20090107

अमेरिकामा नेपालीको हत्या

अमेरिकास्थित टेक्सासको टिएल फुड स्टोरको ३२०० बल्क स्टोरमा कार्यरत नेपाली जसबहादुर राईको अमेरिकी समय अनुसार मंगलबार बिहान ७ बजे हत्या भएको छ। स्टोरमा काम गरिरहेका समयमा करिब ६ फिट १ इन्च अग्लो कालो बर्णको लुटेराले उनलाई आक्रमण गरेको थियो। राईको जोन पिटर स्मिथ अस्पतालमा मृत्यु भएको हो। ´ऊ राम्रो मान्छे थियो पैसाका लागि उसलाई मार्न पर्ने थिएन उससँग मागेको भए यसै दिन्थ्यो´ राईका साथी रोवर्ट डेभिसले भनेको फक्स न्यूजले जनाएको छ। अमेरिकामा लुटेराहरूले फुड स्टोरमा डकैत गर्न जाँदा त्यहाँ काम गर्ने कामदारलाई हत्या गर्ने गर्छन। यस्तै किसिमको हत्यामा दुई महिना अगाडि एक नेपाली विद्यार्थीको अमेरिकामा मृत्यु भएको थियो। हत्याको अभियोगमा प्रहरीले नियोनाड जुनियलाई गिरफ्तार गरेको छ। सोलुखुम्बु घर भएका राईका श्रीमती, १९ बर्षीया छोरी र १४ बर्षको छोरा छन्।

तीन सातापछि संसद्‌को बैठक, प्रधानमन्त्रीको प्रतिबद्धता
प्रधानमन्त्री प्रचन्ड गले , पशुपती नाथ को निर्णय बदर् , प्रधानमन्त्री लाई प्रतिबध्दता जनाउदा र माफी मग्दा ठीक्क

प्रधानमन्त्री पुष्पकमल दाहालले पशुपतिनाथ मन्दिरका पुजारीहरुका सम्बन्धमा पशुपति क्षेत्र विकास संचालक परिषद् र सदस्यसचिवले गरेका सबै निर्णय बदर गरिएको घोषणा गरेका छन् । व्यवस्थापिका संसदको बैठकलाई बुधबार साँझ संबोधन गर्दै पशुपति क्षेत्र विकास कोषको संरक्षकका हैसियतले दाहालले पशुपतिनाथ मन्दिरका पुजारीहरूले दिएको राजिनामा स्वीकृति र नयाँ पुजारीहरूको नियुक्तिसम्बन्धी सम्पूर्ण निर्णयहरू बुधबारदेखि नै बदर गरिएको घोषणा गरेका हुन् । त्यसैगरी पशुपतिनाथ मन्दिरका मूलभट्ट र अन्य पुजारीहरुले पेश गरेको राजिनामा बुधबारदेखि नै स्वीकृत गरिएको पनि उनले जानकारी दिए ।
सर्वोच्च अदालतबाट पशुपति मन्दिरको पुजारीसम्बन्धमा दिएको आदेशको सम्मान गर्ने बताउँदै उनले अर्को मूलभट्ट र अन्य पुजारीहरू नियुक्ति नभएसम्म सनातनदेखि चलिआएको नियमित नित्यपूजा संचालन गर्न पुरानै पुजारीहरूलाई आग्रह समेत गरे । पुजारी नियुक्ति प्रकरणले नेपाल र भारतमा समेत ठूलो तरंग पैदा गरेको भन्दै उनले नित्यपूजा संचालन गराउन पशुपति क्षेत्र विकास कोष संचालक परिषद्‌लाई निर्देशन पनि दिइएको बताए । Video by suman/DCnepal
दाहालले पशुपतिनाथका मूल पुजारी तथा अन्य पुजारी र बासुकीनाथ मन्दिरका पुजारीको नियुक्तिका लागि कानुनसम्मत ढंगबाट उपयुक्त र योग्य उम्मेदवारहरू सिफारिस गरी कोषका संरक्षकसमक्ष पेश गर्न संचालक परिषदलाई निर्देशन समेत दिएका छन् ।
उनले परम्परादेखि को धार्मिक सहिष्णुता, सामाजिक मेलमिलाप कायम राख्नपनि सबैलाई आग्रह गरे ।
प्रधानमन्त्री दाहालले अराजक घटना रोक्न सरकारले कडा कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्दै त्यस्ता घटनामा संलग्न भए वाईसीएल्, युथफोर्स कसैलाई पनि नछाड्ने बताएका छन् । दश पटकसम्म लगातार स्थगित व्यवस्थापिका संसद्‌को बैठक बुधबार तीन सातापछि सुचारु भएपछि दलहरूसँगको सहमतिअनुसार सदनलाई संबोधन गर्न पुगेका दाहालले कुनैपनि अराजक घटना र ती घटनामा संलग्न कसैलाईपनि नछाड्ने प्रतिबद्धता जनाएका हुन् । उनले अराजक गतिविधिमा संलग्नलाई नछाड्न गृहमन्त्रीलाई निर्देशन दिएको पनि सदनलाई बताए । ‘प्रेसमा होस् वा शान्तिसुरक्षाको सन्दर्भमा कुनैपनि अराजक घटनामा संलग्न दोषीमाथि कडा कार्बाही हुन्छ,’ उनले भने । नेपाली कांग्रेससँगको नौबुँदे सहमति, दलित जनजाति पार्टीलगायतका साना दलहरूसँग छात्रवृत्ति विधेयकको तेस्रो संशोधनलाई सच्याउने सहमति र पत्रकार महासंघसँग भएका सहमतिहरू पूरा गर्ने प्रतिबद्धता सदनसमक्ष गर्दै प्रधानमन्त्रीले राजनीतिक दलहरूलाई आफ्नो अस्तित्व अघि बढाउने होडबाजीमा सदन अवरुद्ध गरेको आरोप पनि लगाए । ‘प्रमुख जिम्मेवारीलाई सहायक स्थानमा र सहायक जिम्मेवारीलाई प्रमुख स्थानमा लाने काम नगरौँ,’ उनले भने । प्रम दाहालले संविधानसभाको ऐतिहासिक प्रक्रियामा नभई दलहरूले संविधान बनिसकेपछिको संसदमा जस्तै बहस गर्ने गरेको टिप्पणी पनि गरे । यसवारेमा दलहरूलाई समीक्षा गरेर अघि बढ्न सुझाव दिदैं दाहालले समयमै संविधान निर्माण गर्ने ऐतिहाँसिक जिम्मेवारी पूरा गर्न नसक्दा उत्पन्न हुने परिस्थितिप्रति सबैले गम्भीर हुनुपर्ने पनि बताए । उनले सानातिना विषयमा पनि सदन अवरुद्ध गरिएको भन्दै तीन हप्तासम्म सदन अवरोध भएकाले जनतामा चिन्ता छाएको बताए । सबै समसामयिक समस्या र अवस्थाप्रति टिप्पणी गरेका प्रधानमन्त्रीले सहमति अनुसारनै नेपाली कांग्रेसको नौबुँदे प्रतिबद्धता समयसीमा भित्रै पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । दाहालले यसअघि गरेको एउटा विवादित घोषणालाई कार्यान्वयन गर्ने जानकारी गराउँदै मंसिर मसान्तभित्र फिर्ता नभएका घरजग्गाको क्षतिपूर्ति र राहत उपलब्ध गराइने पनि बताए ।Video by suman/DCnepal
यसअघि कांग्रेससँग भएको सहमतिअनुसार दुई हप्तादेखि तीन हप्ताभित्र वाइसीएल्‌को अर्धसैनिक संरचनाको अन्त्य तथा घरजग्गा कब्जा फिर्ता प्रक्रियाको अनुगमन गर्न संसदीय विशेष समिति गठन गर्न सभामुख सुभाषचन्द्र नेम्वाङलाई दाहालले आग्रह गरे ।
त्यसैगरी उनले छात्रवृत्ति तेस्रो संशोधन विधेयक सच्याउने तथा हिमाल खबरपत्रिकामा भएको आक्रमणका दोषीमाथि कार्बाही गर्ने प्रतिबद्धता जनाए । उनले एउटा छुट्टै प्रसंगमा पुस मसान्तभित्र सरकारले गठन गर्ने भनेको स्थानीय निकायका लागि संविधानसभामा प्रतिनिधित्व गर्ने २५ वटै दलसँग छलफल गर्ने बताए । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले प्रधानमन्त्री दाहालले व्यवस्थापिका संसदको बैठकमा जाहेर गरेका प्रतिबद्धतालाई तत्काल व्यवहारमा लागु माग गरेका छन् ।
उनले उक्त बैठकलाई संबोधन गर्ने क्रममा पशुपतिनाथका पुजारीको विवादलाई अहिले प्रधानमन्त्रीले साम्य पार्ने कोसिस गरेपनि कार्यान्वयन पक्षमा शंका गर्दै भने, 'राजनीतिक नियुक्तिको सिफारिसमा फेरि अर्को निर्णय गर्ने प्रयास गरियो भने सरकारको ठूलो गल्ती हुनेछ र चर्को मूल्य चुकाउन पर्ने छ ।’ नेता पौडेले पशुपतिनाथ हिन्दू धर्मालम्बीका आस्थाका प्रतीक भएकाले यस्तो विषयमा निर्णय लिँदा धार्मिक व्यक्ति, सरोकारवाला र राजनीतिक दलहरूको परामर्श लिनुपर्ने बताएका छन् ।
पूर्व पुजारीहरूलाई दवावमा राजिनामा दिन लगाइएकाले उनीहरूको सुरक्षाको ग्यारेन्टीको माग उनले सरकारसँग गरेका छन् ।
सोही क्रममा उनले प्रधानमन्त्रीले नयाँ रोजगारी सिर्जना गर्ने जति प्रतिबद्धता जनाए पनि माओवादीले व्यक्तिगत सम्पत्तिमाथि हस्तक्षेप गर्दै गएकाले उनीहरूको नियतमाथि शंका गर्नुपर्ने बताए । 'माओवादी अझै सत्ता कब्जा गर्ने मनस्थितिमा रहेको छ,' माओवादीको चर्को आलोचना गर्दै उनले भने, 'व्यक्तिगत सम्पत्तिको सुरक्षा नहुन्जेल कसैले यहाँ लगानी गर्दैन। त्यसकारण आफ्ना कार्यकर्तालाई अर्काको कब्जा गरिएका सम्पत्ति तुरुन्त छोड भनेर प्रधानमन्त्रीले आफ्ना कार्यकर्तालाई निर्देशन दिनु प-यो ।' उनले माओवादीको सत्ताको धङधङीले मानिस अझै डराइरहेकाले माओवादीका कार्यकर्तासँग अनुशासित हुन आग्रहसमेत गरे ।

१२ बुँदे सम्झौताको उद्देश्य पूरा,अर्को सम्झौता आवश्यक: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले तीन वर्षअघि सात दलबीच भएको १२ बुँदे सम्झौताको उद्देश्य पूरा भएको भन्दै अर्को सम्झौता आवश्यक रहेको बताएका छन् । २०६२ मंसिर ७ गते नयाँदिल्लीमा सम्पन्न १२ बुँदे सम्झौताको बलमा भएको जनआन्दोलन सफलता र त्यसपछि मुलुकमा गणतन्त्रको स्थापना भएको उल्लेख गर्दै दाहालले अर्को सम्झौता आवश्यक रहेको बताएका हुन् ।
ललितपुर बिशंखु कोटडाँडामा प्याराग्लाइडिङको मंगलबार उद्घाटन गर्दै उनले समृद्ध नेपालको र संविधान निर्माणका लागि अर्को सम्झौतामा जोड दिए । 'नयाँ संविधान, शान्ति प्रक्रिया सफल पार्न, समृद्धि नेपालका लागि नयाँ खालको १२ बुँदे समझदारी आवश्यक छ ।' उनले भने, 'मैले नयाँ सम्झौताका लागि दलहरूसँग पनि छलफल गरेको छु ।' उनले सम्झौताका लागि जनस्तरबाटै दबाब दिन आग्रह पनि गरे । केही दिनअघि एमाले संविधानसभा दलको कार्यालय सिंहदरबारमा माओवादी र एमालेको बैठकमा पनि नयाँ सम्झौता गर्नेबारे छलफल भएको थियो । उक्त बैठकपछि एमाले महासचिव झलनाथ खनालले अग्रगमनका लागि नयाँ सम्झौता जरुरी रहेको बताएका थिए । सत्तासाझेदार दल माओवादी र एमालेले उसलाई सहमतिमा ल्याउन नयाँ सम्झौता आवश्यक रहेको बताउँदै आएका छन् ।
एक व्यवसायीको हत्या,वीरगंज बन्द

अज्ञात समूहले यहाँस्थित आदर्शनगरमा राजेश कियाल नामका एक व्यवसायीको हत्या गरेको छ । तीन जनाको समूहमा आएका व्यक्तिले साँझ ६.३० मा गोली हानी करिब २५ वर्षका कियाललाई घाइते बनाएका थिए। उपचारको लागि अस्पताल लाँदै गर्दा कियालको मृत्यु भएको हो । हत्या गर्ने अभियुक्तहरू फरार रहेका छन् । प्रहरीले उनीहरूको खोजी भइरहेको बताएको छ । युवा व्यवसायी राजेश क्यालको हत्याको विरोधमा वीरगंज उद्योग वाणिज्य संघले आव्हान गरॆको अनिश्चितकालीन वीरगंज बन्दको पहिलो दिन बुधबार यहाँको जनजीवन प्रभावित भएको छ ।संघको मंगलबार साँझ बसेको आकस्मिक बैठकले दोषीमाथि अविलम्ब कारबाही, मृतकलाई सहिद घोषणा, व्यवसायी सुरक्षाको प्रत्याभूति लगायतका ४ सूत्रीय माग राखी बुधबारबाट अनिश्चितकालीन वीरगंज बन्दको घोषणा गरेको हो । बन्दका कारण विहानैबाट बजारका अधिकांश पसल खुलेका छैनन्। । हातमा लौरो लिएका प्रदर्शनकारी पसल बन्द गराउँदै हिँडेपछि बजार पूरै बन्द भएको छ। शैक्षिक संस्था स्वास्थसेवा र यातायात खुल्ला रहने भनिए पनि बन्दको प्रभाव परेको छ ।युवा व्यापारी क्यालको सोमबार साँझ अज्ञात समूहको गोली प्रहारबाट मृत्यु भएको थियो। उनको हत्याको जिम्मेवारी लिन विभिन्न सशस्त्र समूहको होडबाजी चलेको छ । ती समूहले स्थानीय संचार माध्यममा फोन गर्दै आफूले हत्या गरको दावी गर्दै आएका छन्। मान्छे मार्नेको सूचीमा आफ्नो नाम आए चन्दा असुल्न सजिलो हुने ठानी उनीहरुले यसो गरेको अनुमान गरिएको छ।
सवारी दुर्घटनामा घाइते बनेपाका युवा मनोज भालु श्रेष्ठलाई उचित क्षतिपूर्ति र उपचार खर्च माग गर्दै बुधवार पनि विहानैदेखि पीडितका आफन्तहरुले अरनिको राजमार्ग अर्न्तगत बनेपा सडकखण्ड अवरुद्ध पारेका छन्।
गत मंसिर १८ गते २६७५ नम्बरको टाटा स्ट्रिड गाडीको ठक्करवाट घाईते मनोज अहिलेसम्म अस्पतालमै रहे पनि उपचार खर्च र क्षतिपूर्ति नदिएको भन्दै बिहानैदेखि वाटो बन्द गराइएको हो।
मंगलवार दिनभर पनि अरनिको राजमार्ग अर्न्तगत बनेपा खण्ड अवरुद्ध पारिएको थियो। दुर्घटनामा घाइते श्रेष्ठको दाहिने खुट्टा चार ठाँउमा भाचिएको छ। उनको भारतको एपोलो अस्पतालमा उपचारपछि हाल बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ।
उपचार खर्च र क्षतिपूर्ति नपाएसम्म राजमार्ग अनिश्चितकालसम्म बन्द गर्ने चेतावनी पीडितका दाजु श्यामकुमार भालु श्रेष्ठले दिएका छन्। प्रहरीले दुर्घटनाको समयमा चालक गोकुल अधिकारीलाई पक्राउ गरे पनि छाडिसकेको छ। स्थानीय प्रशासनले भने वार्ताबाटै समस्या समाधान गर्ने प्रयास भइरहेको जानकारी दिएको छ। तर अहिलेसम्म वार्ता हुन सकेको छैन।
राजमार्ग बन्द हुँदा काठमाडौंबाट सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, रामेछाप लगायतका जिल्लामा जाने र त्यसतर्फबाट काठमाडौं आउने हजारौं यात्रु बनेपामा अलपत्र परेका छन्।
त्यसैगरी उच्चस्तरीय भूमिसुधार आयोगमा उचित प्रतिधित्व र पुनर्स्थापनाको माग गदै मुक्त कमैयाहरूले बर्दियाका ताराताल, नैना पोखरा, बासगडी र भुरी गाँउ ठप्प पारेका छन्। सरकारले आफूहरुको माग वेवास्ता गर्दै गए बन्द हड्तालका अझै सशक्त कार्यक्रम ल्याउने भूमि अधिकार संघर्ष समितिका सदस्य गमन चौधरीले बताए।
यसैगरी भूमीहिनहरुकै संस्था नेपाल बसोबास बस्ती संरक्षण समाजले बुटवलमा चक्कमजाम गराएको छ। स्थायी बसोबासको माग गदै गरिएको आन्दोलनका कारण सो क्षेत्रको यातायात पूर्ण प्रभावित भएको छ।
पशुपतिनाथमा नयाँ पुजारी नियुक्ति:´तीब्र असन्तुष्टी´
धर्म, संस्कृति, अदालत र सेनामाथि आक्रमण गरेर दुष्परिणाम निम्त्याएको आरोप

भारतका प्रमुख प्रतिपक्षी दल भारतीय जनता पार्टी (भाजपा) का नेता लालकृष्ण आडवाणीले पशुपतिनाथमा नयाँ पुजारी नियुक्ति सम्बन्धमा चर्किएको विवादप्रति ´तीब्र असन्तुष्टी´ प्रकट गरेका छन् । हिन्दुवादी पार्टीका तर्फबाट प्रधानमन्त्रीका उमेदवार प्रस्तावित गरिएका आडवाणीले मंगलबार वक्तव्य जारी गर्दै पशुपतिनाथमा भारतीय पुजारीहरुलाई गरिएको व्यवहार ´कुत्सित´ भएको टिप्पणी गरे। यसअघि भाजपा अध्यक्ष राजनाथ सिंहले राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री पुष्पकमल दाहाललाई टेलिफोन गरी पशुपतिनाथमा भारतीय मूल का पुजारी हटाई नयाँ पुजारी नियुक्त गरेकोप्रति चासो व्यक्त गरेका थिए । उनले ´विवाद सुल्झाउन´ आग्रह समेत गरे । आडवाणीले प्रधानमन्त्री दाहाललाई मंगलबार टेलिफोन गरी आफ्नो तर्फबाट चासो व्यक्त गरेका थिए । त्यसपछि वक्तव्य जारी गरेका थिए। ´प्रधानमन्त्री दाहालले पुजारी विवाद सुल्झाउने विषयमा आफूले छिट्टै संसदबाट घोषणा गर्ने आश्वस्त तुल्याए´ आडवाणीलाई उद्यृत गर्दै वक्तव्यमा भनिएको छ । टेलिफोनमा आडवाणीले दाहाललाई पशुपतिनाथमा तीन शताब्दी पुरानो प्रथा तोड्दै भारतीय मुलका सट्टा नेपाली पुजारी नियुक्त गरिनु ´अप्रजातान्त्रिक´ भन्दै पुरानै पुजारी कायम राख्न सर्वोच्च अदालतले दिएको आदेश मान्न आग्रह गरेका थिए । राष्ट्रपति यादवको अनौपचारिक निम्तो मान्न हालै नेपाल आएका भारतका समाजवादी पार्टीका अध्यक्ष मुलायमिसंह यादव तथा महासचिव अमर सिंहले पनि माओवादीले पशुपतिनाथमा दक्षिण भारतका पुजारी रहने शदियौंदेखिको परम्पराविरुद्ध निर्णय गरी धार्मिक क्षेत्रमा ´राजनीतिकरण´ गरेको बताएका थिए ।
सरकारले धर्म, संस्कृति, अदालत र सेनामाथि आक्रमण गरेर दुष्परिणाम निम्त्याएको आरोप राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले लगाएका छन्। ´धर्म संस्कृतिमाथि प्रहार, अदालतको अवहेलना र सेनालाई विवादमा ल्याउने काम गरेर माओवादी नेतृत्वको सरकार स्वंले संकट र दुष्परिणाम निम्त्याएको छ´, थापाले भनेका छन्– ´देश र जनतालाई पिरोली रहेका कैयौं समस्यालाई ओझेलमा पार्दै सरकार स्वयं दुर्घटना र दुष्परिणाम निम्त्याउन अग्रसर हुनु विडम्बना हो।´ थापाले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी माओवादी सरकारले चार महिनाअघि पहिलो पटक तलेजु भवानी र कुमारी पूजा प्रकरणमा धार्मिक आक्रमण सुरु गरेर अहिले दोस्रो पटक पशुपतिनाथमा आक्रमण गरेको बताएका छन्। ´यो धर्म र संस्कृतिमाथिको आक्रमण हो भन्ने निश्कर्ष राष्ट्रिय जनशक्ति पार्टीको रहेको छ´, उनले भनेका छन्।
सरकारले पशुपतिनाथका पुजारी तथा पूजा प्रकरणमा अदालतको आदेशलाई समेत लत्याएर मर्यादा र प्रजातन्त्रको आधार भंग गरेको आरोप उनले बताएका छन्। विज्ञप्तिमा भनिएको छ– ´सरकार आफैं अमर्यादित भएकोले नागरिकले उसको आदेश वा निर्देशन पालना गर्नुपर्ने नैतिक आधार समाप्त भएको मान्नुपर्ने हुन्छ।´
नेपाली सेनाका रिक्त दरवन्दी परिपूर्ति प्रकरणमा सरकार जुन रुप र शैलीमा प्रस्तुत भएको छ यसले नेपाली सेनाप्रति सरकार असहिष्णु र पूर्वाग्रही रहेको तथ्य प्रष्ट्याएको थापाले बताएका छन्। ´रिक्त दरवन्दी परिपूर्ति कार्य वृहत् शान्ति सम्झौता विपरित छैन´, थापाले भनेका छन्। यसअघि पनि दुई पटक रिक्त दरबन्दीमा भर्ना गर्ने कार्य भैसकेको उल्लेख गर्दै तेस्रो पटक सरकार, माओवादी र कुनै संस्थाले यस प्रक्रियालाई विवादको विषय बनाउँदा यी पक्षको नेपाली सेनाप्रति दुर्भाव रहेको प्रष्ट हुन्छ थापाले भनेका छन्।
एउटा सम्बाद यस्तो पनी
-शेखर ढुङेल

प्रश्न -सबै भन्दा सुख को छ्यण जवाफ -तिन ठाउँ मा टुन्क्याएको बेला
प्रश्न -दुख को दिन को सुरुवात
जवाफ -जुन दिन पृथ्वी मा पछारियो
प्रश्न -सब भन्दा मन पर्ने मानिस्
जवाफ -जो चिता माथि सुतेको छ
प्रश्न -सब भन्दा नराम्रो मानिस्
जवाफ -जो आफु लाई शासक ठान्दछ
प्रश्न -माया के हो
जवाफ -दुखको भड्खालो
प्रश्न -जिन्दगी के हो
जवाफ -बाबु आमा को भुल को प्रायस्चित्
प्रश्न आसुँ के हो रु
जवाफ -छल कपट र सड्यन्त्र
प्रश्न -हाँसो के हो
जवाफ -ठगी खाने कला
प्रश्न - स्त्री के हुन जवाफ - स्रिस्टी को गलत उत्पादन
प्रश्न पुरुष के हुन
जवान -सन्सार को बिनास्
प्रश्न सपना के हो जवाफ -जीवन को बाच्ने आधार
प्रश्न -बिपना नि जवाफ -बिपना धोखा हो ९हिरोइन लाई भन्या होइन नि प्रश्न -नमस्कार
जवाफ-तिर्स्कार

बेल्जियममा मन्दिर र स्तुप निर्माणको तयारी

बिगत दुई दसक देखी हाल सम्म नेपाल बाट बाहिरियका थुप्रै नेपालीहरुको बेल्जियममा बसोबास रहदै आयता पनि स्थाइ रुपमा बसोबास गर्ने हरुको संख्या भने सन २००४ देखी क्रमिक रुपले बढ्दै गयको छ । झन्डै चार हजार संख्याको हाराहारिमा रहेका नेपालीहरु बेल्जियममा सबैले स्थाइ प्रमाणपत्र प्राप्त गर्न सकिरहेका भने छैनन । तर क्रमस सबै नेपालीहरुले बेल्जियममा स्थाइत्व प्राप्त गर्ने निस्चित जस्तै देखिन्छ । किनकी बेल्जियममा नेपालीहरु स्थाइत्वको लागी नियम संगत निर्धारित क्षेत्र भित्र रहेका छन । सन २००५ पछीका दिनहरुमा परिवारका एकल सदस्यले बेल्जियममा बैधानिकता पाय पस्चात नेपालमा रहेका आफ्ना श्रीमती र छोरा छोरीहरु लाई बेल्जियममा स्थापित गर्न सफल भै सकेका छन । एसका साथ साथै बेल्जियममा नेपाली नवजात शिशुहरुको पनि तिब्र गतिमा ब्रिद्धी भयको छ । ठ्याक्कै एतिनै भनेर भन्न नसके पनि बेल्जियममा हाल सम्म २०० देखी अन्दाजी २५० सम्म नेपाली नवजात सिशुहरुले जन्म लीइ सकेको अनुमान गर्न सकिन्छ । मानिस सामाजिक प्राणी हो र यो आफ्नो समुह भन्दा अलग रहनै सक्दैन ।
मानिस आखिर विश्वको जुन कुनै समाजमा पुगोस तर उसले क्रमस आफ्नो समुह संस्कार र संस्क्रितीको खोजिमा जुट्छ यो स्वभाविक पनि हो । कुनै पनि मानिसको पहिचान भाषा र भेसले गराउदछ । आखिर हामी जहाँ रहे पनि जुन देशको नागरिकता लिय पनि हामी हाम्रो भाषा र संस्क्रिती लाई बिर्सन सक्दैनौ । आफ्नो भाषा र संस्क्रिती छोड्नु आफ्नो पहिचान गुमाउनु हो । हामी एतिका नेपालीहरुको जमात हुँदा हुँदै पनि हामी हाम्रो संस्कार लाई ब्यवस्थित गराउन सकिरहेका छैनौ । बेल्जियममा बिभिन्न जात जाती र भाषा भासीका नेपालीहरु रहेपनी आफ्नो संस्कार र संस्क्रिती बिहिन रहेका छौ । जब एक नेपाली जन्मन्छ उसको बिधिवत बैज्ञानीक तवर बाट न्वारान र नामाकरण गरिन्छ । जुन नामको पहिलो अक्षर बाट ग्रह गोचर हेर्न पनि सजिलो पर्छ । तर बेल्जियमका नेपालीहरुमा नत बिधिवत न्वारान नत ब्रतवन्ध नत विवाह यि तिनै कुराका साथै बिभिन्न चाड बाड मनाउने सबालमा पनि हामी बिचलित अवस्थामै रहेका छौ । किनकी हामिहरुले बेल्जियममा नेपाली संस्कार र यसलाई ब्यवस्थित गर्न निस्चित स्थान प्राप्त गरिसकेका छैनौ । त्यसैले यि यावत कुरा लाई मध्य नजर गर्दै गत बर्ष देखी नै बेल्जियममा नेपालीहरुको समाज र संस्कार लाई निस्चित दिशा दिन एउटा निस्चित स्थानमा बेल्जियममा रहेका सबै नेपाली हरुको पहलमा एकै स्थानमा मन्दिर र स्तुपको स्थापना गर्न अत्यन्त जरुरी देखियकोले एक्काइसौ सताब्दिमा अती सभ्य तरिकाले बिधिवत आफ्नो संस्कार भित्र रहेर रमाउन सकिने भयकोले र सबै नेपालीहरुको मिलिमतोमा सबैको भलाई हुने हुंदा मन्दिर र स्तुप निर्माणका लागि सहमति जुटाउन थुप्रै नेपालीहरुको हस्ताक्षर संकलन समेत भयको अबगत गराउन चाहन्छौ ।
बिभिन्न कारणका बावजुद एस महान कार्य लाई प्रकृयागत अगाडि बढाउन नसकिय पनि हाल आयर रबिन्द्र मान श्रेस्ठको संयोजकत्वमा जनवरी ६ मा लुभेन सहरको भाट स्टाट ८५ मा बसेको एक बैठकले बेल्जियममा हिन्दू मन्दिर तथा बुद्ध स्तुप स्थापनाको लागि आगामी फेब्रुवरि २२ तारिख महाशिवरात्रीको पवन अबसर पारेर लुभेन शहर स्थित ओन्ज हाउसमा एक ब्रिहत भेलाको आयोजना गरेको सहस्र जानकारी गराउदछौ । उक्त अबसरमा बेल्जियमका तमाम नेपालीहरुले खुल्ला हृदयका साथ एस महत्वपूर्ण भेलामा सरीक भै मन्दिर र स्तुप निर्माण समिती गठन गर्न आबस्यक सल्लाह सुझाब र सहयोग पुर्याउन हुन अनुरोध गरिन्छ । भेलाको सुरुआत संख घण्ट साथ भजन गायर उपस्थित सत्जन जनसमुदाय लाई प्रशाद बितरण गरी सभालाई अगाडि बढाइने समेत जानकारी गराउदछौ । साथै बेल्जियमका बिभिन्न संघ संस्थाका सबै पदाधिकारीहरु लगायत तमाम नेपालीहरुलाई आफ्नो अमुल्य समय खर्चेर सुझाब र सयोगको लागि उक्त सनसनी पूर्ण भेलामा उपस्थित भै दिनु हुन बिनम्र अनुरोध गरिन्छ । साथै पुन एक चोटि बेल्जियममा रहेका नेपाली जात जाती भाषा भासीहरुका सबै समुह लाई सो समारोहमा उपस्थिती भै आफ्नो सुझाब र सल्लाह दिनु हुन अनुरोध गरिन्छ । - by purushottam subedi

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक