
जातीयता र क्षेत्रीयताको नाराले देश विखण्डन हुने

कबिता -
झन्डा महिमा -------------------शेखर ढुङेल
यहाँ त प्रत्यक कदम मा

स्वतन्त्रता को खोलमा
नयाँ नयाँ दासता खोजिन्छ
राष्ट्र को झन्डा बोक्ने निमुखा को
अपहेलना गर्दै
दलिय झन्डा बोक्ने मात्र पुजिन्छ
वा वा झन्डा तिम्रो महिमा अपार छ
पीडित को गुनासो सुन्ने कोइ छैन
झन्डा वाल पिडक् कै कुरा सुनिन्छ
झन्डा बोकी लुटि खानेकै बोल बाल भयो यहाँ
झन्डा नबोक्ने को ऊपेछ्या गरिन्छ
कतै ह्विप जारी हुन्छ कतै निर्देसन्
जनता का प्रतिनिधि भन्छन
ति पनि झन्डा कै छाया मा बाधीन्छन
स्वतन्त्र को योग्यता बली चढाइ
झन्डा बोक्ने लाई छिराइन्छ
स्वतन्त्रता को प्रतिक बन्नु पर्ने झन्डा
हत्या हिन्सा र कब्जा को सन्देस दिन्छ
झन्डा बोक्ने को ताल न सुर को
बक् बक मा ताली ठोकिने
सत्य बोल्ने को तालु मा लठ्हि बज्रने
झन्डा बोक्ने झोले राज गर्न पुगे
झन्डा नबोक्ने निमुखा को गांस बास खोसे
हिजो पनि झन्डा बोक्ने को मात्र
स्वतन्त्रता र अधिकार थियो
बहुदल आयो झन्डा बोक्ने को
सात खत नै माफ भयो
गणतन्त्र मा हत्यारा सम्मानित भए
झन्डा नबोक्ने लाई हिजो भन्दा
आज बाँच्न झन गार्हो भयो
बली चढाइयो जनता को
जस्ले झन्डा नबोक्ने भने
स्वतन्त्रता को नाम मा
जनता अझै दास र पीडित बन्दै गए
कुनै न कुनै को झन्डा नबोक्ने
आफ्नै देश मा शर्नार्थि बने
देश मात्र होइन बिदेश मा पनि
झन्डा कै नाम मा बबाली
समुह समुह बिभक्त भै
अत्याचार गर्दाइ छन अल्पमत माथि
कठै लाज नै नमानी
राष्ट्रिय झन्डा भन्दा यहाँ दलिय झन्डा
उच्च भो
जस्ले कसै को झन्डा बोक्दैन
उ त समाज मा नबिक्ने भो
रगत को रङ सबै को रातै हो
बिभेद देख्ने खराबि आँखा मा भो
झन्डा झन्डा को बैमन्स्यता मा
हेर हेर दुनियाँ देश तहस नहस भो
झन्डा ले नै कोर्न थाल्यो भाग्य
झन्डा नबोक्ने को फुट्यो भाग्य
बिथोलियो टुट्यो उस्को सपना
झन्डा नबोक्ने को आस्तित्व नासियो
आर्थ न बर्थ गोविन्द गाई
कही नभएको तन्त्र देख्न पाइयो
झन्डा को दासता अस्विकार गरे
यहाँ त बाँच्न नै गार्हो भो
धन्य धन्य झन्डा तिम्रो
महिमा बुझ्न गार्हो भो
वाईसीएल पार्टीनीतिविपरीत गई हत्या हिंसामा उत्रिएको निष्कर्ष

एकता केन्द्र-मसाल) बीच एकता भएपछि केन्द्रीय समिति ९५ सदस्यीय हुने सम्भावना देखिएको छ। माओवादीको बिहीबार भएको सचिवालय बैठकमा केन्द्रीय समितिको पुस २८ गतेको बैठकले यसलाई निष्कर्षा पुर्याउने निर्णयगरेको थियो। ँपार्टीैठकले पुस २८ गते एकतासम्बन्धी सम्पूर्ण निर्णयगर्ने भए पनि एकता घोषणा भने संविधानसभाका सभापतिहरूको निर्वाचनका कारण २९ गते भ्याउने सम्भावना कम छ’ -सचिवालय बैठकपछि पार्टीेता मोहन वैद्य किरणले भन्नुभयो।
विगतमा पनि माओवादीको केन्द्रीय समिति ९५ सदस्यीय रहेकाले अब पनि सोहीलाई ब्यू“झाउने कि भन्ने छलफल भएको सचिवालय सदस्य अनन्तले जानकारी दिनुभयो। माओवादीको विगतमा ९५ सदस्यीय केन्द्रीय समिति रहेकोमा चुङवाङ बैठकले ३५ सदस्यमा झारेको थियो। माओवादीले पार्टीकतापछि पार्टीे नाम परिवर्तन गर्ने या नगर्ने भन्ने विषयमा अझै पनि निर्णय गरिसकेको छैन।बैठकमा पशुपतिको विवाद, राजनीतिक संकट र वाईसीएलका अराजक गतिविधिका सम्बन्धमा पनि छलफल भएको किरणले बताउनुभयो।
वाईसीएलले बायाँ खुट्टा काटिसकेपछि दायाँ खुट्टा पनि ताछ्न थाले, शिवलाई बोरामा हालेर पिटे

पुस २२ गते नुवाकोट कागतीगाउँको ढुङ्गाखानीमा स्थानीय बलामीबासी र वाइसीएल कार्यकर्ताबीच विवाद चर्केको थाहा पाएपछि के भएछ बुझ्न भनेर म शिवप्रसाद घिमिरे र योगप्रसाद फुयाँल एउटै मोटरसाइकलमा ११ बजेतिर त्यता लाग्यौं। नुवाकोट र काठमाडौंको सीमानामा ठूलो खोला भन्ने ठाउँ छ । त्यहीँनिर नुवाकोटबाट आउँदै गरेका आफ्नै गाउँका भुवन अर्याल र अरु १०-१२ जना वाईसीएल कार्यकर्तासँग जम्काभेट भयो । हामी घरबाट निक्लेको उनीहरुलाई कसैले खबर गरिदिएछ ।
भुवनले एक ईशारा गरे । गाउँघरको दाजुभाइ भएकाले मैले पनि नराम्रो सोंचिन। यस्तो गर्लान् भन्ने लागेकै थिएन । उनको ईशारापछि हामीले एक-अर्कालाई हेर्यौं र हर्न बजायौं। हामी चार-पाँच मिटर अघि बढिसकेका थियौं। उनीहरुमध्येका एकले पर्खन भने। हामी फर्कियौं । उनीहरुले त आक्रमण गर्ने सोचले पो डाकेका रहेछन्। हामीलाई के थाहा ?
नजिक आइपुगेपछि उनीहरुले एक्कासी हामीलाई घेरे। एकाएक सोंच्दै नसोचेको घटना हुँदा म तीन छक परें। लौ अब के गर्न लागे भनेर हामीलाई डर लाग्यो । त्यत्तिकैमा उनीहरु हामीमाथि जाइलागे । योगप्रसाद सुस्त मनस्थितिका भएकाले उनलाई केही गरेनन्। म र शिवलाई भने गोद्नु गोदे। शिवलाई बोरामा हालेर पिटे । वाईसीएल कार्यकर्तामध्ये एकजनाले शिवलाई चिनेका रहेछन्। त्यसैले पछि छाडिदिए । मलाईचाहिँ त्यहाँबाट ५-७ मिटर पर लगेर ´हामीविरुद्ध लाग्ने´ भन्दै भकुर्न थाले । तिनले मेरो साथ भएका ५४ हजार ५ सय रुपैयाँ, ब्रेसलेट, सिक्री लुटे । मैले पनि प्रतिकार गर्न खोजें तर त्यति धेरै मान्छेका अगाडि मेरो केही लागेन । मलाई उनीहरु ´यसलाई सिध्याउनैपर्छ´ भन्दै कुट्दै थिए । त्यही समूहमध्येको एकजनाले उतिन्खेरै तरबार झिकेर मेरो गर्दनमा तेर्स्याए। मलाई अब म बाँच्दिन भन्ने लाग्न थाल्यो । त्यसैले मैले बलजफ्ती दुई हातले त्यसलाई छेकेकाले काटिहाल्न सकेनन् । उनीहरुले ´यसको घाँटी होइन खुट्टा छिनाउनुपर्छ´ भन्दै बायाँ खुट्टामा तरबारले छ्याकछ्याक पारेर काट्न थाले। म कराइरहें। एकान्त ठाउँ भएकाले मेरो चित्कार सुन्ने त्यहाँ कोही थिएन ।
बायाँ खुट्टा काटिसकेपछि दायाँ खुट्टा पनि ताछ्न थाले। शारिरीक रुपमा तागतिलो भएकाले होला त्यति गर्दा पनि म बेहोस भएको थिइनँ सबै कुरा थाहा थियो। उनीहरुले भने ´अब यति गरेपछि यो मर्छ यसलाई तलतिर मिल्काइदिउँ´ भनेर चारजनाले हातखुट्टा समात्दै चार-पाँच मिटर तल खोल्सामा फालिदिए । म रगताम्मे थिएँ । एकोहोरो कराइरहें मलाई बचाउ मलाई बचाउ……
लगभग आधा घण्टापछि नुवाकोटबाट मोटरसाइकलमा एकजना दाई आउँदै रहेछन्। म कराएको सुनेर उनले हेरे । संयोगले मैले चिनेको मान्छे नै रहेछन्। उनले मेरो घरमा गएर भनेछन् ´तपाईको मान्छेलाई काटेर ठूला खोलामा फालेको छ। तुरुन्त जानु।´
गाउँलेहरुले थाहा पाएर तुरुन्त आइपुगे। मलाई देखेर मेरो परिवारमा रुवावासी चल्यो। गाउँलेहरुले नजिकैको कखुरा बोक्ने गाडीमा हालेर वीर अस्पताल पुर्याए। वीर अस्पतालले उपचार गर्न नसक्ने बताउँदै बी एण्ड बीमा रिफर गरी पठायो। त्यहाँ पनि नसक्ने भनेपछि शिक्षण अस्पताल महाराजगंजमा पठाइयो। मलाई डाक्टर विनयलाल श्रेष्ठले हेर्नुभयो। पहिला उहाँले बाँच्नै मुश्किल पर्ने र बाँचे पनि खुट्टा काटेर फाल्नुपर्ने बताउनुभयो।
मर्नभन्दा त बाँच्नै प्यारो भनेर मैले खुट्टा काट्न सहमति जनाएँ। अहिले मेरो बायाँ घुँडामुनिको खुट्टा काटिएको छ। दायाँ भने बन्नसक्ने बताएका छन् डाक्टरहरुले। म अब जीवनभरका लागि अपाङ्ग भएँ। जसले मलाई आक्रमण गरेको हो म उनीहरु राम्ररी चिन्छु। मेरै गाउँका वाइसीएल कार्यकर्ता उद्धव अर्याल, भुवन अर्याल, शेषकुमार लामा, गणेश महर्जन हुन्। अरु भने काठमाडौंबाट झिकाइएका वाईसीएल कार्यकर्ता हुन्। ममाथि बिनाकसुर आक्रमण भएको छ । सरकारले उनीहरुमाथि कारवाही गर्ने आशा लिएको छु। (माओवादी भातृ संगठन वाईसीएल र एमाले सम्बद्ध युथफोर्सबीच चर्किएको तनावको पछिल्लो शिकार बनेका काठमाडौं जिल्लाको जीतपुरफेदी गाविसका युथफोर्स संयोजक विवेक देवकोटासँग कञ्चन अधिकारीले गरेको कुराकानीमा आधारित।)
अभिनेता गोविन्दा पशुपतिमा

No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक