20090314

शनिबार, आईतवार: कबिता, गजल, गीतपनि

जबर्जस्ति आर्यघाटमा बोकिँदैछ देशलाई...
-नेपोलियन मरहट्टा-

भाग लगाई तराजुमा जोखिँदै छ देशलाई
लिलामीमा मुल्यहरु तोकिँदै छ देशलाई ।
नेता स्वार्थी भएपछी झोलुंगो झैं हुँदो रैछ,
हल्लाएर उत्तर-दक्षिण ठोकिँदै छ देशलाई ।

आज सम्म जति आए, सबै दुष्ट नेता आए,
खानु खाए नखाएको पोखिँदै छ देशलाई ।
जनताले पालेका ति ब्वाँसोहरु बहुलाएर,
भारत र चिनबाट टोकिँदै छ देशलाई ।
श्वास छदैँ एकोहोरो शंखहरु बजाएर,
जबर्जस्ति आर्यघाटमा बोकिँदै छ देशलाई ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक