20090228

गिरिजा, प्रचन्ड, झलनाथ, सुशिल कसका कुरा पत्त्याउने ? कस्तो गाइजात्रा, कस्तो नाटक ?!

* देशको यो बिजोक हुदासम्मपनि नेताहरुको चेत खुलेको छैन, सबैले आ- आफ्नै डम्फु बजाइ रहेका छन , ल यि चार नेताहरुका चारथरी चटके भासण् हरु हेर्नुशत, कस्तो गाइजात्रा, कस्तो नाटक !!!!!!!!!!!!!!!!!!!!*

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले माओवादीको प्रतिकार गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । प्रतिकारका क्रममा हुनसक्ने 'अप्रिय' घटनाको जिम्मा पार्टीले लिने उनले बताए । गृहनगर विराटनगरबाट र्फकेको एक साता बित्न नपाउँदै नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला चितवन आएर थारू सांस्कृतिक महोत्सवमा सहभागी भएका थिए । महोत्सवको उद्घाटनपूर्व कोइरालाले शुक्रबार बिहान सौराहामा कार्यकर्तासित भेटघाट गरी माओवादीको हिंसात्मक गतिविधिविरुद्ध प्रतिकार गर्न कार्यकर्तालाई निर्देशन दिएका हुन् । बिहान ८ बजेर ५५ मिनेट जाँदा चितवन आइपुगेका कोइरालाले कार्यकर्तालाई भने, 'तपाईंहरू ढुक्क भएर प्रतिकार गर्नुस्, परेको पार्टीले बेहोर्छ ।' पार्टी सभापति चितवन आउने भएपछि कार्यकर्ताको भीड थामिनसक्नु थियो । सुपुत्री सुजाता कोइरालाका साथ उनी सौराहाको होटल रोयल पार्कमा आएका थिए । बाघमारा सामुदायिक वनको चौरमा हेलिकोप्टरबाट झरेर कोइराला सीधै होटलमा आइपुगेका थिए । उनले आसन्न स्ववियु निर्वाचन कुनै पनि हातलमा कांग्रेसको पक्षमा हुनुपर्ने बताए । 'चुनाव हाम्रो पक्षमा हुनुपर्दछ । तपाईंहरू तयारी गर्नुस्, म साथ दिनेछु,' उनले भने । दुई घन्टाको आरामपछि कोइराला थारू सांस्कृतिक महोत्सवको उद्घाटन गर्न सौराहाको राप्ती बगरमा पुगेका थिए । महोत्सवको उद्घाटन गर्दै कोइरालाले माओवादी क्रियाकलाप यस्तै रहिरहे यो सरकार धेरै दिनसम्म नटिक्ने दाबी गरे । 'माओवादीको हिंसात्मक क्रियाकलापविरुद्ध प्रतिकार गर्न युवाहरूले मैदानमा उत्रनुपर्छ,' कोइरालाल भने

यता प्रधानमन्त्री एबं एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेस आफ्नो पार्टी र सरकार विरुद्ध लागि परेको आरोप लगाएका छन् । उनले वास्तबिक शान्ति, स्वतन्त्र राष्ट्र र समयमै संविधान चाहने हो भने अहिलेको सरकारलाई सहयोग गर्नुको विकल्प नभएको बताए । क्रातिन्कारी पत्रकार संघको केन्द्रीय एकता भेलालाई राजधानीमा शनिबार सम्बोधन गर्दै उनले सरकार बिरुद्ध जथाभावी टिप्पणी गरेकोमा दुखेसो समेत गरे । 'आज एउटा बोल्या हुन्छ । भोलि अर्को बोल्या हुन्छ', दाहालले भने, 'कुनैदिन सरकार पाकेको आँप हो झर्नै लागिसक्यो भन्छन । कहिले यो आफ्नै कारणले ढल्छ भन्या हुन्छन ।' उनले कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले हिजोमात्र चितवनमा गएर सरकारले बिकासका कुरा गरेर जनतालाई झुक्याउदै संविधान लेख्न नखोजेको टिप्पणी गरेको भन्दै आपत्ति जनाए ।

यसैगरी नेपाली कांग्रेसका कार्यवाहक सभापति सुशिल कोइरालाले माओवादीले व्यवहारबाटै सुध्रिएको देखाए काँग्रेससहितको राष्ट्रिय सरकार बन्नसक्ने बताएका छन् । त्यसका लागि १२ बुँदे लगायतका सबै सहमति र सम्झौताहरुको पूर्ण कार्यान्वयन हुनुपर्ने उनले बताए । 'व्यवहारबाटै वातावरण बनाउनुपर्छ', प्रेस युनियनद्वारा शनिवार नेपालगन्जमा आयोजित संवाददाता भेटमा कोइरालाले भने,'वाईसीएल विघटन, घर-जग्गा फिर्ता गरी विश्वासको वातावरण बनाउनुपर्छ ।' उनले माओवादीले सहमतिको राजनीति तोडेकाले उसैले पहल गर्नुपर्ने बताए । एमालेका नव निर्वाचित अध्यक्ष झलनाथ खनालले राष्ट्रिय सरकार आफ्नो पहिलो प्राथमिकता भएको बताईरहेका बेला कार्यबाहक सभापति कोइरालाको यो धारणा आएको हो । 'एक हातले ताली बज्दैन' उनले राष्ट्रिय सरकारप्रति सकारात्मक रहेको उल्लेख गर्दै भने, 'कांग्रेसले झगडाका निम्ति झगडा गरिरहेको छैन ।' कांग्रेस महासमिति बैठकले संविधानसभाअघि नै जस्ले जिते पनि १० बर्ष राष्ट्रिय सरकार चलाउने प्रस्ताव गरेको स्मरण गर्दै उनले भने,'तर, माओवादीको सर्वसत्तावादी सोच र अराजक गतिविधिले हुनसकेको छैन ।' कोइरालाले सहिदबारे प्रस्ट नीति नबनाई सशस्त्र विद्रोहका क्रममा मारिएका आफ्ना कार्यकर्तालाई सहिद घोषणा गरेकोप्रति आपत्ति जनाए ।

यसैगरी नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले वर्तमान सरकारको समीक्षा गर्ने बेला आएको बताएका छन् । सरकारले जनतालाई परिवर्तनको अनुभूति गराउन नसकेको भन्दै उनले यस्तो अवस्थामा सरकारमा बस्नुको औचित्य नभएको टिप्पणी गरे । त्रिभुवन विश्वविद्यालय प्रगतिशिल कर्मचारी संगठनको चौथो राष्ट्रिय सम्मेलनको राजधानीमा शनिबार उदघाटन गर्दै उनले प्रधानमन्त्री लगायतका सहयात्री दलका नेताहरुसँग आफूले सरकारको समीक्षा गर्न प्रस्ताव गरेको जानकारी दिए ।माओवादी र कांग्रेसप्रति संकेत गर्दै उनले लोकतान्त्रिक चरित्र नभएका दलले नयाँ नेपाललाई हाँक्न नसक्ने दाबी गरे ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक