20090111

अब देशको नाम अलग राख्नुपर्छ : माओवादी केन्द्रीय सदस्य तथा नेता मातृका यादव


माओवादी केन्द्रीय सदस्य तथा नेता मातृका यादव अलग पार्टी खोल्ने अन्तिम तयारीमा छन् । मधेसमा क्रान्तिको आवश्यकता रहेको र अहिले आफूसम्बद्ध पार्टी माओवादीले यसको बेवास्ता गरेको भन्दै नेता यादवले नयाँ पार्टी खोल्न लागेका हुन् । 'हामी अब क्रान्तिकारी पार्टीको तयारी गर्छौं,' शनिबार नयाँ पत्रिकासँग यादवले भने, 'सबै पार्टीबाट एउटा जमात आउँछ, त्यसपछि पार्टी बन्छ । मधेसमा अहिले पार्टी छैनन्, गुटहरू छन् ।'
माओवादी नेतृत्वले पनि मधेसका मुद्दालाई वास्ता नगरेको आरोप उनको थियो । 'मधेसमा क्रान्तिकारी पार्टी बनाउँछु,' माओवादीका तर्फबाट दुईपटकसम्म मन्त्री भएका नेता यादवले भने, 'मधेसका थुप्रै सशक्त क्रान्तिकारी आउँछन्, नयाँ पार्टीमा ।' नयाँ पार्टी गठनका लागि के-के तयारी भइरहेको छ भन्ने प्रश्नको जवाफ भने उनले दिन चाहेनन् । भने, 'यत्ति बुझ्नूस्, हामी नयाँ पार्टी गठन गर्ने तयारीमा छौँ ।'
नेता यादवले केही समययता आपmना भाषणमा पनि मधेसका मुद्दालाई उठाउन नयाँ पार्टीको आवश्यकता आंैल्याउँदै आएका थिए । पछिल्ला केही महिनामा उनले नयाँ पार्टी गठनका विषयमा मधेसमा रहेका कतिपय स्थानीय अगुवा, कार्यकर्ता र नेताहरूलाई भेटेर छलफल गर्ने गरेका छन् । 'उहाँले आपmनो तयारीका विषयमा माओवादी नेतृत्वलाई पनि जानकारी गराउनुभएको छ । यसबारे माओवादी नेतृत्व गम्भीर हुनुपर्ने देखिन्छ,' यादवनिकट एक नेताले भने, 'भएन भने उहाँले नयाँ पार्टी खोल्ने कुरा साँचो हो ।' नेता यादवका भनाइमा मधेसमा एउटा बाह्य र तीनवटा आन्तरिक समस्या छन् । 'मधेसका धेरै नेता धोती लगाएर आन्दोलनमा गए,' यादवले भने, 'तर उनीहरू टोपी, दौरा-सुरुवाल लगाएर कुर्सीमा टाँसिरहे, घरमा हिन्दी नबोल्नेहरूले हिन्दीमा शपथग्रहण गरे ।' उपराष्ट्रपति परमानन्द झातिर लक्षित गर्दै उनले भने, 'कुर्सी पाउनुअघि धोती लाए, कुर्सी पाउनासाथ कुर्सी बचाउन दौरा-सुरुवाल लगाए । कस्तो अचम्म हो, मैले बुझ्न सकेको छैन ।'
मधेसमा आन्तरिक उपनिवेशवाद रहेको दाबी गर्दै उनले भने, 'नागरिकताको जुन कुरा छ, गि्रनकार्ड त अमेरिकाले पनि दिन्छ नि ! नेपालमा मधेसीलाई 'सो पिस'का रूपमा मन्त्री बनाइएको छ ।' कुनै जातीय आधारमा विशेषाधिकार हुनु नहुने यादवको भनाइ थियो । 'जातीय कुरा गर्नेहरू महेन्द्रराष्ट्रवादी हुन्,' उनले भने । पहाडी शासकका दलाल र दरबारियाहरू मधेस आन्दोलनपछि नेतृत्वमा पुगेको उनको आरोप छ । तर, आफूलाई आन्दोलनमा जानबाट माओवादी नेतृत्वले रोकेको आरोप उनको थियो । 'मधेस आन्दोलनका वेलामा मैले पार्टीमा भनेँ, मलाई आन्दोलनमा जान दिनूस् । तर, मलाई जान दिइएन' उनले भने । 'तराईमा आन्दोलनका वेला महन्थ ठाकुरलाई पनि मोर्चा बनाएर सँगै जाउ“m भनेको थिएँ,' यादवले खुलासा गरे, 'तर, गिरिजाबाबुको डरले महन्थबाबु जान चाहनुभएन ।' मधेस आन्दोलन फोरमको नभएको, तर फाइदा मात्रै लिएको यादवको भनाइ थियो । 'हामी सबैले मधेस आन्दोलनमा समर्थन गरेका थियौँ । तर, फाइदा फोरमले लियो,' यादवले भने ।

यादवले मधेसीका लागि देशको नाम नेपाल ठीक नभएको बताए । 'नेपाल नाम आफैँ एकाधिकारवादी नाम हो । अब देशको नाम अलग राख्नुपर्छ, जसले पहाडी मधेसी सबैलाई समेट्न सकोस्,' यादवले भने । तराईमा भारतीय चलखेललाई स्वीकार गर्दै यादवले भने, 'आपmनो देशको नागरिकलाई अधिकार नदिएपछि विदेशीले त पेलिहाल्छ नि ! भाइ फुटे गबार जुटे भन्छन् नि !,' भारतका बारेमा उनले भने, 'नेपाली शासकले मधेसीलाई दबाए, तर तिनै शासकलाई इन्डियाले समर्थन गरिरहेको छ ।' मधेसवादी दलहरू सिद्धान्तहीन भएको बताउँदै यादवले भने, 'मधेसवादी भनिने दलहरूको सिद्धान्त के हो, मैले बुझ्न सकेको छैन । उनीहरूको बुझाइ के हो भने मधेसमा पहाडिया जमिनदारहरूले नलुटून्, मधेसकै जमिनदारले लुटून् भन्नेमा मधेसवादी दलहरू छन् ।' उनले मधेसमा पनि ब्राह्मणवाद रहेको बताए । उनले भने, 'यादवहरू आफूलाई कृष्णको सन्तान ठान्छन् । यो पनि ब्राह्मणवाद हो ।'

मधेसलाई संघीयता, स्वशासन र समानुपातिक प्रतिनिधित्व चाहिएको बताउँदै यादवले भने, 'समावेशीकरण भनेको दया-मायामा चल्ने कुरा हो, यो चाहिएन । समानुपातिक हक चाहिन्छ, मधेसीलाई ।' माओवादीका सहिद परिवारलाई एक लाख र पछिल्लो समयमा मृत्यु हुनेहरूलाई दस लाख रुपैयाँ दिइएकोमा उनले आपत्ति जनाए । माओवादीका सहिद परिवारलाई सिडिओको सिफारिसमा क्षतिपूर्ति दिइएकोमा पनि उनले आक्रोश पाखे । 'भ्रष्ट सिडिओको सिफारिसका आधारमा क्षतिपूर्ति लिनुपर्ने ? प्रचण्डले पनि सिडिओकै सिफारिस लिनुपर्ने भयो,' उनले भने, 'पार्टीको सिफारिसअनुसार हुनुपर्नेमा भ्रष्ट सिडिओको चाहिने ? यो त भएन्ा ।' नेपाली सेनाले बेपत्ता बनाएका माओवादी कार्यकर्ताका बारेमा रक्षामन्त्री रामबहादुर थापा बादलले बोल्न नसकेको भन्दै उनले आपत्ति जनाए । उनले भने, 'बादल किन बोल्न सकिरहेका छैनन्, मलाई थाहा छैन ।'

तराईमा माओवादीको बेहाल भएको जानकारी दिँदै उनले भने, 'वीरगन्जमा प्रचण्डको पुत्ला जल्यो, बाबुरामलाई फूलमालाले स्वागत गरियो, किन यस्तो भयो ?' उनले जिल्लास्तरमा स्थानीय विकास अधिकारी एलडिओले माओवादीसहित सबै पार्टीलाई चलाएको आरोप लगाए । माओवादीकै बारेमा उनले भने, 'पार्टीले एउटालाई जिविसमा पठायो, तर अर्कोले फाइदा लिइरहेको थियो ।' मधेसबाट संविधानसभामा आएकामध्ये ३५ जना राजनीतिक व्यक्ति रहेको र बाँकी अराजनीतिक व्यक्ति रहेको धारणा राख्दै उनले अहिले तराईमा भइरहेको संर्घष आपराधिक उद्देश्यका लागि भएको टिप्पणी गरे ।- पर्शुराम काफ्ले

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक