20090117

बबन सिंह हत्याको अभियोगमा पक्राउ

- उपेन्द्र लामिछाने

बबन सिंह तेस्रो दाँया तर्फ : माधव नेपालसंगै सम्सदमा सपथ लिदै

संविधानसभा सदस्य बबन सिंहलाई वीरगञ्जका युवा व्यवसायी राजेश क्यालको हत्याको अभियोगमा अपरान्ह ४ बजे प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई वीरगञ्जमा पक्राउ गरेको हो । क्यालको गत पुस ६ गते हत्या भएको थियो । सदन चलिरहेको बेला संविधानसभा सदस्यलाई पक्राउ गर्नुअघि सभाध्यक्षको स्वीकृति लिनु पर्ने हुन्छ । उनी रौतहट १ बाट निर्वाचित स्वतन्त्र सभासद हुन् । संविधान बमोजिम फौज्दारी अभियोगमा भने प्रशासनले सभासदलाई गिरफ्तार गर्नासाथ सभाध्यक्षलाई अनिवार्यरुपमा जानकारी दिनुपर्छ । तर, पर्सा प्रशासनले भने शनिबार रातिसम्म सभाध्यक्ष सुवास नेम्वाङलाई जानकारी दिएको छैन । "संविधान बमोजिम बबनका बारेमा मलाई जानकारी आउनु पर्ने हो, तर आएको छैन", राति ९ बजे नेम्वाङले भने । मधेसी ट्रेड युनियन महासंघको वीरगञ्जमा आयोजित एक कार्यक्रमलाई संवोधन गर्न आएका सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनी शुक्रबार यहाँ आएका थिए । पर्सा प्रमुख जिल्ला अधिकारी शंकरप्रसाद कोइरालाले बबन सिंहलाई नियन्त्रणमा लिइएको पुष्टि गरे । सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको उनले बताए । ´सभासद् भए पनि आवश्यक कानुनी प्रकृया पूरा गरी उनलाई नियन्त्रणमा लिएको हो´, कोइरालाले भने । कति बेला कहाँबाट पक्राउ गरेको भन्नबारे पूरा विवरण आफूले पनि प्राप्त गरिनसकेको उनले जनाए । उनलाई हाल जिल्ला प्रहरी कार्यलय पर्सामा राखिएको छ । पर्सा प्रहरी उपरीक्षक सुवोध घिमिरे संचारकर्मीको सम्पर्कमा आएका छैनन् । घटनाबारे अन्य प्रहरीले थप केही बताउन चाहेका छैनन् । जिल्ला प्रहरी कार्यालयमा संचारकर्मीलाई प्रवेश नदिएकाले सबै विवरण आउन सकेको छैन । मोबाइलमा घन्टी गए पनि बबन सिंहले फोन रिसिभ गरेका छैनन् । पुसको पहिलो साता वीरगञ्जका युवा व्यवसायी राजेश क्यालको हत्याको अभियोगमा उनलाई नियन्त्रणमा लिएको अनुमान गरिएको छ । क्याल हत्याका अभियुक्त ´विवेक´को बयानको आधारमा उनलाई पक्राउ गरिएको एक सुरक्षाकर्मीले जानकारी दिए । विवेकले उतिबेलै यी सभासद्को नाम बयानमा उल्लेख गरिसकेका थिए । अनुसन्धानमा असर पर्न सक्ने भन्दै प्रहरीले सभासद्को नाम बाहिर ल्याउन चाहेको थिएन । उनीमाथि हत्या, बलात्कार र राजधानीमा बिस्फोट गराएको अभियोग समेत छ । उनले वारेसमार्फत उम्मेदवारी दिई चुनाव लडेका थिए । त्यतिबेला प्रहरीबाट बच्न राति राति मात्रै प्रचारप्रसार गरेका थिए । उनी चुनाव जितेपछि एकैचोटी संविधानसभाको पहिलो बैठकमा सार्वजनिक भएका हुन् ।

बिपिन र नेरिशालाई हार्दिक बधाई एबम शुभकामना

हाम्रा प्रिय मित्र, सगरमाथा टि भी का पत्रकार Lorton Virginia America निवासी श्री बिपिन राज उप्रेती र भाउजु नेरिशा उप्रेती लाई हालै लक्ष्मी रुपी ब्रिशा पुत्री लाभ भएको खुशीयालीमा हार्दिक बधाई एबम शुभकामना ब्यक्त गर्दछौ ।

-रामप्रसाद खनाल, तिर्था खनाल, ॠषि खनाल एबम समस्त परिवार


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक