20090205

माओवादी फागुन १ मा फुट्ने !


जनयुद्ध दिवसको अवसर पारेर माओवादी पोलिटब्यूरो सदस्य मातृका यादवले फागुन १ गते नेकपा माओवादीको पुनर्गठन गर्ने भएका छन्। एकताकेन्द्र मसालसँगको पार्टी एकीकरणपछि पार्टीको नाम एकीकृत नेकपा माओवादी राखे पनि मातृकाले पुरानै नाम नेकपा माओवादीलाई पुनजीर्वित गर्ने बताएका छन्। मातृकासँगै विद्रोहमा सामेल हुन खोजेका जनार्दन शर्मा प्रभाकर र गोपाल किराँतीलाई पार्टी छोड्नबाट रोक्न प्रचण्ड सफल भए पनि माओवादीका आधा दर्जन सभासद र जनसेनाको केही हिस्सा भने माओवादीबाट अलग्गिने निश्चित भइसकेको छ।
पार्टी पुनर्गठनको पहिलो योजनाअन्तर्गत उनले पार्टीका केही केन्द्रीय सदस्य, सभासद र राज्य समितिका पदाधिकारीहरुसँगको भेटघाट सकाएका छन्। त्यसलगत्तै उनी बैंकक गएर फर्किएर पार्टी पुनर्गठनकै योजना सफल पार्न चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुलाई भेट्न फेरि चीन पुगे। सोमबारसम्म चीनबाट फर्केपछि मातृकाले पार्टीको राष्ट्रव्यापी सञ्जाल निर्माणको प्रक्रिया आरम्भ गर्ने भएका छन्। राष्ट्रव्यापी सञ्जाल निर्माणपछि फागुन १ गते घोषणासभा गरी पार्टी पुनर्गठनको घोषणा गर्ने उनको कार्यक्रम छ।

देशको अर्थतन्त्रमा ४० प्रतिशत कालो धन

अर्थसचिव रामेश्वरप्रसाद खनालले देशको अर्थतन्त्रमा ४० प्रतिशत कालो धन रहेको बताएका छन्। राजधानीमा मंगलबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले कालो धन लुकाएर राख्नेहरुलाई कडा कारबाही गर्ने चेतावनी दिए। कालो धन राख्ने कोको हुन् र ती कहाा छन् भन्नेबारे भने उनले केही खोलेनन्। साथै उनले केकस्तो कारवाही गर्ने भन्ने पनि खोलेनन्।
'देशको अर्थतन्त्रभित्र ४० प्रतिशत कालो धन छ,' खनालले कडा शब्दमा भने,'करको दायरामा नआउने कसैलाई छाडिनेछैन, छापा मारेर जेलमा हालिनेछ।' कालो धन राख्नेहरु अदृश्य रहेको र तिनलाई खोजी खोजी कारबाही गर्न सरकार लागिसकेको बताए। करको दायरामा आउन माघ महिनाभित्र स्वयंम कर घोषणाका लागि अवसर दिइएको बताए। स्वयंकर घोषणा नगरी कालो धन लुकाउनेहरुलाई कुनै छूट नदिने बताए।

क्यानाडाको ब्राम्पटनमा NRN को अन्तर्कृया कार्यक्रम सम्पन्न

NRN क्यानाडा राष्ट्रिय समन्वय परिषद को निर्णय अनुसार क्यानाडा को बिभिन्न शहर मा NRN को अंतर्क्रिया कार्यक्रम हरू सम्पन्न भैरहेका छन i यसै सिलसिला मा ब्राम्पटन मिसीसागा लगायत वरपर का शहरहरु को संयुक्त आयोजना मा एक अंतर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। NRN क्यानाडा समन्वय परिषदका vice-prsedent सुजाता राई को अध्यक्ष्यतामा सम्पन्न कार्यक्रमको सन्चालन परिषद सदस्य पशुपति पोखरेल र स्वागत भाषण केदार बस्नेत ले गर्नु भएको थियो। कार्यक्रममा माहासचिब श्रीजना पन्तले संगठनको गतिबिधी र सदस्यता बितरण का रास्ट्रीय संयोजक दुर्गा अधिकारी ले सदस्यता बाट हुने लाभ का बारे मा यस् का गतिबिधिमा चर्चा गर्नुभएको थियो।
सभाका प्रमुख अथिति NRN क्यानाडाका अध्यछ्य नबराज गुरुंग ले NRN ले छाता संगठन को रुपमा काम गर्ने कुरा ब्यक्त गर्नु भयो उहाले अंतररास्ट्रीय गतिबिधि र नेपाली राजदुताबासको आबस्यकताका बिषयमा बोल्नुभएको थियो
तेसैगरी अर्का वक्ता .NRN का NCC सदस्य Dr तुलसी धरेल ले dual नागरिकता बाट हुने फाईदा का बारेमा मंतब्य दिनुभएको थियो . NRN का Literature and Culture का National Coordinator मुक्ति गौतमले नेपाली भाषा र सस्कृति लाई जोगाउन NRN ले खेल्नु पर्ने भूमिका र नेपाली समुदायलाई कल्चर केन्द्र को आबस्यकता भएको कुरा औल्याउनु भएको थियो तेसै गरि NCNC का किरण पन्त जनजाति संघ का आंग्बरू शेर्पा मगर सघ का गिर प्रसाद बुढाथोकी नेवा गुठी का बिमलमान श्रेष्ठ ले हामी सदैब NRN लाई निरन्तर सहयोग गर्न तत्पर छौ भन्नुभयो i .
NRN का सचिब गोपी कृष्ण काफले द्वारा संचालित दोस्रो चरण को कार्यक्रम मा नेपाल मा शान्ति का लागि कार्यरत PBI की प्रतिनिधि क्रिस्टल ले नेपाल मा भए का राजनैतिक तथा मानब अधिकार सम्बन्धी PBI को धारणा प्रस्ता पार्नु भएको थियो i तेस पछी कार्यक्रम मा उपस्थित महानुभाब ले राखेका जिज्ञासा लाई
नबराज गुरुंग ले प्रस्ट पार्नु भएको थियो .I उपस्थित सबैलाई ICC का सदस्य चंद्र राइ ले धन्यबाद दिनुभयो कार्यक्रमको अन्तमा सभापतिको आसन बाट बोल्दै सुजाता राइ ले NRN ले निरन्तर रुपमा यस्तै कार्यक्रम गर्ने जानकारी दिनु भयो - Gopi Kafle

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक