20090121

फागुन १, २ र ३ गते नेपाल बन्द !

जनकपुर र नारायणी अञ्चलका लगभग १५ जिल्लामा तामाङ सालिङ राज्य ???

राजधानीमा आइतबार ५ गते आयोजित पत्रकार सम्मेलनमा मोर्चाका अध्यक्ष सोनाम लामाले सरकारले अविलम्ब आफ्ना माग पूरा नगरे फागुन १, २ र ३ गते बन्द आयोजना गर्ने र त्यसपछि पनि आफ्नो आवाज नसुने फेरि जनयुद्धमा जानसक्ने धम्की दिनुभयो। नेपाल राष्ट्रिय जातीय मुक्ति मोर्चाले बागमती, जनकपुर र नारायणी अञ्चलका लगभग १५ जिल्लामा तामाङ सालिङ राज्य घोषणा नगरिए भीषण आन्दोलनको घोषणा गर्दै तीनदिने बन्दको तयारी गरेको छ।
राष्ट्रिय कराँते प्रशिक्षक सोनाम लामाले २०५८ सालबाट माओवादीहरूको जातीय तथा क्षेत्रीय उत्पीडनविरुद्ध सही अडान नदेखेपछि उहाँले नेपाल राष्ट्रिय जातीय मुक्ति मोर्चा निर्माण गरी सशस्त्र जनयुद्ध सञ्चालन गरी लभगग नौ सयको सङ्ख्यामा जनसेना पुर्‍याउनुभएको थियो। अहिले आगामी हप्ता १५/१६ जिल्ला सदरमुकाममा स्थानीय प्रशासनमार्फत उहाँले आफ्नो विरोधसहित सरकारसमक्ष मागपत्र पेस गर्नुहुनेछ। तिब्बतीलगायतका शरणार्थीहरूका नक्कली नागरिकता रद्द गर्ने र अवैध व्यापार बन्द गर्ने मागका साथै २०६४ सालमा नागरिकता प्रदान गरिएका अन्दाजी २५ लाख भारतीयको नागरिकता खारेज गर्नुपर्नेसमेत उहाँले माग राख्नुभएको छ। उहाँले नेपाल–भारत खुला सीमा अविलम्ब बन्द गरी राहदानी व्यवस्था लागू गर्न माग गर्नुभएको छ। उहाँले माओवादीहरूले मध्यपहाडी राजमार्ग मात्रै बनाउने भएकोले हिमाली जनताका लागि दार्चुलादेखि ताप्लेजुङसम्म एक रिम्पोछे राजमार्गको साथै तामाङ भाषामा पढाउने तामाङ ताम्क्याम्से विश्वविद्यालयका लागि पनि प्रस्ताव गर्नुभएको छ।
सभामा अतिरिक्त वक्ताको रूपमा कर्णाली मुक्ति मोर्चाका पे्रम कैदीले गिरिजाबाबुले प्रस्तुत गरेको प्रजातान्त्रिक मोर्चा, डा. बाबुराम भट्टराईले प्रस्ताव गरेको देशभक्त वामपन्थी मोर्चा र फोरम नेता उपेन्द्र यादवले प्रस्तुत गरेको जातीय क्षेत्रीय मोर्चाहरूको राष्ट्रिय एलायन्समध्ये कसले हाम्रो मुद्दामा बढी सहमति जनाउँछ, त्यस आधारमा एकता र आन्दोलनको प्रश्नमा छलफल र सम्पर्क भइरहेको भन्दै नेपाल राष्ट्रिय जातीय मोर्चाको आन्दोलनप्रति ऐक्यबद्धता जनाउनुभयो।
मञ्चमा बृहत् कर्णाली सङ्घीय राज्य परिषद्का अध्यक्ष शोभाकर थापा, नेवा राष्ट्रिय मोर्चाका अध्यक्ष शङ्कर श्रेष्ठ आदिले पनि सम्बोधन गर्नुभएको थियो। थुपै्र जातीय, क्षेत्रीय मोर्चा र दलका नेताहरूसमेत सहभागी भएको मञ्चबाट नवजनवादी मोर्चाका केन्द्रीय सदस्य प्रकाशप्रसाद उपाध्यायले सुस्ता र इलाममा भारतीय पक्षबाट भएको सीमा अतिक्रमणको भर्त्सना गर्दै तराईमा विदेशीहरूको इसारामा हत्या, हिंसा बढेकोमा क्षोभ व्यक्त गर्नुभएको थियो।
नेपालको राष्ट्रिय पे्रस विदेशीको इसारामा चलेकोले आफ्नो देशभक्तपूर्ण अडानमा आधारित समाचार प्रसार नगरेपछि आफ्नो कुरा जनसमक्ष जसरी भए पनि लैजाने प्रतिबद्धता कार्यक्रम सञ्चालक नेवा मोर्चाका महासचिव कुमार रञ्जितले औंल्याएका थिए।

एकै छिन् पेट मिची मिची हास्ने भए .....



Alu Party - video powered by Metacafe
video by suman/dcnepal, thank you Ram hari ji

Lalpurja Part-1 of Madankrishna and haribansh (MAHA)

Lalpurja Part-2 of Madankrishna and haribansh (MAHA)

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक