20090227

अर्को दु:खद समाचार : सैन्य दस्तासहित अर्को माओवादी पार्टीको जन्म !

* नवगठित पार्टीको कामकारबाही भूमिगत रहने
* एकीकृत माओवादी 'दक्षिणपन्थी संशोधनवाद साम्राज्यवाद परस्त' भएको दाबी
* केही हतियारसमेत रहेको दाबी
* छिट्टै मात्रिका यादवसँग पार्टी एकताका लागि पहल गर्ने

सैन्य दस्तासहित अर्को माओवादी पार्टीको जन्म भएको यो पार्टीले मुख्य उद्देश्य सशस्त्र 'जनयुद्ध' विचारको रक्षा गर्ने रहेको जनाएको गतसाता रौतहटमा भएको रेभ्युलुसनरी लेफ्ट विङको राष्ट्रिय भेलाले मणि थापा 'अनुकूल' को संयोजकत्वमा 'नेकपा माओवादी' को गठन गरेको हो उनी माओवादीका पूर्वनेता हुन् भूमिगत रूपमा गतिविधि गर्न गठन भएको उक्त पार्टीको केन्द्रीय संयोजन समितिमा १५ सदस्य छन् नवगठित माओवादीले जनसेनाका पूर्वब्रिगेड कमान्डर लोकमान घर्तीको संयोजकत्वमा सैन्यदस्ता 'नेसनल रेड गार्ड' बनाएको गार्डमा माओवादीका पूर्वलडाकु पनि सदस्य छन् नवगठित पार्टीको कामकारबाही भूमिगत रहने अध्यक्ष थापाले बताए
'पार्टीले भूमिगत रही कामकारबाही गर्नेछ,' उनले भने, 'निर्वाचन आयोगमा दर्ता गर्ने सोच बनाएका छैनौं ' उनले सैन्य संगठन 'रेड गार्ड' अर्थात् लाल रक्षकले देशभर युवालाई तालिम दिने जानकारी दिए 'पार्टी नेताको रक्षाका लागि रेडगार्डले काम गर्नेछ,' थापाले भने, 'हाल निशस्त्र रूपमा तामिल गर्नेछन् ' हाल उक्त संगठन राजनीतिक चरित्रको हुने उनले जानकारी दिए 'राष्ट्रियता खतरा आयो भने रेडगार्ड लड्नेछ,' उनले भने पूर्वलडाकुसँग केही हतियारसमेत रहेको स्रोतको दाबी 'हतियार आवश्यक पर्यो भने जुटाउन सकिन्छ,' एक नेताले भने
केन्द्रीय समितिमा झापाको 'जनयुद्ध रक्षा फन्ड,' गण्डकीको 'स्वतन्त्र दलित मुक्ति मोर्चा,' पश्चिम तराईका जिल्ला बाँके, बर्दिया, दाङको थारू मोर्चा नवलपरासी, रूपन्देहीको 'क्रान्तिकारी मधेसी मुक्ति मोर्चा,' दोलखा रामेछापलगायतका जिल्लाको 'ताम्सालिङ मुक्ति संगठन' पूर्वी पहाडी जिल्ला भोजपुर, खोटाङ, ओखलढुंगालगायतमा 'किराँत वर्कर्स पार्टी' का नेताहरू छन् यी संगठनले 'सशस्त्र जनयुद्ध' को विचारको रक्षा गर्ने बताउँदै आएका छन् गत साता देशभरका ६० जिल्लाका करिब साढे तीन सय प्रतिनिधिबीच नव माओवादीका संयोजक थापाले एकीकृत माओवादीको नीतिविरुद्ध संघर्ष गर्ने बताएका थिए 'एकीकृत माओवादीमा आएको विचलन कुनै प्राविधिक नभएर दार्शनिक सैद्धान्तिक हो,' उनले भने, 'त्यसका विरुद्ध संघर्ष गर्दै नेकपा (माओवादी) को क्रान्तिकारी विरासत संयोजन गरी अघि बढ्नुपर्छ '
उसले एकीकृत माओवादी 'दक्षिणपन्थी संशोधनवाद साम्राज्यवाद परस्त' भएको दाबी गरेको थापाले छिट्टै मात्रिका यादवसँग पार्टी एकताका लागि पहल गर्ने बताए यादवले फागुनको पहिलो साता पत्रकार सम्मेलन गरी माओवादीको पुनर्गठन गर्ने घोषणा गरेका थिए 'मात्रिकाजीहरूको भेलापछि पार्टी एकताको कुरा अघि बढ्छ,' थापाले भने गत साता यादवले पनि दुवैबीच पार्टी एकता हुने सम्भावना रहेको जनाए त्यस्तै किराँत वर्कर्स पार्टीका अध्यक्ष शंकर राई आङगामीको संयोजकत्वमा 'संयुक्त राष्ट्रिय गणतान्त्रिक महासंघ' पनि गठन गरेको यो संगठनलाई जाति क्षेत्रीय मोर्चा बनाउने उक्त पार्टीले जनाएको यसअघि कृष्ण अधिकारीको संयोजकत्वमा २३ सदस्यीय केन्द्रीय विङ गठन भएको थियो - गंगा बीसी



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक