20090309

अमेरिकामा रहेका नेपालीहरुको संस्था आनाको सम्मेलन यही २००९ को जुलाई २ देखि ५ तारिकसम्म ओकल्याण्डमा

क्यालिफोर्निया । अमेरिकामा रहेका नेपालीहरुको संस्था आना (Association of Nepalese in America) को सम्मेलन यही २००९ को जुलाई २ देखि ५ तारिकसम्म ओकल्याण्ड कन्भेन्सन सेन्टरमा हुने भएको छ । उत्तरी क्यालिफोर्नियामा बसोबास गर्दै आएका नेपाली समुदायको सक्रियतामा सम्पन्न हुने सो सम्मेलनका लागि कार्यविभाजन तथा जिम्मेबारी बाँडफाँडको काम पनि भैसकेको छ । यस क्षेत्रका पाँच सक्रिय व्यक्तित्वहरुको पहलमा सम्मेलन क्यालिफोर्नियामा गर्न अनुरोध गरिएअनुसार कार्यसमितिले स्वीकृति प्रदान गरेको थियो । सम्मेलनको आयोजना गर्ने स्वीकृति पाएका कारण यस क्षेत्रका सम्पर्ूण्ा नेपालीहरु प्रसन्न भएका छन् र आ-आफ्नो जिम्मेबारी पूरा गर्न उत्साहित छन् । सम्मेलन सम्पन्न गर्न एक संयोजन समिति -ऋयलखभलष्लन ऋयगलअष्) िगठन गरिएको छ । यसअतिरिक्त सल्लाहकार समिति र एक दर्जनभन्दा बढी उपसमितिहरु गठन भएका छन् । उत्तरी क्यालिफोर्नियामा आनाको सम्मेलन आयोजना गर्नुको उद्देश्य नेपाली तथा नेपालका मित्रहरुबीचको सम्बन्ध अझ विकसित गर्नु रहेको छ । सम्मेलनमा नेपाली सँस्कृति, मनोरञ्जन, खेलकुदको आयोजना गरिने र त्यसको माध्यमबाट सम्बन्ध विस्तार गर्न सघाउ पुग्ने अपेक्षा गरिएको छ । सम्मेलनमा व्यापारिक स्टल, कलादर्ीघा, नेपालको राजनीतिक परिवर्तन देखाउने झाँकीआदिको समेत व्यवस्था गरिनेछ ।
आना सम्मेलनको आत्मिक आकर्षा वा सैद्धान्तिक विश्वास यसले पर््रवर्द्धन गर्ने स्थायी शान्ति, लोकतन्त्र र मानवअधिकारको संस्कार नै हो । धर्म, जाति, रङ्ग, क्षेत्रआदिका आधारमा हुने विभेद हटाउँन यसले आम सहभागीलाई अभ्रि्रेरित मात्र गर्नेछैन, सम्पर्ूण्ा समाजलाई नै एकता, सद्भाव र बन्धुत्वको सन्देश प्रवाहित गर्नेछ ।
आना सम्मेलन २००९ उत्तरी क्यालिफोर्नियामा रहेका सारा नेपालीका लागि आ-आफ्नो सीप, क्षमता, सद्भाव र सञ्जाल देखाउने महत्वपर्ूण्ा अवसर पनि हो । सम्पर्ूण्ा सहभागीले आ-आफ्नो व्यवसाय तथा सञ्जाल संयन्त्र अभिवृद्धि गर्ने अपर्ूव अवसर पाउने छन् ।
सम्मेलन आयोजक समिति उत्तरी क्यालिफोर्निया क्षेत्रका सम्पर्ूण्ा नेपाली तथा शुभचिन्तकहरुबाट पर्ूण्ा सहयोग तथा र्समर्थन पाउने विश्वास प्रकट गर्दै अवसरको सदुपयोग गर्न पनि सबैमा हार्दिक अनुरोध गर्दछ ।
ग्ात फेब्रुबरी २२ का दिन ओक्ल्याण्ड म्यारिओटमा बसेको आयोजक समितिको बैठकले गरेको निर्ण्र्ाानुसार मार्च ३ मा संयोजन समितिले कार्यक्रम तथा जिम्मेबारीमा केही फेर-बदल गरेको छ । उत्तरी क्यालिफोर्नियाका जम्मा ५०१ दर्तावाला संस्थाहरु सहयोगी संस्थाका रुपमा सहभागी भएको जनाउने गरी व्यानरमा परिवर्तन गरिनेछ । संयोजन समिति विस्तार गरी आठ सदस्यीय बनाइएको छ, जसमा आनाका अध्यक्ष पनि सहभागी गराइनुभएको छ । यस समितिको सह-संयोजकका रुपमा न्यान्सीका प्रतिनिधि रहने र व्यक्तिको नाम सोही संस्थाले चयन गर्ने निर्ण्र्ाापनि लिइएको छ ।

- अनिल पाण्डे, संयोजक, प्रचार-प्रसार उपसमिति, आना
तथा अध्यक्ष, मदरल्याण्ड नेपाल ।
थप जानकारीका लागि देहाय बमोजिमका व्यक्तिसँग सर्म्पर्क राख्न सबैमा संयोजन समिति अनुरोध गर्दछ-

संयोजन समिति -Convening Council

Simon Dhungana, Convener
Govind Shahi, Co-conveners
Ben Adhikari,Sandeep Puri, Sajesh Giri, Anup Srivastav, Ajay Dev Representative)
NANC Representative , General Secretary , Aashish Jha
The Advisory Board
Anil Pandey, Gopal Khadgi, Dorji Lama, Pukar Malla, Reeta Stecklein, Gagendra adhiikari, Uddhav Giri, Bhakta Thapa, Rachana Singh,


नेपाली ब्यावसायी संघ बेल्जियम, कार्य समितिको दोस्रो पूर्ण बैठक सम्पन्न

- पुरुशोत्तम सुबेदी

नेपाली व्यावसायी संघ, बेल्जियमको कार्य समितिको दोश्रो पूर्ण वैठक ९ मार्च २००९, सोमवारका दिन एन्टवेर्पेन शहरमा संघका अध्यक्ष अर्जुनकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त वैठकमा ब्यावसायी संघका सम्पूर्ण सदस्य तथा सबै सल्लाहकारहरुको उपस्थितिमा बैठकले विविध प्रस्तावहरु माथि छलफल गर्दै र्सवसम्मतले महत्वपूर्ण निर्णय समेत गरेको छ । कार्यसमितिको वैठकले केहि दिन पहिले प्रहरी हिरासतमा मृत्यु भएका स्व. राजेन्द्र थापाको शव व्यावस्थापनको लागि संघको तर्फाट ३०१ यूरो सहयोग गर्ने निर्णय गर्दै शव व्यावस्थापनको जिम्मेवारी लिएकाहरु मध्येका युवराज गुरुङ्गलाई उक्त रकम हस्तान्तरण समेत गर्यो ।
यसका साथै बैठकले गरेका महत्वपूर्ण निर्णयहरु मध्ये आगामी मार्च महिनाको अन्त्य सम्ममा व्यावसायिक हक, हित र बेल्जियमका Tax नीतिहरु सम्वन्धी एक दिने भव्य कार्याशाला गोष्ठीको आयोजना गर्ने निर्णय समेत गर्‍यो । उक्त कार्यशाला गोष्ठीले व्यावसायिक हक, हित, कानूनी परामर्श, कम्पनी दर्ता प्रकृया लगायत विभिन्न विषयहरुमा छलफल गर्नाले अरु नयाँ व्यावसाय गर्न इच्छुकहरुलाई व्यावसाय सम्बन्धी धेरै विषयहरुमा प्रष्ट हुने विश्वास गरिएको छ ।
कार्यशाला गोष्ठीलाई Ad-Ministerie BVBA का Director, Mr. Adriaan de Leeuw ले प्रशिक्षण दिनु हुनेछ । उक्त कार्यशाला गोष्ठीमा बेल्जियमका व्यावसायिक, गैर व्यावसायिक र अन्य संघ संस्थासँग आवद्ध व्यक्तिहरुलाई सहभागी हुनु हार्दिक अनुरोध समेत गरेको छ ।
अर्जुनकुमार श्रेष्ठ -०४८४६७६१७१०, राजकुमार लामा -०४८५४८५७१०, सागरदास श्रेष्ठ -०४७९३४३८७९०, ओमकार शर्मा -०४८६५७०३५५०, राधाकृष्ण अधिकारी -०४८८३८०२६७०, सुदाम लम्साल -२०४८४६६५११० सँग कार्यशाला गोष्ठी सम्वन्धी विस्तृत जानाकारीको लागि सर्म्पर्क गर्न सकिने कुरा संघका महासचिव ओमकार शर्माले एभरेष्ट अनलाइन न्यूजसँगको भेटमा वताउनु भयो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक