20090114

उपप्रधान एवं गृहमन्त्री वामदेव गौतम अचानक अस्वस्थ, अस्पताल भर्ना


उपप्रधान एवं गृहमन्त्री वामदेव गौतम अचानक अस्वस्थ भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ । राजधानीको नर्भिक अस्पतालमा भर्ना गरिएका गौतमको फोक्सो र मुटुबीचको धमनीमा समस्या देखिएको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनलाई सघन कक्षमा राखेर उपचार गरिदैंछ । मन्त्री गौतमको उपचारमा चिकित्सकद्वय भरत रावत र यादव भट्ट संलग्न छन् । डा. रावतका अनुसार गौतमको एन्जियोग्राफी सफलतापूर्वक गरिएको र उनी खतरा मुक्त रहेका छन् ।
मन्त्री गौतम अपराह्ण ४ बजे अस्पताल पुर्‍याइएका थिए । उनलाई रातभर अस्पतालमा चिकित्सकको निगरानीमा राखिने बताइएको छ । अस्पतालको सुरक्षा व्यवस्था अहिले कडा बनाइएको छ ।

राष्ट्रिय गीत

-शेखर ढुङेल

नेपाल नेपाल नेपाल
यो मेरो नेपाल हाम्रो नेपाल
हिम्चुली को आँगन मा
मादल को ताल मा
नाच्दै हिंड्ने फुल्बारी
हो यो मेरो नेपाल हाम्रो नेपाल
---------------
कस्ट जस्तै पाए पनि
दुस्मन सीत् डटी लड्ने
हाम्रो ऊच्च वीर गाथा
राखी छाती मा चन्द्र सुर्य
गर्छौ गर्ब आफ्नै ईतिहास मा
हो यो मेरो नेपाल हाम्रो नेपाल
-------------------
हामी कहिल्यै झुकेनौ
अब पनि झुक्दैनौ
हामी फस्दैनौ दुस्मन को जालमा
हिमाल पहाड तराइ गाउँछ
एकै सुर र तालमा
हो यो मेरो नेपाल हाम्रो नेपाल

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक