बैतडीमा भएकेा बस दुर्घटनामा १० जनाको ज्यान गएको छ । ६ जना गम्भीर र्घाईते भएका छन् । बझाङबाट महेन्द्रनगरको लागि छुटेको बस जय पृथ्वीबहादुर सिंह राजमार्ग अर्न्तर्गत बैतडीको सिद्धेश्वर-३ झलेकमा सडकबाट झण्डै एक किलोमिटर तल खसेको हो । ना २ ख ६३५८ नम्बरको बस दुर्घटनामा परि ज्यान गुमाएका मध्ये दुइ जनाको सनाखत भएको छ । इलाका प्रहरी कार्यालय खोडपेले दिएको जानकारी अनुसार भीमदत्त नगरपालीका-१४ बनकट्टीका प्रयागराज भट्ट र बझाङ कोइरालकोट गाबिस-७ का नवराज जोशीको दुर्घटनामा ज्यान गएको हो । अरु सात जनाको सनाखत हुन नसकेको प्रहरी ले जनाएका छन् । र्घाईतेहरुको टीम अस्पताल डडेल्धुरामा उपचार भैरहेको छ ।
विश्वमै नेपालको बदनाम !
- अनिल पाण्डे
विद्युत आपर्ूर्तिको अभावले बहुपक्षीय प्रभाव पार्ने तथ्य सबैलाई थाहा छ । झट्ट हर्ेदा विजुलीको अभावमा उद्योग-कलकाराना चल्न नपाउँने भएका कारण उत्पादन हुन नसक्ने र बस्तुको मूल्य वृद्धि हुने सम्भावना मात्र देखिए पनि यसको परोक्ष प्रभाव विजुली नै नपुगेको ग्रामीण क्षेत्रमा पनि पर्न जान्छ । विजुलीको अभावमा जेनेरेटर चलाएर उत्पादन गरिएका उत्पादनको भाउ बढ्छ । त्यो महँगो बस्तु विजुलीको अनुहार नै देख्न नपाउँने दर्ुगम क्षेत्रको व्यक्तिले पनि खरीद गर्दा चर्को मूल्य चुकाउनुपर्ने हुन्छ ।
हरेक दिन १६ घण्टा लोडसेडिङका कारण विश्वमै नेपालको बदनाम भएको छ । विश्वले नेपाललाई कसरी हर्ेन थालेको छ, त्यसको उदाहरण लेखक इभाल्ड फलसरले दिएका छन् । फागुनको दोस्रो साता काठमाडौं आएका स्लोभिनियन लेखक फलसरलाई नेपालमा आएको नयाँ परिवर्तनको बारेमा टिप्पणी गरिदिन पत्रकारले प्रश्न राखे । सन् १९७४ मा यसअघि नेपाल आएका फलसरले 'त्यतिखेर विजुली थियो, अहिले छैन' भनेर फरक देखाइदिए । उनको यो टिप्पणी तत्कालका लागि हास्यरस प्रदान गर्ने आधार बनेपनि यो अत्यन्त गम्भीर सर्न्दर्भ हो । नेपालको दर्ुगति देखेर विश्व हाँस्न थालेको यो मार्मिक उदाहरण हो ।
सरकारले विद्युत आपर्ूर्ति बढाउने आश्वासन जनतालाई जति बाँडेपनि त्यो सबै आकासे खेती मात्र हो । आकासले बषर्ा गरायो भने लोडसेडिङको अवधि घट्न सक्छ । अन्यथा सरकारी आश्वासन पूरा हुने कुनै सम्भावना देखिंदैन । विद्युत आपर्ूर्तिसम्बन्धी जानकारी अझ भयानक रहेको छ । बषर्ा नभएको र खोलाको मुहान तथा स्रोत सुक्दै गएकाले कुलेखानी जलविद्युत आयोजनाको जलाशयमा पानीको सतह अन्तिम विन्दुमा झरिसकेको छ । बषर्ा नभए दर्ुइ सातापछि कुलेखानीको उत्पादन ठप्प हुने अवस्था छ । समुद्री सतहबाट १ हजार ५ सय ३० मिटर क्षमता भएको सरोवरमा हरेक दिन ४० देखि ५० सेन्टिमिटरका दरले पानी खपत भैरहेको छ । प्राविधिकहरुका अनुसार अब १० मिटर मात्र पानी प्रयोग गर्न
सकिन्छ ।
भारतबाट आपर्ूर्ति गर्ने भनिएको बिजुली पनि तत्कालका लागि प्राप्त हुन नसक्ने देखिएको छ । विद्युत पोल मर्मत गर्न बाँकी रहेका कारण भारतबाट आपर्ूर्ति हुने भनिएको ६० मेगावाट विद्युत तत्कालका लागि प्राप्त हुन नसक्ने अवस्था छ । नेपालमा रहेका नदीनालाको पर्ूण्ा सदुपयोग गर्दै छिमेकी भारतलाई विजुली बेचेर धनी हुने, जनताको प्रतिव्यक्ति आय बढाउने, आर्थिक बृद्धिदरमा सुधार ल्याउने, कुल ग्राहस्थ उत्पादन अभिवृद्धि गर्ने सपना देख्दादेख्दै नेपालका लागि विद्युत आपर्ूर्ति एक हास्य-कथा हुन पुगेको छ । जसलाई ग्राहक बनाउने सम्भावना देखाएर जनतालाई आश्वस्त पारिएको थियो उसैसँग विजुली किन्नुपर्ने अवस्था आउनु भयानक बिडम्बना हो ।
नेपाल सरकारको तयारी र तत्परता हर्ेदा आगामी चार-पाँच बर्षम्म नेपालीले अन्धकारमै रहनु पर्नेछ । विद्युत् उत्पादनजस्तो दर्ीघकालीन र ठूलो परिमाणको लगानी आवश्यक पर्ने परियोजनाका लागि नदीमा बाँध बाँधेर विद्युत् उत्पादन गृहको स्थापना गर्नु र हाइभोल्टेज प्रसारणका लागि पोल, तारआदि जडान गर्नु कम्तीमा तीन-चारबर्षलामो अभ्यासको विषय हो । आज विद्युत आपर्ूर्तिमा जुन प्रकारको हाहाकार सिर्जना भएको छ सरकारले कम्तीमा पाँच बर्षघि नै यस स्थितिको मूल्याङ्कन गर्न सक्नुपर्ने हो । माओवादी सशस्त्र व्रि्रोहलाई देखाएर जनआन्दोलन भाग दर्ुइभन्दा अघिको सरकारले 'पानी माथिको ओभानो' हुने प्रयास गर्नसक्छ तर सम्पर्ूण्ा दोष गृहयुद्धलाई मात्र दिन भने मिल्दैन । किनभने माओवादीले सिर्जना गरेको अवरोधका कारण विद्युत परियोजनाहरुमा २५ प्रतिशतसम्मको प्रभाव परेको हुनसक्छ । तर मूल पक्ष चाहिं के हो भने तत्कालीन सरकारको अकर्मण्यताका कारण नै यो अवस्था सिर्जना भएको छ ।
मुलुकको सम्पर्ूण्ा अवस्थालाई हर्ेदा विद्युत आपर्ूर्तिमा निजी क्षेत्रको लगानी तथा पहल अनिवार्य देखिन्छ । आज विश्वमा सफल व्यवसायका दृष्टान्त जति देखिन्छन् त्यो राज्यको पहलमा नभई नीजि क्षेत्रकै सक्रियतामा भएको छ । नेपालको जलविद्युत उत्पादनका लागि लोभलाग्दा स्रोतहरु नदीनाला नै हुन्, त्यसका लागि विभिन्न निजी क्षेत्रका संस्थाहरुलाई लाइसेन्स दिइएको जानकारीमा आएको छ । तर, लाइसेन्स लिएर नदीनाला ओगट्ने काम मात्र भएको देखिन्छ । यस अवस्थालाई बुझेर सुधारका लागि राज्यले बाटो बनाउने र निजी क्षेत्रले तदारुकताका साथ उत्पादन थाल्ने काम गर्नुपर्छ । यस दिशामा जतिसक्यो छिटो निर्ण्र्ाालिनु आवश्यक छ । आधुनिक विकासको सफलताका लागि एकमात्र विकल्प निजी क्षेत्रको नेतृत्व नै हो । नेपालमा विजुली बाल्न पनि यही क्षेत्र खडा हुनु अनिवार्य देखिन्छ ।
बेल्जियममा नेपाली फोर इन वान पसल खुल्यो
-पुरुशोत्तम सुबेदी
सन १९९० देखी यता युरोपमा नेपालीहरु क्रमस धन आर्जन गर्ने उद्यस्यले प्रबेस गरे पनि पछील्लो घडीमा थुप्रै नेपालीहरु राजनीतिक द्वुन्दको दोहोरो मारमा आफ्नो देश छोड्न बाध्य भै युरोपका बिभिन्न देशमा प्रबेस गरी आफ्नो नयाँ जीवनको थालनि गरेका छन । दिनानु दिन आफ्नो देश अधोगती तर्फ गैरहेको अबस्था भए पनि युरोप छिरेका मध्य झन्डै ७० प्रतिशत नेपालीहरु युरोपमै स्थापित हुन सफल भएका छन । यसै क्रममा युरोपकै राजधानी मानिने बेल्जियममा पनि करीव ३००० (तिन हजार )को संख्यामा नेपालीहरु स्थाइ बसोबास गर्न सफल भएका छन । सन २००४ देखी यता बेल्जियममा नेपालीहरुको निजी ब्यवसाय बढ्दो गतिमा रहेको छ । पसल रेस्टोरन्ट खोल्न र घर किन्नमा अन्य देशको तुलनामा नेपालीहरु निकै अग्र गतिमा देखिएका छन । धन आर्जन गर्नु मात्र जीवनमा खास ठुलो उपल्ब्धी होइन । देस र समाजलाई केही दिन सक्नु पनि मानविय जीवन को कर्तब्य संगको सन्तुस्टी हो । यस्तै राम्रो उद्यस्य राखी सन २००६ बाट नै बेल्जियममा बस्ने नेपाली बिजनेसकर्ताहरुले नेपाली ब्यावसायी संघ बेल्जियम नामको संस्था समेत गठन गरेका छन । युरोपमा खोलीने नेपालीहरुका ब्यावसायका बिभिन्न स्वरुपका हुन्छन । कोही होटेल रेस्टोरन्ट ब्यावसाय त कतै कम्युनिकेसन सेन्टर कतै बिभिन्न फास्ट फुड त कतै मनि ट्रान्सफर कतै रात्री पसल त कतै दिवा पसल छन कतै कपडा पसल समेत छन ।
पसल खोल्ने प्रसंगकै सन्दर्भमा गत मंगलबार मार्च ३ तारिख २००९ का दिन बेल्जियमको लुभेन शहरमा एक बाणले चार सिकार मार्ने गरी नेपाली एक करोड भन्दा बढीनै लगानिमा एउटै घरका दुई नेपाली दाजु भाई मिलेर शहरको मुख्य स्थानमा ब्रिहत पसल खोलेका छन । बाग्लुङ जिल्लाको भाङस भन्ने गाउ बाट १५ बर्ष पहिला युरोप छिरेका एक बिबेकशिल धौलागिरी अंचलकै जानामाना नाम श्री प्रशाद सापकोटा ले आफु र आफ्ना कान्छा भाई दुर्गा सापकोटाको संयुक्त लगानिमा एभरेस्ट हाउस नाम बाट एउटै हलमा चार बिजनेसको सुरुवात गरेका छन । जनरल स्टोरमा राखिने सबै सामाग्री सहीत हरिया सागपात देखी मनि ट्रान्सफर-टेलिफोन-इन्टर्नेटसेवा-आदी सुबिधा यकै ठाउमा राखी पसल भित्र पस्ने ग्राहक लाई नै आनन्दित पारीदियका छन । थुप्रै नेपालीहरुको उपस्थितिमा-उपस्थित मध्य जेष्ठ नागरिक जोग बहादुर गुरुङबाट दिप ज्वलन गराइ उद्घाटन गरियको सो बिशाल पसलमा आगन्तुक सबैलाई मिठाइ र शेम्पिएन ले स्वागत गरियको थियो ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक