20090130

"कब्जा गरिएको जमिन फिर्ता हुन सक्दैनरे"

नेकपा माओवादीका विदेश विभाग प्रमुख सी.पी. गजुरेलले प्रमुख राजनीतिक दलका नेताहरूको पटकपटकको दुविधायुक्त अभिव्यक्तिले जुनसुकै बेला पनि पूण जनयुद्ध सुरु हुन सक्ने चेतावनी दिएका छन् । दीघकालीन शान्ति कायम गर्न एकीकृत नेकपा माओवादी लागिरहेको अवस्थामा नेपाली काङ्ग्रेस र नेकपा एमालेले शान्ति सम्झौताको उल्लङ्घन गर्दै र्सार्वजनिक अभिव्यक्ति दिएको उल्लेख गर्दै उनले त्यस्तो चेतावनी दिएका हुन् । राष्ट्रिय मानवअधिकार सरोकार केन्द्र नेपाल सिन्धुलीद्वारा हिजो यहाँ आयोजित कार्यक्रममा नेपाली काङग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र नेकपा एमालेका पर्ूव महासचिव माधवकुमार नेपालको माओवादीलाई फेरि जङ्ल पठाउने र जेलमा कोच्नुपर्ने अभिव्यक्तिले नेपालमा जुनसुकै बेला पनि युद्ध सुरु हुनसक्छ भन्ने धारणा राखे । तर एकीकृत नेकपा माओवादीले त्यस्ता अभिव्यक्तिलाई चुनौतीको रूपमा लिँदै जनचाहना अनुसारको संविधान निर्माण प्रक्रियालाई प्राथमिकता दिँदै संयम अपनाएका कारण पूण जनयुद्धको सुरुवात नभएको गजुरेलले बताए ।
साथै गजुरेलले नेपालको हरेक क्षेत्रमा दिल्लीको हस्तक्षेप आउने गरेको पनि बताए । 'नेपालमा राष्ट्रपति र प्रधानमन्त्री कसलाई बनाउने भन्न्ो खेल भारतको दिल्लीबाटै हुन्छ र संविधान निर्माण प्रक्रियामा पनि भारतलगायत विदेशी मुलुकको हस्तक्षेप भइरहेको' भन्ने गजुरेलको भनाइ थियो । 'नेपालमा जनयुद्ध सकिएको छैन, जनयुद्धको स्वरूप मात्र फेरिएको हो, जबसम्म जनचाहनाअनुसारको संविधान निर्माण हुँदैन हाम्रो क्रान्ति जारी रहन्छ । 'जनयुद्ध समाप्त नभएसम्म प्रधानमन्त्रीले तीन पटक सही गरे पनि जनयुद्धका क्रममा कब्जा गरिएको जमिन फिर्ता हुन सक्दैन, गजुरेलको भनाइ थियो ।

फेरि के हुन लाग्यो नेपालमा ? : यत्रा राजदूत भेला भएर के गर्न खोजेका नेपालमा

फेरि के हुन लाग्यो नेपालमा ? तराईमा तमलोपाले आन्दोलन शुरु गरेको छ । अरु तराईका दलपनि सरकारसँग खोंचे थापेका छन सरकारमै बसेर । सरकार र नेपाली कांग्रेसबिच दूरी बढेको बढ्यै छ । कतै संबिधाननै बेलामा नबन्ने हो कि भन्ने शंका धेरैलाई लागेको छ । खास सेना समायोजन र अहिले नेपाली सेनाले रिक्त पदमा भर्ती गर्न लागेका भनिएका सेनाको पदपूर्तीको कारणले नेपाली सेना र रक्षा मन्त्रालयबिच दूरी बढेको छ । यस्तो बेला अहिले काठमाडौंमा बिदेशी कूटनितिज्ञहरुले निकै दौडधुप गरेका छन । काठमाडौंबाट भरखरै एक जना साथीले पठाउनु भएको खबर अनुसार अहिले केहिबेर अघि फ्रान्स, बेलायत, रसिया, र जापानी राजदूत संयुक्तरुपमा बेलायती राजदूतको निवासमा भेला भएका छन । यिनले फेरि कुनै रडाको मच्चाउने त होइनन ?
ति सँगै अनमिनका नेपाल प्रमुख ईयान मार्टीनपनि छन । त्यसले गर्दा सेना र रक्षा मन्त्रालयबिचको बिबाद बारे हो कि भन्ने अड्कल काट्न सकिन्छ । तर त्यहि त के भन्न सकियो र ? किनभने मार्टीनले जनसेना र नेपाली सेना दुबैले कुनैपनि कारण देखाएर सैन्य भर्ती गर्नु शान्ति वार्ता बिरुद्द हो भनिसकेका छन ।
रक्षा मन्त्री रामबहादुर थापा “बादल”ले सैनिक आचारसंहिता नाघेर रक्षा मन्त्रालयको स्विक्रितिबिना बिदेशी कूटनितिज्ञलाई गोप्य रुपमा सैनिक अधिकारीले भेट्ने गरेको आरोप लगाएका थिए केहि दिन अघि । उनले बिदेशी कूटनितिज्ञलेपनि नेपाली सेना र रक्षा मन्त्रालयबिच चलखेल गरेको बताएका थिए । यिनै बिभिन्न विषयमा साझा छलफल गर्नकालागि ति भेला भएका हुन सक्छन । भेला पक्कैपनि कुनै गम्भिर विषयमा हुन लागेको हो । नत्र शक्तिशाली देशका यति धेरै राजदूत एकै ठाउँमा हत्त पत्त भेला हुने गर्दैनन । गुपचुप रुपमा भेला भएकालेपनि आशंका थपेको हो ।
उता पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापती गिरिजा प्रसाद कोइरालासँगपनि आजै चिनियाँ राजदूतले भेटेका छन । उनीहरुका बिचमा कुन विषयमा के छलफल भयो भन्नेपनि थाह छैन । हुन त नेपालको संबिधान बनाउन, सेना समायोजन र कुनै सकारात्मक विषयमा साझा सहमती बनाउन ति भेला भएकापनि हुन सक्छन । तर बिदेशीका पछि लाग्ने नेता र नेपालको राजनितिमा सिधै हात हालेर भाँड्नतिरै लाग्ने बिदेशीको सधैंको ब्यवहारले गर्दा ति एक ठाउँमा चिया खानै भेला भएपनि हाम्रो देशको वातावरण झन बिगार्ने हुन कि भनेर डरै लाग्ने । - nepalplus

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक