
राष्ट्रिय मानवअधिकार आयोग अध्यक्ष केशवप्रसाद उपाध्यायले सरकार मानव अधिकारप्रति संवेदनशील नभएको बताएका छन्।
मंगलवार नेपालगन्जमा अधिकारकर्मी, नागरिक समाजका प्रतिनिधि र पत्रकारसँगको अन्तक्रियामा उपाध्यायले देशमा बढ्दै गएको दण्डहिनताको अवस्थाले चिन्ताजनक स्थिति बनेको बताए। उनले पटकपटक प्रधानमन्त्रीसँग भेटेर मानवअधिकार उल्लंघनबारे कुरा राखेको उल्लेख गर्दै शान्ति प्रक्रियामा यस्तो हुन्छ भनेर जबाफ दिने गरेको बताए।
सम्पत्ति कब्जा गर्ने, युवा दस्ता भीडन्त गर्ने, अपराधीका मुद्धा फिर्ता लिने काम शान्ति प्रक्रियामा हुँदैन। उनले भने– “वेपत्ता नागरिक आयोग, सत्य निरुपण आयोग बनाएर शान्ति प्रक्रिया अगाडि बढाउनु पर्छ। यी आयोग गठनमा कुनै प्रगति हुन सकेको छैन।”
शान्ति प्रक्रियामा कुर्सी र सत्तालाई दिगो राख्ने काम मात्रै गर्न सकेको र हत्या, हिंसा, अपहरण जस्ता अपराधहरू रोक्न नसकेको उनको आरोप थियो।
राष्ट्रिय मानवअधिकार आयोगले गरेको सिफारिशप्रति सरकार प्रतिबद्ध नभएको उनले बताए। वाईसीएल, युवा दस्ता, विद्यार्थीको भीडन्त, सम्पत्ति कब्जाजस्ता समस्याहरू आइरहेका छन्। सरकार दक्ष र सक्षम नभएकोले दण्डहिनताको अवस्था बढ्दै गएको उनको भनाइ थियो।
पत्रकारको हत्या पनि कुनै खास राजनीतिक दलका कमी कमजोरी उदांगो गरेको कारणले मात्र भएको उनले बताए। उमा सिहंको हत्याको सूक्ष्म तरिकाले अनुसन्धान गरिरहेको उल्लेख गर्दै अपराधीलाई बचाउन निर्दोष ब्यक्तिलाई कारबाही गरिनु नहुनेमा उनको जोड थियो। सरकारले हत्या, बलात्कार जस्ता अपराध गरेकाको पनि मुद्दा फिर्ता लिएको प्रशंग प्रधानमन्त्रीसँगको भेटमा राखेको उल्लेख गर्दै झुट्टा मुद्दा मात्रै फिर्ता लिएको, अपराधीका मुद्दा फिर्ता भएकोमा सच्चाइने आश्वासन प्रधानमन्त्रीले दिएको बताए।
“अन्याय सहनु पनि अन्याय गर्नु नै हो”, उनले भने– “राष्ट्रिय मानवअधिकार आयोगको सिफारिस सरकारले कार्यान्वयन नगरेमा पदमा बसिराख्न निरर्थक भएको उनले बताए।

सरकारले नसुनेमा सबै कुराहरु ल्याएर जनताका समक्ष आउने उनले बताए।
अन्तरक्रिया कार्यक्रममा नागरिक समाजका प्रतिनिधिहरूले मध्यपश्चिम क्षेत्रमा हत्या, अपहरण, धम्की र चन्दा आतंकका घटनाहरू पछिल्लो दिनमा बढ्दै गएको प्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानकर्षण गराएका थिए। प्रहरी प्रशासनको संलग्नतामा अपराधका घटना घटिरहेको उनीहरूको आरोप थियो।
यसैगरी महिलाहरु घरेलु हिंसाको शिकार बन्नु परेको, कर्णालीका बासिन्दा स्वास्थ्य सेवाबाट बञ्चित रहेको, विद्यार्थीले पाठ्यपुस्तक नपाएको, हत्या अपहरण भइरहँदा पनि प्रहरी प्रशासन मौन रहेकोप्रति आयोगको ध्यानाकर्षण गराएका थिए।
कब्जा गरिएको सम्पत्ति फिर्ता नभएको, पीडितले क्षतिपूर्ति नपाएको, मानवअधिकारकर्मी, पत्रकार असुरक्षित रहेको कुरा पनि छलफलमा उठेको थियो। -दिलबहादुर छत्याल/दैनिकी
अमेरिकामा हिउँ पर्दा...हेर्नुस् भिडियो
क्याम्पस प्रमुख मृत फेला
दार्चुलाको गोकुलेश्वर गाविसस्थित गोकुलेश्वर बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख नारायण साउँद मृत फेला परेका छन् । २६ वर्षीय साउँद सोमबार गोकुलेश्वर-२ स्थित घर नजिकैको खोलामा मृत फेला परेका हुन् ।
आइतबार राति शौचालय जान घर बाहिर निस्केका उनी घर नफर्केपछि आफन्तजनले खोजी गर्दा शव खोलामा भेटिएको दार्चुलाका प्रहरी प्रमुख डिल्लीराज विष्टले टेलिफोनमा बताए ।
के के हुँदैछ एमाले भित्र ??

आगामी फागुन ५ देखि १० गतेसम्म बुटवलमा हुने महाधिवेशनको उद्घाटन कार्यक्रममा ३ लाखको सहभागिता हुने दाबी एमालेले गरेको छ। महाधिवेशनमा रुपन्देहीबाट मात्रै डेढ लाख र मुलुकका अन्य भागबाट डेढ लाख कार्यकर्ता र समर्थक सहभागी हुने जानकारी एमाले महाधिवेशन मूल व्यवस्थापन समितिले दिएको छ।महाधिवेशन तयारीका लागि एमालेले दुइटा समिति बनाएको छ जसमा ४६ सदस्यीय महाधिवेशन मूल व्यवस्थापन समिति र पार्टी स्थायी कमिटी सदस्यहरु सदस्य रहने गरी महाधिवेशन दस्तावेज समिति छ।



अहिलेसम्म जम्मा १६ सय जनाका लागि बस्ने व्यवस्था भइसकेको र बाँकीका लागी हलको खोजी भइरहेको एमालेले जनाएको छ।खानाको व्यवस्था पनि महाधिवेशन स्थलभित्रै मिलाइने भएको छ। गत महाधिवेशनमा खाना व्यवस्थापनको जिम्मा पाएका बुटवल न्यू इराका माधव नेपालले यस वर्ष पनि खानाको व्यवस्था गर्ने जिम्मा पाएका छन्। महाधिवेशनका लागि आवश्यक पर्ने तरकारी र खाद्यान्न भने नजिकैका नारायणघाट पाल्पा जिल्लाका गाउँहरुबाट उपलब्ध हुने भएको छ।पार्टीको आठौं महाधिवेशन सम्पन्न गर्न केन्द्रीय कमिटीको लगभग ६० लाख खर्च हुने पार्टी स्रोतले जनाएको छ जसमध्ये आधा पार्टी च्यानलबाट उठाइने र आधा चन्दा संकलनमार्फत उठाइने भएको छ।महाधिवेशन प्रचारप्रसारका लागि भित्ते लेखन पोष्टर पम्पलेट पर्चा छपाउने काम भइसकेको र साँस्कृतिक कार्यक्रममार्फत् महाधिवेशनको प्रचार प्रसार यही १७ गतेदेखि सुरु हुने भएको छ। एमालेले महाधिवेशनको व्यवस्थापकीय तयारी धुमधामसँग गरिरहेका बेला महाधिवेशन प्रतिनिधिको निर्वाचन हुने मितिसमेत तय भइसकेको छ।
.jpg)
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक