20090204

मन्त्रीहरूको पोखरामा रमाइलो

नयाँ नेपाल बनाउने जिम्मेवारी वहन गरेका लोकतान्त्रिक सरकारका मन्त्रीहरू पोखरा तथा आसपासका र्सार्वजनिक कार्यक्रममा उपस्थित हुने क्रम बढेको छ। सरकारी नीतिविपरीत मन्त्रीहरू स-साना कार्यक्रममा सहभागी हुन थालेपछि जनताका काम प्रभावित भएका छन् भने सरकारी खर्चसमेत बढेको छ। विभिन्न संघसंस्थाका वाषिर्कोत्सवजस्ता स-साना कार्यक्रमका लागि मात्रै एक जना मन्त्रीले पोखरामा ८ दिनसम्म बिताएको जानकारी प्राप्त भएको छ। गत पुस २० देखि माघ २० गतेसम्म प्रधानमन्त्री, सभामुख र मन्त्रीसहित ११ जना उच्च अधिकारी पोखरा र आसपासका २० कार्यक्रममा सहभागी भएका थिए।
एमालेका तर्फाट मन्त्री बन्नुभएका किरण गुरुङ यसबीचमा पाँचपटक पोखरा आउनुभएको छ। वनमन्त्री गुरुङ पुस १६, १८, २५, २९ र माघ ७ गते पोखरा आएको तथ्यांक कास्की प्रहरीमा रहेको छ। त्यस क्रममा पुस २९ गते पोखरा आउनुभएका वनमन्त्री गुरुङ ८ दिन पोखरामा बिताएर माघ ८ गते काठमाडांै र्फकनुभएको थियो। ८ दिनसम्म मन्त्री गुरुङ पोखरा बस्दा दिनदिनै तनहुँमा हुने विद्यालय वाषिर्कोत्सव र कार्यकर्ता भेलाजस्ता सानातिना कार्यक्रममा सहभागी हुनुभएको थियो।
वनमन्त्री गुरुङपछि पोखरा धेरै आउने मन्त्रीमा कानुन, न्याय तथा संविधानसभा व्यवस्थामन्त्री एवम् माओवादीका नेता देव गुरुङ पर्नुभएको छ। चार पटक पोखरा आउनुभएका मन्त्री गुरुङले लेखनाथ महोत्सवको उद्घाटन, ब्र³मरूपा उच्च माविको भवन उद्घाटन, थकाली मुक्ति मोर्चाको सम्मेलनको उद्घाटन र पोखरा हुँदै वालिङ गएर महोत्सवको समापनका लागि समय खर्चनुभएको थियो। संविधानसभा अध्यक्ष सुवास नेम्वाङ पनि गत पुस २५ गते पोखरा आएर बेगनास रिसोर्टमा रात बिताई भोलिपल्ट तनहुँ महोत्सवको उद्घाटन गर्न जानुभएको थियो। नेम्वाङ यही माघ १८ गते पनि फूलबारीमा रहेको शिवशक्ति माविको स्वर्ण्र्ााहोत्सवमा सहभागी हुनुभयो। त्यस्तै एमालेका तर्फाटै उद्योग मन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले माघ १२ र १७ गते एमालेकै मन्त्रीद्वय गोपाल शाक्य र रामचन्द्र झाले माघ ३ गते एकै दिन स्याङ्जामा दर्ुइ छुट्टाछुट्टै औपचारिक कार्यक्रममा सहभागिता जनाउनुभएको थियो। माओवादीका पर्यटनमन्त्री हिसिला यमीले माघ १६ गतेदेखि १८ गतेसम्म बाग्लुङ र पोखराका कार्यक्रममा समय खर्चिनुभएको थियो। मन्त्रीहरू पोखरा आउने क्रम बढेपछि जनताको सुरक्षामा खटिनुपर्ने कास्की प्रहरीको समय उनीहरूकै एस्कर्टिङमा बित्ने गरेको छ। -माधव बराल

बैदेशिक रोजगार: सरकार किन मुकदर्शक
-कुमारी लामा

मुढा जस्तो भई भूँइमा ढलेको कालो स्त्री शरीर एकाएक मेरो आँखामा टाँसिन आइपुग्यो जब म चढेको माइक्रोबस सामाखुशीको माइक्रो स्ट्यान्डमा अडिन पुग्यो । मैलाको कत्ला थुप्रिदा थुप्रिदा पूरै अंगारजस्तो कालो भइसकेको हात गोडा र अनुहार, बेढङ्गसँग लगाइएको एकसरो कपडा, टाउकोमा बाँधिएको फोहोर रूमाल अनि छोटो र ज्यादै फोहोर कपालले ती महिला मानसिक सन्तुलन गुमाएकी हुनसक्छिन् भन्ने सहजै अनुमान गर्न सकिन्थ्यो । त्यो व्यस्त सडक नजिकै दुनियासँग पूरै बेखवर भई त्यस मध्य दिउँसो, गाडीहरूको आवाज, मानिसहरूको चहलपहल माdm उनी मस्त निदाइरहेकी थिइन् । माइक्रो केहीबेर रोकिएकाले मैले ती महिलालाई राम्रैसँग निहृयाल्न पाएँ । अनुहारको बनोट हर्ेदा उनी मंगोलियन जस्ती देख्ािन्थिन् । मस्त निदाइरहेको अवस्थामा पनि उनी छिन् छिन्मा नै dmस्किएको देखेँ । उनी निन्द्रैमा पनि तर्सिरहेकोले कुनै डरलाग्दो विगतले उनलाई सताइरहेको हो कि जस्तो लाग्यो । केही बेरपछि माइक्रो त्यहाँबाट गुड्यो तर मेरो आँखाभरि त्यही लाचार महिलाको आकृति नाची नै रहृयो । उनी किन त्यस्ती भइन् होला - उनका आफन्तहरू कहाँ होलान् - उनको विगत के थियो होला - भन्ने जस्ता प्रश्नहरू दिमागमा घुमिनै रहे ।
ती महिला दिमागी हालत ब्रि्रेकी महिला हुन् त्यसमा त शंकै भएन तर मलाई मुख्य गरी पिरोलेको चाहिं उनलाई त्यस विक्षिप्त र अन्तिम अवस्थामा के कारणले गर्दा पु-यायो होला भन्ने विषयले हो । संसारका धेरै प्राणी मध्ये मानिस नै त्यस्तो प्राणी हो जसमा अत्यन्त धेरै धर्ैयता, शहनहीलता र समयानुसार आफूलाई परिवर्तन गर्न सक्ने क्षमता हुन्छ । हामी लडतरो पीडाले बिथोलिदैनौँ । हाम्रो शहनशीलता भन्दा धेरै ठूलो प्रतिकूल परिस्थितिले मात्रै हामीलाई दिमागीरूपमा असक्त पार्न सक्छ । अन्य सामानय परिस्थितिलाई हामी सहजै स्वीकार्र्छौँ । ती महिलाको विगत जीवनमा अत्यन्तै ठूलो मानसिक आघात पार्ने घटना भएको हुनु पर्छ जसले उनलाई यस लाचार अवस्थामा पु-याएको छ । उनको बारेमा गम्दै गर्दा मलाई अनेकन शारीरिक र मानसिक पीडाबाट गुज्रिएर विभिन्न खाडी मुलुकबाट फर्किएर आएका धेरै नेपाली चेलीहरूको सम्dmना आयो । आजकल प्रत्येक दिन जसो समाचारमा सुनिन्छ पैसा कमाउने सपना संगालेर साउदी, कतार, लेवनान, मकाउ लगायतका देशमा गएका सोdmा नेपाली दिदी बहिनीहरू यौन शोषण, शारीरिक र मानसिक शोषणको शिकार भई अनेकन दुखद दिनहरू बिताई ज्यूँदो लास जस्तो भएर फर्किएका घटनाहरू । केही समय अगाडि सिल्भिया नाम गरेकी एक युवती त्यस्तै अत्यन्तै नाजुक अवस्थामा मानसिक सन्तुलन गुमाएर नेपाल फर्किएको घटनाले हामीलाई ज्यादै मर्माहत पारेको थियो । त्यस्तो अवस्थामा आइपुगेको चेलीलाई हाम्रो समाजले पनि राम्रो दृष्टिले हर्ेर्दै हर्ेर्दैन । उनी dmन् dmन् विक्षिप्त हुँदै जान्छिन् । सामाखुशीमा लडिरहेकी ती बेनाम युवती dmैँ यसरी यातना सहेर फर्केका युवतीहरू शहरको अर्को बस स्ट्यान्डमा त्यस्तै अवस्थामा नभेटिएला भन्न सकिन्न ।
यसरी दिनानुदिन बढिरहेको मानव तस्करी र त्यसले उब्जाएका अनेक समस्याहरूलाई समाधान गर्नका लागि के कस्ता पहल भएकेा छ त - यसको लेखाजोखा हुन जरूरी छ । यस्तो ज्यादै दुःखद परिस्थिति निम्तिनुमा कसको दोष छ - लालतामा परी विदेशिने हामी नागरिक वा सत्ता सम्हालेर सपनाको खेती गर्ने सरकार - एकजनाको मात्रै दोष त पक्कै छैन । पत्रपत्रिका र रेडियो टेलिभिजनले बारम्बार यस्ता घटनाका बारेमा भनिरहदा पनि किन फेरि हामी दलालको मीठो कुरामा फसेर बिदेशिन्छौँ - जनता आफै पनि सजग हुन जरूरी छ । साथ साथै राज्य पक्षले जतिरूपमा यस्तो गहन विषयलाई सम्बोधन र आवस्यक नीति नियम ल्याउनु पर्ने हो, के ल्याएको छ त - सरकार किन मुकदर्शक हुन्छ - किन त्यस्ता मानवतस्करहरूलाई खोजी खोजी कडा भन्दा कडा कारवाही गर्न सक्दैन - अdm त्यस भन्दा पनि पहिला किन राज्यले एउटा गतिलो नीति नियम तयार पारी त्यसलाई कार्यन्वयन गर्न सक्दैन - मानव तस्करहरूको जालो निकै ठूलो छ भन्ने कुरा हामी माdm आइसकेको छ नत्र ५०० जना नेपाली चेलीहरू विदेशिने क्रममा भारतको जेलमा त्यसरी कहाँ थुनिन्थे र ! त्यो संजालको जरसम्म हाम्रो प्रशासन किन पुग्न नसकेको हो त्यही नै सब भन्दा आश्चार्यको कुरा छ । के हाम्रो राज्य कानून, नीति र नियम विनाको राज्यमा परिणत भइसकेको हो -
सिल्भिया शारीरिक र मानसिकरूपमा ज्यादै निरिह अवस्थामा आइपुगिन् । केही समय अघि तराइ मुलकी एक युवती आफ्नो गर्भमा मालिकको बच्चा बोकेर आइन् । त्यस्तै बच्चा जन्माएर नै ल्याएर आउनेहरू पनि थुप्रै छन् । अdm समाचारमा नआएका कति घटनाहरू होलान् । साथै कति युवतीहरू कस्तो नरकीय जीवन विताइरहेका होलान् । यो हाम्रो सोचाइ भन्दा धेरै पर छ । यसरी काम र दामको लालचा देखाई खाडी मुलुकहरूमा घरेलुकामदारकारूपमा मोटो कमिशन खाएर सोdmा महिलाहरूलाई पर्ठाई उनीहरूले कल्पना नै नगरेको अनेक हिंसा र यौन शोषणको शिकार हुन बाध्य बनाउने यी मानव तस्करहरूलाई राज्यले राम्रैसँग कारवाही गर्नु पर्छ । मानव तस्करीले यस्तो विकराल रूप लिई रहेको अवस्थामा पनि राज्यले केही गर्न नसकेको खण्डमा ती तस्करहरूलाई बडावा दिए जस्तो हुनुका साथै सरकारको असक्षमता पनि प्रष्टिन्छ । देशले नयाँ नेपालाकेा कल्पना गरी नयाँ दिसामा फड्को मार्दै गरेको अवस्थामा यस्ता अत्यन्त नै सम्वेदनशील विषयमा अलि सरोकार राखेको खण्डमा जनताले हाम्रो देशमा पनि सरकार रहेछ भन्ने कुराको प्रत्याभुती गर्न सक्थ्यो ।

स्मरण : डलर टिप्ने यात्रा २
-शेखर ढुङेल



दुई हफ्ता को अथक प्रयास पछी एउटा भारतीय रेस्टुरा मा प्लेट राख्ने र उठाउने अर्थात ड्राइटर् हो कि वेटर भन्ने जागिर मिल्यो । सेतो सर्ट कालो पाइन्ट अनी कालो इस्ट कोट मा टाइ सुर्केनो पारीयो । एक हफ्ता यस्तै बितेको थ्यो होला । सडक मा च्रियासी बाडन पठाएको थियो । एता हात बढायो उता भागने उता हात बढायो अर्का तिर मुन्टो बटारेर हिड्दा रैछन् जापानइज हरु गाइजिन ( बिदेशि )देखे पछि । जून महिना को टन्टलापुर घाम खुब गर्मी थियो आ कोइ च्रियासी लिनेत होइनन एक छिन सितल मा बस्नु पर्‍यो भनी मल भित्र पसेको थिए एउटा बुढो मधिसे ( भारतीय )सित आँखा जुधे को थियो यो बुढा ले के खान जाला र च्रियासी दिनु भन्ने सोचेर वास्ता नै गरेको थिइन । एक्कै छिन पछि मेनेजर बोलाउन आयो माथि भिड भये छ क्यारे भन्ने सोच्दै थिए । माथि पुग्दा त अगी वास्ता नगरेको बुढो त साहु पो परेछ । यस भन्दा अगी भेटेको थीइन । त एम्बुस मा परिस गोर्खे भनेर मेरो छैठौ इन्द्रिय ले बतायो । नभन्दै अगाडि पुग्ने बीत्तिकै तल्लो स्तर को बोलिमा ए तलाई च्रियासी बाड्न पठाये को कि आराम गर्न ? ब्ला ब्ला ब्ला बन्दुक को गोली झै मेरो धतुरो झर्ने गरी गाली पो गर्छ बा ? यो गोर्खे पनि के कम नि ? आमरिस् पूरि को अगाडि जगदिप ले गाली दिये को स्टाइल मा सर्ट का टांक सांक तीन तिर उछ्छिटिने गरी एक्कै झट्का मा फुकालेर बुढो बसेको टेबुल मा फ्याकी दिये । र भने लौ ला तेरो जागिर तै ले गोर्खाली लाई हेपेको ?मा को हुँ चिन्छस ? बुढा को पाइन्ट भिजे जस्तो लाज्ञ्या थ्यो । भये न फसाद बुढा को ब्लड प्रेसर रहेछ काम्न थालि हाल्यो नि ?त्यै बेला मेनेजर ले उस्लाई शान्त बनाउन कोशीस गर्‍यो ठीक होला जस्तो देखिएन र मलाई भन्यो त बाहिर जा मैले भने मेरो पैसा ले अनी मात्रा जान्छु । दुई तीन टेबुल का ग्राहक त उठेर हिंडे पनि । मेनेजर ले भन्यो चोत्तो मात्ते कूदासाइ । केही छिन पछि मेरो १५ दिन काम गरेको पैसा दियो । म मेनेजर लाई धन्यवाद भन्दै बाहिरिये । निस्कने बेलामा बुढा को मुख हेरेको अझै हाफ्दै थियो । नोकरी शिव राम भुर्तेल अथार्त चट ।


घर मा भनौ कि शरनार्थि शिबिर वा कोठा मा बेलै मा आएको देखेर साथी हरु ले कारण सोधे मैले राम कि राबण कहानि ?सुनाये चारै तिर बसेर ॠषि मुनी झै खुबै अर्ती बुद्धी दिये , सम्झाये र भने बिदेश मा जिरो भएर बस्नु पर्छ । आफु लाई यस्तो उस्तो ठान्ने हो भने त आफ्नै देश मा गये भै हाल्यो नि किन बिदेश आउनु ?जे पनि गर्नु पर्छ पैसा नै सबै कुरो हो भन्ने ठान्नु पर्दछ सुने सुने वाक्क लागे पछि मुद अफ भये को बहाना बनाएर दुई गिलास सापोरो बिएर एक्कै पटक मा घुटुक्क पारेर निदाये को जस्तो गरेर मुन्टो लुट्काइ दिये पछि मात्र बल्ल सबै चुप लागे र सुते । आफु त कहाँ सुत्न सक्नु र ? बिहान तिनी हरु नजाउन्जेल । पैसा नै सबै थोक होत मानिस को लागि ? आफ्नो आत्म सम्मान नुर नै गिराएर कमाएको पैसा ले शान्ती कसर देला त ? भौतिक सुख सुबिधा नै जीवन को लक्ष्य हो त ? आत्म ग्लानी हुने गरी दबेर , दु:ख ब्यहोरेर कमाएको पैसा ले सुख देला त ? हो स्वाभिमान को नाम मा घमंड गर्नु हुन्न । तर भोली को सुख लागि बर्तमान लाई नर्क किन बनाउने ?मेरो मन मा हमेसा यही प्रश्न उब्जी रहन्छ । हो जापानिज् हरु भन्द छन वोर्क इज वर्शीप तर हामी जस्ता बिदेसी ने हरु को लागि अरु को देश मा अपमान शाहअनु पर्दा मरेतुल्य लाग्दो रहेछ । आफु लाई ति अर्ती पचाउन गार्हो भयो ।

फेरी थालियो जब हंटिङ् मा । १० दिन पछि एउटा साथी ले कुरा ल्याये गुन्माकेन को ठुलो कृषि फार्म मा खान बस्न फ्री दिएर दुई लाख एन पाईन्छ रे महिना को अरु दुई जना पनि चाहिये को छरे । एक जना शुभचिन्तक साथी सित सोधे काम को बारेमा । उन्ले भने शेखर दाई तपाईं ले त्यहा काम गर्न सक्नु हुन्न मुला उखल्न लगायो भने एकै दिन मा भागनु हून्छ । मैले भने अरे यार मुलै त उखल्ने हो खम्बा उखल्ने त होइन नि ? उस्को सल्लाह लाई मैले नकारात्मक जवाफ दिये पनि उन्ले भने लौ त्यसो भये म सँग कोठा मा दुई जना बेरोजगार भुखमरी बसेका छन तीन लाई पनि लिएर जानुस ।

उता बाट साहु हायाकवा आँफै गाडी लिएर हामी मजदुर लाई लिना आयो । त्यो गाडी मा कोचिएर सफर गर्दै गर्दा कता कता यो डलर र मान टिप्ने रहर ले मन मा हिनता बोध गराइ राखे को थियो । सामान्यत जीवन राम्रै थियो , समाज मा राम्रै स्थान थियो , यो के दशा ले कुत्कुतायो ? भनी मन मनै सोच्दै थिए , एता काम को चिन्ता उता परिवार अनी साथी भाई को याद । कता कता जीवन बधुवा मजदुर को अवस्था मा झरे को अनुभुती हुँदै थियो । त्यस मा पनि भाषा को अज्ञानता , हात मुन्टो शरीर कुम आँखा अनी काम को प्रक्रिती हेरी कुरो बुझ्नु पर्ने अवस्था । बस्ने ठाउँ कस्तो होला ? काम कस्तो होला ? भन्ने सोची राखे को थिए । अचानक एउटा गाउ को घर मा पुगी गाडी रोकियो । खै के के भन्यो हायाकवा ले सबै ओर्ले म पनि ओर्ले । त्यहा एक श्रीमान श्रीमती र देश का नाम चलेका कलाकार सित भेट भयो । ति कलाकार सित को भेट भने मेरो लागि फाइर अप भयो । खुशी को सिमा नै भएन । उनी सित को मेरो मित्रता १० बर्ष भन्दा बढी को थियो । उनी जापान गएको त थाहा थियो तर कहाँ हो थाहा थिएन । उनी मलाई फ्लिम को नायक बन्न खुबै उक्साउद थिए । म तालिम दिन्छु नाच्न सीकौद्छू मेरो घर मा आउ भनी खुबै जोड गर्द्थे । धेरै बरीस्ठ कलाकार , निर्देशक लाई चीनाइ दिये का थिए पनि मेरो मन ले किन हो आट गर्न सकेन र म त्यो छ्यत्र मा प्रबेस हुन सकिन । त्यस्ता मित्र लाई भेट्दा खुशी को सिमा नै रहेन र प्रचन्ड ले मन मोहन सिंह को घाटिमा झुन्डे झै झुन्डिये । उन्ले मेरो डलर र मान टिप्ने सोच लाई धिक्कारे किन आको त्यस्तो इज्जत को जागिर छोडेर ? तपाईं को लागि त त्यही स्वर्ग छ्नी भने । तर मेरो लौरे जागिर प्रती को बीत्रिस्ना को कारण धेरै थियो त्यहा बताउन सम्भब थिएन ।जापानिज ले काम को बारेमा बताइ दीन भने छन क्यारे साथी र ति जोडीले हामी लाई बताउन थाले ,ती प्रतिष्ठित कलाकार ३ हजार बँगुर भएको त्यो फर्म मा दाना हाल्ने काम गर्दा रहेछन । महिला लाई तपाईं के गर्नु हुन्छ नि भनी सोधे उनी अकमकाइन् श्रीमान फरासिला रहेछन उन्ले भने उनी बँगुर लाई खसी बनाउने काम गर्द छीन । उनी हरु यस्तै हो हाम्रो जापान मा भनेर हासे म पनि हासे । जापान को गाउ मा कोइ नयाँ गाइजिन पुग्यो भने अर्कै संसार को जन्तु आए जस्तो हात मा फलफुल ओसाके लियर आउँदा रहेछन । हामी पनि नेपारो जिन नै हो भन्ने थाहा पाये पछी उनी हरु खुशी भये नेपाली लाई मन पराउद रहेछन । हामी तीन भाई लाई नभन्दै मुला नै उखल्नु पर्ने भयो । भोली को कार्य छ्येत्र घुमाउन लगे । नेपाल का सामान्य इनार भन्दा ४, ५ गुना ठुला खाल्डा दर्जनौ रहेछन त्यस मा मुला को सिन्की बनाउने रे । आँखा चारै तिर घुमाउदा भ्याउन गार्हो मुला खेती रैछन । भोली को बिहान कहिल्यै न आए हुन्थ्यो नि भन्दै मुटु फुली सकेको थियो । कार्य छ्येत्र घुमाएर फर्के पछी मित्र ले मेरो आँखा मा हेरे र जिस्काए झै मुसुक्क हाँसे । ५ लिटर को आसाही बिएर को क्यान बाट गिलास मा भरेर सबै ले खम्पाइ गर्यौ । पिउदै खाँदै एक आपस का जिज्ञासा मेटायौ । कुरा गर्दै गर्दा मुठठे जुँगा सफा चट पारेका मित्र ले मलाई सम्झाये । हाम्रो जापान मा त जुँगा राजा , राज कूमार , कलाकार , नेता , याकुचा ले मात्र पाल्द छन रे । जुँगा पाल्यो भने त मालिक का अगाडि ठुलो पल्टेको भन्छन रे राम्रो मान्दैनन रे ताछ्नुस पो भन्द छन । जुँगा ताछ्ने बेलामा आफ्नु मर्दाअंगी खुइले को देखेर नमज्जा लाग्यो । स्राद्ध मा बाबु लाई पिन्ड दीदा कपाल खौरे को याद आयो । यो जुँगा जापानिज् हावाकवा को लागि अग्रिम पिन्ड दान भयो भन्ने सम्झी मन लाई सम्झाये के गर्नु त ?


म त झन्डै तीन फिट माथि नपुगेको ढुङ गरेर फुल भोलुम मा आलाराम फिक्स गरेको सि डि बजेको रहेछ । मुटु नै हल्लिने गरी । मित्र ले उता बाट भने छ बज्यो काम मा जान तयार हुनुस् । बाहिर टेबुल मा बेन्तो राखेको रहेछ । बिएर पनि रैछ । मैले पनि एक दिये लौजा भनेर । हावाकवा गाडी मा कुरेर बसेका थिए । हामी लाई खेत मा पूर्याये । ५ प्रतिसत जती इङलिस बाँकी नीहाअङो मा के के बोले तर कुर्यो बुझियो आफ्नो ढाड फूस्कने ।

खेत मा एल आकार मा मुन्टेर कमिला झै दाँया बाँया टाउको फर्काउदै मुला उखल्ने त्र्याक्टर को पछाडि पछाडि कुद्दै मुला बास्केट मा हाल्नु पर्ने । बास्केट भरिये पछी ट्रक मा हाल्नु पर्ने । ढाड सोझो पार्ने फुर्सद नहुदो रहेछ । त्यो दीन त्यती धेरै काम भएन रे ? आफुले भने त न्वारन देखी सकेको थिए । कोठा मा अाइ नुहाये र एक छीन आराम गरे । भोली को काम भनी काठमान्डु जत्रो फाट देखाये को थियो हावाकवा ले त्यो याद आयो । त्यो संगै एउटा प्राचिन ब्यङ कथा पनि कता बाट सम्झना आयो । एका देश का एक राजा ले आफ्न देश बासी लाई आदेश दिएछन कि जस्का खेत बारी मा मैले आज सम्म नखाये को साग फलफुल छ त्यो हाम्रा हजुर मा पेश गर्ने . सोझा जनता लाई के थाहा तिन्ले के खाए के खाएनन आज सम्म ?सबले आफ्ना बारी मा जे छ त्यही बोकी लाइन मा बसे छन । पहिलो ले राजा लाई भन्टा चढाये छन् राजा रिस ले चुर भै मैले भन्टा खाको छैन भंठानिस् पाजी ? ठोस्दे त्यस्को पछाडि --- मा भने छन त्यसै भयो त्यो किसान हाँस्दै हाँस्दै गये छ को देखेर अर्को छक्क परेछ उस्को साथ मा काँक्रो रे छ त्यस ले पनि त्यस्तै आदेश पाएछन त्यो पनि मर मरी हाँस्न थाले छ त्यस पछी को ले अचम्म मान्दै सोधे छ ए भाई त्यत्रो ठोस्दा दुखेन र हाँसे को मेरो कुरा छोड तिम्रो लौका सम्झेर हाँसे को नि हा हा हा हा -- मेरो पनि त्यही हाल छ आज नै थाद फुस्की सक्यो भोली के होला ???? बाँकी पछी


सन्दर्भ : नयाँ संबिधान
शेखर ढुङेल

नेपाल एकिकरण पछी को ईतिहास हेर्दा नेपाल को बिकास नहुनु को मुख्य कारण आपशी बिबाद र षड्यन्त्र को राजनीति नै देखिन्छ । ०७-०१७ को मतभेद , ०१७-०४६ प्रजातन्त्र बादी र पञ्चायत बादी बीच को मतभेद , बहुदल आयो दल हरु कै मतभेद ले समय साछ्येप मानिएको संबिधान को पतन भयो । माओवादी ले शुशासन को लागि लडाईं लड्दा ३० हज्जार नागरिक को मृत्‍यु र 25 खर्ब भन्दा बढि मुल्य को बिकास निरमाण सम्रचना ध्वस्त भये । बिगत ६० बर्ष क्रान्ति नै क्रान्ति मा बित्यो हाल क्रान्ति ले शिखर चुमे को छ । यो बीच मा हामी ले जनता को संसदिय ब्यबस्था , राजा को नेत्रित्व मा निर्दलिय ब्यबस्था , फेरी बहुदल को पुनर्स्थापना हुँदै आज गणतन्त्र मा प्रबेस गरेको ३ बर्ष बितिसकेको छ । तर अझै देश को राजनैतिक् भबिस्य अर्थात प्रजातन्त्र , मानबाधिकार , प्रेस एबम ब्यक्तिगत वाक स्वतन्त्रा को ग्यारेन्टि सहित को एक निस्चित ब्यबस्था ( प्रणालि ) , राष्ट्रिय एकता र राष्ट्रिय अस्मिता को सुरछ्यीत बाटो पहिल्याउन सकेका छैनौ ।
देश बाद , छ्येत्रियता , जातियता , धार्मिक्ता का बिबाद मा फशी बिभक्त हुँदै गएको छ । यस्तो आपसी मतभेद , दुस्मनी अनी एक आर्का को अस्तित्व स्विकार नगर्ने मानसिकता बोकेर कुन बाद र सिदान्त ले देश बन्द छ त ?हामी जुन रुपले खन्डित भएर गै राखेका छौ यस्ले कुनै दल वा ब्यबस्था मात्र नभै राष्ट्र नै असफल बन्ने देखिन्छ । यस्तो अवस्था मा एक्लै कसै ले यो देश को सार्बभौम सत्ता को रक्षा गर्न नसक्ने हुँदा एकता को सुत्र को लागि समझदारि प्रती सबै को समर्पण अनिबार्य छ । को राजा बादी को माओवादी र को प्रजातन्त्र बादी ?हामी सब एक भै बिगत का सबै तिक्तता बिर्सिएर एउटा सकारात्मक् बातावरण को स्रीजना तयार गर्नु अनिबार्य छ । मेरो गोह्रु को बाह्रै आना भन्ने मानसिकता त्याग्नु जरुरी छ ।सबै पक्ष को कतै न कतै खोट छ , कमजोरी छ त्यस लाई फ्याकेर सबै को सकारात्मक् पक्ष लाई एकिक्रित गरी नयाँ नेपाल को अबधारणा लेराइ अगाडि बड्नु को बिकल्प छैन । आज हामी ईतिहास कै सम्बेदन सिल अवस्था बाट गुज्रिराखेका छौ । नेपाली को एकता डगमगाएको छ । देश मा बिखण्डन को आसँका बढीराखेको छ । यस्तो अवस्था मा यो र उु बादी भनी निशेध को होइन कि सहयोगी र सदभाब को बातावरण को राजनीति मा गंभिर हुनुपरेको छ । त्यस्को लागि छिटो भन्दा छिटो पूर्व राजा सहित सबै दल , कानुन बिद , निस्पक्ष र बरीस्ट नागरिक , पूर्व प्रशासक , पत्रकार को राउँड टेबुल बार्ता गर्नु उचित हुन्छ र त्यस्ले एउटा श्वेता पत्र जारी गरी संबिधान को खाका तयार पार्ने । हिजो गल्ती सबै बाट भये अछुतो कोइ छैन , बिगत का गल्ती लाई बिर्सदै सबै राजनैतीक सुन्यतामा झरौ एक पटक । राजा ग्यानेन्द्र , प्रचन्ड , गिरिजा बाबु , खनाल वा नेपाल , नागरिक समाज का अगुवा , पत्रकार , कानुन बिद गोल्बद्द भै हात समातेर देश र जनता को लागि एक भएर अगाडि बडने प्रण गरौ । महात्मा गान्धी का छिमेकी र बुद्ध का देश का हामी ले बिस्व लाई फेरी एक पटक शान्ती र एकता को नमुना दिन सक्यौ भने हामी सबै महान बन्ने छौ कि ?
राउँड टेबुल बार्ता ले दिनु पर्ने सन्देश यस्तो होस --
१ - सँघियता को बारेमा ---प्रथम त नेपाल ले संघियता थेग्मा सक्तैन भनेर बिदेसी कुटनितिग्य ले समेत भन्दै आएका छन । भौगलिकता कै आधार मा गर्दा पनि बिदेसी आनुदान मा आस्रीत हाम्रो अर्थ ब्यबस्था ले बिकास निर्माण भन्दा प्रशासनिक् खर्च मै अधिक्तम भार बोक्नु पर्दा कालान्तर मै असफलता ब्यहोर्नु पर्ने हुन्छ । आन्तरिक श्रोत र साधन ले धान्न नसक्ने हाम्रो मुलुक को लागि संघियता घातक बन्न जान्छ । त्यस मा पनि मधेस , थारु , जातियता , का माग ले द्वन्द हिंसा बढाउने र मधेस कै कारण देश ले अकल्पनिय छ्यती ब्यहोर्नु पर्ने अवस्था आउने मा सबै ससंकित भैराखेका छन । श्रीलन्का को जस्तो ब्यथा नेपाल को लागि त आत्महत्या सरह नै हुन्छ । त्यस बाट पाठ सिकेर देश लाई बर्बाद हुन बाट बचाउन राष्ट्रिय एकता अनिबार्य छ र शंघियता मा गएर देश बलियो हुँदैन । शसक्त बिकेन्द्रिकरन नै उत्तम उपाय हुन्छ ।
२ - सामाजिक रुपान्तरण ---
दछ्यिण एसियामा नेपाल मात्र नभै ६ दशक गणतन्त्र को अभ्यास गरिसकेको भारत लगायत पाकिस्तान श्रीलन्का बङलादेश मा नेपाल को भन्दा खराब अवस्था छ । यस बाट के स्पस्ट हुन्छ भने गणतन्त्र ले मात्र सामाजिक रुपान्तरण गर्न सक्तछ भन्ने तर्क मिथ्या हो । सामाजिक रुपान्तरण को लागि बिबिध नियम कानुन भन्दा समान रुप मा शिक्षा र रोजगार को अबसर पाउने बातावरण को लागि राज्य को दायित्व पुरा भ्एको हुनु पर्दछ । समान मानबिय मुल्य र मान्यता को अबधारणा लाई व्यबहार मा लागु गर्न , समाज मा ब्याप्त सानो र ठुलो को मतभेदिय सोच लाई अन्त गर्न नयाँ नेपाल को लागि त तिमी तपाईं र हजुर को बदाला मा सब ले सब लाई तिमी भन्ने नियमा लागु गराउन सकिन्छ । सामाजिक रुपान्तरण रातौ रात कुनै राजनैतीक बाद ले गर्न सक्ने होइन त्यस को लागि शिक्षा संचार को पहुच त्यो क्षेत्र सम्म पुर्याउने काम राज्य को हो त्यस को लागि समय लाग्ने यथार्त लाई बिर्सनु हुन्न ।
३ - शेना सम्बन्ध मा -----
परम्परागत राष्ट्रिय शेना हून कि वा बिद्रोही सेना हून त सबै नेपाली । राउंड टेबुल बार्ता मार्फत सहमति मा पुग्न सक्यौ र भोली कुनै पक्ष बाट पनि द्वन्द मा जाने अवस्था को निराकरन भयो भने माओवादी जन सेना का हथियार सरकारी भन्डार मा राखी तत्कालिन माग को अनुपात र इच्छुक लाई शेना , शसस्त्र प्रहरी , र जन पथ प्रहरी मा नियम पूर्वक समायोजन् गर्न सकिन्छ । नेत्रित्व ले समायोजन भने पनि स्वयम कती जना जन सेना निरन्तर सेवा गर्न चाहन्छन ?इच्छा नहुने लाई आफुखुसी जान दिनु पर्दछ । बाँकी रहेका लाई प्राइभेट सुरक्षा निकाय मा भर्न गर्न सकिन्छ । निस्चय पनि कुनै राजनैतीक दल बिशेष को सदस्य को रुपमा सुरक्षा जस्तो सम्बेदनसिल निकाय मा समुहगत प्रबेश हुनु हुँदैन र माओवादी ले पनि त्यो बुझेकै हुनु पर्द छ । आज माओवादी को मात्र सेना छैनन अरु कैयौ छन । राष्ट्रिय शेना लाई राजनीति को बिबाद मा पार्नु हुन्न । सबै ले जिम्मेवार भएर सोच्नु पर्दछ .
४ --धार्मिक सम्बेदन सिलता ---
नेपाल बिस्व को एक मात्र हिन्दू राष्ट्र हुनुमा प्रत्यक नेपाली ले गर्ब गर्ने कुरो हो । बिदेशी आइ एन जि ओ र एन जि ओ को दबाब मा परिवर्तन गर्नु उचित होइन । पाकिस्तान , बङलादेश जस्ता ईस्लामिक राष्ट्र घोषणा bhaeka desha मा पनि हिन्दू धर्म का मठ मन्दिरा को अस्तित्व रहे झै नेपाल मा पनि रहेको थियो र रहने छ भन्ने बिस्वास हिन्दू इतर धर्म का samudaya लाई बुझाउनु सक्नु पर्दछ । ता कि भोली कुनै दल ले त्यस लाई आफ्नो नारा बनाउने मौका नपाउन र फेरी द्वन्द नहोस । तर देश का सम्पूर्ण मठ मन्दिर मा राज्य को संलग्नता हुनु हुँदैन वास्तव मा त्यही नै हो सहि धर्म निरपेछ्यता ।
५ - बिस्थापित राजा को बारेमा --
नेपाल मा धार्मिक , सामाजिक ,र सास्कृतिक को एउटा पाटो भाई सकेको यो सस्था लाई जनता बराबर को कानुनी दायरा मा कायम हुने गरी पूनस्थापन गरेमा देश को सामाजिक सद्भाब खल्बलिने छैन । कुतनैतीक मर्यादा र औपचारिकअता का लागि आलान्कारीक राष्ट्र प्रमुख राजसस्था बनाउन कन्जुस्याइ नगरौ । आगामी दिन मा उठ्न सक्ने बिबाद र द्वन्द को यो अर्को बिषय लाई पनि सहमति मा लिएर जानु भबिस्य को लागि हित कर हुन्छ । पूर्व इमान्दार , कर्मठ प्रशासक , शेना प्रमुख , प्रहरी प्रमुख कुटनितिग्य हरु को अनुभब लाई देश ले सदुपयोग गर्नु पर्दछ । राजाबादी भनेर देश को एउटा पक्ष लाई उपेछ्या र निशेध को राजनीति ले देश मा सहमति को राजनीति को उदेस्य अपुरो नै हून जान्छ । हिजो दुई नाल बन्दुक ले जनयुद्ध सुरु गरेको भन्ने माओवादी ले र अरु ले पनि यो भुल्नु भएन कि राजा बादी हरु सित धेरै बन्दुक र रणनिती छ । यो पक्ष लाई साथ मा लैजानु मा नै नेपाल को शान्ती प्रकृया को सफल अबतरन हून सक्त छ ।
६ --सम्पती को बारे मा --
पुरुष र महिला यथार्त छोरा र छोरी लाई समान अंश बितरन को अबधारणा ले यसै पनि बिखँडित बन्दै गएको हाम्रो सामुहिक परिवार मा थप दिदी भाई , दाजु बहिनी मा सम्पत्ति सम्बन्धी बिबाद ले पारिवारिक सद्भाब मा तुशारा पात मात्र पार्दैन । यसै पनि अत्यधिक घर जग्गा मुद्धा खेपेका जनता ले थप मुद्धा झेल्ने अवस्था को स्रिजना राज्य ले नै गरिदिने ?यो बैज्ञानीक हुँदैन । त्यसै ले बिकासइत मुलुक को नियम झै सम्पतिको बितरन अभिबाबक कै स्वेच्छा मा छोडि दिने नियम बनाइ दिनु पर्द छ । यस ले गर्दा सन्तान मा आत्मनिर्भर भन्ने भावना को बिकास हुन्छ अनी बाबु आमा ले पनि राम्रो हेर चाह पाउने वा आफ्नै खुट्टा मा निर्भर हुने सम्पत्ति को बचाउ पनि हुन्छ छोरा छोरी प्रती निभर हुने सोच को पनि अंत हुन्छ । शिक्षा को हक मा दुबै लाई समान रुप ले १० वा १० प्लस सम्म निसुल्क स्कुल को ब्यबस्था गर्ने काम सरकार को दायित्व हो । महिला लाई समान हक र हित चिताउने हो भने प्रतिस्पर्धी बन्ने बातावरण को बिकास आज को आवश्यकता हो ।बाबु आमा को सम्पत्ति को स्वेच्छा बिरुद्ध कसै को मुद्दा नलग्ने कानुन बनाउनु पर्दछ । यस ले गर्दा अदालतएे झँझट न्युन हून जान्छ ।कसै लाई नतोकिएको सम्पत्ति स्वत: स्थानिय सरकारी स्वामित्व मा जाने र घर बार बिहिन लाई वा कम् आम्दानी हुने परिवार लाई सस्तो मा बेची राजस्व बडाउने वा सामाजिक सेवा का निकाय लाई दिनु पर्दछ ।
सात --दलित जन जाती सम्बन्धमा --
दलित जना जाती भनी यो बर्ग लाई बर्गी करण गरी पछी सम्म उनी हरु लाई मनोबैज्ञानीक रुप मा हिनता बोध गराइ राख्नु राज्य ले मानबता बिरुद्ध को काम गर्नु हो । तसर्थ संबिधान वा कानुन बनेको दिन देखी लागु हुने गरी सामाजिक , धार्मिक , राजनैतीक , प्रशासनिक् सम्पूर्ण क्षेत्र मा अरु बर्ग झै योग्यता को आधार मा समान प्रतिस्प्रधी बन्न सक्ने बनाउनु पर्दछ । तब मात्र उनी हरु ले मानसिक रुप मै आफु लाई समाज को समान सदस्य ठान्न सक्त छन । सम्रछ्यन र आरछ्यन ले त उनी हरु को प्रतिस्प्रधी मानसिकता मा नकारात्मक असार पर्न जान्छ । आज को युग मा राज्य ले नै समाज मा मानब बिछ मा रेखा कोर्नु न्याय संगत हुँदैन । देश को पिछडिये को भाग मा एउटा दलित र उपल्लो जात को मान्छे को जीवन स्तर , शिक्षा मा के फरक छ ?समान्ता को अनुभुती भने को सबै लाई प्रतिसप्रधी लायक बनाउनु हो त्यो काम राज्य को हो ।
८ ---छुवा छुत ----
छुवा छुत लाई मानबता बिरुद्ध को अपराध घोषणा गरी कम् से कम ५ बर्षा को जेल सजाय को कानुनी ब्यबस्था गर्नु पर्द छ । धार्मिक , मठ , मन्दिर , सामाजिक सेवा कार्य आदी मा तत्काल देखी नै प्रबेस , पहुच एबम अनिबार्य समलग्नता गराउन स्थानिय निकाय लाई सक्रिय पार्ने ।
९ -- नागरिक आचार सम्हिता ----
समाज मा सहयोग , सदभाब , र समझदारि एबम मानबिय मुल्य र मन्यता लाई आत्मसात गर्ने बातावरण स्रिजना गर्न नागरिक आचार सम्हिता (सिबिक सेन्स एक्ट )लागु गर्ने समाज का धुर्त काइते बुद्धी का मनिषा को न्युनिकरन garna यो एक्ट जरुरी छ । जापान ले यस्तो एक्ट ४० को दशक ma नै लागु गरेको थियो । जब सम्म समाज को बहुमत ब्यक्ती को आचारन , व्यबहार सभ्य अनी उधाहरनिय बन्दैन तब सम्म देश बन्दैन ।
१० - आर्थिक मितब्ययिता को सम्बन्ध मा --
देश आर्थिक जर्जरता बाट गुज्रेको , आन्तरिक स्रोत र साधन को अभाब भये को हाम्रो देश ले आर्थिक पराधिनता बाट कहिले मुक्ती पाउने ?सरकार देखी जनता सम्म ले कसरी फजुल खर्च रोक्ने एउटा स्वेत पत्र जारी गर्नु पर्द छ । देश को जना सख्या को आधार मा अरु देश को उधाहरन हेर्ने हो भने नेपाल मा अधिक्तम १५ सदस्य को भन्दा बढी को मन्त्री मन्दल नबनाउने भनी संबिधान मा नै उल्लेख गर्नु पर्द छ । प्रशासनिक् क्षेत्र मा ठुलो दर्जा को पद लाई न्युनिकरन गर्दै तल्लो पद का को ब्रीद्धी र सुबिधा बढाउने । समान प्रक्रिती का संघ सस्था बिभाग लाई एक अर्का मा समायोजन् गर्ने । सरकारी भोज भत्तेर कम् गर्ने ,sarkari karmachari ko सरुवा लाई भन्दा कार्य दछ्यता बढाउन प्रोत्साहन गर्ने ।
११ --चाकरी र सिफारिस लाई अपराध घोषणा गरी दुबै पक्ष लाई सजाय को भागीदार बनाउने ।
१२ -नेपाल मा पनि अब अमेरिका ,बेलायत , जापान , अस्ट्रेलिया आदी देश झै सिमित राजनैतीक दल को मात्र अस्तित्व रहने ब्यबस्था गर्ने । निशेध र तिक्तता को राजनीति धेरै भयो नेपाल मा न त दल बलियो बने न त राजनीति , न त देश । देश र जनता लाई मात्र केन्द्र मानि राजनीति गर्दा निशेध र तिक्तता नै रहदैन ।
तसर्थ सबै प्रकार का सम्भाबित बिबाद लाई संबिधान निर्माण भन्दा अगाडिनै स्वेत पत्र जारी गरी अन्त गर्दै बिबाद रहित संबिधान निरमान मा राष्ट्रिय सहमति र समझदारि अनी एकता देखाउनु आज को आवश्यकता हो ।

दोहोरो नागरिकता र कर
– बिनोदकुमार नेपाल, अलेक्जेंड्रिया


देश झन झन गरिव बन्दै जानुको प्रमुख कारण हो, राजनीतिक दल विशेष र तिनका भातृ संगठनहरुको जन्म संख्या । जति धेरै राजनीतिक र बर्गीय संगठन त्यति धेरै राज्यको दयनीय अवस्था र जति थोरै त्यस्ता दल र संगठन त्यति प्रबल राज्य संरचना । नेपाललाई अहिले दर्तावाल पच्चिस, विना दर्तावाल दुई सय, प्रमुख पाँच दल, तिनीहरुको भातृ संगठन र हरेक दलका ट्रेड युनियनहरुको कुनै आवश्यकता छैन र हिजो पनि थिएन । नेपाल जनता भोका भएर गरिव भएको होइन् राजनीतिक दल र तिनका भातृ संगठनहरुको हुल ज्यादा भएर गरिव भएको हो । दुई दल मात्र राजनीतिक रुपमा रहने हो वा त्यहि शक्तिहरुबाट राज्यको नेतृत्व गर्न पाउने प्रतिष्पर्धात्मक प्रणालीको सुरुवात गर्न सके मात्रै पनि नेपाल विकास पथमा अगाडि बढ्न सक्छ । जति थोरै दल वा ब्यक्ति निर्णय गर्ने ठाउँमा हुन्छन् त्यति छिटो छरितो चुस्त र सर्वमान्य निर्णय हुन सक्छ न कि धेरै ब्यक्तिहरु भएको दल विशेष सदन र सरकारबाट हुन सक्छ ।
नेपाल साँच्चै नयाँ बनाउनॆ हो भने प्रगतिशील र प्रजातान्त्रिक दुई दलको बाटो भएर सदन र सरकार बन्ने प्रणाली हुनु बेस हुन्छ । विद्यार्थी महिला जनजाती मजदुर वा नानाथरिका ट्रेड युनियनहरुको हुल हुज्जत र राजनीतिक दलहरुबाट विरोधको नाउँमा अस्त्र वा विनाअस्त्र द्रोह हुनै नसक्ने प्रावधान राखिनु पर्छ नयाँ संविधानमा र त्यसको पूर्ण पालना र सही कार्यान्वयनको प्रतिबद्धता संविधानको प्रस्तावनामा नै उल्लेख हुनुपर्छ । पालना नगर्ने ब्यक्ति संगठन र तिनका कार्यकर्तालाई पच्चिसौं वर्षका लागि कोच्नु पर्छ जेलमा । उनीहरुलाई ससम्मान जेलमा हाल्ने, मानवोचित ब्यवहार गरेर लामो अवधिका लागि कारावास ठेल्नॆ प्रावधान संविधानमा उल्लेख भयो र कार्यान्वयन भयो भने अर्को ब्यक्ति र दल हुल हुज्जत गर्न सडकमा निस्कने आँट गर्दैन । लामो अवधि जेलमा ठोक्ने कानून र त्यसको कार्यान्वयनको लागि अदालत र प्रशासनीक संरचना बलियो भए पुग्छ । जेलमा ठोकेको मान्छेको समर्थन वा उसलाई जवर्जस्ती निकाल्न प्रयास गर्ने राजनीतिक नेता वा जो कोहीलाई त्यत्तिनै नै वर्ष जेल ठोक्ने प्रावधान उल्लेख गर्ने र सवैले पूर्ण पालना गर्ने सम्बन्धी विषय संविधानमै उल्लेख हुनुपर्छ । यसमा राज्यका विरुद्ध कसैलाई पनि उठ्न नदिने सन्देश सवैमा जाग्ने वातावरण बनाउने नियत हुनुपर्छ । नेपाल साँच्चिकै नयाँ र आधुनिक बनाउने हो भने नेपाललाई अहिले भुत्ते प्रजातन्त्र र तिनका मतियार भन्दा देशभक्त ब्यवस्था चाहिएको छ यो विषय संविधानले संम्बोधन गर्नु पर्छ ।
केही वर्षदेखि नेपाल बाहिर एक गम्भीर विषय उठान भएको छ, त्यो हो गैर आवासीयहरुको रंग बदल कार्यक्रम । भावी संविधानमा गैर आवासीयहरुको नाममा गैर आवासीय संगठन एन. आर, एन. अर्को राजनीतिक संगठन बन्ने सम्भावना बढेर गइरहेको छ । पैसा भएका र कितावी ज्ञान भएका मानिसहरुको झूण्ड हो त्यो, न कि नेपालको भू–राजनीतिक, आर्थिक, सामाजिक, सामरिक र रास्ट्रीय मुद्दाहरुको गहन ज्ञान र बिवेकको प्रयोगबाट नेपालको विकासपथको खाका कोर्न सक्ने जिम्मेदार पक्ति हो । रेमिट्यान्सको एक मात्र मुद्दा रहेको एन. आर. एन. लाई भविष्यमा नेपालको आर्थिक मेरुदण्ड बन्ने मनोकांक्षा जागेको छ र त्यसका लागि घुमाई फिराई नेपालका विभिन्न दलका नेताहरुको शरण मार्फत आफुलाई उभ्याउने प्रयास हुँदै आइरहेको छ । रेमिट्यान्सको तुजुक हो यो तर रेमिट्यान्सको एकमात्र हकदार एन. आर. एन. हैन् ।
बताइरहनु पर्दैन एन. आर. एन. समस्त विदेश भासिएकाहरुको संगठन होइन् । विदेश भासिएकाहरु र एन. आर. एन. बीच कुनै सम्बन्ध पनि छैन् । हो सम्बन्ध छ उनीहरुबीच जो आफुलाई कुलिन सम्झन्छन, थोरै काम गरी मोटो रकम कमाउछन्, आलिशान महलवाला छन् र ठूलाबडासंगको पहुँचदार बनेका छन्, नेपालका दल विशेषका ब्यक्ति विदेश जाँदा आउँदा खानपान बसोवास र फर्किँदा कोसेली थमाउन सक्ने क्षमाताबान छन् तिनीहरुबीचको एउटा अत्यन्त झिनो झूण्ड मात्र हो एन. आर. एन. । दुख कष्टले विदेश भासिएका र घरबार विहिन बनेका गैर आवासीयहरुको रेमिट्यान्सको हकदार बनी विभिन्न दलका आफ्ना ख्वामितहरुको मनखुस बनाउने भूमिगत काम मात्र हुँदै आएको छ एन. आर. एन. बाट । आखिर यो सव के का लागि ? एकमात्र सटिक जवाफ हो -नेपालमा एन. आर. एन. पार्टी खोल्नका लागि ।
एन. आर. एन. पार्टी खोल्नु चाहिँ गलत हुने छैन, न कि एकोहोरो रेमिट्यान्सको धक्कु र दवाव बढाएर नेपालमा अनावश्यक रवाफ गर्ने सोच अघि सार्नु ठीक हो । रातो रगत र अहिल्यै केही गरुँ भन्ने तागत सवै बिदेशमै सकेर, ओठ तालु बसेको शरीर, डढेको अनुहार, नाडी बसेको पाखुरो, छेपारी फर्केको पिन्द्दुलो, दम भएको छाती लिएर, पैसाको विटो बोकेर नेपाल फर्कन्छु र राजनीति गर्छु भन्ने उमेर ढल्किएका बडासापहरुलाई झिनै भएपनि अझ केही वर्ष बाच्ने मनोकांक्षा जागरण भएको हो भने नेपाल र नेपालीले त्यो अवसर दिनु पर्छ । धनवान र कितावका किराहरुलाई नेपालको विकासको खाका कोर्ने अवसर र सम्मानपूर्वक बाच्ने अधिकारबाट बंचित गरिनु हुन्न । नयाँ संविधानमा नै उनीहरुको उपस्थितिलाई उल्लेख गरेर उनीहरुको मानव अधिकारको सम्मान गरिनु पर्छ ।
केहि पर्ष पहिले देखि एन. आर. एन. का केही धनवान पदाधिकारीहरुको नेपालप्रति मोह जाग्दै आइरहेको छ । उमेर ढल्कँदै गएपछि बाबु आमाको खोजी गर्ने, नातागोता छरछिमेक र इष्टमित्र पहिल्याउने, मृत्यु पर्यन्त सम्झना गर्ने, मृतक बाबु आमाको सम्झनामा घाट र वृद्धाश्रम बनाउने, अस्पताल खोल्ने, विद्यालय निर्माण गरिदिने जस्ता अनेक बहानामा नेपाल फर्कने चाहाना जाग्नु गलत हैन, उनीहरुको एकमात्र मनचिन्ता हो सम्मानजनक बाटो । बूडापाकाहरुलाई स–सम्मान नेपाल फर्कने बाटो चाहिएको छ । तत्काल सम्मानजनक बाटोको पर्खाईमा हुनुहुन्छ उपेन्द महतो, श्याम कार्की, डा. कूलचन्द्र गौतम, कृष्ण निरौला, मुरारीराज शर्मा, डा. सुरेन्द्र देवकोटा, डा. जुगल भुर्तेल, प्रा. सूर्य सुवेदी, डा. प्रमोद ढकाल, प्रा. आलोक बोहरा, डा. अर्जुन बंजादे, अम्बिका अधिकारी, रतन झा, देवमान हिराचन, खगेन्द्र घर्ती लगायत हजारौं नेपाली आदि आदि ।

दोहोरो नागरिकता

पहिले नेपालकै नागरिक तर बीचमा नागरिकता परित्याग गरी विदेश बसेका गैर आवासीय नेपालीहरुलाई नेपालको नयाँ संविधानमा दोहोरो नागरिक बन्न पाउने स्पष्ट उल्लेख गरिनु पर्छ तर सर्तमा । दोहोरो नागरिक भनी नेपालको संविधानले विदेश बस्ने नेपालीहरुलाई सम्मान गरेपछि नेपाल राज्य र विदेश जान नपाउने नेपालीहरुले के पाउने त ? त्यो कुरा स्पष्ट गरिनु पर्छ संविधानमा ।
दोहोरो नागरिक कर

दोहोरो नागरिकता लिन चाहाने ब्यक्तिलाई सम्बन्धित देशमा कर तिरेको प्रमाण, अमेरिकाको हकमा डब्लु–२ को आधारमा वार्षिक कमाईमा ३ प्रतिशत दोहोरो नागरिक कर लगाउने नयाँ संविधानमा उल्लेख हुनु पर्छ । त्यस रकमको एकद्वार प्रणाली अन्तर्गत अर्थ मन्त्रालय मार्फत राज्यकोषमा प्रवेश हुने स्पष्ट ब्यबस्था हुनु पर्छ । दोहोरो नागरिकता लिने ब्यक्तिलाई लगाइने कर रकमको लगानी वा उपयोग बारे जानकारी लिन चाहानेलाई उसले मागेको समय र स्थानमा अर्थ मन्त्रालयले उक्त जानकारी उपलब्ध गराउने स्पष्ट ब्याख्या हुनु पर्छ । यसले लिने र दिने बीच सुमधुर सम्बन्ध विस्तारमा सहयोग गर्छ । तर दोहोरो नागरिकता नलिएकाहरुलाई कमाईको १ प्रतिशत एकमूष्ट आयकर लगाउने कानूनी ब्यबस्था हुनुपर्छ । एक प्रतिशत रकम स्वयंकर घोषणा मार्फत तिर्न समेत प्रोत्साहन गर्न सकिन्छ । यसबाट कोही पनि नेपाली राज्यबाट भाग्न नसकोस् । सरकारले सवै नागरिकलाई कडा भन्दा कडा नियमबाट आर्थिक बन्धनमा जाक्ने र उनीहरुका लागि आवश्यक सेवा सुविधा र उनीहरुको वृहत्तर हितमा गर्नु पर्ने कानूनी र ब्यबहारिक निर्णय मिनेट भरमा गरिने कुरा संविधानमा उल्लेख हुनुपर्छ ।
विदेशबाट नेपाल पस्ने सवै विदेशी दान दातब्य गैर सरकारी अनुदान सहयोग लगायतका सवै रकम नेपाल पस्दा अर्थ मन्त्रालयको एक ढोकाबाट मात्रै प्रवेश पाउनु पर्ने स्पष्ट ब्यबस्था हुनु पर्छ । विगत र आगतमा भइरहेका नेपालमा साचालित विदेशी अंतररास्ट्रीय दातृ निकायहरु, गैर सरकारी निकायहरु, चर्च, मिसन, मठ मन्दिर लगायत सवै संस्थाका सहयोगहरुको बाढी अर्थ मन्त्रालयको ढोका मार्फत नेपाल पस्ने नभई मनपरीतन्त्र छाएको कुरालाई मनन् गर्न जरुरी छ ।

नयाँ नागरिकता कर
संसार अव एक सींगो भूगोल भइसकेको अवस्थामा यो नेपाली त्यो विदेशी भन्ने अवधारणा त्याग्नु उचित हुन्छ । दोहोरो नागरिकता लिनेका लागि मात्र हैन, नेपालको नागरिक हुन चाहाने विदेशीहरुलाई समेत कमाईको १० प्रतिशत रकम नयाँ नागरिकता कर बापत राज्यकोषमा दाखिला गर्न लगाई सामान्य जनजीविका निर्वाह गर्न दिने प्रावधान राख्नु उपयुक्त हुन्छ । कमाईको पचास प्रतिशत रकम नेपालमै लगानी गर्नु पर्ने कानूनी कर्तब्य र अधिकार दिई उद्योगधन्दा कलकारखाना वा कुनै पनि ब्यबसाय गर्न दोहोरो नागरिकता लिने वा नयाँ नागरिकता लिने विदेशीहरुलाई आब्हान गर्नुपर्छ यदि नयाँ नेपाल बनाउने हो भने । नेपालको सुन्दरता र विशुद्ध हावापानीको चाख लिएका हजारौ विदेशीहरु नेपालको नागरिक बन्ने र नेपाल बनाउने संकल्पको पर्खाइमा छन् । नेपालीहरु अमेरिका वा अरु कुनै देशमा गएर त्यहाँको नागरिक बन्ने र दाहोरो नागरिक बन्नमा मरिहत्ते गर्छन भने अर्को विदेशीलाई नेपालको नागरिकता किन नदिने ? यो गहन विषय हो तर नेपालको संविधानमा अहिले वा पछि जहिले पनि निर्णय गर्नै पर्छ, यो नेपालकै हितमा हुनेछ । अव देश भन्ने शब्द संसारभर कँही छैन यो विश्व ब्रम्हाण्ड सवैको साझा हो भन्ने मान्यता राख्नु पर्छ र नेपालको भावी संविधानमा यो गहन विषय समेटिनु पर्छ ।

महिला अधिकार
नेपालको भावी संविधानले पुरुष र महिलाको अधिकार विभाजनको भूमिका हुनै नसक्ने कानूनी ब्याख्या गर्नु पर्छ । जसबाट जान्नेसुन्ने र मै हुँ भन्ने महिलाहरुले अनावश्यक बखेडा थापेर महिला अधिकारको राजनीति र कुटनीति गर्नै नपाउन् । आजका दिनसम्म महिला अधिकारको नाममा भइरहेको राजनीतिकरण र कूटनीतिकरणको अन्त्य नयाँ संविधानले गर्नु पर्छ । महिला र पुरुष समान हुन भन्ने सर्वमान्य सिद्धान्त पारित गरी महिला अधिकार र पुरुष अधिकारको अनावश्यक ब्याख्या गर्नै नपाउने कानूनी अडचन स्थापना गर्न सक्नु पर्छ नयाँ सविधानले । साथै कुनै एक स्थानमा महिला अधिकार र पुरुष थिचोमिचो वा पुरुष अधिकार र महिला थिचोमिचोको प्रंसंग उठ्नासाथ त्यसको कानूनी निराकरण मिनेट भरमै हुने ब्याख्या गर्न सक्नु पर्छ संविधानले । महिला अधिकार र पुरुष अधिकार जस्तो साम्प्रदायिक तत्वको जरैदेखि निराकरण गर्न सक्नुपर्छ । सवै समान हुन भन्ने स्पष्ट भइसकेपछि आफु कमजोर भएको भान न पुरुषलाई हुन्छ, न महिलालाई । पेत्रिक सम्पत्तिमा महिला र पुरुषको बरावर हक कायम गर्ने र लोग्ने स्वास्नी बीच चल अचल सम्पत्तिमा दुवैको नाम रहने कानूनी ब्यबस्था संविधानले किटानी गर्नु पर्छ । विदेशीएका वा दोहोरो नागरिकता लिएका महिला र पुरुषमा समेत कुनै विभेद नहुने कानूनी ब्याख्या संविधानले गर्नु पर्छ । म महिला हुँ भनेर आरक्षण खोज्नेलाई निरुत्साहित गरी पूर्ण प्रतिष्पर्धात्मक अवस्थाको सिर्जना गरिनु पर्छ । महिला अधिकारले विगत देखि आगतसम्म पुरुष अधिकारलाई चुनौती दिँदै आएको अवस्थाको अन्त्य नयाँ संविधानले गर्नु पर्छ । नेपाल अधिराज्यभित्रका हरेक भूभाग र विदेशमा रहेका नेपाली तथा गैर आवासीयहरुबीच महिला र पुरुष भनी गरिने सवै भेदभावको अन्त्य गर्नु पर्छ ।
गैर आवासीय अधिकार
आफुलाई गैर आवासीय वा दोहोरो नागरिक कुन दर्जामा राख्ने हो त्यो विदेश भासिएकाहरुको सोच हो । गैर आवासीय कर तिर्ने कि दोहोरो नागरिक कर तिर्ने त्यो पनि उसको राज्यका प्रतिको दायित्व हो । अमेरिकामा कानूनी मान्यता पाउन चाहाने र कर तिर्न नहिच्किचाउनेले नेपालमा कानूनी हैसियत राख्न र कर तिर्न किन हिच्किचाउने ? नेपालको नागरिकको अधिकार पुनः खोज्नेसंग आयकर तिर्दिन भन्न पाउने कुनै अधिकार हुँदैन । नयाँ संविधान अघि विदेश भासिएकाहरुको सम्पूर्ण विवरण राख्ने र नयाँ संविधान पछि सरकारी लगत लिएर मात्रै विदेश छिर्ने प्रावधान भावी संविधानमा उल्लेख हुनुपर्छ । दाहोरो नागरिकता लिनेको अधिकार र कर्तब्य दुवै संविधानले सुनिश्चित गर्नु पर्छ । कर तिर्नेलाई नेपाल सरकारले दोहोरो नागरिक, गैर आवासीय र उनीहरुका परिवारजनको बाँच्न पाउने अधिकारको संरक्षण र उनीहरुका लागि चाहिने सवै आधारभूत तत्वहरु जस्तै खानपान शिक्षा, सुरक्षा आदिको सुनिश्चितता गर्ने कुरा संविधानले निर्दिष्ट गर्नु पर्छ । दोहोरो नागरिकता लिनेलाई रास्ट्रीय प्रार्थमिकता प्राप्त क्षेत्रभित्र राख्नु पर्छ । उसलाई अंतररास्ट्रीय विमान स्थलदेखि नै विशेष सहुलियत दिने प्रावधान संविधानले निर्दिष्ट गर्नु पर्छ । विमानस्थलमा विशिष्ठ कक्षबाट आतेजाते गर्न पाउने, सुरक्षा जाँच विना झंझटपूर्ण गर्ने, विदाई वा स्वागत गर्न आउँने आफन्तलाई सरल ढंगले उपस्थित हुनसक्ने वातावरण बनाई दिने, नेपालमा रहँदा सुरक्षाको भरपर्दो ब्यबस्था मिलाई दिने, घर र विमानस्थलसम्म आतेजातेको ब्यवस्था गरिदिने आदि सम्मानजनक दायित्व राज्यका तर्फबाट बहन गर्ने जिम्मेवारी सरकारले लिनु पर्छ । यसो भएपछि नेपालको विकास र विस्तारका लागि दोहोरो नागरिकता लिनेलाई केही गर्न कर लाग्छ । त्यसवेला उसले आफ्नो राज्यप्रतिको दायित्व पक्कै सम्झन्छ । यस्तो दुईतर्फी अवसरका फाइदा उठाउन सक्ने वातावरणको निर्माण संविधानले स्पष्ट गर्नु पर्छ ।
मानबीय स्वतन्त्रता र निर्वाचन सम्बन्धी अधिकार नयाँ संविधानले दोहोरो नागरिकता, गैर आवासीय र वैदेशिक रोजगार सम्बन्धी छुट्टै अदालत र संवैधानिक प्रावधानको ब्यबस्था गर्ने स्पष्ट गर्नु पर्छ । नेपालको जनसख्यांको केहि हिस्सा अहिले विश्वभर वैदेशिक रोजगारमा सामेल छ । यो हिस्सा दिनानुदिन बढ्दो मात्रामा रहेकोले संवैधानिक ढंगले यसको ब्यबस्था र सुनिश्चितता गर्नु पर्ने खाँचो पनि छ । वैदेशिक रोजगारीलाई एकद्वार प्रणालीबाटै बाहिर निस्कने बाटो संविधानतः निर्माण गरियो भने सवैको तथ्यांक सरकारलाई राख्न र उनीहरुको हक र अधिकार, संरक्षण र कर्तब्य पालनामा जोड दिन सहज हुनेछ । वैदेशिक रोजगारीमा जान चाहानेहरुको लैङ्गिक भेदभाव हुनै नसक्ने सुनिश्चितता संविधानले गर्नु पर्छ । आफ्नो इच्छामा रोजगारीमा जान चाहाने हरेक नेपालीको उमेर हदबन्दी बाइस वर्ष तोक्नै पर्छ । विदेश भासिएकाहरुको खिलापमा भएका वा बाझिएका सवै कानून खारेज गरी नयाँ कानून निर्माण गर्न संविधानमा उल्लेख हुनु पर्छ । राज्यले दोहोरो नागरिक र नागरिक विदेश भासिएका र स्वदेशमै रहेका भनी उठ्न सक्ने कुनै पनि मुद्दाहरुको तत्काल छिनोफान गर्न दोहारो नागरिकता लिएका र सरकारी पदाधिकारीहरुको बरावरी प्रतिनिधित्व भएको उच्चस्तरीय आयोग बनाउने ब्यबस्था संविधानले गर्नु पर्छ । दोहोरो नागरिकता लिएकालाई राज्यले दोश्रो दर्जाको नागरिक सम्झनै सक्दैन यस सम्बन्धी विवाद सिर्जना गर्ने प७३टज्ञछज्ञघसा पक्षलाई तत्काल कानूनी दायरामा ल्याउने बारे संविधानले स्पष्ट पार्नु पर्छ । संविधानले दोहोरो नागरिकता लिने गैर आवासीय र वैदेशिक रोजगारीमा गएकाहरुको मानव अधिकार, स्वतन्त्रता, आत्मसम्मान र निर्वाचनमा भाग लिन पाउने अधिकारको सुनिश्चिता गर्दै सवै नागरिक सरहको हक उपभोग गर्न पाउने सुनिश्चितता गर्नु पर्छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक