20090114

यो माघे सक्रान्तीमा पनि रिडी जान पाइएन

श्री स्वस्थानीको महिमा गर्नेहरुले शनिबारदेखि स्वस्थानीको स्नान सुरु गरैका छन् । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म यो व्रतकथा एक महिनासम्म चल्नेछ । सत्य युगमा हिमालयकी पुत्री पार्वतीले महादेवलाई स्वामीका रूपमा पाऊँ भनी बालुवाको शिव लिंग बनाई स्वस्थानीको व्रत गरेको र उनको मनोकांक्षा पूरा भएपछि पृथ्वी लोकमा पनि यो व्रतकथा प्रारम्भ भएको धार्मिक विश्वास छ । यो अवधिमा हिन्दू धर्मावलम्बीहरूको घर–घरमा श्रीस्वस्थानी कथा सुन्ने–सुनाउनुका साथै महिलाले स्थानीय नदीनालामा दैनिक स्नान गरी मध्यान्हमा महादेवको पूजाआरधना गर्छन्।
नेपालको बनारसका रुपमा चिनिने गुल्मी रिडी स्थित कालीगण्डकी नदी । यहाँ माघे संक्रान्तिका दिन भव्य मेला लाग्ने गर्दछ । तस्वीर - कविराज नेपाल

धार्मिक् भजन गाऊन नजाने हेरे पनि धर्म हुन्छ भन्ने भनाइ छ लौ आउनुश यहाँ तल क्लिक गरी आनन्द लिदै धर्म गर्नुहोश


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक