20090118

आजदेखि देशव्यापी संकटकालको घोषणा !!!


माओवादीले खुकुरी र तरवार ले छ्याप छ्याप्ती काटेर उनको खुट्टा यस्तो पारीदिएका छन, उनिलाई यस्तो पार्ने अपराधीहरु सत्तसिन छन अनी कसरी होश उन्को सुनुवाई हगी !!!

युद्धबाट परेको असरलाई सरकारले समान रुपमा सम्वोधन नगरेको भन्दै माओवादी पीडित संर्घष्ा समितिले आजदेखि देशव्यापी संकटकालको घोषणा गर्दैछ । माओवादीको १० बर्षो जनयुद्धमा बिस्थापित भएकाहरुले आज दिउँसो दर्ुइ काठमाण्डुको भोटाहिटीबाट देशभर संकटकाल घोषणा गर्न लागेको माओवादी पीडित संर्घष्ा समितिका संयोजक भोजराज तिमल्सिनाले जानकारी दिनुभयो । युद्धकालमा कव्जा गरिएका घरजग्गा फिर्ता, अपहरणमा परेकाहरुको अबस्था र्सार्वजनिक लगायतका १५ सुत्रिय मागमा वर्तमान र बिगतका सरकारले चासो नदिएकाले आजदेखि संकटकाल घोषणा गर्न लागेको तिमल्सिनाले बताउनु भयो । माओवादी पीडितको संकटकाल बिगत र बर्तमान सरकारमा रहेका शान्तिमन्त्री, गृहमन्त्री, अर्थमन्त्री बिशेष निगरानीमा पर्नेछन् ।
आफूहरुको संकटकाल शान्तिपर्ूण्ा हुने र यसमा संर्घष्ा समितिको युवा संघठन नेशनल योङ फोर्स परिचालन हुने संयोजक भोजराज तिमल्सिनाले बताउनु भयो । माअेावादी पीडितको मागमा असहमति जनाउनेहरुलाई मानसिक दवाव दिने तर दवाव सशस्त्र नहुने समितिले बताएको छ । संकटकाल आफूहरुका माग पूरा नभएसम्म रहने समितिले जनाएको छ ।


Tito Satya New Episode, You Can Watch Here, Click Below


Jire Khursani New Episode, You Can Watch Here, Click Below


गणतन्त्र को औचित्य साबित गर
-शेखर ढुङेल्
गणतन्त्र अथार्त जनता को तन्त्र ,जनता द्वारा जनता कै लागि गरिने शासन ब्यबस्था ।लोउ हेरौ कहाँ छ जनता को हत्या हीशा टोदफोड अपहरण सम्पत्ति कब्जा दन्डहिनता यही नै हो गणतन्त्र को परीभाशा रुकहा छ जनमत को कदर रुजनता ले विश्वाश नगरे पनि जनता माथि शासन गर्ने भन्ने हो गणतन्त्र भने को रुजनता ले विश्वाश नगरे पनि तिमी हरु को संबिधान देस को मुल कानुन म बनै दिन्छु भन्ने हो गणतन्त्र रु जनमत को उपहास गर्ने हो भने त गाउफर्के ब्यबस्था लेराए भैगो नि किन चाहियो यो सेत्तो हात्ती रबर छाप जम्बो सभासद र टिके सभापति हरु रुकिन चाहियो यो टिके तन्त्र र सैयौ छोटे राजा हरु को शासन रु गणतन्त्र को औचित्य को सवाल अतिसयुक्ति र हत्तार भयो जस्तो यो पंतिकार लाई लाग्दैन किन कि बिहानी ले दिन को संकेत गर्छ रे तीन बर्ष भयो माओवादी को ईशारा मा चलेको देश खोइ त जनता को अधिकार ,शुरक्षा र स्वतन्त्रता को अनुभुती ?
प्रधान मन्त्री र मन्त्री का अनुहार मात्रा फेरिए प्रब्रिती झन खराब ,मन्त्री हरु को ठात शोख र सालीन ता मा राज्शाही झल्किएकै छ। उदघातन ,सेमिनार मुहुरत ,बिमोचन मा जाने फुल माला लगाउने हुने नहुने आश्वासअन दिने अनी आफु लाई लोक प्रिय ठान्ने राजाशाही सैली मा परिवर्तन आएको छैन ।यस्तो टिके हुकुमी ,धम्की को प्रब्रिती त पञ्चायत को गाउफर्के ब्यबस्था मा पनि थिएन । आँफै सरकार चलाऊने आँफै बिद्रोह गर्छु भन्ने बिचित्र को शासन त प्रचन्ड तन्त्र मात्र हुन सक्त छ गणतन्त्र त हुन सक्दैन । मैले बुझेको गणतन्त्र मा नेता जनता को सेवक मानिन्छ नकी जनता लाई सेवक र दास् ठान्ने बनाउने नियती ।
हिजो को ब्यबस्था मा नेता हरु माफिया को नोकर भए भन्ने हरु नै आज पनि उही पुराना माफिया ले देश बिदेश मा बनाएका कार्यक्रम मा भाग लिन् तछाड मछाड गर्दै छन । त्यस्तै एउटा प्रधान मन्त्री को कार्यक्रम हालै स्थगित भएको रहस्यमय तरिकाले ।
प्रधान मन्त्री प्रचन्ड प्यारो छोरा प्रकाश दाहाल को दबाब मा एउटा ठुलो राष्ट्रघाती काम गर्दा गर्दै रोकिन पुगे त्यो पनि भारत को धम्की मा नेपाल मा कृतिम उर्जा संकट देखाइ चाइना ले ओलम्पिक को बेला बनाएको थर्मल प्लान्ट हाल प्रयोग हिन भएको ले नेपाल को माफिया सित मिली अरबौ को हिसाब मा नेपाल मा जडान गर्न खोजेको थिए भारत ले त्यो रहस्य पत्ता लगाइ बिरोध गरेको ले प्रचन्ड र प्रकाश को सपना तुहिन पुगेको हो ।यही घटना ले बिछिप्त भै हतोत्साहित भएका प्रचन्ड ले सरकार असफल भए फेरी बिद्रोह गर्ने धम्की दिएका हुन भन्ने बजार मा चर्चा छ ।जुन मफिया ले २०४७ साल अगाडि आत्म निर्भर भाईसकेका ग्राहस्थ उत्पादन क उध्योग धरासयी बनायो त्यही माफिया प्रचन्ड को पनि प्यारो भएको रहस्य खुल्न आएको छ भने पछी नयाँ नेपाल को सपना बाडेर् १९ हज्जार लाश को भर्याङ चढि सत्ता मा पुगेका माओवादी को असली अनुहार पनि जनता ले देखे ।नय नेपाल मा फस्टाएको उध्योग भनेको मानब तस्करी ,हत्या लुट फिरौती के यही हो गणतन्त्र रु हत्या ,अपहरन कारी बलात्कारी का मुद्दा फिर्ता लिन्छ सरकार के यस्तै शासन खोजेका थिए जनता ले रुजुन अपराधी लाई पक्रन बन्द टोदफोद गरे जनता ले त्यही अपराधी लाई पुरस्क्रित गर्ने सरकार लाई गणतन्त्र को सरकार मान्नुपर्ने रुअपराधी को सम्रछ्यक सरकार हुन्छ गणतन्त्र मा रुकेही अपबाद बाहेक देश को मुल कानुन संबिधान बनाउने थलो मा समेत् कुनै न कुनै अपराध सित जोडीएका ब्यक्ती सभासद भएर बसेका छन । यही हो गणतन्त्र को नमुना सदन रुतिन्ले कसरी लागु हुन देलान बिधिको शासन नेपालमा रुकहाछ जनता को सुनुवाई रुकहा सूरछ्यित छन एक स्वतन्त्र नागरिक रु,पत्रकार को वाक एबम प्रकाशन स्वतन्त्रता रु के गणतन्त्र मा दल दल का कानुन हात मा लिने , लुट्ने ,जनता का सम्पत्ति कब्जा गर्ने , गुण्डा पालिएका हुन्छन ?
जनता ले जुना सपना देखेर गणतन्त्र को बलिदान दिएका थिए त्यस्को उपहास भएको छ फेरी एक पटक । त्यस्मा पनि ति शाहीद हरु को दर्जा मा हत्यारा ,बलात्कारी लाई समेत सामेल गरेर बलिदानी जनता को हदै सम्मा को अपमान र उपहास गरेको छ यो सरकार ले शाहीद हुने हरुको मर्म र अर्थ माथि प्रहार गरेको छ यो सरकार ले । अझ प्रधान मन्त्री र उन्का दल का नेता हरु का अशोभनिय धम्की ,र गैर्ह कानुनी कृयाकलाप अनी आचरण ले बास्तबमै जनता को सपना अनुसार को मान्बाधिकार ,ब्यक्तीगत वाक एबम प्रकाशन स्वतन्त्रता ,प्रजातान्त्रिक राजनैतीक ब्यबस्था नभै एक दलिय तानाशाही क्रुर ब्यबस्था लाद्ने अभिस्ट पुरा गर्न यो सरकार लागेको देखिन्छ । त्यसै ले यो देश को सेतो हात्ती टिके अपराधी सभासद हरु को झुन्ड मा परिवर्तन भएको संबिधान सभा को गरिमा र गणतन्त्र को औचित्य समाप्त भैसकेको देखिन्छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक