20090118

अमेरिकाबाट प्रकासित् हुने विश्वपरिक्रमा पत्रीका तेस्रो बर्षमा

विश्वपरिक्रमा पत्रीकाको तेस्रो बर्ष प्रबेशको उपलक्ष्यमा प्रधान सम्पादक गोबिन्द गिरी प्रेरणा जि , वहाँको सम्पूर्ण पत्रीका परिवारजनलाई मेरो ब्यक्तिगत तर्फबाट , नेपाल मदर डट कम को तर्फबाट र अन्तराष्ट्रिय कलाकार मन्चको तर्फबाट पनि हार्दिक बधाई र पत्रीकाको निरन्तरता एबम सफलताका लागि हार्दिक शुभकामना ।

- रामप्रसाद खनाल - प्रधान सम्पादक , नेपाल मदर डट कम
अध्यक्ष्य - अन्तराष्ट्रिय कलाकार मन्च, अमेरिका एबम समस्त परिवार जन


कार्यक्रमको पूर्ण भिडियो तल हेर्न सक्नुहुन्छ

Vishawprikrama from Nepali Press on Vimeo. video by Ramhari Subedi/dcnepal and photo by nepalhorizons/Subu ji

वाशिङ्टन डि.सी. वाट विगत २ वर्षेखि प्रकाशित हुँदै आइरहेको पाक्षिक अखवार विश्वपरिक्रमाको तेश्रो वाषिर्कोत्सव विविध कार्यक्रमका साथ सम्पन्न भयो । सो कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली दूतावास अमेरिकाका कार्यवाहक राजदूत काल्रि्रसाद पोखरेलले विश्वपर्रि्रमाको नियमित प्रकाशनले नेपाली जन समुदायमा सूचना र समाचारको वाहकको मात्र काम नगरी नेपाली भाषा , साहित्य, संस्कृतिको सर्म्वर्धनमा समेत उल्लेखनीय योगदान पुर्‍याएको चर्चा गर्दै दूतावासले सक्दो सहयोग गर्ने वताउनु भयो ।

विशेष अतिथिको आसनवाट वरिष्ठ जेष्ठ पत्रकार गोकर्ण्र्ााव पाण्डेले साहित्यकारले पत्रकारिता गर्दा समाजलाई अझ उत्तम हुने वताउँदै कवि मोतिराम भट्ट एवम् महाकवि देवकोटाले पत्रकारिता गरेको दृष्टान्त प्रस्तुत गर्नुभयो । सो समारोहमा वाषिर्कोत्सवको उपलक्षमा आयोजित उत्तर अमेरिकाका महिलाहरुको महिला कविता प्रतियोगिताका लागि प्राप्त कविताहरु प्रस्तुत गरिएका थिए ।प्रतियोगितामा सामेल कवयित्रीहरु सिर्जना घिमिरे, सुलेखा भण्डारीले आफ्ना कविता प्रस्तुत गरेका थिए भने कविता पठाएर प्रतियोगितामा सामेल कविताहरु टीका पुन, शाश्वत पराजुली एवम् मुक्ति दवाडीले वाचन गरेका थिए । प्रतियोगितामा सामेल कविताहरुको मूल्याङ्कन समितिका संयोजक कवि वसन्त श्रेष्ठले प्रतियागी कविताहरु स्तरिय भएको वताउँदै प्रतियोगिताको नतिजा प्रस्तुत गर्नु भएको थियो, जस अनुसार विस्कानशीनकी मीना दाहाल प्रथम, म्यासाच्युसेट्सकी आकृति शर्मा दोश्रो तथा नर्थ क्यारोलाइनाकी कविता घिमिरे र भर्जिनियाकी मञ्जु पुन तेश्रा भ्ाएका थिए । प्रतियोगितामा सामेल उपस्थित पुरस्कृत एवम् सहभागी कवयित्रीहरुलाई प्रमुख अतिथिले पुरस्कार एवम् प्रमाण पत्र प्रदान गर्नु भएको थियो । सोही समारोहमा वाशिङ्टन डि.सी.मेट्र्रो इलाकामा लामो समयदेखि समाज सेवा क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्नुहुने अगुवा समाजसेवीहरु राम मालाकार तथा कृष्ण निरौलालाई सम्मान गरिएको थियो । सो समारोहमा नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष गिरिश पोखरेल, एन्वाका अध्यक्ष माधवी वस्नेत, एएनएसका अध्यक्ष विष्णु थापा, एएनएका महासचिव मेदिनि अधिकारी, नेवा अर्गनाइजेसन अफ अमेरिकाका अध्यक्ष राजेश श्रेष्ठ, नेपाल पासा पुच अमेरिकायका अध्यक्ष मीरा श्रेष्ठ, प्रख्यात लोकगायक प्रेमराजा महत तथा सम्मानित व्यक्तित्वहरु राम मालाकार तथा कृष्ण निरौलाले शुभकामना मन्तव्य प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमका सभापति एवम् विश्वपर्रि्रमाका प्रधान सम्पादक गोविन्द गिरी प्रेरणाले आफू मूलत साहित्यकार भएकाले नेपाली अक्षरलाई अमेरिकाका नेपालीहरुको घर दैलोमा पु्रर्‍याउन यसको प्रकाशन शुरु गरेको वताउँदै विदेशी भूमिमा नेपाली भाषा साहित्य र संस्कृतिको जगर्ेनालेनै आफ्नो पहिचान कायम राख्न सकिने वताउनु भयो । भर्जिनियाको आर्लिङ्टन केन्द्रिय पुस्तकालयको सभाकक्षमा सम्पन्न सो वाषिर्कोत्सव समारोहको सञ्चालन शाश्वत पराजुलीले गर्नु भएको थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक