प्रत्यक्षदर्शीका अनुसार विश्व अर्थतन्त्रबारे क्याम्ब्रिजमा सम्बोधन गरिरहेका चिनियाँ प्रधानमन्त्रीमाथि भाषणको अन्त्यतिर जुत्ता प्रहार भएको थियो। प्रेस एसोसिएसनले मंचको पछाडिपट्टिबाट जुत्ता प्रहार भएको र त्यो चिनियाँ प्रधानमन्त्रीभन्दा करिब एक मिटर पर खसेको जनाएको छ। ती प्रदर्शनकारीले मंचमा उपस्थित व्यक्तिहरुलाई चिनियाँ प्रधानमन्त्रीको भाषण नसुन्न आग्रह गर्दै चर्को स्वरमा भनेका थिए ´यो विश्वविद्यायल आफूलाई कसरी तानाशाहको रखैल बनाउन सक्छ’ एएफपीका अनुसार, ती व्यक्तिलाई सभाहलबाट सुरक्षा घेरामा बाहिर लगिएपछि सभाका अन्य सहभागीले जुत्ता प्रहार गर्ने ´तिमीलाई लाज होस्´ भनेका थिए। प्रहरीले ती व्यक्तिलाई सार्वजनिक सुरक्षामा खलल पारेको आरोपमा गिरफ्तार गरिएको पुष्टि गरेको छ। सम्बोधनका लागि आइपुग्नासाथ प्रधानमन्त्री जियाबाओ चीन समर्थक र चीन तथा तिब्बतमा मानव अधिकार उल्लंघनको विरोध गर्नेहरु दुवै समूहको प्रदर्शन सम्मुख परेका थिए। यो घटना गत डिसेम्बरमा तत्कालीन अमेरिकी राष्ट्रपति बुसको इराक भ्रमणकै घटनासँग मिल्दोजुल्दो छ। आफ्नो अन्तिम बिदाइ भ्रमणका क्रममा इराक पुगेका बुसलाई लक्षित गरी एक स्थानीय साचारकर्मीले दुईपटकसम्म जुत्ता प्रहार गरेका थिए।
अमेरिकाको क्लोराडोमा साहित्यिक कार्यक्रम
अमेरिकाको कोलोराडो डेन्वरमा यही फेब्रवरी १ का दिन सरस्वतीपूजाको पावन अवसर पारेर डेन्बरवासी र बोउल्डरबासी को संयुक्त आयोजनामा साहित्यिक कार्यक्रम समापन गरियो । उक्त कार्यक्रम गीतकार तथा कबी श्री ज्ञानेन्द्र गदालको निवासमा भएको थियो । उक्त कार्यक्रममा लग्भग ५० साहित्यकर्मिहरुको जमघट भएको थियो भने उक्त साहित्यिक कार्यक्रममा लगभग २० कवि, कवयत्रिहरुले आ-आफ्ना रचनाहरु पाठ गरेका थिए । बिदेशमा नै भए पनि त्यो दिनको साहित्यिक जमघटले सबैलाई नेपालमा भएको आभाष भैरहेको थियो भने, साचै त्यो दिन उक्त कबिको घरमा दशैको चहल पहल भए झैं महशुस भै रहेको थियो ।
न्यूयोर्कस्थित जमाईकामा सृजनाका यात्राहरूको दोश्रो साहित्यीक कार्यक्रम सम्पन्न
यस कार्यक्रममा मधुबन पौडेल, मणि बाङ्देल् "सागर बिनोद रोका,निलम कार्की निहारीका, नगेन्द्र ईङ्नाम "आठराईली" गीता खत्री,राजेन्द्र श्रेस्ठ, सीता खरेल, परिता राजभन्डारी,पुष्पा अधिकारी गौतम, रामचन्द्रथापा , सहदेव पौडेल , हिमांशु निभा कुवर र अनुराग सर्मा गौत्तम ले कबिता वाचन गरेका थिएभने अमरबिक्रम अधिकारीले गजल र बिध्याबिमल बरालले कथा वाचन गरेका थिए ।
आजकै उपस्थितिले तेश्रो स्रिजनाका यात्राहरू कार्यक्रमको संयोजन गर्न सीता खरेललाई जिम्मेवारी सुम्पेको छभने न्यूयोर्कमा अप्रैल 5 , मा संपन हुन गई रहेको महाकवि लक्ष्मिप्रसाद देवकोटाको शतवार्सिकीको कार्यक्रमको संयोजन र यसको तयारी गर्नकोलागि निलम कार्की "निहारीकालाई" संयोजकको जिम्मेवारी सुम्पिईएको छ । कार्यक्रम मा सबै लाई स्वागत गर्दै मणि बाङ्देल ले भन्नुभो "सुरु मा नीलम कार्की निहारिका ,सहदेव पौडेल र पुष्पा अधिकारी अनि स्यम मेरो सक्रियता मा यो यात्रा को थालानी भएको भएता पनि अब यो सबै को यात्रा हो /" संरासंघकालागि नेपालका स्थाई उपप्रमुख तथा कथाकार मधुबन पौडेल ले आफु यस् यात्रा ले लामो हिडाई हिड्छ भन्ने मा ढुक्क रहेको बताउनु भो /
सृजनाका यात्राहरू प्रतेक महिना को पहिलो आईतबार गर्ने गरिन्छ / एक अर्का को रचन सुन्ने र सुझाब लिने, दिने गरिन्छ / एस्मा बाचीत कबिता ,गजल र कुराकानी ले गोर्खा ऍफ़ ऍम ९३ मगेहर्ज मा र बिश्व भर व्व्व.इंव्स.ओआरजी मा सुन्न सकिन्छ /
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक