20090310

महामूर्ख सम्मेलन आयोजना, हजारौं सहभागी !

जनकपुर/ यहाँ आयोजित महामूर्ख सम्मेलनमा मैथिली साहित्यकार एवं प्रध्यापक डा. राजेन्द्र विमल महामूर्ख भएका छन्। महामूर्ख हुनसकेवापत उनलाई कटहरको माला लगाइएको थियो। यसैगरी महामूर्ख सम्मेलनमा प्रध्यापक परमेश्वर कापडिलाई बेलबाको उपाधि दिई बेलको माला, मानवअधिकारवादी विजय दतलाई अलवाको उपाधि दिई अलुवाको माला, पत्रकार रामभरत साहलाई केशौरको उपाधि दिइ केशौरको माला लगाइएको थियो। यसरी नै नाटककार रमेशरन्जन झालाई भाटाको उपाधिमा बैगनको माला, सभासद शत्रुधन महतोलाई हरबोंगको उपाधिमा अन्डी पातको माला र माओवादीका धनुषा इन्चार्ज रोशन जनकपुरीलाई चपेटानन्दको उपाधिमा मेवाको माला लगाई सम्मान गरिएको थियो।सम्मेलनमा हजारौं दर्शक सहभागी थिए। प्राचीन मिथिलाको राजधानी जनकपुरमा केही वर्षदेखि यो सम्मेलन आयोजना हुँदै आएको छ। देश र विदेशमा आफनो कला र क्षमताको परिचय दिन मिथिला नाट्यकला परिषद्ले जानकी मन्दिरको प्राङ्गणमा महामूर्ख सम्मेलन आयोजना गरिएको बताइएको छ। सम्मेलनमा मिथिलाञ्चल क्षेत्रका सुप्रसिद्ध साहित्यकार नाटककार गीतकार कवि हाँस्य कलाकार र संगीतकारसहित दर्जनौं सहभागी थिए। धनुषाको कचुरीबाट १४ दिनपूर्व शुरु मिथिला मध्यमा परिक्रमा नेपाल र भारतको दर्जनौं धार्मिक तथा ऐतिहासिक स्थल परिक्रमा गर्दै जनकपुर आइपुगेको अवसरमा विशेष मैथिली होरीको पर्वमा यो सम्मेलन आयोजन गरिएको हो। संस्कृति जोगाउन तथा विकृतिविरुद्ध व्यंग्य गर्न यस्तो कार्यक्रम जारी राखिएको आयोजकले जानकारी दिएका छन्। - सुरेशकुमार यादव



होलिका नाममा भित्रिएको बिक्रिती हेरौंत तल यो भिडियोमा

तपाईं लाई के लाग्छ ? पाठकहरु, सन्स्क्रिती जोगाउने नाममा यस्ता हरकत जायज वा नाजायज के मान्ने, तपाईंहरुनै न्यायाधिस !!! ल आज फैसला गरी कमेन्ट लेख्नुस


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक