20090122

माओवादी नसुध्रने नेपालको दाबी : बिहीबार पोखरा बन्द, काटेर लुटेर र धम्क्याएर ठीक पार्ने माओवादीको नीति


एमालेका पूर्व महासचिव माधवकुमार नेपालले माओवादीका छापामार शिविरहरुमा आपराधिक मनोवृत्तिका व्यक्तिहरु पनि रहेको उल्लेख गर्दै तिनलाई कारबाही नगरी माओवादी नसुध्रने दाबी गरेका छन्। अखिल क्रान्तिकारीको आक्रमणबाट घाइते भई पोखराको चरक अस्पतालमा उपचार गराइरहेका एमाले अखिलसम्बद्ध विद्यार्थीहरुलाई भेटेपछि पत्रकारहरुसित कुरा गर्दै उनले माओवादीमा आपराधिक मनोवृत्तिका व्यक्ति रहेको दाबी गरेका हुन्।
अनेरास्ववियुका कार्यकर्ताले शिविरमा रहेका छापामारले हतियारसहित आएर आक्रमण गरेको बताएपछि उनले त्यस्तो प्रतिकि्रया व्यक्त गरेका हुन्। उनले पृथ्वीनारायण क्याम्पसमा आफ्नो पार्टीको भातृ संगठन अखिलका कार्यकर्तामाथि अखिल क्रान्तिकारीद्वारा बुधबार भएको आक्रमणलाई जंगली र बर्बर घटनाको संज्ञा दिएका छन्। ´बुधबार पृथ्वीनारायण क्याम्पसमा जुन घटना भयो त्यो बर्बर र जंगली आक्रमण हो´ नेपालले भने- ´शिविरमा माओवादीका लडाकुमात्र होइनन् आपराधिक मनोवृत्तिका व्यक्तिसमेत छन्। तिनलाई जेल नहाली माओवादी सुध्रिन्न।´ उनले अरु पार्टीमाथि भएका आक्रमणका घटनामा माओवादी अध्यक्ष पुष्पकमल दाहालसमेत संलग्न रहेको आरोप लगाए। ´कि त प्रधानमन्त्री कार्यकर्ताका अगाडि निरिह भएका छन् कि यस्ता आक्रमणका घटनामा उनकै संलग्नता छ´ उनले भने।
´माओवादीमा विद्रोही र सर्वसत्तावादको भावना छ। अरुलाई काटेर लुटेर र धम्क्याएर ठीक पार्ने नीति माओवादीको छ। यस्तो प्रवृत्ति र पृश्वीनारायण क्याम्पसमा भएको आक्रमणको एमाले घोर भत्सर्ना गर्छ´ उनले भने।
एमाले अखिलका कार्यकर्ताले आफूहरुमाथि अखिल क्रान्तिकारीद्वारा भएको आक्रमणको जानकारी गराउने क्रममा आफूहरुमाथि ज्यादती हुँदा पनि प्रहरी प्रशासन मुकदर्शक बनेर बसेको नेता नेपाललाई बताएका थिए।
प्रत्युत्तरमा नेपालले आफ्नो पार्टीका नेता एवं गृहमन्त्री वामदेव गौतमसित प्रहरी प्रशासन किन मूकदर्शक बनेको हो आफूले सोध्ने आश्वासन दिएका थिए। ´प्रहरी प्रशासनले गृहमन्त्रीको आदेश नमानेको हो कि दिएको आदेश पनि नमानेको हो म गृहमन्त्रीलाई सोध्छु´ उनले भने। एमाले अखिलले अखिल क्रान्तिकारीको आक्रमणको विरोधमा बिहीबार पोखरा बन्द गरेको छ।

तत्काल वाईसीएल विघटन गरिनुपर्ने

ललितपुर,राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले मुलुकमा शान्तिसुरक्षा कायम गर्न तत्काल वाईसीएल विघटन गरिनुपर्ने बताएका छन् । उनले 'वाईसीयल' को अर्धसैनिकीकरण अन्त्य नगरेसम्म नागरिक सुरक्षा प्रत्याभूत हुन नसक्ने बताए । 'वाईसीएलले अझै पनि हतियार देखाएरै ठेक्कापट्टा आफ्ना पक्षमा पारेका छन्,' जावलाखेलमा पार्टीको मध्यमाञ्चल कार्यकर्ता भेलामा बुधबार उनले भने, 'सत्तारूढ दलले सैनिक दस्ता बनाएर कानुन उल्लंघन गरेका छन्, यस्तो अवस्थामा नागरिकले आफूलाई कसरी सुरक्षित महसुस गर्ने ? मुलुकमा सुरक्षा कायम गर्ने हो भने पहिला वाईसीएलको अर्धसैनिकीकरण विघटन गर्नुपर्ने बताए । सरकार ६ महिनामै असफल भएको राणाले दाबी गरे । 'जनताले जस्सले युद्ध गर्‍यो त्यसैलाई सत्तामा पठाए मुलुकमा शान्ति-सुरक्षा हुन्छ भन्ने बुझेका थिए तर ठीक उल्टो भयो,' उनले भने, 'मुलुक हत्याहिंसा, लोडसेडिङ र महँगीले लथालिङ छ । सरकार निकम्मा भएको छ । टुकी बालेर कस्तो नयाँ नेपाल खोजेको हो ? उही फोहोरले दुर्गन्धित र अन्धकारमय नयाँ नेेपाल ?' मुलुकमा लोडसेडिङ हुनुमा विगतका सरकार नभई माओवादी दोषी रहेको उनले बताए । 'माओवादी युद्धको कारण दस वर्षमा ठूला विद्युत् गृह बन्न सकेन, मध्यमस्र्याङ्दी युद्धकै कारण ४ वर्ष ढिलो भएको हो,' उनले भने । मुलुकमा अराजकता बढ्दै गए आफ्नो दल चुप लागेर नबस्ने बताए । 'यस्तै अराजकता बढ्दै गए राप्रपा सडकमा आउने छ,' उनले थपे । पार्टीका संस्थापक लोकेन्द्रबहादुर चन्दले सरकारलाई रूखको पातसँग तुलना गरे । 'प्रजातन्त्रमा सरकार रूखको पात जस्तै हो,' उनले भने, 'पात सुकेपछि आफंै र्झछ । सरकारको पनि औचित्य नभएपछि कसैले ढाल्नु पर्दैन । आफंै ढल्छ ।'
चन्दले माओवादी सरकार अतालिइसकेको प्रस्ट्याए । 'माओवादीलाई सत्तामा गएर पनि पुगेन, अझै कब्जा नै गर्नुपर्ने ?' उनले भने, यस्तै हो भने भोसल अरू दलले स्वास फेर्दा पनि उहाँहरूलाई सोध्नुपर्ने अवस्था आउँछ ।'


कहाँ छ देश
- शेखर ढुङेल

गत साल ९२००८ ० को जुन महिनामा भारत को बिभिन्न धार्मिक स्थल ९मा बैस्णो देबी ,हरिद्वार ,बनारस ०र कास्मिर एबम सिमला को भ्रमण गर्दा महसुस भएको तितो सत्य सहित को यो यात्राा स्मरण सुखद को पाटो भन्दा दुस्खद को गहिरो पाटो नै अबिस्मरणिय भएर रह्यो अनी घर मा पिडालु बन मा पिडालु ससुराली जाँदा पनि तीन हात को पिडालु भने झै देश मा दुस्ख भएर अमेरिका अाइयो अमेरिका बाट शुख को लागि घुम्न हिंडेको त्यहा पनि सही नसक्नु दुस्ख देख्दा मन त मेरो दुख्ने नै भयो पाठक लाई पनि बाड्न रहर लागेर प्रस्तुत गर्दै छु ।
म र यात्राा कै क्रममा कास्मिर मा भेटिएका अनी यात्राा मा साथी बनेका भारतीय प्राध्यापक जीवन देशाइ अलग अलग घोडामा थियौ । गन्तब्य को पूर्व जानकार उनी कहिले आफ्नै बिगत त कहिले हाम्रो गन्तब्य बिन्दु को बारेमा आफ्ना सस्मरण लाई सबिस्तार प्रस्टाउदै अगाडि बडिराखेका थियौ । लामो बिदेश बसाइ पछी आफ्नै प्रकार को हिमालि सस्क्रिती अनि फिल्म ,उपन्यास , र यात्राा स्मरण का लेख मा प्रस्तुत बयान ले एक पटक त्यो जमिन छुने रहर ले नेपाल मै हुँदा देखी मन खिचे को ठाउमा पुग्ने अठोट मुताबिक भारत हिमान्चल प्रदेश को सिमला मा पर्ने कुफरी मा थिए म ।
घोडा मा सवार यात्राा अगाडि बड्दै थियो । ओरालो लाग्ने र उकालो लाग्ने को बाक्लै ओहर दोहर थियो अनुहार मा नयाँ अनुभब अनि प्रसन्ता मग्न देखिन्थ्यो । देशाइ सित को कुरा को सिलसिला एका तिर थियो भने मेरो आँखा लगातार केही समय अगाडि देखी आफु अगाडि को लडखडाऔदो बुढो घोडा , उस्को अबिस्वसनिय लाग्ने गती त्यो घोडा लाई घिच्याइ राखेको एउटा बालक र उस्को कलेटि परेको ओठ , अनिन्द्रालु लाग्ने आँखा ,मलिन अनुहार , थकित शरीर माथि सोच्दै पनि थिए म । सोच्दछु यो ब्रमाण्ड सृस्‍टि कर्ता लाई पनि कसैले गलत सल्लाह दिए छन कि वा जानी जानी तमासा हेर्न गरीब र धनी को बन्ने भाग्य बनाइ पठाएका हुन कि मानिस लाई सर्ब श्रेष्ठ प्राणी पनि भन्ने बाँच्न नै गाह्रो सकस पनि दिने रुत्यतिकै मा मेरो सामु आर्को द्रिश्य अाइपुग्यो १३, १४ बर्ष को जस्तो देखिने , महिलो लुगा , घुडा सम्म अाइपुग्ने प्लास्टिक् को घोरलाङ घोरलाङ गर्ने बुठ लगाएको टाक बिहिन कमिज को बाग्ला ,कतै हुरी ले हुत्याएको फुल जस्तो ,असिना ले छ्यत बीछ्यत बनाएको फल को कलिलो ब्रीछ्य जस्तो त्यो मानीस प्रती किन हो मेरो मन खिचीदै गयो । हाम्रो साथ साथ मा उ र उस्ले डोर्याएको घोडा ईशारा मा अगाडि लम्की राखेको थियो ।
म सँगै भएको साथी पेसा ले प्राध्यापक भए पनि पत्रकारिता दोस्रो रुची रहेको उ आँफै ले भनेको थियो । त्यसै ले गफ मा समाझदारि र तालमेल पनि खाइराखेको थियो । अगाडि बड्दै गर्दा कुरै कुरा मा नेपाल को राजनैतीक स्थिती र जनता का समस्या , भारत र चिन को नयाँ शसक्ती करण को बारेमा गफ गर्दा गर्दै देशाइ ले एउटा प्रश्न तेर्स्यायो तिम्रो देश को मिडिया कत्ती को बलियो र स्वतन्त्र छ रुमेरो जवाफ थियो नेपाल को मिडिया निरिह र राज्य पक्ष बाट हमेसा आक्रान्त छ । प्राध्यापक देशाइ ले थपे मिडिया कमजोर र बिकाउ भयो भने भ्रस्टाचार नियन्त्रन , राजनैतिक स्थिरता , र राष्ट्रियता को पक्ष कमजोर बन्न जान्छ । राजनैतीक स्थायित्व भै सकेका देश हरु को उदाहरण दिदै मिडिया को दायित्व र भूमिका का बारेमा निक्कै लामो व्याख्या गर्दै उन्ले यो पनि थपे कि ब्युरोक्र्याट मा राजनीति हाबी भयो भने ब्युरोक्र्याट अपाङ्ग जस्तै कमजोर बन्न जान्छ ।

गफ अगाडि बढ्दै गर्दा पनि मेरो मन भने ति घोडा घिच्याउने नव जवान हरु बाट हटेको थिएन । एक जना त आशु समेत झार्दै थिए । प्राध्यापक देशाइ ले म लगायत आज सम्म भेटेका नेपाली हरु को बारेमा भन्दै जाँदा कास्मिर देखी मुम्बई सम्म का कैयौ नाम समेत बताउन चुकेनन । भान्से ,दर्वान , बगैचे , रिक्सावाल , कोठी ुुु ुुुु आदी आदी । मलाई भने अब पट्यार लागि सकेको थियो नेपाली को मुग्लाने कथा सुन्दा । मैले ध्यान नदिएको जस्तो बुझेर होला प्राध्यापक देशाइ ले पनि बिषय बदले ।
आप कहाँ से आया साप रुघोडा घिच्याइ रहेको केटा ले अचानक सोध्यो । मैले भने अमेरिका बाट उस्ले बीश्वास नगरेझै वा त्यो देश को नाम नै नसुने झै भान हुने मुद्रा मा निधार खुम्चायो । कुर्था सुरुवाल को पहिरन घाम ले डदेको अनुहार र प्राध्यापक देशाइ सित हिन्दी मा गरेको सम्बाद ले शायद उस्लाई मैले गफ दिएको जस्तो लाग्यो कि रुकुन्नी । गन्तब्य मा पुगे पछी ओरलने ईशारा गर्दै त्यो केटा ले भन्यो साप आप लोगौ को एक घण्टा मे वापस आना होगा । घोडा वहाँ पर रहेगा रुख को छहारि तर्फ ईशारा गर्दै भन्यो । देशाइ ले केही खाने कि भनी प्रस्ताब राखे । मेरो आँखा भने म सँगै आएको आर्को केटा को खोजी गर्दै थियो । अलिपर को छहारि मा पुगी उ त पल्टि सकेछ । म उस्को नगिज पुगे र नाम ठेगाना , सोधे , तिमी किन रोएको भनी जिज्ञासा राखे भर्खर जुंगा को रेखी देखिएको दिपक ले असजिलो मान्दै ठिट लाग्दो अनुहार दुई घुडा को बिच मा राख्यो , आकाश तर्फ हेर्यो अनि फेरी चिउडो दुई घुडा बिच मा टेकाउदै अस्पस्ट आवाज मा बोल्दै बिच बिच मा दोहोर्याइ दोहोर्याइ सोधे नबुझेको कुरा । छुट्टीने बेला मा दिपक ले मलाई बिछीप्त बनाए । बार बार उन्को अबोध प्रश्न ले मलाई अक्कन बक्क बनायो । कलिलै उमेर मा उन्को सँघ्रस ,अनी अन्तिम मा कहाँ छ देश हजुर भने पछी त म आँफै नै मरे तुल्य बने एक छिन त । मेरो गला नै अबरुद्ध भयो मेरो मस्तिस्क स्तम्भीत भयो । आज सम्म पनि मेरो मन बेचैन भएको छ त्यो प्रश्न ले आज सम्म अन्नुतरित नै छ उस्को प्रश्न मै ले भन्न सकेको छैन बाबु योहो तिम्रो देश यस्तो हुन्छ देश ।
हिंशा र आतंक ले आक्रान्तित उस्ले थाहा नपाएको र मैले देखेको हाम्रो सरकार कर्तब्य च्युत छ । लभउब पिय को प्रशासन , प्रहरी निरिह छ र निमुखा को लागि छैन । जहाँ आफ्नै जमिन मा बस्ने अधिकार खोसिएको छ , स्वतन्त्र भै बाच्ने आधार छैन ,स्वतन्त्रता को आबाज उथाउने को गला रेटिएको छ ,जहा निर्दोश फस्छ अपराधी उम्कन्छ ,आतंक को साथ नदिदा उस्को बाबु मारिए आमा डर ले बेपत्ता भएकी छिन , एउटा दाजु पनि कतै मुग्लान पसेको छ , घर मा अन्न छैन भएको खेती पाती अरु को कब्जा मा छ ,गुनासो गरे मार्ने धम्की आऊदछ , स्कुल जाने उमेर मा बन्दुक हात मा आऊदछ । दिपक लाई मासिक ५ सय कमाएर जोगाएर आमा दाजु खोज्नु छ किताब च्यापेर स्कुल जान चाहन्छ आफ्नै गाउका साथी भाई सित देउशी भैलो र हाट बजार मा रमाउन चाहन्छ , कलकल बग्ने झरना को बिसुद्द पानी पिउने र नुहाउने रहर छ । उस्लाई आएको बाटो थाहा छ न फर्कने बाटो , न घर को ठेगाना न बाबु न आमा आफ्नै देश मा नागरिक बन्ने अधिकार बाट बन्चित उस्को लागि कहाँ छ देश माथिका का तमाम प्रश्न बाट अन्नुतरित मै ले भन्न सकिन बाबु योहो तिम्रो देश यस्तो हुन्छ देश यहाँ छ तिम्रो देश ।
नास्ता खाइ सकेर देशाइ आए मै ले उन्लाई चिनाए यो ठिटो पनि मेरै देश को हो । दिपक को जस्तो कथा बोकेका त्यहा मात्र नभै भारत को हरेक कुना मा आफ्ना देश खोजी राखीराखेका युबा भेटे को कुरा देशाइ ले समेत बताउदा म नतमस्तक भएर सुनिराखेको थिए । मेरो उ कोइ पर्दैन थियो तर उ नेपाली थियो म अमेरिका बाट आएको सान ले जुन कुरा गर्दै थिए त्यो भाई को अवस्था ले मलाई उ सँगै डोर्याउदै थियो । म जस्ता सम्पन्न देश मा भास्सिएका एकाध कथित अहम्ता पाल्ने हरु लाई दिपक हरु ले गिज्याइ रहेको थियो । मैले टिप्स को नाम मा केही धेरै लाग्ने रकम दिएर एक छिन सान्त्वना दिने प्रयास गरे । एक दिन पक्कै सब ठीक हुने दबतबबभचब म त्यहा बाट उम्किए तर कहाँ छ देश रु हजुर भन्ने प्रश्न को जवाफ भने आज सम्म दिन सकेको छैन कस्तो हुन्छ देश कहाँ छ देश रु अमेरिकाmब छु तर सिमला को कुफरी मा अडकिएको छ यो मेरो मन कोइ जवाफ देउ दिपक लाई कहाँ छ उस्को देश !


हार्दिक श्रद्धानजली शहिदहरु लाई
- तिर्थ राज पाण्डेय "आसु" सुदुर-पश्चिम नेपाल
Suni582003@yahoo.com

प्रसँग शाहीद- सप्ताहको
दुई थोपा आशु श्रद्धायो मेरो त्यो उच्च सालीक!
भइसक्यो बेला जन्मन अझै शासनका मालिक!!

नेपालको ईतिहासमा कोतपर्ब सँगै सुरु भएको राणा हरुको शासन कालमा नेपाली जनता माथि गरिएको अभद्र ब्यभार र जन्ता ले पाएको दु:ख कस्ट को प्रतिरोध गरी एक असल प्रजातन्त्रिक समाजको जगेर्ना गर्न चाहने नेपाल आमा का सपुत मध्ये एक हुन – अमर शहीद दसरथ चन्द"
शाहीदको त्याग तपस्या र बलिदानको को पृष्‍ठ भुमी हो २००७ सालमा उदयभएको प्रजातन्त्र ! बिक्रमसम्बत १९६० असार १७ गते का दिन बैतडी जिल्लाको बस्कोट पत्थरसिया भन्ने ठाउमा पिता सेरबहादुर चन्द र आमा पार्वती चन्द को कोखबाट जन्मनु भएका दशरथ चन्द को बाल्यकालको शिक्षा बैतडी ,सुर्खेत र नेपालगन्ज मा ब्यतितभयो!थप भारतको बनारस बाट आइ ए सम्मको अध्ययन पुरा गरे!
आजीवन अविवाहित रही देस र जन्ता को सेवामा समर्पित चन्द बि स १९८६ मा भारतमा माहातमागान्धी को नेत्रुत्यमा सन्चालित “सविनय अबज्ञा”आन्दोलन को क्रममा चलेको नमक आन्दोलनमा सकृय भई लगेको आरोपमा भारतमा जेल जानु पर्‍यो, पछी बि स १९८८ मा स्वदेसमै फर्की आफ्नो दिर्ढ सपनालाई पुरा गर्न तिर लागनुभो राजनीतिक यात्रा को क्रममा राणा बिरोधी आन्दोलनको लागि हतियार संकलन को लागि बर्मा पुगे र हतियार संकलन गरे राजनीतिक जीवन यात्रा को क्रममा बि स १९९३ जेस्ठ २२ का दिन गोप्य रुपमा -टन्क प्रसाद ,धर्म भक्त माथेमा, जिबराज शर्मा , रामहरी शर्मा र दसरथ चन्द ले राजनीतिक दल को रुपमा प्रजापरिसद गठनगरे!
बि स १९९७ श्राबण महिना भोटेजात्रा को दिन रती १० बजे उपत्यकाका ३ वटै शहरमा राणा शासन बिरोघी पर्चा छरे प्रचामा राणा शासन बिरोध गरिनु को साथै राणा सँग लडनको लागी जनताहरु लाई आबहान गरिएको थियो दशरथ चन्द को सकृयतामा प्रचा बडिएकोले बि स १९९७ कार्तिक २ का दिन दशरथ चन्द को पनि गिरफतरी गरियो सो प्रचा कान्ड मा ५०० भन्दा बढी जन्ता हरु को गिरफतारी गरिएको थियो!
बि स १९९७ माघ ६ मा मुद्दा को फैसला भो देसद्रोहको दोस लगाई सुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, लगायत दशरत चन्द लाई मृत्‍यु दन्ड को घोषणा भयो! माघ ९ गते राती सुक्रराज शास्त्री लाई टेकुमा र र्माघ ११ गते धर्मभक्त माथेमा लाई सिफलको उकालोमा झुणड्याए र मृत्‍यु दन्ड दिइयो !, दसरथ चन्द र गंगा लाल लाई बि स १९७७ माघ १५ औसी को राती बिस्णु मतिको किनारामा सोभाभगवती को नजिक लगेर माफि मागन लगाए माफि न मागे पछी वहाँको माग अनुसार दुबै जनालाई गोली द्वारा मृत्‍यु दन्ड दिइयो ! दसरथ चन्द लाई पहिले तिघ्रामा अनी कोखमा र अन्तिममा छातीमा गोली प्रहार गरिएको थियो ! यि नेपाल आमाका शाहीदहरु सधैंको लागि नेपाली माझ अजम्मर छन !

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक