( संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका नेपाल मदर डट कम www.NepalMother.com , जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं - Email : Info@Nepalmother.com)

20090130

गिरीजाप्रसाद कोइरालाको प्रेस वक्तब्य

संविधानसभाको निर्वाचन भएपछि देशमा दिगो शान्ति र सदभावको नयाँं अध्याय शुरू हुनेछ भन्ने सबैको विश्वास थियो। तर यो सरकारबाट त्यसो हुन सकेन। मुलुक अझ संकट र द्वन्द्वतिर धकेलिदैं गाये। आज हत्या अपहरण, लुटपाट आदि अनेक अपराधिक घटनाहरूले मुलुक आक्रान्त छ। कसैको पनि जीउ-धनको सुरक्षा छैन। सरकारकै प्रत्यक्ष वा परोक्ष संरक्षणमा यस्ता अवाञ्छित घटनारू भइरहेका छन। पारस्परिक एकता, धार्मिक, सांस्कृतिक र सामाजिक सद्भावमा आघात पुर्‍याएर देशमा अन्योल, अस्थीरता र आशंकाको स्थिती सिर्जना गर्न सरकार नै लागिरहेको छ । स्वतन्त्र प्रेसमाथि प्रत्यक्ष र अप्रत्यक्ष आक्रमणको क्रम तीव्र हुनु र हिन्दुहरूको धार्मिक आस्थाको केन्द्र पशुपतिनाथमाथि भएको राजनीतिक हस्तक्षेप यसका केही जवलन्त उदाहरणहरू हुन् ।
देशमा मंहगी, बेरोजगारी हरेक दिन बढीरहेको छ । तर सरकारले यस्ता कुनै पनि कुरामा अलिकति पनि ध्यान दिइएको छैन । आज सरकारकै तर्फाट शिक्षा, स्वास्थ्य, उद्योग आदि हरेक क्षेत्रमा अस्थिरता र आतंक खडा गरिएको छ ।
राष्ट्रिय सेनाको आत्मविश्वास बढाएर उनीहरूलाई राष्ट्र हितको कार्यमा अघि बढाउनुको सट्टा सेनाका सम्बन्धमा अनावश्यक विवाद खडा गरेर राष्ट्रिय सेनाको मनोवल गिराउने कार्य भइरहेको छ ।
राज्य संरचनाको विभिन्न निकायहरूमा जथाभावी सरूवा र ठूलो संख्यामा राजनीतिक प्रकृतिको नियुक्ति र भर्नाबाट अराजकताको स्थिती सिर्जना गरिएको छ ।
संसद चलेको अवजस्थामा आवश्यकीय विधेयकहरूलाई छलफलमा नल्याई संसदको चालु बैठक समाप्त भएको लगत्तै पछि सरकारले अध्यादेशहरु जारी गरेको छ । यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षा भएको छ ।
यसबाट यस सरकारको मनसाय लोकतान्त्रिक संसदीय प्रक्रियालाई वेवास्ता गर्दै दुरगामी र राष्ट्रिय महत्वका विषयहरूमा देश र जनतामाथि आफनो इच्छा लाद्ने अधिनायकवादी सोच रहेको देखिन्छ । बेपत्ताहरूको छानविन गर्ने आयोग सम्बन्धी अत्यन्त सम्बेदनशील विषय सहमति र परामर्शमा गरिनर्ुपर्ने विषय हुँदा हुँदै, विना छलफल संसदीय प्रक्रियालाई मिच्दै अध्यादेश ल्याउनुको पछाडी सरकारको गलत मनसाय रहेको स्पष्ट हुन्छ ।
मानव अधिकारको उल्लंघन गर्ने, दण्डहीनतालाई प्रोत्साहन गर्दै विधिको शासनलाई कमजोर पार्ने, संसदीय प्रक्रियालाई छल्ने र राष्ट्रलाई अन्धकारमा राख्ने यस प्रकारका कुनै पनि कार्य लोकतन्त्रवादी हामी कसैलाई पनि स्वीकार्य हुने छैनन् ।
दिगो शान्ति, बहुदलीय लोकतान्त्रिक मुल्य, मान्यता र पद्धतीमाथि सरकारबाट भइरहेका यस्ता गलत क्रियाकलापबाट राष्ट्रलाई बचाउन सबै राजनीतिक दल, नागरिक समाज र आम जनतालाई म हार्दिक अपील गर्दछु । यस्ता गलत कार्य नगर्न समेत म सरकारलाई सचेत गराउँदछु ।
संविधान निर्माण र दिगो शान्ति स्थापना गर्न लोकतान्त्रिक विधीको पर्ूण्ा अवलम्बन र राष्ट्रिय सहमतिको आवश्यकता भएको कुरा थाहा हँुदा हँुदै सरकारले अपनाएको अधिनायकवादी सोच र कार्य शैलीले मुलुकलाई अझ गम्भीर संकटमा पुर्‍याउने कुरा प्रति म सबैको ध्यानाकर्षा गर्न चाहन्छु । जय नेपाल ।

- गिरीजा प्रसाद कोइराला
सभापति, नेपाली काँग्रेस. १७ माघ २०६५





गित
यस्तै रहेछ दुनियाँ को रित
- शेखर ढुङेल


कुनै दिन हासेर

कुनै दिन रोएर बितायो

यस्तै रहेछ दुनियाँ को रित

जस्तो मौसम

त्यस्तै मा रमायो

कुनै रात यहाँ

बिस बोकेर आउछ

कुनै रात चाद को

हसिलो मुहार

जिन्दगी रैछ घाम छाया

कहिले धुप

कहिले झरी मा रमायो

कुनै माया जीवन

कुनै माया मृत्‍यु

बोकेर आउदो रैछ

कस्तो लगाये छाप

बिधाता ले भाग्य मा

कुनै दिन हासेर

कुनै दिन रोएर बितायो

0 comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक

________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________