20090202

'हाम्रो विरोध गर्नेको ढाड भाँचिदिएका छौं, अहिले अस्पतालमा ढाड सोझ्याउँदै छन् । विरोध गरे त्यस्तै हुन्छ ।'

अखिल क्रान्तिकारीका अध्यक्ष लेखनाथ न्यौपानेले संगठनका गतिविधिमा अवरोध गर्नेको ढाड खुस्काइदिने बताएका छन् । विभिन्न क्याम्पसका झडप प्रसंग उल्लेख गर्दै उनले भने, 'हाम्रो विरोध गर्नेको ढाड भाँचिदिएका छौं, अहिले अस्पतालमा ढाड सोझ्याउँदै छन् । विरोध गरे त्यस्तै हुन्छ ।'
अखिल क्रान्तिकारीले आइतबार घोराहीमा गरेको स्ववियु चुनाव तयारी कार्यक्रममा उनले क्याम्पसमा सुधार गर्न खोज्दा विरोध गरिएकाले त्यस्तामाथि आक्रमण गरिएको बताए । उनले अझै अवरोध गर्नेको ढाड खुस्काइदिने चेतावनी दिए । 'स्ववियु चुनाव आउँदैछ,' कार्यकर्तालाई निर्देशन दिँदै उनले भने, 'हाम्रो गतिविधिमा कसैले अवरोध गर्ने प्रयास गर्छ भने तपाईंहरू ढाड भाँचिदिनुस्, जिम्मा केन्द्रले लिन्छ ।'

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक