20090204

समातिए ऋषि धमला, प्रहरीद्वारा रणवीर सेनासँगको संलग्नताको प्रमाण प्रस्तुत

- सुन्दर खनाल

रिपोटर्स क्लबका अध्यक्ष ऋषि धमलाले भूमिगत आपराधिक गिरोह रणवीर सेनासँग मिलेर एक व्यापारीबाट लाखौं रुपियाँ असुल्न खोजेको प्रमाण महानगरीय प्रहरीले बुधबार सार्वजनिक गरेको छ। प्रहरीले रणवीर सेनाका उपत्यका इन्चार्जसँग धमलाले फोनमा गरेको कुराकानीको टेप र त्यही मुद्धाका अन्य तीन अभियुक्तको बयान प्रस्तुत गरेको थियो। प्रहरीले बुधबार नै जिल्ला प्रशासन कार्यालयबाट धमलालाई १४ म्याद थप गरेको थियो। अन्य तीनलाई हातहतियार तथा खरखजाना ऐन अन्तर्गत मुद्धा दायर गरिसकेको छ।
रणवीर सेनाका उपत्यका इन्चार्ज प्रदीप भनिने रामशुभक महतो र सैन्य कमाण्डर विनायक भनिने मनोजकुमार महतोले उक्त समूहद्वारा राजधानीमा गत मंसिरमा गरेका श्रृंखलाबद्ध बम विस्फोटमा समेत धमलाले सहयोग गरेको बयान दिएका छन्। प्रहरीले रामशुभकको टेकुस्थित कोठाबाट विस्फोटक पदार्थ समेत बरामद गरेको थियो। रकम असुलीबाहेक त्यसको समेत आधारमा प्रहरीले धमलामाथि अनुसन्धान गर्ने भएको छ। महानगरीय प्रहरीले धमलालगायत अन्य तीन जनालाई महेन्द्र पुलिस क्लवमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित गराएन्। ´यो गम्भीर अपराधको कुरा छ। चोरी, गुण्डागर्दीजस्तो होइन। अनुसन्धानको संवेदनशीलताका कारण उनीहरुलाई दुई चार दिनपछि मात्र सार्वजनिक गर्छौं´, महानगरीय प्रहरी आयुक्त रमेश श्रेष्ठले भने।
महानगरीय प्रहरीले रणवीर सेनाका रामशुभक र मनोज महतो बम विस्फोट, जवर्जस्ती रकम असुली र बिध्वंसात्मक कृयाकलापमा संलग्न रहेको एवम् धमला र उनी निकट रहेर काम गर्ने वीरेन्द्रकुमार महतोले आपराधिक कृयाकलाप सन्चालन गर्न विभिन्न प्रकारले सहयोग गरेको उल्लेख गरेको छ।
धमलाको फन्दा मोबाइल टेप
समाचार पोर्टल नेपालजापानडटकमसँग सम्बद्ध रहेर आफूलाई पत्रकारका रुपमा समेत चिनाउँदै आएका रामशुभकले व्यापारीसँग रकम असुल्ने सम्बन्धमा धमलासँग मोबाइलमा गरेको कुराकानी रेकर्ड गरेका थिए। धमलाले कुराकानीमा आफ्नो प्रभाववारे विश्वस्त गराउन खोज्दै व्यापारीसँग असुली आफ्नो भाग पक्का पार्नका लागि जोड दिइरहेको बुझन्छ। रामशुभकले विभिन्न चरणमा ऋषिसँग कुराकानी गर्दा शंका लागेकाले मोवाइलमा रेकर्ड गरेको बताए।
रणवीरसँग धमलाको आपराधिक संसर्ग
रामशुभक र वीरेन्द्रकुमारले पत्रकारितालाई माध्यम बनाएर रणवीर सेनाको गतिविधि सन्चालन गर्दै आएका थिए। रणवीर सेनाले तराईमा ठेक्कापट्टा गर्ने एक व्यापारीसँग ८० लाख रकम माग्दै आएको थियो। व्यापारीसँग रकम असुलेर सुरक्षित रहनका लागि ऋषि धमलाको सहयोग लिने तारतम्य वीरेन्द्रले मिलाएका थिए। ´पक्राउ पर्ने चार पाँच दिनअघि वीरेन्द्रले मेरो कोठामा आएर ऋषिसँग कुरा गरेका मैले पत्तो पाएको हुँ, हामीले उसको राष्ट्रिय अन्तर्राष्ट्रिय ख्याति देखेर पत्याउनु परेको हो´ रामशुभक बयानमा भन्छन्।
रामशुभकका अनुसार रकम असुलीको विषयमा धमलाले भारतमा रहेका रणवीरका नेताहरुसँग सिधा कुरा गर्थे। उनी अगाडि भन्छन्– ´व्यापारीले रणवीरको मान्छेलाई मात्र पैसा दिन्छु भनेकाले भारतबाट मान्छे आउनुपर्ने भयो, तर जनकपुर बन्द भएकाले आउन पाएनन्। पछि रणवीरका अध्यक्ष सन्देश काठमाडौं आए। सन्देशले व्यापारीलाई लिएर आई एक चोटी टेकुमा बोलायो, तर पुलिस छ भन्ने शंका लागि गाइएन।´
´हामीलाई ऋषिले एकचोटी रिपोर्टर्स क्लवमा बोलायो, बिहानै हामी गयौं, तर ऊ त्यहाँ थिएन´ रामशुभक भन्दै जान्छन्, ´फेरि अर्को पटक बोलायो, हामी गयौं, त्यतिबेला ऋषिका कुरा मलाई शंकास्पद लागे र उनीसँग त्यसपछिका कुरा मोवाइलमा रेकर्ड गरे।´
वीरेन्द्र महतोकाअनुसार रिपोटर्स क्लवमै धमलाले व्यापारी, रामशुभक र एक जना डा्रइभरलाई बोलाएर रकम तत्काल माग गरेका थिए। व्यापारीले दश लाख मात्र ल्याएको छु भनेपछि धमलाले त्यहींबाट रणवीरका नेतासँग कुरा गरेको उनी बताउँछन्। त्यो दिन रकमको कुरा मिलेन। भोलिपल्ट अर्थात माघ २० गते रामशुभकले धमलासँग कुरा गरी अनामनगरमा भेटेर व्यापारीसँग रकम लिने योजना बनाए। धमला चाँहि एक साप्ताहिकको कार्यालयमा बसेछन्। ´हामी जाँदाजाँदै पक्राउ पर्‍यौं´ उनले भने।
धमलाले आफूलाई जानकारी नदिई व्यापारीसँग बार्गेनिङ गर्दा वाईसीएल लगाएर ठीक पार्छु भनेर धम्क्याएको समेत वीरेन्द्र बताउँछन्। ´ऋषिले २० लाखमा आफूलाई १० लाख र बाँकी ५–५ लाख दिने भन्थे´ उनी थप्छन्।
मनोज महतो चाँहि रणवीर सेनाद्वारा पछिल्लो समय काठमाडौं पठाइएका हुन्। उनी मधेश राष्ट्र जनतान्त्रिक मोर्चा छाडेर भारत पसी रणवीर सेनामा लागेका थिए। काठमाडौंमा उनले सैन्य जिम्मेवारी पाएका थिए। उनले राजधानीमा भएका विस्फोटको चाँजो मिलाएका थिए। धमलाको सहयोगमा राजधानीमा आतंक मच्चाउने र रकम असुल गर्ने आफ्नो समूहको योजना रहेको उनी बताउँछन्। ´व्यापारीले ४० लाख दिएको ख48डमा ऋषिलाई दश, हामी तीन्ाले दश र पार्टीलाई २० लाख भारत हु48डी गरिदिने योजना थियो´, उनी भन्छन्।

प्रहरीले पत्रकार सम्मेलनमा बाँडेको प्रेस वक्तव्य

महानगरीय प्रहरी परिसर
हनुमान ढोका, काठमाडौँ
काठमाडौँ उपत्यकामा विगतका दिनहरुमा विभिन्न ठाउँहरुमा भएका बम विस्फोटन, जबर्जस्ती चन्दा संकलन तथा विध्वंसात्मक क्रियाकलापमा संलग्न रहेको मानिएको रणवीर सेना नामक समूहको उपत्यका प्रमुखका रुपमा कार्यरत रहेका प्रदिप भनिने रामशुभक महतो तथा उक्त पार्टीको सैनिक प्रमुख विनायक भनिने मनोज महतोलाई काठमाडौँ अनामनगरबाट सबुत प्रमाणसहित पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

साथै उपरोक्त अपराधिक क्रियाकलापहरु सञ्चालन गर्न विभिन्न प्रकारले सहयोग गर्ने ऋषि धमला र वीरेन्द्रकुमार महतोसमेतलाई पक्राउ गरी निजहरुलाई हातहतियार तथा खरखजाना ऐन अन्तर्गत मुद्दा दर्ता गरी कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको छ।

पक्राउ अभियुक्तहरुः

१. नामथर - प्रदिप भन्ने रामशुभक महतो
वतन- जि. सिराहा, फुलकाहकट्टी गाविस वडा नं ९
उमेरः २३ वर्ष
पार्टीमा हैसियतः उपत्यका इञ्चार्ज

२. नाम थरः विनायक भन्ने मनोज महतो
वतनः जि. सिराहा गोविन्दपुर गाविस वडा नं ९
उमेरः ३२
पार्टीमा हैसियतः उपत्यका सैन्य कमान्डर

३. नामथरः वीरेन्द्रकुमार महतो
वतनः जि. सुनसरी मध्य हर्षाही गाविस वडा नं ७
उमेर- २४

४. नामथरः ऋषि धमला
वतनः जि. धादिङ, ज्यामरुङ गाविस वडा नं ९
उमेरः ३४ वर्ष- दैनिकी

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक