20090131

गोली प्रहार गर्ने चार माओवादी नियन्त्रणमा

रोल्पा र प्युठानका प्रमुख जिल्ला अधिकारीमाथि गोली प्रहार गर्ने आफ्ना चार जना कार्यकर्ताहरुलाई एकीकृत नेकपा माओवादी दाङले नियन्त्रणमा लिई अनुसन्धानका लागि प्रहरीलाई बुझाएको छ । केही समयदेखि फरार रहेका ती कार्यकर्ताहरुलाई शुक्रबार राति पार्टीले नियन्त्रणमा लिएर राति नै प्रहरीको जिम्मा लगाएको हो । एक महिनाअघि प्युठानको मान्द्रेमा दुई जिल्लाका प्रजिअ चढेका गाडीमाथि भएको गोली प्रहार र लुटपाटको घटनामा संलग्नता रहेको आशंकामा दाङ काभ्रेका गुरुप्रसाद लम्साल -अर्जुन, काभ्रेकै रिमबहादुर नेपाली -अरुण), सोही ठाउँका झग्गु पन्त -रेशम) र स्यूजाका शंकर घर्तीलाई नियन्त्रणमा लिएर प्रहरीसमक्ष बुझाइएको माओवादी दाङले जनाएको छ । ती चारै जना पार्टी जिल्ला सदस्य हुन । प्युठानमा भएको गोली प्रहार र लुटपाटपछि उनीहरु फरार रहेकाले त्यसमा उनीहरुको पनि संलग्नता रहेको हुनसक्ने आशंका गरिएको माओवादीका जिल्ला सेक्रेटरी सागरले बताएका छन् । कारबाही प्रक्रियामा प्रहरीलाई सहयोग गर्न ती कार्यकर्ताहरुलाई प्रहरीसमक्ष बुझाएको उनले बताए ।


गोली हानी हत्या

महोत्तरीको खुट्टा पिपराढी-२ मा गएराति अपरिचित मान्छेको समूहले एकजनालाई गोली हानी हत्या गरेको छ । पिपराढीका रुद्रनारायण यादवलाई राति करिब दर्ुइ बजे झण्डै पाँच जनाको स्ख्यामा रहेको समूहले सुतिरहेकै ठाउँमा गोली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रहरी निरीक्षक बन्धुराज खनालले घरको भित्तामा प्वाल पारेर हत्या गर्न आएको समूहभित्र पसी हत्या गरेर त्यही प्वालबाट भागेका यादवका परिवारजनले बताएका छन । प्रहरीले घटनाबारे अनुसन्धान भैरहेको जनाएको छ ।


सरस्वतीको -आराधना

श्रीपञ्चमीको दिन आज नेपालभरका हिन्दूहरुले विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूज्ाा-आराधना गरी मनाउँदैछन् । श्रीपञ्चमीको उपलक्षमा काठमाण्डु उपत्यका लगायत देसभरका विद्यालयहरुमा विद्यार्थी तथा शिक्षकहरु भेला भएर विद्याकी देवी सरस्वतीको पूजा तथा उत्सवहरु गरीरहेका छन् । देशका बिभिन्न ठाउँमा रहेका सरस्वतीका मन्दिरमा बिहानैदेखि पूजा गर्नेहरुको घुइँचो लागेको छ । आजबाट शिशिर ऋतु सकिएर नयाँ वर्षो पहिलो बसन्त ऋतु लाग्ने विश्वासका साथ बसन्तको महिमा सुन्ने चलन पनि रहेको छ । राष्ट्रपति डाक्टर रामवरण यादव आज वसन्त पञ्चमीको अवसरमा हनुमान ढोका नासल चोक जानु भई वसन्त श्रवण गर्नुभएको छ । उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रधान न्यायाधीश केदारप्रसाद गिरीले टिका, प्रसाद लगाउनु भयो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक