20090313

आफैंले सल्काएको आगोले प्रचण्ड सरकार गम्भीर संकटमा, भारतमा माओवादी सरकारको विकल्प खोज्ने कसरत

आफैंले बुनेका जाल, आफैंले सल्काएको आगो, आफैंले रोपेको कलविष र आफैंले लम्पसार परेर विदेशी मालिकसित गरेका धोखापूर्ण सम्झौता सल्टाउन नसक्दा प्रचण्ड सत्ता गम्भीर संकटको सामना गर्दैछ यतिवेला। नेपालमा हुने प्रत्येक राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्दै आएको भारत यतिबेला नेपालमा नयाँ राजनीतिक समिकरण बनाउन सक्रिय हुन थालेको छ। त्यही सक्रियताकै क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहदेखि नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, कांग्रेसकै नेताहरु खुमबहादुर खड्का, प्रदीप गिरी, सुजाता कोइराला र अम्रेश सिंह, एमालेका प्रभावशाली नेता केपी ओली, वामदेव गौतम भारत पुगेका छन्। अब तुरुन्तै प्रधानसेनापति रुक्माङ्गद कटवाल पनि भारततर्फ जाँदैछन्। त्यस्तै, एकीकृत नेकपा (माओवादी) का सचिवालय सदस्य लिलामणि पोखरेल र मधेसी जनअधिकार फोरमका प्रभावशाली नेता विजय गच्छेदार भारत पुगेर काठमाडौं फर्किसकेका छन्। राजनीतिक विश्लेषकहरू भन्छन्, भारतमा यतिबेला माओवादी सरकारको विकल्प खोज्ने कसरत भइरहेको छ। खासगरी एकीकृत नेकपा (माओवादी) चीनप्रति लचिलो बन्दै गएको तथा नेपालमा माओवादी बढ्दै गएमा भारतका नक्सालवादीहरूको मनोबल बढ्ने कारणले भारत माओवादीप्रति सशंकित बनेको छ। २०४६ सालमा चीनबाट हतियार ल्याउँदा पञ्चायती व्यवस्था हटाउने अभियानमा लागेको भारत पूर्वराजा ज्ञानेन्द्रले सार्क सम्मेलनमा चीनलाई पनि पर्यवेक्षकको रुपमा राख्नुपर्ने प्रस्ताव राखेपछि राजतन्त्र विरुद्ध खनिएको थियो। अहिले भारतले गोप्य रुपमा माओवादीसमक्ष चीनप्रति नरम नहुन, सुपुर्दगी सन्धी गर्न, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सुरक्षाबल राख्न, चीनसँग खोल्ने भनिएका केही नाकाहरू नखोल्न तथा सीमा क्षेत्रका केही स्थानमा हाईड्याम्पहरू बनाउने प्रस्ताव राखिरहेको छ। अब माओवादीले कि त भारतले गोप्य रुपमा राखेका यी प्रस्तावमा सहमति जनाउनुपर्ने छ। अन्यथा भारतले माओवादीको विकल्प खोज्ने देखिन्छ। त्यही विकल्प खोज्ने क्रममा राष्ट्रपति बन्न नपाएर माओवादीसँग रिसाएका कांग्रेस सभापति कोइरालालाई अगाडि सारेर उहाँकै नेतृत्वमा एमालेसहितको मोर्चा बनाएर माओवादीलाई तह लगाउने खेल भइरहेको छ।
मातृकाको बहिर्गमनसँगै माओवादीको मधेस लंगडो बन्यो, थारुहरू जसले राष्ट्रिय एकताको जगमा अधिकारको संघर्ष गर्दैछन्, तिनको विद्रोहसँगै प्रचण्डसत्ता धरमराउन पुग्यो। र, उदयमान विश्वशक्ति छिमेकी राष्ट्र चीनको नयाँ सन्धिको प्रस्तावसँगै प्रचण्ड सत्ताको वास्तविक जग मानिएको दिल्ली दरबार प्रचण्डसँग झस्कियो। माकुरोमा अदभूतको इन्जिनियरिङ कला हुन्छ, ऊर्जास्रोत र आक्रामक शिकार शैली पनि। तर उसको जीवनको सीमा पनि त्यही हुन्छ, आफ्नो शिकारको लागि रचिएको भव्य जालोभित्र नै माकुराको दुर्दान्त अन्त्य जालोबाट नउम्कँदै आफ्नै बच्चाहरूद्वारा हुने गर्छ। नेपालको वर्तमान प्रमुख सत्तासीन घटक एकीकृत माओवादीको नियति माकुरीकै जस्तो हुन पुगेको छ। तर माओवादी भन्दैछ यतिबेला ऊ अरुको घेराबन्दीमा परेको छ। एमालेका वरिष्ठ नेता केपी शर्मा ओलीले उपचारको सिलसिलामा भारत भ्रमण गरेलगत्तै कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला अस्ति उपचारकै लागि दिल्ली प्रस्थान गरेका छन्। स्रोतहरूका अनुसार अबका केही दिनमै पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा, भारत जाँदैछन्। नेताहरूको दिल्ली भ्रमणलाई माओवादीले आफूविरुद्धको घेराबन्दीको रुपमा बुझेको छ र हावामा मुक्का चलाउँदै प्रतिरोधको तयारीमा जुटेको प्रचारबाजी गर्दैछ। यतिमात्र होइन पूर्व राजा ज्ञानेन्द्र शाह भारतमै रहेको विषयमा पनि माओवादी अति नै अत्तालिन पुगेको छ। माओवादीले प्रजातान्त्रिक नेताहरू र ज्ञानेन्द्र शाहको भारत भ्रमणलाई जबर्जस्त जोड्ने कोसिस गरेको छ।
पूर्वराजा ज्ञानेन्द्र भारत भ्रमणको सिलसिलामा बिहीबार गुजरातको अहमदाबादमा आइपुगेका छन्। उनले बिहीबार नै गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदीलाई उनको गान्धीनगरस्थित सरकारी आवासमा बिहान भेटेका थिए। मोदीलाई भेट्न उनी औपचारिक पोसाकमा पूर्वबडामहारानी कोमलसहित पुगेको स्रोतले बताएको छ। भेटघाट केवल शिष्टाचारका लागि भएको स्रोतले बताएको छ। नेपालका पर्ूवराजाले सो अवसरमा मोदीको कार्यकालमा गुजरातमा भएको प्रगतिको सराहना गरेका थिए। उनले पानीको व्यवस्थापनका क्षेत्रमा गुजरातमा प्राप्त सफलताको सराहना गर्दै पानीको प्रयोगका लागि नेपालले समेत गुजरातबाट सिक्नुपर्ने बताएको स्रोतले बताएको छ। बिहीबार नै नेपालका पूर्वराजाले गुजरातको राजधानी गान्धीनगरस्थित गान्धी आश्रम र अक्षरधामको पनि भ्रमण गरेका थिए। उनी अहमदाबादस्थित केही सपिङ कम्प्लेक्समा पनि गएका थिए। आज शुक्रबार बिहान उनी सोमनाथ मन्दिरको दर्शनका लागि जाने र शनिबार साँझ पुनः अहमदाबाद र्फकने बताइएको छ। उनका सहायकले यो भ्रमण पूर्वराजाको निजी भ्रमण मात्र भएको बताएका छन्। पूर्वराजा ज्ञानेन्द्रसहित विभिन्न दलका नेताहरूको भारत भ्रमण एकै समयमा परेपछि सरकारको नेतृत्व गरिरहने नेकपा माओवादी सशङ्कित एवम् सचेत हुन पुगेको छ। दसवर्षे युद्धको समयमा कम्तीमा आठ वर्ष भारतको राजधानी नयाँदिल्लीमा बस्दा नेपालबारे दिल्लीमा कसरी खेल खेलिन्छ भनी राम्ररी बुझ्नुभएका प्रधानमन्त्री प्रचण्ड पूर्वराजा ज्ञानेन्द्र तथा अन्य 'नेपाली' नेताहरूको भारत भ्रमणलाई लिएर अत्यन्त सशङ्कित र चिन्तित हुनुभएको छ। राजनीतिमा 'सताउने, फकाउने र तर्साउने' रणनीति अवलम्बन गरी आफ्नो उद्देश्य पूर्ति गर्दै आउनुभएका प्रचण्डले चीन र भारतसँग सन्तुलित सम्बन्ध राखेको देखाउन खोज्दाखोग्ज्दै पनि उहाँको झुकाव चीनतिर ज्यादा देखिन थालेपछि भारत चिसिएको छ। आफूसँग भारत चिसिएको महसुस स्वयम् प्रधानमन्त्रीले पनि गर्नुभएको छ र यस्तै समयमा विपक्षी नेताहरू धमाधम भारत जान थाल्नुले उहाँलाई चिन्तित तुल्याएको हो। पूर्वराजा ज्ञानेन्द्र नातेदारको वैवाहिक समारोहमा सहभागी हुन जानुभएको भए पनि माओवादी नेतृत्वले यसलाई राजनीतिक रंग दिइरहेको छ। 'राजा' भारतमा बसेर गम्भीर षड्यन्त्रमा लाग्नुभएको अनुमान माओवादी नेतृत्वले गरेको छ र अनुमानकै भरमा यहाँ प्रचारबाजी पनि सुरु भएको छ। नेकपा एमालेका प्रभावशाली नेता केपी ओली स्वास्थ्योपचारमा जानुलाई पनि सरकारी नेतृत्वले राजनीतिक भ्रमणकै रूपमा बुझेको छ। ओलीले आफ्नो मिर्गौलाको उपचार नयाँदिल्लीस्थित एक अस्पतालमा गराउनुभएको र कम्तीमा छ महिनाको अन्तरालमा नियमित परीक्षण गराउनुपर्ने भएको हुँदा ओली भारत गई फर्कनुभएको हो। तर, उहाँले भारतीय विदेशमन्त्री प्रणव मुखर्जीसहित केही नेताहरूसँग महत्वपूर्ण वार्तालाप गर्न भने भ्याउनुभएको थियो। त्यस्तै, काङ्गे्रस सभापति गिरिजाप्रसाद कोइराला पनि स्वास्थ्य परीक्षणकै निम्ति नयाँदिल्ली जाने निर्णयमा पुग्नुभएको हो। तर, उहाँको पनि भारतमा महत्वपूर्ण राजनीतिक भेटवार्ता हुने तय भइसकेको छ। कोइराला भारतबाट फर्किंदा–नफर्किंदै जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापा पनि नयाँदिल्ली प्रस्थान गर्नुहुने भएको छ। उहाँ पनि स्वास्थ्य परीक्षणकै लागि दिल्ली जान लाग्नुभएको बताइन्छ। यसैबीच एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पनि नयाँदिल्ली जाने तयारीमा रहनुभएको बताइएको छ। अर्का एमाले नेता वामदेव गौतम त उपचार खोज्न दिल्ली गई नै सक्नुभएको छ। यसरी नेताहरूको भारत भ्रमणमा लर्को लागेपछि नयाँदिल्लीमा कुनै नयाँ खिचडी पाक्दै छ कि भन्ने आशङ्का उत्पन्न हुनु स्वाभाविक भएको छ। २०६२ साल मङ्सिरमा बाह्रबुँदे सम्झौता हुनुअघि पनि नेपाली नेताहरू स्वास्थ्य परीक्षण या त्यस्तै अनेक बहाना गरेर नयाँदिल्ली जाने गरेको हुँदा नेताहरूको भारत भ्रमणप्रति वर्तमान सरकार बढी नै झस्किएको हो। त्यसबेला नेताहरू भारतीय पक्षसँग मात्र होइन, माओवादीसँग वार्तालाप गर्न पनि भारत नै गइरहने गर्दथे। नेपाली राजनीतिलाई प्रभावित गर्न र त्यसलाई निर्णायक मोड दिन नयाँदिल्लीको भूमिका कतिसम्म हुनसक्छ भन्ने नबुझेको भए प्रचण्ड–बाबुरामहरू सायद यतिधेरै आतङ्कित हुँदैनथे। पर्दापछाडि खेलिने खेलको अनुभव राम्ररी सङ्गालेकै कारण माओवादी नेताहरूमा अहिले ज्यादा छटपटी भएको हो।
हामीलाई प्राप्त जानकारीअनुसार सरकारमा पुगेको माओवादीको पछिल्लो भूमिकाबाट भारत असन्तुष्ट बनेको छ। खासगरी नेपालमा बढ्दो चिनियाँ गतिविधिका निम्ति भारतमा माओवादी नेतृत्वको वर्तमान सरकारलाई जिम्मेवार ठानिएको छ र यतिबेला नेपाल नीति तर्जुमा गर्नेहरूलाई व्यापक आलोचनाको पात्र पनि बनाइएको छ। चारैतिरबाट आफूलाई घेराबन्दी गर्ने प्रयास भइरहेको ठान्ने सम्भावित महाशक्ति राष्ट्र चाइनाले नेपालसँगको सम्बन्धलाई उत्तरकोरियासरहको बनाउने भएपछि दक्षिण एसियामा तनाव बढ्न सक्ने अनुमान विज्ञहरूले गर्न थालेका छन्। चीनको प्रभाव र सक्रियता बढ्दा नेपालभित्र दक्षिणतर्फको गतिविधि एवम् प्रभावलाई सन्तुलनमा राख्न मद्दत पुर्या्उने भए पनि यहाँ चिनियाँ सक्रियताले मूलतः दुईवटा पक्षमा अत्यन्त नकारात्मक प्रभाव पार्नसक्ने देखिन्छ। नेपालमा चिनियाँ प्रभाव र पहुँच बढ्दा सबैभन्दा ठूलो धक्का यहाँको प्रजातान्त्रिक आन्दोलनलाई हुने देखिन्छ भने यसबाट उत्पन्न हुनसक्ने प्रतिक्रियाले गृहयुद्धको सुरुवात गराउने प्रबल सम्भावना देखिन्छ। प्रजातान्त्रिक आन्दोलनले धक्का पाउने र गृहयुद्धको सुरुवात हुने स्थिति भनेको कदापि उचित होइन, तथापि माओवादीको प्राथमिकतामा भने चीनसँगको विशेष सम्बन्ध नै परेको छ। प्रजातान्त्रिक आन्दोलनलाई कमजोर र रुग्ण नबनाईकन आफूले चाहेजस्तो शासन व्यवस्था लागू गर्न या आफ्नै शासनलाई दिगो बनाउन नसकिने हुँदा माओवादीलाई बलियो अन्तर्राष्ट्रिय शक्तिको साथ चाहिएको सहजै बुझ्न सकिन्छ। प्रजातान्त्रिक आन्दोलन र संसदीय प्रजातान्त्रिक प्रणालीसँग कुनै सरोकार नराख्ने चाइनासँगको मित्रता स्वाभाविक र सहज हुने ठानेर नै माओवादीले चीनलाई 'संशोधनवादी गद्दार'हरूको देश भन्न छोडेको छ। आफ्नो पार्टीको दस्ताबेजहरूमा भारतलाई विस्तारवादी भनी स्पष्ट रूपमा उल्लेख गरे पनि माओवादीले चाइनाप्रति शब्द तौलेर धारणा तर्जुमा गर्नुलाई संयोग मात्र मान्न सकिने अवस्था छैन। चीनले शान्ति तथा मैत्री सन्धिलाई परिमार्जनसहित नवीकरण गर्न प्रस्ताव गर्नु र नेपालमा ह्वात्तै आफ्नो गतिविधि बढाउनुको कारण जेसुकै भए पनि त्यसनिम्ति माओवादी नेतृत्वको सरकारले पुर्यािएको सहयोग उल्लेखनीय छ।
भूराजनीतिक अवस्थितिका कारण तत्कालै भारतसँग निहुँ खोज्ने परिस्थिति नभएकोले प्रधानमन्त्री प्रचण्ड भारतलाई सन्तुलनमा राख्ने पक्षमा रहनुभएको भए पनि चीनसँगको भावनात्मक सम्बन्धले उहाँलाई भारतसँग सन्तुलित व्यवहार प्रकट गर्न अड्चन पैदा गरिरहेको छ। खासगरी चिनियाँ धु्रवमा रहँदा प्रजातान्त्रिक प्रणालीमा मुलुकलाई राखिरहनु नपर्ने कुराले प्रचण्ड सबैभन्दा बढी आकर्षित हुनुभएको अनुमान राजनीतिक विश्लेषकहरूले गर्न थालेका छन्।
भारतका नीति–निर्माताहरूलाई समेत चक्मा दिनसक्ने माओवादी अध्यक्ष प्रचण्डको क्षमताप्रति माओवादी समर्थक एवम् शुभचिन्तकहरूले गौरव गर्ने गरेका छन्। राजा, काङ्गे्रस, एमाले सबैलाई उपयोग गर्नसक्ने प्रचण्डले भारतलाई समेत आफ्नो क्रान्तियात्रामा प्रयोग गर्नुलाई उहाँको महान् क्षमता एवम् कौशलका रूपमा माओवादीहरूले लिएका छन्। तर, भारतले भने औपचारिक रूपमा माओवादीप्रतिको असन्तुष्टि प्रकट गरेको छैन। हाउभाउले मात्र भारत क्रूद्ध भएको देखिएको छ। तर, माओवादीसँग जतिसुकै असन्तुष्टि भए पनि कस्तो विकल्पमा जानु उपयुक्त हुन्छ भन्ने निष्कर्षमा पुग्नु भारतका लागि त्यति सहज छैन। प्रजातान्त्रिक शक्तिहरू खण्डित रहेको, नेपाली काङ्गे्रस दिनानुदिन कमजोर हुँदै गएको तथा नेकपा एमालेको नेतृत्वमा माओवादी निकटको व्यक्ति चयन भएको हुँदा भारतको नेपाल नीति बदलिए पनि कार्यान्वयन गर्न त्यति सजिलो देखिन्न। प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणको गम्भीर तयारीमा हुनुहुन्छ र उहाँ चीनद्वारा प्रस्तावित शान्ति तथा मैत्री सन्धिको मस्यौदामाथि विज्ञहरू राखेर विचार–विमर्श गर्दै हुनुहुन्छ। चीनसँगको मैत्री सन्धि नेपालको सार्वभौमिक स्वतन्त्रता रक्षामा सहयोगी बनाउने प्रकारले मात्र सोच्ने अवस्थामा माओवादी नेतृत्व देखिँदैन। आफ्नो शासनलाई सुदृढ एवम् स्थिर बनाउने हदसम्म दायरा फराकिलो बनाउन प्रधानमन्त्री प्रचण्डले प्रयास गर्नुहुने ठानिएको छ। चीनसँगको शान्ति तथा मैत्री सन्धिपश्चात् माओवादीले आफूलाई अरू सुदृढ एवम् सुरक्षित ठान्ने स्थिति देखिएको छ। नेपाली राष्ट्रिय सेनाको प्रमुखबाट रुक्मांगद कटवालले अवकाश प्राप्त गर्नुभएपछि माओवादीले अझै बढी सहजता महसुस गर्ने सम्भावना छ। कटवाल सेनापतिका रूपमा रहिन्जेल ढुक्क हुने स्थिति नरहेको माओवादी नेताहरूको भनाइ छ। भारतले सुपुर्दगी सन्धिका निम्ति प्रधानमन्त्री प्रचण्डलाई विशेष आग्रह गरिरहेको सन्दर्भमा चीन पनि नेपालसँग सुदुर्दगी सन्धि गर्न इच्छुक रहेको जानकारीमा आएको छ। भारतसँग सुपुर्दगी सन्धि हुनेबित्तिकै चीनसँग पनि सोही प्रकृतिको सन्धि गर्नुपर्छ भन्ने पक्षमा प्रधानमन्त्री प्रचण्ड रहनुभएको बुझिएको छ। चीनसँग उल्लिखित दुई सन्धि हुने र नेपाली राष्ट्रिय सेनाको वर्तमान प्रमुखले पनि अवकाश पाउने हो भने नेपालमा माओवादीको सत्ता सुदृढ र सुरक्षित बन्ने मात्र होइन अर्को छिमेकी राष्ट्र भारतको प्रभाव र भूमिका पनि अत्यन्त न्यून भएर जाने अवश्यंभावी छ। त्यसैले चीनसँगको सन्धि–सम्झौता हुनुअगावै सरकारबाट बाहिरिनुपर्ने हो कि भन्ने कुराले माओवादी नेतृत्वलाई चिन्तित तुल्याएको छ। 'राजा' र अन्य नेताहरूको भारत भ्रमणलाई प्रधानमन्त्री प्रचण्ड, अर्थमन्त्री डा. बाबुराम भट्टराई र सरकार सम्बद्ध अन्यले अत्यन्त गम्भीरताका साथ लिनुको मुख्य कारण पनि सरकारको अस्तित्व र भविष्यप्रतिको संसय नै हो भन्ने छर्लङ्ग भएको छ।



सात जनाको ज्यान गयो

बाजुराको बारबीसमा गएराति ट्याक्टर दर्ुघटना हुँदा सात जनाको ज्यान गएको छ । घटनामा एक जना र्घाईते छन भने केहीको अवस्था थाहै हुन सकेको छैन् । दर्ुघटनामा बारबीस-८ का नरीबहादुर लोहार, शंकर विष्ट, मनराम खड्का, दानबहादुर विष्ट, रामबहादुर खड्का, बाजुराकै कुलेमाण्डू-१, तोलीदेवल घर भएका ट्याक्टरका चालक गोर सावदको ज्यान गएको बाजुराका प्रमुख जिल्ला अधिकारी चण्डेश्वर पोखरेललाई उधृत् गर्दै सर्ुर्खेतबाट प्रकाश पन्तले जनाएका छन् । बाजुराको तोलीदेवलमा लागेको होलीको मेला भरेर अछामको साँफेबगरका लागि छुटेको से १ त २६४५ नंबरको ट्याक्टर बारबीस गाविसको वडानंबर ४ सिगाडामा गएराति साढे दशबजे पल्टेको हो । ट्याक्टर सडकबाट ६ सय मीटर तल भीरमा खसेको छ । दर्ुघटनामा र्घाईते ट्याक्टरका परिचालक आईतबहादुर रावतले ट्याक्टरमा ११ जना यात्रु रहेको बताउनुभएको छ । तर उनीहरुको अवस्था थाहा हुन सकेको छैन् । प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार सेना र प्रहरीको टोलीले खोजी गरिरहेको छ । घट्नास्थल सदरमुकाम मार्तडीबाट २० किलो मीटर दक्षिणमा पर्छ ।



काठमाडौं उपत्यकाका पेट्रोल पम्प बिहीबारदेखि बन्द

तर्राईका २२ जिल्लामा आहवान गरेको बन्दका कारण देशभर पेट्रोलियम पदार्थको अभाव देखिन थालेको छ। काठमाडौं उपत्यकाका निजी पेट्रोल पम्प पेट्रोल अभावमा बिहीबारदेखि बन्द भएका छन्। सरकारी स्वामित्वमा रहेका प्रहरी, सेना, साझा एवम् अन्य निकायका पम्पमा पेट्रोल भर्ने सवारीसाधनको लामा लाग्न थालेको छ। बिहीबार टेकुस्थित नेसनल ट्रेडिङको पम्पले पेट्रोल आपूर्ति घट्न थालेपछि टयाक्सीलाई १ हजार रुपियाँ र मोटरसाइकललाई ५ सयको मात्र पेट्रोल दिन थालेको उपभोक्ता बताउँछन्। बुधबारदेखि नै निजी पेट्रोलपम्पलाई थानकोट डिपोबाट कम परिमाणमा पेट्रोल वितरण गरिएको थियो। यसरी मागअनुसार पेट्रोल आपूर्ति नभएपछि अधिकांश पम्प बिहीबार बेलुकादेखि बन्द भएका छन्।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक