20090301

वाइसिएल आक्रमण : दुई दर्जन घाइते

सर्वदलीय बैठकसम्बन्धी विवादमा वाइसिएल कार्यकर्ताले अन्य दलका नेतालाई आक्रमण गर्दा कम्तीमा दुई दर्जन घाइते भएका छन् । डेढ सय भन्दा वाइसिएल कार्यकर्ताले एकाएक आक्रमण गरेपछि प्रहरीले हवाईफायर गरेको छ । प्रशासनमा अहिले सुरक्षा समितिको बैठक बसिरहेको छ । सर्वदलीय बैठकमा माओवादी सहभागी नभएपछि सदरमुकाम मुसिकोटस्थित बालमन्दिरमा विरोध कार्यक्रम भइरहदा आक्रमण भएको हो । त्यसमा कांग्रेस, एमाले, जनमोर्चा, राप्रपालगायत पाँच राजनीतिक दलका कार्यकर्ता घाइते भएका छन् । घट्नालाई नेपाली कांग्रेसले भत्र्सना गरेको छ । प्रवक्ता अर्जुननरसिंह केसीले माओवादीले आफ्नो विचार एकतर्फी लादेर मुलकमा अधिनायकवाद भित्र्याउन यस्तो घटना गराएको बताए । 'लोकतन्त्रलाई रणनीति बनाएर उद्देश्य सर्वसत्तावाद लाद्ने माओवादीको यो पछिल्लो उदाहरण हो' उनले भने । रुकुममै रहेकी माओवादीका सभासद कमला रोक्काले भने सर्वदलीय कार्यक्रम समापन हुदा कोण सभा भएको र त्यसक्रममा झडप भएको बताइन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक