20090125

३२ मिनेट लामो सम्वोधनमा प्रम दाहालले कुनै नयाँ प्रतिवद्धता जनाएनन् !!!

३२ मिनेट लामो सम्वोधनमा प्रम दाहालले माथिल्लो तामाकोशी जलविद्युत योजना नेपालीको मात्रै लगानी तथा श्रमबाट सम्पन्न गरिने उल्लेख गरे । उनले विदेशी सहयोगले परनिर्भरता बढाएको भन्दै अब सानातिना कुरामा विदेशी सहयोग नलिने घोषणा गरे । बन्द, हड्ताल जस्ता विरोध कार्यक्रमको अन्त्य गर्दै दण्डहिनता रोक्न साहसपूर्वक कदम चालिने प्रधानमन्त्रीको भनाई थियो । संवोधनको क्रममा प्रम दाहालले सरकारी कार्यालयमा हुने ढिला सुस्ती गर्ने तथा घुस लिने कर्मचारी विरुद्ध कडा कारवाही गरिने उल्लेख गरे । उनले प्रत्येक सरकारी कार्यालयमा के कारणले काम हुन नसकेको हो भन्ने लिखित जानकारी सेवाग्रहीलाई दिनु पर्ने व्यवस्था गरिने बताए ।
दलित समुदायमाथि भईरहेको छुवाछुत रोक्न आवश्यक परे संशोधन गरेर भएपनि कडा कानुन ल्याइने उल्लेख गरे । दलित विद्यार्थीहरुको निम्ति सहिद दिलबहादुर छन्त्यालको नाममा दलित शैक्षिक छात्रावृत्ति कोष स्थापना गरिएको जानकारी दिए ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट गरिएको संवोधनमा प्रधानमन्त्रीले मन्त्री परिषदका सदस्यहरुको सहयोगमा मन्त्रीहरुलाई नातावाद र विलासी हुन नदिने प्रतिबद्धता जनाए । प्रधानमन्त्रीले आफूसँग सरकार सञ्चालनको पाँच महिना लामो कटु अनुभव भएको भन्दै नयाँ नेपाल निर्माणको लागि संविधानसभामा भएका सबैदलवीच सहकार्य आवश्यक भएको उल्लेख गरेका थिए ।
सरकार सम्हालेको पाँच महिनासम्म उल्लेख्य केही गर्न नसकेको आक्रोशमिस्रित स्वरमा आएको सम्बोधनमा प्रधानमन्त्रि दाहालले कुनै नयाँ प्रतिवद्धता जनाएनन् । उनले तिनै कुराहरु दोहोर्‍याए, जुन यो सरकारको नीति तथा कार्यक्रम, बजेट तथा हिजोका सरकारबाट पटक पटक घोषणा गरिएका थिए । आक्रोश मिस्रित स्वरमा उनले तिनै पुराना कुराहरुमा प्रतिबद्धता जनाए, जुन चुस्त प्रशासन संयत्रको अभावमा सम्पन्न हुन सकेका थिएनन् । गम्भिर मुद्रामा प्रम दाहाल 'आफूले केही गर्न नसकेको बुझिदिनकालागी' आग्रह गर्दै रहेको उनको 'बडि ल्यांग्वेज' बाट प्रष्टै बुझिन्थ्यो ।


अमेरिकामा संबिधानबिद डा. भिमार्जुन आचार्यले नेपालको बन्दैगरेको संबिधानका बारेमा समबेदनशिल कुरा बोल्नु भएकोछ भिडियोमा हेर्नुश ........

Dr. Acharya from Ramhari Subedi on Vimeo. video by Ramhari Subedi/dcnepal

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक