20090111

आर्थिक स्थिति चिन्ताजनक , २६ लाखले रोजगार गुमाए


नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाराक अेाबामाले देशको आर्थिक स्थिति चिन्ताजनक अवस्थामा रहेको बताएका छन् । उनले भने- 'स्पष्ट छ, अमेरिकाको आर्थिक स्थिति चिन्ताजनक अवस्थामा छ । स्थिति झन् खराब हुँदैछ । आर्थिक स्थिति सुदृढ बनाउन तुरुन्त कारबाहीको जरुरत छ ।' नोभेम्बरमा संयुक्त राज्य अमेरिकामा पाँच लाख ८४ हजारले रोजगारी गुमाए । अघिल्लो महिना अक्टोबरमा चार लाख २३ हजारले रोजगारी गुमाएका थिए । डिसेम्बरमा सबैभन्दा बढी सर्भिस सेक्टरको रोजगारी गुमेको थियो । अमेरिकामा २००८ मा २६ लाख मानिसले रोजगार गुमाएका छन् । रोजगार कटौतीमा यो दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो रेकर्ड हो । आर्थिक मन्दीका कारण २००८ को डिसेम्बरमा मात्रै पाँच लाख २४ हजारले रोजगारी गुमाएका थिए । पछिल्लो १६ वर्षयता बेरोजगारी सबैभन्दा उच्च रहेको छ । डिसेम्बरमा बेरोजगार प्रतिशत ७.२ रहेको थियो ।
बोइङ विमान कम्पनीले पनि यस वर्ष ४५ सय रोजगारी कटौती गर्ने घोषणा गरेको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक