, युथफोर्सका उपत्यका संयोजक रामेश्वर श्रेष्ठ र जितपुरफेदी गाविसका पर्ूवअध्यक्ष विष्णु अर्यालले सम्बोधन गर्नुभएको थियो । 'घटनाका अपराधीहरूलाई तत्काल कारबाही गर्न गृहमन्त्रीलाई अल्टिमेटम दिएका छौ“×'- युथफोर्सका केन्द्रीय सदस्य ज्ञानकुमार श्रेष्ठले भन्नुभयो- 'यदि अपराधीलाई कठघरामा उभ्याउन नसके हामी आजैदेखि आन्दोलनका कार्यक्रमहरू र्सार्वजनिक गर्नेछौ“ ।' युथफोर्सले आक्रमणकारीलाई कारबाही, परिवारलाई क्षतिपर्ूर्ति, उपचार खर्च र परिवारको एक सदस्यलाई स्थायी रोजगारको माग गरेको छ । त्यस्तै उक्त आक्रमणको विरोधमा हिजो युथफोर्सले नुवाकोट बन्द गरेको थियो ।
त्यसैगरी, वाइसीएल जत्थाले मङ्गलबार धोबीचौरमा जिफन्ट सम्बद्ध मजदुरहरूलाई आक्रमण गरी तीन जनालाई घाइते बनाएको छ । सेकुरिटी गु्रप फोरका माओवादी मजदुरस“ग आएका वाईसीएल जत्थाले एक्कासि आक्रमण गरेको घाइते मजदुरहरूले बताए । उता गुल्मीको खड्गकोट गाविसमा रहेको फूलबारी मन्दिरको गुठी जग्गा माओवादी कार्यकर्ता अर्जुन ढकालले कब्जा गरेकामा फिर्ताको माग गर्न गएका गाउ“लेलाई माओवादी कार्यकर्ताहरूले अपहरण गरी कुटपिट गरेका छन् । विगतमा केही वर्षेखि जग्गा फिर्ताको माग गरिरहेका गाउ“लेहरूलाई उल्टै झूटो उजुरी माओवादीहरूले दिएकोमा छलफल गर्न गएका कृष्ण ज्ञवाली, नन्दीकेशर ढकाल, कृष्ण सुवेदीलाई कुटपिट गरेका हुन् । उनीहरू प्रहरीद्वारा अपहरणमुक्त गरिए पनि माओवादी कार्यकर्ताहरूले उच्च मावि हाताभित्र पसी कुटपिट, गाविसका कागजात कब्जा गर्ने र गाउ“मा आतङ्क मच्चाउने काम गरिरहेको बताइएको छ । -budhbar

मार्टिनको गतिविधिले संयुक्त राष्ट्रसंघको स्वतन्त्र छविमाथि नै प्रश्न

नेपालको शान्ति प्रक्रियालाई विवादास्पद बनाउन भूमिका निर्वाह गरिरहेका संयुक्त राष्ट्रसंघीय मिसन नेपाल -अनमिन) का प्रमुख इयान मार्टिनको गतिविधिले संयुक्त राष्ट्रसंघको स्वतन्त्र छविमाथि नै प्रश्न उठ्न थालेको छ । राष्ट्रसंघीय दूतको हैसियतले नेपालको शान्ति प्रक्रिया सफल पार्न स्वतन्त्र र सशक्त भूमिका निर्वाह गर्नुपर्ने मार्टिनले एकपक्षीय रुपमा व्रि्रोहीलाई उचाल्ने काम गरेकाले नेपालमा संयुक्त राष्ट्रसंघ बदनाम हुन थालेको हो ।
अनमिन प्रमुख भएर आएदेखि नै संदिग्ध गतिविधिमा संलग्न मार्टिनले पछिल्लो पटक नेपाली सेनाको भर्ना छनौट प्रक्रियाको विरोध गरेर नेपालको आन्तरिक मामिलामा ठाडो हस्तक्षेप गर्ने दुष्प्रयत्न गरेका छन् । उनका गतिविधि राज्य सञ्चालनमा हस्तक्षेपतर्फउन्मुख भएको विश्लेषकहरु बताउ“छन् ।
सीमान्तकृत वर्गको हक र अधिकारका कुरा उठाएर तर्राईका व्रि्रोहीस“ग उठबस समेत गर्न भ्याएका मार्टिनका गतिविधि नेपाललाई असफल राष्ट्र बनाउने दिशातर्फकेन्द्रित रहेको समाचार स्रोत बताउ“छ ।
सरकार र व्रि्रोहीबीच भएको सहमति अनुसार अनमिनलाई नेपालमा अहिले नेपाली सेना तथा माओवादी लडाकुको अनुगमन गर्ने जिम्मेवारी छ । तर, अनमिनले आफ्नो भूमिका सन्तोषजनक ढंगले निर्वाह गर्न सकेको छैन । माओवादी लडाकुका शिविर अनुगमन गर्न नसकेको आरोप अनमिनमाथि सबैतिरबाट लागिरहेको छ ।
माओवादी शिविरमा व्यापारी रामहरि श्रेष्ठको हत्या भएपछि अनमिन असफल भएको आवाज सबैले उठाएका हुन् । राष्ट्रसंघले 'ट्याग' लगाएका हतियार माओवादी लडाकुले ब्यारेक बाहिर पर््रदर्शन गर्दा समेत अनमिनले त्यसलाई नियन्त्रण गर्न सकेको छैन ।
संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनको केही समयअघि भएको नेपाल भ्रमणमा समेत अनमिनको भूमिकाप्रति विभिन्न नेताहरुले असन्तुष्टि जनाएका थिए । मुनस“गको भेटमा पर्ूव प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले मार्टिनलाई फिर्ता लैजान र अनमिनविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका थिए । तर, त्यसको दर्ुइ महिना बित्दा नबित्दै मार्टिनले नेपाली सेनाको भर्ना छनौट प्रक्रियाबारे एकपक्षीय भूमिका खेलेको एक सुरक्षा विज्ञ बताउ“छन् । नेपाली सेनाले रिक्त दरबन्दीमा सुरु गरेको भर्ना प्रक्रिया शान्ति सम्झौताविपरीत भएको मार्टिनले बताएका छन् । नेपाली सेनाले सुरु गरेको भर्ना प्रक्रिया नरोकिए आफ्नो सेनामा पनि भर्ना सुरु गर्ने चेतावनी माओवादीका डेपुटी कमान्डरहरुले दिएलगत्तै मार्टिनको प्रतिक्रिया पनि माओवादी प्रवक्ताका रुपमा आएको छ ।
सरकारले स्वीकृत दिएपछि नेपाली सेनाले विभिन्न पदका लागि गत कात्तिकको तेस्रो साता दरखास्त आह्वान गरेको थियो । सो आह्वान करिब ५० हजार नेपालीले आवेदन गरेका छन् । शान्ति प्रक्रिया सुरु भएपछि सोही प्रक्रिया अनुरुप सेनाले यसअघि २ पटक भर्ना लिइसकेको छ । तर, यसअघि यो विषयमा विवाद र बहस भएको थिएन । विश्लेषकहरु सेना भर्ना प्रक्रियामा भएको पछिल्लो बहस रहस्यात्मक भएको र यसले मुलुकलाई गम्भीर बाटोमा अघि बढ्ने बताउ“छन । हुन पनि भर्ना छनौट प्रक्रियामा भएको विवादले सरकार र नेपाली सेनालाई दर्ुइतिर फर्काएको छ । मार्टिनले उक्साएपछि रक्षामन्त्री रामबहादुर थापाले भर्ना रोक्न नेपाली सेनालाई निर्देशन गरिसकेका छन् । तर, सेना भर्ना छनौट प्रक्रिया रोक्ने पक्षमा छैन । भर्ना रोकिए पनि सेना हुन इच्छा व्यक्त गर्ने ५० हजार नेपाली आन्दोलनमा उत्रने सम्भावना छ किनभने उनीहरुले यसका लागि हजारौं खर्च गरिसकेका छन् । मुलुक संक्रमणमा गुज्रिरहेको र सेना समायोजनाको विषयमा सहमति समेत कायम हुन नसकेको अवस्थाको फाइदा उठाउ“दै मार्टिनले फ्या“केको जाल अन्ततः नेपालमा राष्ट्रसंघको भूमिका बढाउने दिशामा केन्द्रित रहेको स्रोत बताउ“छ । भर्ना छनौट प्रक्रियामा मार्टिन सफल हुन सके सेना समायोजनमा समेत अनमिनको प्रत्यक्ष हस्तक्षेप हुने स्रोतले बतायो ।
सरकार र सेनाबीच अविश्वास बढाउने जाल फ्याक्ने योजना मार्टिनले केही समयदेखि नै बनाएका थिए । संविधानसभा निर्वाचनपछि सरकारले अनमिनको आकार घटाएपछि मार्टिन असन्तुष्ट बनेका थिए । राष्ट्रसंघीय महासचिव मुनको नेपाल भ्रमणमा नेताहरुबाट आफ्नो विरोध भएपछि त्यसको 'रिस' फर्ेर्ने उपयुक्त अवसरको खोजीमा रहेका मार्टिनले यसअघि दर्ुइ पटक केही नबोलेको सेना भर्ना प्रक्रियामा यस पटक बोलेर बखेडा खडा गरेको स्रोतले बतायो ।
उच्च राजनीतिक स्रोतका अनुसार मार्टिनको जागिरसमेत अहिले धरापमा परेको छ । नेपाल भ्रमणमा नेताहरुबाट तीव्र विरोध भएका कारण राष्ट्रसंघीय महासचिव मुनले मार्टिनलाई न्यूयोर्क फिर्ता बोलाउन लागेका छन् । गत सेप्टेम्बरमा मात्र नेपाल आएकी उपप्रमुख क्यारिन ल्याङग्रेनलाई अनमिन प्रमुखको जिम्मेवारी दिन लागिएपछि वेचैन भएका मार्टिनले माओवादीलाई रिझाएर आफ्नो म्याद थपाउन सेना भर्ना प्रकरणको विरोध गरेको स्रोतले बताएको छ ।
सेना समायोजनको मुद्दा छिटो सम्पन्न गरी अनमिनलाई मुलुकबाट बिदा गर्नुपर्ने आवाज चर्को रुपमा उठिरहेको बेला मार्टिनले राष्ट्रसंघीय भूमिका बढाउन खोजेका छन् । कालान्तरसम्म राष्ट्रसंघलाई नेपालमा राख्ने मार्टिनको योजनाप्रति नेपाल सरकार तथा नेताहरु बेलैमा सचेत हुन जरुरी भएको विश्लेषकहरु बताउ“छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक