20090120

४४ औ अमेरिकि राष्ट्रपती ओबामाको Inauguration मा २० लाख भन्दा बढि मानिस उपस्थित



अमेरिकाको ४४ औं राष्ट्रपतिको रुपमा सपथ ग्रहण गरेपछि बाराक हुसेन ओबामाले संसारभर जारी संकटका बेला जिम्मेवारीबोधको नयाँ युगको आह्वान गरेका छन्‌। अमेरिकी इतिहासमा पहिलो अश्वेत राष्ट्रपति भएका ओबामाको सपथग्रहण कार्यक्रममा वाशिङटन डिसीको नेशनल मलमा २० लाख भन्दा बढि मानिस उपस्थित थिए। सपथ ग्रहणपछि ओबामाको १८ मिनेट लामो सम्बोधनमा थुप्रै तालीको गडगडाहट सुनिएको थियो। ओबामाको सम्बोधन सुनिरहेका कतिपयको आँखा रसाएको थियो। अत्यन्त चिसोका बाबजुद मानिस ओबामालाई हेर्न घन्टौंदेखि प्रतीक्षारत थिए। ओबामाले सम्बोधनक सुरुमा निवर्तमान राष्ट्रपति जर्ज बुसलाई धन्यवाद दिए। अमेरिका संसारको सबैभन्दा महान् लोकतन्त्र भएको बताउँदै ओबामाले भने, ´अमेरिका आज जे छ, त्यसको कारण हाम्रा नेता नभई जनता हुन्।" अमेरिकी संविधानको एक बुँदा उल्लेख गर्दै ओबामाले भने, ´सबै स्वतन्त्र छन्, सबै समान छन्। यहाँ सबैलाई आफ्नो खुसी खोज्ने अधिकार छ।" संसारमा जारी आर्थिक मन्दीलाई सम्बोधन गर्दै ओबामाले अहिले पूँजीवादमा बहस गर्ने बेला नभएको बताए।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक