20090214

तपाईंलाई पनि भ्यालेन्टाइन डे को शुभकामना नेपाल मदर डट कम को तर्फबाट ।

आज भ्यालेन्र्टाईन्स डे सन्सारभरका प्रेमीहरुले प्रणय दिवसको रुपमा मनाउँदै छन् । प्रेमकालागि ब्रि्रोह गर्ने सन्त भ्यालेन्र्टाईनको सम्झनामा हरेक वर्षफेब्रुअरी महिनाको १४ तारिकको दिन भ्यालेन्र्टाईनस् डे मनाउन थालिएको हो । भ्यालेन्र्टाईन डे को दिन आफ्नी पे्रमी प्रेमीकालाई उपहार दिने तथा आफ्नो प्रेम अमर रहोस भन्ने कामना गर्ने चलन छ । आज युवा युवतीले आफुलाई मन परेको मानिसलाई प्रेम प्रस्ताव गर्ने पनि चलन रहेको छ । सुरुमा क्रिश्चियन धर्मावलम्बीहरुले मात्रै मनाउने भ्यालेन्र्टाईन्स डे अहिले सन्सारभर मनाउन थालिएको छ । आजै विश्वभरीमा प्रेमको प्रतिक रहेका ठाउँमा युवाहरु भेला हुने तथा अमर प्रेमको कामना पनि गर्ने चलन छ । भारतको आगरामा रहेको सरजाहाँ र मुमताजको प्रेमको प्रतिक ताजमहलका साथै नेपालको पाल्पामा रहेको रानी महलमा पनि युवाहरुले अमर प्रेमको कामना गर्ने चलन छ । सदरमुकाम तानसेनबाट करीब १० किलोमिटर टाढा कालीगण्डकी तिरमा रानीमहल रहेको छ । वि. स. १९५४ मा खड्ग शमशेरले रानी तेजकुमारीको सम्झनामा बनाएको प्रमेको प्रतिक रानी महलमा आज धेरै मायालु जोडी आफ्नो प्रेम जीवन दिगो रहोस भनेर पुग्ने सहकमीृ किरण कोसलले जनाएका छन् । बेलायति शैलीमा बनाएको रानीमहल नेपालको ताजमहलको रुपमा चित्रण गरेपनि ब्यबहारिक रुपमा भने यो महललाई बेवास्ता गरिएको छ । रानीमहलको अबस्था दिनहु जिर्ण्र्ाान्दै गएको छ र संरक्षणका लागी कसैको पनि ध्यान पुगेको छैन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक