
मन्त्री बौलाए भनौ भने मानसिक अस्पताल् लगिएको, ऊपचार् गरिएको छैन, नभनौ भने कुरा सुन्दा एक बहालवाला मन्त्रीले यस्ता कुरा कसरी भन्न सक्छ ? कतै हामी आँफै त बौलाइेन जस्तो लाग्छ । संस्कृति तथा राज्य पुनर्संरचना मन्त्री गोपाल किराँतीले सबै नागरिकको हातमा बन्दुक हुनुपर्ने माओवादीको आधिकारिक धारणा भएको दाबी गरेका छन् । पत्रकार महासंघ दाङ शाखाले आइतबार घोराहीमा गरेको पत्रकार भेटमा बोल्दै मन्त्री किराँतीले भने, 'राज्य पुनर्संरचना गर्न बन्दुकको महत्वपूर्ण भूमिका हुन्छ ।' यस विषयमा पार्टीभित्र छलफल पनि भएको छ, उनी भन्छन्, 'यो मेरोमात्रै विचार होइन पार्टीको आधिकारिक धारणा हो ।' राज्यलाई जबसम्म बन्दुक आवश्यक पर्छ तबसम्म जनताले बोक्नैपर्ने बताउँदै मन्त्री किराँतीले भने, 'बन्दुकले मात्र वास्तविक लोकतन्त्र, शान्ति र मानव अधिकार सम्भव हुन्छ ।'

वृद्धवृद्धा र बालबालिकाबाहेक सबै नागरिकको हातमा बन्दुक नभएसम्म देशमा जनताको शासन स्थापना भएको मान्न नसकिने धारणा मन्त्रीले राखे । नयाँ संविधानमा सबैको हातमा बन्दुक हुने व्यवस्था गरिने बताउँदै उनले जनसेना र सरकारी सेनाको हतियार जनताको सुरक्षाका लागि पर्याप्त नहुने दाबी गरे । उनले राज्यको, २५ दलको र २ करोड ५० लाख जनताको गरी ३ खाले कानुनभित्र रहेर अहिले सरकारले काम गर्नुपरेको बताए । उनले यी तीन कानुनको अन्त्य नहुँदासम्म राम्रोसँग काम गर्न नसकिने धारणा राखे ।
'खामलाई पुरस्कृत गरिनुले हत्यामा माओवादी उच्च नेतृत्वको संलग्नता रहेको पुष्टि हुन्छ'

श्रृंखलाबद्ध ३ वटा शक्तिशाली बम बिष्फोट
सप्तरी सदरमुकाम राजबिराजमा सोमवार साँझ श्रृंखलाबद्ध रुपमा ३ वटा शक्तिशाली बम बिष्फोट भएको छ । राजबिराज- १ स्थित हटियामा साझ ६:२५ मा पहिलो बम बिष्फोट भएको थियो । त्यसको ३ मिनेट पछि वडा नं ३ स्थित शिवशक्ति इलेक्टि्रकल्स पसलमा दोश्रो र त्यसको केहि छिनमै वडा नं ७ स्थित जिल्ला अदालत पछाडी तेश्रो बम बिष्फोट भएको् थियो । ईलेक्टि्रकल्स पसलमा भएको सकेट बम बिष्फोटको छर्रा लागि १२ वर्षीया बालिका पुजा दास गम्भिर घाईते छिन् । बिष्फोटबाट पसलका सिसा तथा सामानहरु नष्ट भई करिव ४ लाख बराबरको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरको छ ।
अन्य बिष्फोटहरुबाट भने क्षति नभएको प्रहरीले जनाएको छ । यता बिष्फोटको महान मधेस जनक्रान्ति पार्टीका नगर ईन्चार्ज बताउने परबानाले जिम्मेवारी लिएको छ ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक