20090121

झडप हुँदा ३८ घाइते : सात जना प्रहरी, अनेरास्ववियुका २१ र क्रान्तिकारीका १० विद्यार्थी


पोखरा, पोखराको पृथ्वीनारायण क्याम्पसमा माओवादीसम्बद्ध अखिल क्रान्तिकारी र एमालेसम्बद्ध अनेरास्ववियुका विद्यार्थीबीच बुधबार अपरान्ह झडप हुँदा एक प्रहरी र दुवैतर्फका गरी ३८ जना घाइते भएका छन्। घाइते हुनेमा सात जना प्रहरी, अनेरास्ववियुका २१ र क्रान्तिकारीका १० विद्यार्थी रहेका छन्। युनियनमा अनेरास्ववियुले भ्रष्टाचार गरेको आरोप क्रान्तिकारीले लगाएपछि दुवैपक्षबीच विवाद हुँदै आएको थियो। सोही विषयमा छलफल गर्न दुवैपक्ष बुधबार क्याम्पस प्रशासनमा भेला भएका बेला झडप भएको हो। घाइतेमध्ये अनेरास्ववियुका केन्द्रीय सदस्य अर्जन सुनामको अवस्था गम्भीर छ। ´टाउकोमा गम्भीर चोट लागेको छ´ सुनामको उपचारमा संलग्न स्थानीय चरक अस्पालका डा.तारानाथ कोइरालाले भने-´अधिक रक्तश्राव भएकाले टाउकोमा रगत जमेको शंका छ।´ अचेत अवस्थामा रहेका उनलाई चिकित्सकको सल्लाह अनुसार सिटीस्याक्न गर्न मणिपाल शिक्षण अस्पताल लगिएको छ। चरक अस्पतालमा अनेरास्ववियुका अन्य चार विद्यार्थीको उपचार भइरहेको छ। क्रान्तिकारीले पनि आफ्नातर्फ तीन जना घाइते भएको जनाएको छ। दुई पक्षबीचको झडपका क्रममा क्याम्पसको स्ववियुमा आगलागि गरिएको छ भने पार्किङ गरी राखिएका एक दर्जन मोटरसाइकल पनि जलाइएको छ। ´एकवर्षअघि क्रान्तिकारीको कुटाइबाट घाइते भएका अनेरास्ववियुका दुधप्रसाद गोलेको उपचारमा ७६ हजार रुपैयाँ खर्च भएको थियो´ अर्का घाइते अनेरास्ववियुका रश्मी आचार्यले भने-´त्यही खर्चलाई क्रान्तिकारीले भ्रष्टाचार भएको भन्दै पटकपटक विवाद झिक्दै आएको छ।´ उनकाअनुसार गोलेको उपचारमा खर्च भएको सबै बिल हेरेपछि करिब दुई महिनाअघि त्यसमा भ्रष्टाचार नभएको भन्ने सहमतिमा दुवैपक्षबीच पुगेका थिए। त्यतिबेला सोही क्याम्पसका क्रान्तिकारी अध्यक्ष गोविन्द केसीले भ्रष्टाचार नभएको भन्ने सहमतिपत्रमा हस्ताक्षर समेत गरेका थिए। ´अहिले फेरि विवाद झिकेर क्याम्पसमा वार्ता गर्ने निहुँमा अनेरास्ववियुका विद्यार्थीमाथि सांघातिक आक्रमण भयो´ आचार्यले भने। प्रहरीले पृथ्वीनारायण क्याम्पसमा दुई विद्यार्थी संगठनबीच बुधबार दिनभरजसो झडप भएको बताएको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास प्रहार र लाठी चार्ज समेत गरेको थियो। - मनोज अधिकारी

'जयतु संस्कृतम्' आन्दोलनका योद्धा श्रीभद्र शर्माको काठमाडौंमा निधन

नेपाली कांग्रेसका संस्थापक नेता एवम् 'जयतु संस्कृतम्' आन्दोलनका योद्धा श्रीभद्र शर्माको ८३ वर्षको उमेरमा बुधबार काठमाडौंमा निधन भएको छ ।लामो समयदेखि मुटुको रोगबाट पीडित शर्मालाई काठमाडौको नर्भिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । अस्पतालबाट निधन हुनुभन्दा दुई घन्टा अगाडि डिस्चार्ज् गरिएको थियो । राणा शासनका बेलामा काठमाडौंस्थित तीनधारा पाठशालाबाट जयतु संस्कृतम् आन्दोलनबाट राजनीतिमा प्रवेश गरेका शर्मा संस्कृतका प्रकाण्ड विद्वान् थिए । नेपाली कांग्रेसका महामन्त्रीसमेत रहिसकेका उनी कांग्रेसको विभाजनपछि राजनीतिबाट निष्कृय भएका थिए । उनी विभिन्न आन्दोलनमा पटकपटक गरी छ वर्ष जेल परेका थिए । तनहुँमा जन्मेका शर्मा राष्ट्रिय पंचायतमा सामान्य प्रशासन र उद्योग मन्त्री भएका थिए । उनका एक छोरा र दुई छोरी छन् । साहित्य, दर्शन, धर्मशास्त्र र संस्मरणलगायत विभिन्न विषयमा शर्माका एक दर्जन कृति प्रकाशित छन् ।

Let the Nepali National Flag rise

Without King everywhere we can see mess. There is no security to life. A nice, beautiful and a very smart lady reporter Ms. Uma Singh who tried to spread the message of peace had to sacrifice her life. Women have been tortured physically and mentally. Women cannot raise any issue that is very important to our Nepal. Whoever comes to forefront to raise issues for the betterment of the women and the entire society are kept aside. There is no reform in any sector. The Prime Minister, Ministers and leaders' foreign tours made Nepal waste millions of Rupees. With this money, Nepal can afford to mitigate unemployment problems.

A person who made us proud Nepali is dishonored. Instead of showing Prithvi Narayan Shah's great deeds to the world, the history (truth) has been tried to put in a dark. Prime Minister Pushpa Kamal Dahal and other Ministers see Nepali national flag in front of their office buildings, cars, on the tables and in their official pads every morning, every day and every night. Do they know, because of whom that flag raises? It is the same Prithvi Narayan Shah, the Great, handed that world's most beautiful flag to us. This flag is not just the piece of a cloth. It is our pride. It is our unity. It is our life. We need to salute him in every bit of our lives for his gift. To make this beautiful gift of Great King Prithvi Narayan Shah rise high above the Sagarmatha and everywhere in the world, there is just one person and he is our Monarch, His Majesty King Gyanendra Bir Bikram Shah Dev.

My daily routine begins from crossing the street where the United Nations building stands. While passing through the UN building I have to see the flags of 191 nations including the flag of the world body, the United Nations. Unless I look at the flag of Nepal, I won’t be ready to move. Just after catching the glimpse of my country Nepal’s flag, I start feeling very proud that I can stand just in front of the United Nations as the citizen of the sovereign and independent Nepal with full of glories. I feel like to salute the Great King Prithvi Narayan Shah thousands of times. What a great job he did for us. What a great personality with a great perseverance and dedication. Are we Nepalese of New Nepal paying due respect in a right way to a right person who made us proud Nepali? If we do not show our respect to a person who made us to be respected, who will respect us?

King Prithvi Narayan Shah’s deeds will die together with Nepal’s end. However, Nepal will never vanish from the map. Likewise, Prithvi Narayan Shah’s contributions will never be written off the golden history of Nepal. If we are a true Nepali, we need to rise up and say no more to distortions of history, no more to disrespect to a person who made us respected and no more to any efforts to break Nepali land in the name of Republic. If we are Nepali, we need to join hands together to make our Monarch’s comeback to save our Nepal’s disappearance. Let the Nepali National Flag rise forever. Jaya Matribhumi Nepal.

Kamala Prasai, Coordinator, Nepali Women Diasporanepaliwomendiaspora@yahoo.com
kamalaprasai@yahoo.com



नेपाली ब्यावसायी संघ`बेल्जियमको दोस्रो साधारण सभा संपन्न

- News by Purushottam Subedi and Bikal Adhikari
गत केही बर्ष देखी यता बेल्जियममा नेपालीहरुको स्थाई बसोबास संग संगै पेसा ब्यवसायमा पनि त्यतिकै ब्रिद्धी भयको छ । आफ्नै देशमा उध्योग पतिकै रुपमा स्थापित हुन सक्ने क्षमताका नेपालीहरु प्रदेशमा गयर सानोतिनो ब्यवसाय गर्दैमा यसलाई ठुलो बहादुरी मान्न त सकिदैन । तैपनी आफ्नो देशको राजनीतिक अस्थिरताको कारणले पलायन हुन वाध्य भयका इमान्दार साहशि नेपालीहरुले प्रबासमा अरुको गुलाम गरेर जिविका गर्नु भन्दा आफ्नै अधिनमा रोजगारी अपनाउनु लाई उपल्ब्धीकै रुपमा लिनु पर्छ । यहाँ दर्साउन खोजियको अर्को महत्वपूर्ण पाटो के हो भने बिदेसमा बसेर पनी ब्यावसायिक रुपमा आफ्ना देशका बिभिन्न प्रकारका प्रोडक्ट का रुपमा उत्पादित कृषि जन्य वा अरु कुनै बस्तु युरोपका बिभिन्न देशका बिभिन्न सहरमा सप्लायर गर्नु भनेको नेपालको आर्थिक अवस्थाको बलियो जग बसाउनु हो । बेल्जियममा दिन प्रतीदिन प्रगतिको पथ तर्फ लम्कियको नेपालीहरुको ब्यवसायले सयौंको संख्या पार गरिसकेको छ ।
सन २००६ देखी नेपाली ब्यावसायीहरुले बेल्जियममा आफ्नो ब्यवसायलाई संस्थागत रुपमा उभ्याइ आफ्नै मात्र हित नसोची कालान्तरमा नेपाल राष्ट्रकै पक्षमा हित हुने गरी १५ सदस्यीय नेपाली ब्यावसायी संघको स्थापना गर्‍यो । राधाकृष्ण अधिकारिको अध्यक्षतामा गठन गरियको उक्त ब्यावसायी संघमा उपाध्यक्ष प्रबिण गौचन -प्रेम गुरुङ - महासचिब ज्ञानेन्द्र खतिवडा -सह सचिब सोनम ग्याल्मो सेर्पा -कोसाध्यक्ष अहमददिन मिया -सदस्यहरुमा -जय सुब्बा -अंकुर खड्का -सुरेन्द्र अमात्य-पार्वती अधिकारि-बिजय भण्डारी -घनश्याम काफ्ले -क्रिश्णबिस्वकर्मा -बाबुराम शर्मा - कमल भारती आज यस संस्थाका संस्थापक सदस्य हुन पुगे । सोचे जती उपल्ब्धी जुन कुनै संघ संस्था खुल्दा बित्तिकै हुन्छ भन्ने होइन । उपल्ब्धी भनेको कालान्तरमा यसका उध्यस्यमा भर पर्ने हुन्छ । ब्यक्तिगत स्वार्थमा सिमित नरही नेपाल राष्ट्र तर्फै ध्यान केन्द्रित गराइ अघी बढेको नेपाली ब्यावसायी संघले आफ्नो २ बर्से कार्यकाल पुरागरी २६ -१ -२००९ मा बेल्जियमको लुभेन सहरमा दोस्रो साधारण सभा संपन्न गरेको छ । उक्त साधारण सभाले सर्व संमती बाट अर्जुन श्रेष्ठ अध्यक्ष सहितको १५ सदस्यीय नयाँ कमिटिको चयन गरेको छ। उपाध्यक्ष सागर श्रेष्ठ -राज कुमार लामा -महासचिव ओमकार शर्मा - कोसाध्यक्ष हरी शर्मा थपलिया -सह कोसाध्यक्ष ब्युटी श्रेष्ठ -सह सचिव बिजय भण्डारी - सदस्य ज्ञानेन्द्र खतिवडा -भुपु अध्यक्ष पदेन राधा कृष्ण अधिकारि -मनोज उप्रेती -सुदाम लम्साल - मनोज काफ्ले - कृष्ण के सि -हरी कृष्ण कार्की -अहमद दिन मिया रहेका छन । अत्यन्त सौहार्द पूर्ण वाताबरणमा संपन्न सो साधारण सभालाई ज्ञानेन्द्र खतिवडाले संचालन गर्नु भयको थियो । साथै उक्त सभामा एन आर एन बेल्जियमका भुपु अध्यक्ष युवराज गुरुङ किसन के सि लगायतको उपस्थिती रहेको थियो ।
नेपाली राजदुताबासको प्रमुख आतिथ्यमा सुरु गरियको उक्त नेपाली ब्यावसायी संघको दोस्रो साधारण सभामा अन्य बिभिन्न संघ संस्थाका प्रमुख अतिथिहरुको पनि उपस्थिती रह्यो । उक्त सभामा प्रमुख अतिथी प्रवेस हमाल ज्यु ले बेल्जियममा नेपाली ब्यावसायी हरु सामु संभावना र चुनौतीको प्रकाश पर्दै बेल्जियममा नेपाली राजदुतावास संस्थाले खेलेको भूमिकाले बेल्जियम र नेपाल दुबै राष्ट्रलाई हित हुने दाबी गर्नु भयो । साथै प्रधान मन्त्री पुष्प कमल दाहाल ज्युले बोलेको बक्तब्यलाई प्रकाश पार्दै उहाको भनाइ राज्य प्रती सकारात्मक् रहेको पुस्टि पार्नु भयो । साथै उहाले बेल्जियमका प्रमुख सहरका सरकार प्रमुख संग नेपालको पर्यटन र औध्योगिक बिकासको लागि महत्वपूर्ण छलफल भई रहेको जानकारी गराउदै नेपाली ब्यावसायी संघ बेल्जियम एन आर एन बेल्जियम र नेपाली दुतावस बेल्जियमले नेपाल र नेपालीको हितको पक्षमा ठुला ठुला योजना भित्र्याउन सकिने संभावना लाई स्विकार्दै आगामी दिनमा यस प्रकारका संभावना लाई नेपाल सरकारको तर्फ बाट स्थाइत्व दिनु पर्नेमा ध्यानआकर्सण गराउनु भयो । साथै बोल्ने क्रममा एन आर एन बेल्जियमका अध्यक्ष पेम्बा गेल्मु सेर्पा ज्यु ले नेपाल को अस्थिरता गरिबिको कारण अर्थात धनी गरिव को दुरी आकासजमिनको जस्तो हुनाले अस्थिरता बढेको औल्याउदै स्थाइ सान्तिको लागि नेपाली जनतालाई रोजगारको अबसर दिलाउनु पर्ने पहिलो महत्व पूर्ण पाटो भयको औल्याउनु भयो । साथै नेपाली ब्यावसायी संघ बेल्जियमले नेपाल मा उत्पादित बस्तु लाई बिदेसी बजारमा पुर्याइ आफ्नो देशको आर्थिक अवस्थालाई बलियो बनाउन सकिने कुराको प्रकाश पार्नु भयो । यस्तै क्रममा एन डि यफ बेल्जियम का अध्यक्ष तुल्सीनाथ सुबेदी जनप्रगति शिल मंचको तर्फ बाट चित्र सुबेदी नेपाली जन संपर्क समितीका अध्यक्ष गंगाधर गौतम सांग्रिला समाजको तर्फ बाट दिपक ज्योति पौडेल अ ने सा स बेल्जियमका अध्यक्ष कृष्ण बजगाइ- एन आर एन आई सि सी का रबिन्द्रमान श्रेष्ठ- एन आर एन युरोप संयोजक जानकी गुरुङ -चितवन सहायता कोसका अध्यक्ष राम हरी घिमिरे -पर्वत बेल्जियम संपर्क समितिका सुभाश जोसी -बेल्जियम तमाङ समाजका अध्यक्ष राज कुमार लामा लगायतले नेपाली ब्यावसायी संघ को उध्यस्य र उपल्ब्धी बारे आ -आफ्नो मन्तब्य ब्यक्त गरेका थिय

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक