20090122

गिरिजा फकाउन प्रचन्डको अर्को खेल

सरकारले नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको औषधोपचारसहित सम्पूर्ण खर्च व्यहोर्ने भएको छ। मन्त्रिपरिषद्को बिहीबार अपराह्न बसेको बैठकले मुलुकमा सबभन्दा बढीपटक प्रधानमन्त्री भएका र लोकतान्त्रिक आन्दोलनमा लामो योगदान भएका नेता कोइरालाको सम्मानमा उनको सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा सूचना तथा साचारमन्त्री कृष्णबहादुर महराले मन्त्रिपरिषद्बाट कोइरालाको घरभाडा गाडीका लागि इन्धन र औषधोपचार खर्च व्यहोर्ने व्यहोर्ने निर्णय भएको जानकारी दिए। उनका अनुसार कोइरालाका लागि सरकारले आफ्नै खर्चमा निजी सचिवालयसमेत खोलिदिने भएको छ।


छिट्टै हतास किन भयौ

-बिजयकुमार श्रेष्ठ (हाल-इराक)


परिवर्तनको ठुलो योजना बनाएर जंगल पसेका थियौ
१२ वर्षसम्म डर लाग्दो र कठोरताको लडाई लड्यौ,
एक ढिका नून देखि देशको विशाल ढुकुटी लुटि लियौ
शान्त र सुन्दर नगरिमा भय र त्रासको वातावरण बनाई दियौं ।।

कलम चलाउने हातहरुलाई बम र बन्दुक थमाई दियौ
नयाँ सृजना त कता हो कता भएका पनि भत्काई दियौ,
त्रास र भयको वातावरण बनाएर जनतालाई दुख दियौ
परिवर्तनको कल्पना देखाएर जनतासँग भोट लुटि लियौ ।।

शान्ति छाउने आशा गर्दै देशको उच्च पदभार ग्रहण गरि लियौ
पदभारको ग्रहण पछि बमको छर्राकोको आवाज सरि गर्जिएका थियौ,
बन्दुकको तर्साईमा चलाएको शासन सरि थर्काई लिएका थियौं
देशलाई सिङ्गापुर बनाएर देखाई दिन्छु भन्ने बाचा दिएका थियौं ।।

गर्जाई र गराईको फरक बिचमा भएको ठुलो अन्तर अहिले पायौ
आफुले दिएको बाचा पुरा गर्न नसकी छिट्टै हतास किन भयौ,
आफुसँग भएको वनवासी तपस्याको आट साहस कता गुमाई दियौ
अत्तालिएर सत्ता नै छाडिदिन्छु भनि कायर , लाचारीपन किन देखाई दियौ ।।

फेरि पनि जनतालाई बन्दुक बोकाउने आश्वासन किन दियौ
बन्दुकको निती भन्दा बुद्धिको नितीलाई उच्च ठान्ने गरि दियौ,
नेपाली भुमीलाई स्वाच्छ शान्ति सुरक्षाको अनुभुति दिलाई दिउँ
स्वातन्त्रसँग बाँच्न पाउने मौलीक हक अधिकार सृजना गराई दिउँ ।।

कति भाँणभैलो हुँदो रहेछ !!!!

तराई, पहाड् र हिमालको निमित्त राजतन्त्रको अपरिहार्यता छ । यी विविध क्षेत्रहरुमा बसोबास गर्ने अनगिन्ती जातजाती र उनीहरुले अवलम्बन गर्ने गरेका संस्कारहरुलाई संरक्षण दिनको निमित्त सिङगो नेपालको स्वरुपले जीवन्त कालसम्म खडा भईरहनु पर्ने स्थिती छ । नेपालको भूमिमा रहेका कुनै पनि जातजाती, वर्ग, समुदाय र उनिहरुको धर्म, संस्कार, चालचलन जस्ता सम्पूर्ण अवयवहरुमा राजतन्त्रको अविछिन्न निकट संबन्ध रहेको छ । राजालाई घटाएमा कैयौं समुदाएको पूजा-पाठ र अरु धार्मिक बिधिहरु समेत अपूर्ण हुन्छ । त्यसैले राजा सबैको साझा भएका थिए ।
आज राजा राजगद्दीमा विराजमान् नभए पनि सबैको धर्म, संस्कार, र रीति-रिवाजमा विराजमान् नै छन् । यहाँसम्म की दशैंको टीका थापी आशिर्वाद् लिनको निमित्त तराई, पहाड् र हिमालबाट आएका नेपालीहरुले के प्रमाण दिए भने राजा धर्म, संस्कार र रीति-रिवाजमा मात्र नभएर सबैको मनमा समेत् विराजमान् रहेछन् ।
राजा निस्वार्थी छन् त्यसैले उनलाई जनताले निस्वार्थ माया दिएका छन् । "राजा नभएको देश हो र यो?" भन्ने प्रथाले अझै जरा गाडेकै रहेछ । राजा नभएको देश जस्तो हुँदा कति भाँणभैलो हुँदो रहेछ त्यो त हरेक दिनको घटनाले देखाई रहेकै छ । कुनै काल्पनिक वा अतिरञ्जित विवरण बनाई रहनु पर्दैन । पशुपतिनाथ मन्दिरमा कस्तो किसिमको भयावह दृश्य देखियो त्यसबाट गणतन्त्रका लागि मरिहत्ते गर्नेहरुले समेत गणतन्त्र स्थापना गर्न लगाएको आफ्नो मेहनत खेर गएकोमा पछुताएको हुनै पर्छ । पूजा-पाठ र मनको शान्तिको निमित्त धाउने पवित्र स्थलमा समेत घनघोर अशान्ति । कस्तो नयाँ नेपालको आशा लगाउने हामी नेपालीहरुले ?
नयाँ नेपालको सपना बेचेर राजालाई पन्छाईयो, गणतन्त्र ल्याईयो र सत्तामा पनि पुगियो । असहाय, गरीब्, निमुखा र नारीहरुले शुख पाउँछन्, उनीहरुले चाहे बमोजिमको कार्यक्रम तर्जुमा हुन्छ भनी भोट मागिएको होइन? अब त राष्ट्र र जनताले मुक्ती पाउँछ भनेको होइन? निर्दोष्, असहाय, गरीब्, निमुखा र नारीहरुलाई बिना कारण पर्लोक पठाएर मुक्ती दिलाउने काम बाहेक अरु केही हुनै सकेको छैन । राष्ट्रलाई संघियताको नाममा वा एक मधेश एक प्रदेशको नाममा तथा जातजातीको नाममा टुक्रा-टुक्रा पारेर छिट्टो भन्दा छिट्टो मुक्ती दिलाउने प्रयास् द्रुत्तर गतिमा भईरहेकै छ । जनताले समयमै आँखा नखोले राष्ट्रले पनि मुक्ती पाउने संभावनालाई नकार्न सकिने स्थिती नै छैन । कोही राष्ट्रको नाम फेरेर त कोही राष्ट्रको नक्सा खुम्चाएर नेपाललाई मुक्ती दिलाउन सार्है मेहनत गरिरहेकै छन् । यही कारण नै त थियो राजालाई राजगद्दीबाट उत्तारिएको ।
राजालाई हटाइँदा जनताको राय जान्ने कोशिससम्म गरेनन् हाम्रा नेताहरुले । किनकी उनिहरु कसैको ईशारामा राष्ट्रलाई बर्बाद् पार्ने षड्यन्त्रमा तल्लिन थिए । जनताको निमित्त शासन गर्ने त बहाना मात्र हो । गणतन्त्र स्थापा गर्ने खेल शुरु भए देखि नै जनता कै नाम भिराएर नेपाली जनताको भूमी टुक्रा पार्ने कोशिस भई रहेको छ । हामी नेपालीहरु सचेत् भएनौ भने नेपालको अस्तित्व हराउन सक्छ । राजालाई राष्ट्र र हामी राष्ट्रबासी नेपालीहरुकै निमित्त राजगद्दीमा बसाउनु पर्छ । राजा बलियो हुँदा कहिल्यै देश टुक्रा हुने कुरा भएन र हुन्न पनि । त्यसैले टुक्रा-टुक्रामा छरिएको तथा एक जातीले अर्को जातीलाई संखाको दृष्टिले हेर्ने र घृणा गर्ने नयाँ नेपालको स्थानमा चार जात छत्तीस् वर्णले हातेमालो गरी बाँच्न पाउने सिङगो नेपालको खाँचो छ । यस भावनालाई जीवन्त दिन सक्ने राजतन्त्रको आवश्यक्ता पहिले भन्दा पनि बढेको छ । राजतन्त्रको अपरिहार्यतालाई नकार्न नै सकिन्न । -बिशाल शाह,
bishalshah@yahoo.com

2 comments:

  1. कलम चलाउने हातहरुलाई बम र बन्दुक थमाई दियौ
    नयाँ सृजना त कता हो कता भएका पनि भत्काई दियौ,
    त्रास र भयको वातावरण बनाएर जनतालाई दुख दियौ
    परिवर्तनको कल्पना देखाएर जनतासँग भोट लुटि लियौ ।।

    Really they doing like this ...... And they didn't want to change old Nepal to be make NAYA NEPAL >>>>>>>>>>>>>>>>

    ReplyDelete
  2. i really agree with this as everybody has dreamt of very peace country but see what maoist have done they have made the country much more worst than it was they ve no feelings they just want to be superior any how but we cant afford to accept this we all nepalese must be one n kice then out n bring back our peace so that we can live in our own place.

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक