20090119

प्रहरी पोष्टमा हतियारधारी समूहको आक्रमण

मकवानपुरको पदमपोखरीमा रहेको अस्थायी प्रहरी पोष्टमा गएराति हतियारधारी समूहले आक्रमण गरेको छ । आक्रमणमा परी र्घाईते प्रहरी हवलदार अवदेशकुमार झालाई उपचारका लागि काठमाण्डू ल्याइएको छ । आक्रमणकारीले प्रहरी चौकी भित्र पसेर प्रहरी हवलदारमाथि धारिलो हतियार प्रहार गरेका थिए । आक्रमणकारीहरुले प्रहरी चौकीबाट लत्ताकपडा, मोवाईल र नगद लुटेका छन् । प्रहरी पोष्ट सहित स्थानीय नागरिकका ६ वटा घरमा समेत उनीहरुले लुटपाट गरेका छन् । जिल्ला प्रहरी कार्यालयबाट गएको थप सुरक्षा टोली पदमपोखरी पुगेपछि आक्रमणकारीहरु भागेका थिए । घटनामा संलग्न भएको अभियोगमा प्रहरीले हतियार सहित पदमपोखरी-१ का सञ्चलाल लोप्चन र विश्व लामालाई पक्राउ गरेको छ ।




जग्गा कव्जा गरे माओवादीले !

माओवादीका कार्यकर्ताहरुले तेह्रथुममा अरुण तेस्रो जलविद्युत परियोजनाको जग्गा कव्जा गरेका छन् । बसन्तपुरमा परियोजनाको नाममा रहेको २० रोपनी जग्गा कव्जा गरी उनीहरुले घर टहरा बनाएको स्थानीय बासिन्दालाई सिद्धराज ओझाले जनाएका छन् । कव्जा गरिएको परियोजनाको जग्गामा ३० वटा घर टहरा बनाइसकिएको छ । एकीकृत माओवादीका स्थानीय नेता रविन्द्र पिठाले परियोजनाको नाममा खाली रहेको जग्गामा स्थानीय बासिन्दालाई घर जग्गा बनाउन लगाएको बताउनुभएको छ । एकीकृत माओवादीको नेतृत्वमा रहेको सरकारले १० बर्षामा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सहित अरुण तेस्रो लगायतका ठुला परियोजना बनाउन प्रोत्साहन गर्दै आएको छ ।

protest against journalist Singh's murder






बेलायतको व्याण्ड प्रतियोगितामा १६ समुहबीच घम्साघम्सी

लन्डन । आयाम साउण्ड एण्ड भिजनले बेलायतमा दोश्रो पटक गर्ने 'नेपलिज लाइभ व्याण्ड कम्पिटिशन' मा कुल १६ व्याण्डले प्रतिष्पर्धा गर्ने भएका छन् । आयाम साउण्डले प्रतियोगितामा सामेल हुन इच्छुक युकेभरका व्याण्डलाई १५ जनवरीभित्र नाम दर्ता गराउन आव्हान गरे बमोजिम ति व्याण्ड प्रतिष्पर्धामा सामेल भएका हुन् । आयामले अन्य व्याण्डले अझै 'एप्रोच' गरिरहेपनि म्याद सकिएका कारण तिनलाई समावेश गर्न नसकिएको बताएको छ ।
यसपटक सामेल हुने टिममा आयाम -गेष्ट), यु एण्ड अस्, र्सर्पेन्टाइन, इनरसिया, आशा, राम्रो, जेपिटी र्रकर्ज, फष्ट एटेम्ट, प्रतिविम्ब, नोकोडो, सेन्ट लुनाटिक, लाष्ट मिनेट, गर्ल्र्स् व्याण्ड फानबरो, डेन्टी एरर, हेडिज र पेपरेज् छन् ।
प्रतियोगिता १४ फेबु्रअरीमा लन्डनस्थित कोपल्याण्ड कम्युनिटी हलमा हुंदैछ ।
प्रतियोगितामा पहिलो अर्थात 'व्याण्ड अफ दि इयर' हुनेले नेपाली एकलाख रुपैंया नगद, प्रमाणपत्र एवं ट्रफी पाउनेछ । विजेताको गीत रेकर्डिङ र भिज्युअल समेत सित्तैमा हुनेछ । गत वर्षबेलायतको 'यु एण्ड अस' व्याण्डले एक लाख नगद सहित 'व्याण्ड अफ दि इयर' उपाधि जितेको थियो ।
कार्यक्रम सम्पन्न गर्न यतिखेर आयाम टिमका भिम लिम्बु, रमेश सराङकोटी र प्रकाश थापा खटिइरहेका छन् । उनीहरुमा क्रमशः साउण्ड इन्जिनियरिङ, कार्यक्रम संयोजन र भिज्युअल मिक्सिङको जिम्मेवारी छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक