20090115

रामहरीका हत्यारा माओवादी केन्द्रीय सदस्य !!


माओवादीले व्यापारी रामहरि श्रेष्ठ हत्याका मुख्य आरोपी कालीबहादुर खाम ´विविध´लाई आफ्नो केन्द्रीय कमिटीमा ल्याएको छ।
माओवादीले खामलाई अहिलेसम्म केन्द्रीय कमिटी सदस्यका रुपमा सार्वजनिक गरेको छैन। तर, एक माओवादी स्रोतले दिएका जानकारीअनुसार हालै नेकपा (एकता केन्द्र–मसाल)सँग भएको एकताको पहलको सुरुमा खामविरुद्धको कारवाही फिर्ता लिइएको र विस्तारित १०६ सदस्यीय केन्द्रीय कमिटीमा समावेश गरिएको छ।गत जेठ ५ गते माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रधानमन्त्री भदौ २ देखि)ले कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको पार्टीमा पहिले सम्वद्ध “केही स्वार्थी तत्व”ले हत्या गरेको स्वीकार गरेका थिए।
उनलाई माओवादी जनसेनाको शक्तिखोर शिविरमा चर्को यातना दिइएको थियो र उनलाई मुर्छित अवस्थामा चितवन, भरतपुर अस्पतालमा लगिएको थियो। रामहरिको घरमा एउटा फ्ल्याट भाडामा लिएर बसेका जनमुक्ति सेनाको तेस्रो डिभिजन कमाण्डर कालिबहादुर खामले केही व्यक्तिगत हतियार र पैसा हराएको निहुमा अपहरण गरेका थिए।
गत जेठ ९ गते माओवादीले पोष्टबहादुर बोगटीको संयोजकत्वमा हत्याको छानवीन गर्न आन्तरिक छानविन समिति गठन गर्‍यो। हितराज पाण्डे र एकराज भण्डारीसमेत रहेको उक्त समितिले खामले रामहरिको हत्या गरेको निश्कर्ष निकाले पनि प्रतिवेदन सार्वजनिक गरिएन।
जेठ ११ गते जनमुक्ति सेनाका डेपुटी कमा48डर जनार्द्धन शर्माले माओवादी शिविरभित्र श्रेष्ठको अपहरण, यातना र हत्यामा जिम्मेवार रहेको आरोप लागेका तेस्रो डिभिजन कमाण्डर खामलाई जनमुक्ति सेनाले निलम्बन गरेको बताए।
साउन १ गते सर्वोच्च अदालतका न्यायाधीश राजेन्द्र भण्डारीको नेतृत्वमा गठित न्यायिक छानविन समितिले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासमक्ष माओवादी कार्यकर्ताहरूलाई कारवाही गर्ने सिफारिशसहितको प्रतिवेदन बुझायो। कारवाही गर्न सुझाव दिइएका माओवादीहरूमा तेस्रो डिभिजन कमाण्डर कालीबहादुर खाम, ब्रिगेड कमाण्डर गोविन्दबहादुर बटाला, लडाकु केशव अधिकारी र गंगाराम थापा थिए।
खामले रक्षामन्त्री रामबहादुर थापालाई कात्तिक १० गते जिल्ला प्रशासन कार्यालय चितवनमा शक्तिखोरस्थित माओवादी शिविर कमाण्डरका रुपमा भेटे, जब कि उनलाई माओवादीले निलम्बन गरेको बताएको थियो। संचारमाध्यमले सप्रमाण उक्त भेटबारे समाचार दिएका भए पनि यसलाई थापाले अस्वीकार गरे।
कात्तिक २५ गते उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले कालीबहादुर खामसहित छजना आरोपीहरूलाई सरकारले खोजी गरिरहेको बताए।
मंसिर ६ गते भएको माओवादी राष्ट्रिय भेलामा खाम सक्रिय सहभागीका बनेका थिए।
पुस २७ गते खाम माओवादी केन्द्रीय कमिटी सदस्य बने। नेपाली कांग्रेसले सत्तारुढ एकीकृत नेकपा माओवादीले कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठ हत्याकाण्डका मुख्य अभियुक्त कालीबहादुर खामलाई ससम्मान केन्द्रीय समितिमा ल्याएकामा विरोध प्रकट गरेको छ।
पत्रकार आलम खाँको बहिनी अपहरण

नेपालगंजबाट प्रकाशित हुने ´नब मधेश जागरण´ दैनिकमा कार्यरत पत्रकार आलम खाँको बहिनीलाई अपहरण गरिएको छ। बाँके बेतनी गाबिस- ९ निवासी आलमकी १६ बर्षीया बहिनी वाइदा खाँलाई मंगलवार बिहान ५.४५ बजे घरबाटै अपहरण गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रदिप डिसीले बताए।उनलाई समाचारका विषयलाई लिएर अपहरण गरिएको स्थानीय संचारकर्मीहरूले बताएका छन्। पत्रकार खाँले केही दिन अगाडि ´झोरा सामुदायिक बनमा विवाद´ शिर्षकको समाचार मधेसी जागरणमा प्रकाशित गरेका थिए। सो बनमा एमाले र माओवादीबीच विवाद बढ्दै गएको थियो। खातुनका पिता पहिले माओवादी कार्यकर्ता थिए। उनी माओवादी छाडेर एमालेमा प्रबेश गर्ने तरखरमा थिए। खानले प्रकासन गरेको समाचारमा बनको विवादमा माओवादीलाई बढी दोष दिइएको थियो। समाचार प्रकासनपछि विवाद बढ्दै जाँदा नेपालगंजका वाईसीएल कार्यकर्ता बाबर खान पक्षलाई खातुनका पिता पक्षले कुटपिट गरेको स्थानीय संचारकर्मीले बताएका छन्। कुटपिटको लगत्तै करिब १०/१२ जनाको समूहले खातुनलाई घरबाटै उठाएर लगेको उनको परिवारले जानकारी दिएको छ। समूहले बाबर खानको नामबाट लेखिएको पत्रसमेत छाडेर गएका थिए। यतिबेला भने बाबर खानले यस घटनामा आफ्नो संलग्नता नभएको बताउँदै आफूलाई फसाउन खोजिएको दाबी गरेका छन्।
अपहरण भएकी खाँको खोजतलास भइरहेपनि अहिलेसम्म कुनै पत्तो नलागेको उनले बताए। बिहान ५-७ जनाको समुहमा आएका अज्ञात ब्यक्तीले अपहरण गरेको भनेर अलामले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ। अपहरणकारीले हामी लिएर जादैछौ भन्ने आसयको हिन्दी भाषामा लेखेको एक पत्र पनि छोडेका थिए। अपहरण गरेर लैजाने मान्छेले पत्र छोडेर जाने कुरा पत्याउन नमिल्ने भएको प्रहरी निरिक्षक डिसीले बताए। खोजतलास भइरहेको र अनुसन्धानपछि मात्र अपहरणको बारेमा बिस्तृत भन्न सकिने उनले बताए।
भारतको सिमाबर्ती जंगलमा एक युबतीको शब फेला परेपछि बिहीवार बिहान नेपालगंज बाट एक प्रहरी टोली त्यसतर्फ गएको छ। भारतीय प्रहरीसँग समन्वय गरेर युवतीको शब फेला परेको भनिएको जंगलतर्फ गएको बाँके जिल्ला प्रहरी कार्यालयले जनाएको छ। भारतको जंगलमा एक युबतीको शब फेला परेको छ भनेर फोन आएपछि प्रहरीटोली खोजीका लागि त्यसतर्फ गएको हो। - दिलबहादुर छत्याल


सरकारको प्रमुख भएर गैरजिम्मेवार अभिव्यक्ति दिनु निराशा र दम्भको परिणति
सत्तारूढ नेकपा (एमाले) का महासचिव झलनाथ खनालले ँसरकार कसैले ढाल्न खोजे सत्ता कब्जा गर्छ भन्नु गैरजिम्मेवार अभिव्यक्ति भएको बताउनुभएको छ। बुधबार एमाले केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव खनालले भन्नुभयो- ँसरकारको प्रमुख भएर गैरजिम्मेवार अभिव्यक्ति दिनु निराशा र दम्भको परिणति हो।’उहाँले आगामी फागुनको पहिलो हप्तादेखि प्रारम्भ हुने आफनो पार्टी आठौं महाधिवेशनमा जबजलाई विकसित गर्दै लैजाने कुरामा एमाले केन्द्रीय कमिटी एक मत भएको समेत जानकारी गराउनुभयो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक