20090121

सडक, सदन र सरकारबाट एकसाथ संघर्ष गर्ने माओवादीको निर्णय !!!

माओवादीको केन्द्रीय समिति बैठक बिभिन्न निर्णयहरु गर्दै सकिएको छ । वैठकले जनताका चाहाना पुरा गर्न सडक, सदन र सरकारबाट एकसाथ संघर्ष गर्ने निर्णय गरेको छ । बैठकले माओवादी र एकताकेन्द्र मसालबीच एकता भएपछि बनेको १५ सदस्यीय सचिवालयमा दिनानाथ शर्मालाई थपेर १६ सदस्यीय बनाएको छ । यसैगरी, बैठकले कृष्ण भुजेललाई थपेर १३८ सदस्यीय केन्द्रीय समिति बनाएको छ । १७५ सदस्यीय केन्द्रीय समितिका लागि रिक्त स्थान पूर्ति केन्द्रीय समितिको अर्को बैठकले गर्ने पनि बैठकले निर्णय गरेको छ । केन्द्रीय समितिको बैठकले ४५ सदस्यीय पोलिटब्यूरोमा भने कुनै हेरफेर गरेको छैन । केन्द्रीय समिति बैठकले मोहन बैद्य किरण प्रमुख रहेको ११ सदस्यीय संगठन बिभाग बनाएको छ । सरकार संचालनका लागि एमालेसँग वार्ता गर्ने संयन्त्रको जिम्मा बैठकले नारायणकाजि श्रेष्ठ प्रकाशलाई दिएको छ भने संसद हेर्ने जिम्मा प्रकाशले यसअघि नै पाईसकेका थिए । संसदीय दलको उपनेता तथा सरकारमा पार्टीतर्फबाट उपप्रधानमन्त्री थप्नेबारे निर्णय गर्ने जिम्मा बैठकले सचिवालयलाई दिएको छ ।
बैठकले माओवादीले बनाएका १६ राज्य समितिका इन्चार्ज र उपइन्चार्जमा केही फेरबदल गरेको छ भने संसदीय दलको सचेतकमा जयपुरी घर्तीलाई बनाउने निर्णय गरेको छ । यसैगरी, दुई पार्टीका जनवर्गीय संगठनबीच एकता गराउने जिम्मेवारी रामबहादुर थापा बादल रहेको पाँच सदस्यीय समितिलाई सुम्पिइएको छ ।

प्रचण्ड नेपाली सेना र माओवादी लडाकुको प्रमुख हँुदासम्म शान्ति प्रक्रिया सफल नहुने

एमालेका पर्ूव महासचिव माधवकुमार नेपालले माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली सेना र माओवादी लडाकुको प्रमुख हँुदासम्म शान्ति प्रक्रिया सफल नहुने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ बागलुङले बिहान बागलुङमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पर्ूव महासचिव नेपालले माओवादीका सैनिक र अर्धसैनिक संरचना तत्काल खारेज गर्न पनि माग गर्नु भयो । शान्ति प्रक्रिया सफल नभएसम्म संविधान निर्माण हुन नसक्ने भएकाले प्रमुख सत्ता साझेदार माओवादी बढी जिम्मेवार हुनु पर्ने नेपालको भनाइ छ । संवैधानिक समितिका सभापति समेत रहेका नेता नेपालले अहिलेका मुख्य ६ काम मध्ये संविधान निर्माण, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्‍याउने, राज्यको पुनसंरचना, सामन्तवादका अवशेषको अन्त्य, राष्ट्रियताको सर्म्वर्द्धन र सुशासनलाई सबैले गम्भीरताका साथ मनन गर्नु पर्ने बताउनुभयो । संबैधानिक समितिका सभापति नेपालले नयाँ संविधान निर्माण गर्न सवै राजनीतिक दल र पेशा व्यवसायीको एकता आवश्यक भएको बताउनुभयो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक