20090301

नातिलाई राजा बनाउन पूर्व राजा भारतमा


एकीकृत नेकपा माओवादीका नेता एवं अर्थमन्त्री बाबुराम भट्टराईले पूर्व राजा ज्ञानेन्द्र शाह आफ्नो नातिलाई राजा बनाउने योजना मुताविक वातावरण बनाउन भारत भ्रमणमा गएको दाबी गरेका छन्। माओवादीद्वारा सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा आइतबार आयोजित कार्यक्रममा उनले बिहेमा सहभागी हुने निहुँ बनाएर आफ्नो गुमेको सत्ता फर्काउने सपना बोकेर पूर्व राजा भारतीय प्रधानमन्त्री र नेतालाई भेटन गएको बताए। पूर्व राजा ज्ञानेन्द्रले नेपाली जनताले चाहेसम्म आफू नेपालमै बस्ने बताउनु भएको छ। आफन्तको वैवाहिक कार्यक्रमका लागि अस्ति बुधवार भारत जानु भएका ज्ञानेन्द्रले शुक्रबार भारतको भोपालमा भारतीय सञ्चारकर्मीहरुले सोधेको प्रश्नमा नेपालबाहेक अरु मुलुकमा बस्ने ईच्छा नभएको प्रतिक्रिया दिनुभयो। माओवादीसँगको सम्बन्धबारे सोधिएको प्रश्नमा भने उहाँले कुनै प्रतिक्रिया दिन मान्नुभएन। यस्तै नेपालको वर्तमान माओवादी सरकारबारे तपाईंको धारणा के छ भन्ने प्रश्नमा पूर्व राजा ज्ञानेन्द्रले यसबारे नेपाली जनतालाई नै सोध्नुस भन्नुभयो। माओवादीले तपाईलाई यथेष्ट सहयोग गरेका छन् त? भन्ने प्रश्नमा पनि उहांले नेपाली जनतालाई नै सोध्नुपर्ने भन्दै उम्किनुभएको थियो।



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक