20090119

पृथ्वीनारायण शाहको शालिक भत्काउने सरकारको तयारीलाई सर्वोच्च अदालतको रोक


सर्वोच्च अदालतले पृथ्वीनारायण शाहको शालिक भत्काउने सरकारको तयारीलाई रोक लगाइदिएको छ। भुरेटुक्रे राज्यलाई एकिकृत गरी नेपाल राष्ट्र बनाउन महत्वपूर्ण योगदान पुर्‍याएका पृथ्वीनारायण शाहप्रति पनि नेकपा माओवादी तथा केहि अतिवादी, जातीवादी समुहको पहलमा सरकारले सालिकहरु भत्काउने तयारी गरेको थियो। न्यायाधीश रामप्रसाद श्रेष्ठको एकल इजलासले आइतबार अधिवक्ता सन्तोष बस्नेत, पत्रकार पुष्प थपलिया र नवराज अधिकारीले दायर गरेको रिट उपर सुनुवाई गदै सो आदेश दिएको हो। आदेशमा निवेदकहरुको रिट किनारा नलागेसम्म कुनै पनि कार्य नगर्न आदेश दिइएको छ। निवेदकहरुले नेपाल एकिकरण नभएको भए अहिले भारत विलिन भएको हुन्थ्यो, तिनै अराष्ट्रिय तत्व, विदेशीका दलालहरुले नेपाल राष्ट्र निर्माण भएको रिसले पृथ्वीनारायण शाहप्रति जाइलागेको रिटमा उल्लेख गरेका छन्। एक निवेदकको भनाई थियो ― अहिले जो पृथ्वी नारायण शाहको विरोधमा लागेका छन् उनीहरु कुनै नकुनै रुपमा विदेशीका एजेन्ट, दलाल र पैसामा बिकेकाहरु मात्र छन्। तिनीहरुलाई यो कुरा याद हुनुपर्ने कि हालको भारतमा पनि सयौ राष्ट्रहरुलाई मिलाएर देश बनेको हो। त्यसबखतको नेपालमा डाँडाविच्छे राज्यहरु थिए यदि नेपाल पहिले एकिकरण नभएरको भए हामी कहाँ हुन्थ्यौ। २४७ बर्षको सामान्ती युग भनेर मधेसी र माओवादीले नारा लगाए पनि सबै शाहहरुसँग पृथ्वीनारायणलाई पनि मुछेकोमा हाम्रो गुनासो थियो र सोहिकारण हामीले रिट हालेका हौ।

एउटा कालो मानिसको सम्मानमा...


सोमबार थुप्रै अमेरिकी स्टारले गीत गाए। केही हलिउड स्टार र खेलाडीले भाषण गरे एउटा कालो मानिसको सम्मानमा। अमेरिकाका प्रथम अश्वेत राष्ट्रपति बाराक ओबामाले पदभार ग्रहण गर्नुभन्दा दुई दिनअघि आयोजित यो कार्यक्रमलाई अहिले संसारभर ´कालो´ रंगको विजयका रुपमा लिइएको छ। अफ्रिकन मूलका पिता, एशियन मूलकी मुसलमान हजुरआमाका सन्तान बाराक हुसैन ओबामाले बुधबार अमेरिकी राष्ट्रपतिको पदभार ग्रहण गर्दैछन्। अमेरिकी इतिहासले बोकेर हिँडिरहेको रंगभेदको कालो दाग मेटाउने अवसरका रुपमा ओबामाको यो स्वागत कार्यक्रमलाई पेश गरियो। ´विइ आर वान´ नाम दिइएको यो कार्यक्रममा काला मानिसको संख्या अत्याधिक थियो। ओबामा राष्ट्रपति निर्वाचित भएपछि प्रसिद्ध हलिउड अभिनेता टम ह्याङ्क्सले एउटा अन्तर्वार्तामा भनेका थिए– ´ओबामाको स्वागत कार्यक्रम अन्तिम सीटमा बसेर भए पनि हेर्न पाए हुन्थ्यो।´ तर, सोमबारको कार्यक्रममा यिनले अगाडि उभिएर बोल्न पाए। स्वागत कार्यक्रममा थुप्रै सामाजिक क्षेत्रका हस्तीले बोले। यो सूचीमा तीन ओस्कर विजेता अश्वेत अभिनेता थिए। ओस्कर जित्ने प्रथम अश्वेत अभिनेता डेन्जल वासिङटन, चार्ल्स रेको भूमिमा ओस्कर जित्ने जेमी फक्स र इदी अमिनको भूमिकामा ओस्कर जितेका फरेस्ट हि्वटकर थिए। यिनका अलावा गल्फ स्टार टाइगर उड्सले पनि ओबामाका अगाडि भाषण गरे। यो सांगीतिक कार्यक्रम थियो, यसैले यहाँ गीत पनि गाइयो। तर धेरैजसो अमेरिकी राष्ट्रभक्तिका गीतहरु। साकिरा, बोनो, बोन्जोभीदेखि जेम्स टेल, सेर्ली क्रो, जोन लिजेन्ड, स्टीभ वन्डरलगायतले कार्यक्रममा गीत गाए।
´प्राइड´ बोलको गीत गाइसकेपछि आइरिस गायक बोनोले ओबामालाई सम्बोधन गरेर भने– ´यो गीतले आइरिस, युरोपीयन, अफ्रिकन र इजरायली सपनाको संवेदना बोकेको छ´, उनी एकछिन रोकिए अनि भने– ´र, प्यालेष्टिनी सपना पनि।´


बेल्जियममा नेपालीहरुको बिजनेस बढ्दो गतिमा


बिगत केही बर्ष यता बेल्जियममा नेपालीहरुको बसाइको स्थाइत्व संग संगै पेसा ब्यवसायको पनि उत्तिकै ब्रिद्धी भएको छ । बेल्जियममा नेपालीहरुले द्रुत गतिमा आफ्नो ब्यवसायलाई ब्रिद्धी गर्न तथा नयाँ ठाउमा नयाँ नयाँ ब्यवसाय खोल्न अग्र पङ्तीमा देखियका छन । ठुला ठुला रेस्टोरन्ट-पिज्जा रेस्टोरन्ट - खुद्रा पसल देखी लिएर साइबर क्याफे सम्मका ब्यवसायलाई अब नेपालीहरुले आफ्नो सक्दो बिवेक प्रयोग गरेर संचालनमा ल्याएका छन ।
गत २० जनवरीमा बेल्जियमकै सेन्ट्रल मानिने बेर्तेम सिटीमा तीन नेपालीहरुको संयुक्त लगानिमा एउटा स्तरिय पिज्जा रेस्टोरन्टको सुरुवात भएको छ । बासु देब खड्का महेन्द्र बिक्रम भट्टराई बिजय भट्टराई को सकृयतामा सुरु गरियको उक्त पिज्जा रेस्टोरन्ट पहिलो भने हैन । बेल्जियम लुभेन सहरमा बस्ने यि तीन नेपाली हस्तीहरुले बेल्जियमकै कोर्तेनबर्ग मा पहिलो ब्यवसाय पनि संचालन गर्दै आइरहेका छन । हाल आयर फेरी तिनै जनाको संयुक्त लगानिमा एक स्टेन्डर्ड पिज्जा रेस्टोरन्ट को यही २० जनवरिमा स्थानिय नगर पालिका प्रमुख अल्बर्ट मेस द्वारा रिबन काटेर साझ ६ बजे पिज्जा रेस्टोरन्टको उदघाटन गर्नु भयो भने नेपाली दुतावासको तर्फ बाट दुर्गा भण्डारीले दीप ज्वलन गरी उदघाटन प्रकृया पुरा गर्नु भयो । नेपाली नागरिक र बेल्जिग नागरिक गरी झन्डै सयौंको संख्यामा उपस्थितीमा सुरु गरियको पिज्जा रेस्टोरन्ट निकै स्तरिय देखिन्छ । ३८ फर्निचर ले सज्जित उक्त पिज्जा रेस्टोरन्टको नाम भने ९द पिज्जा क्लव स्क्वायर ० रहेको छ । उपस्थित प्रमुख अतिथी लगायत अन्य सबै अतिथी हरुले आफ्नो स्थानमा बसेर भोजन ग्रहण गरेका थिए- purushottam subedi

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक