20090315

ज्ञानेन्द्र किन हाँसिरहेका होलान ?

ज्ञानेन्द्र राजा हुनु अघी पछी कहिलै पनि सितिमिती खुलेर हांस्ने राजा होइनंन् , तर अहिले भारत भ्रमण् का क्रममा खुलेर हांसेका देख्दा प्रचन्डको मात्रै होइन ज्ञानेन्द्र को छायाँ देखी तर्सनेहरुको निन्द्रा हराम भएकोछ । थाहा छैन भारतमा केके खिचडी पाक्दैछ.... उन्लाई भारतले पनि निकै सम्मान् दिदा त झन प्रचन्ड र बाबुरामहरुको सातै गएकोछ भन्या ...





नेताहरुसंग भेट गरि कोईराला नेपाल फर्किदै

नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोईराला र भारतका पर्ूव प्रधानमन्त्री एच डि देवेगौडाबीच अहिले नयाँ दिल्लीमा भेटवार्ता भैरहेको छ । दर्ुइ नेताबीच राजनीतिक विषयमा छलफल भैरहेको कोईरालाका नीजि सचिव गोकर्ण्र्ााौडेलले जानकारी दिनुभयो । कोईरालाले हिजो बेलुकी भारतीय प्रधानमन्त्रीक मनमोहन सिंहका राष्ट्रिय सुरक्षा सल्लाहकार के आर नारायणनसंग छलफल गर्नु भएको थियो । स्वास्थ्य उपचारका लागि भारत गएका कोईरालाले भारतका झण्डै एक दर्जन भन्दा बढी नेताहरुसंग भेट गरिसक्नु भएको छ । नयाँ दिल्लीमा भएको भेटमा उहाँले विषेशगरी नेपालमा माओवादीको सरकार एकलौटी रुपमा चलेको र शासन व्यवस्था प्रजातान्त्रिक नभएको भन्दै गुनासो गरेको स्रोतले जनाएको छ । कोईराला दिउँसो दर्ुइबजे दिल्लीबाट नेपाल एयर लाईन्स्ाको जहाजबाट नेपाल फर्किदै हुनुहुन्छ ।


सरकार र थारु बीच छ बुँदे सहमति

सरकार र आन्दोलनरत थारु समुदायका प्रतिनिधिबीच पहिलो चरणको वार्तामा छ बुँदे सहमति भएको छ । अन्तरिम संविधानको पहिलो संशोधनमा समावेश गरिएको "मधेस" शब्दको सट्टा "तराइ-मधेस" शब्द राखी पुनः संशोधन गर्ने सहमति दुइ पक्षबीच भएको छ । वार्तामा छ बुँदामा प्रारम्भिक सहमति भए लगत्तै दोश्रो चरणको वार्ता सुरु भएको छ ।संविधान संशोधन गरी मधेसको सट्टा तराई- मधेस उल्लेख गर्ने, अध्यादेश सच्याउने लगायतका बिषयमा सहमति भएको बुझिएको छ । वार्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल तथा शान्तिमन्त्री जनार्दन शर्मा, जलश्रोतमन्त्री बिष्णु पौडेल तथा आन्दोलनकारीका तर्फबाट लक्ष्मण थारु, राजकुमार लेखी, पासाङ शेर्पा, उपेन्द्र गच्छदार लगायतका नेताहरुको सहभागिता रहेको छ । यसैबीच वार्ता सफल भएपछि मुश्लिम समुदायले गर्ने भनिएको आन्देालनका कार्याक्रम सबै फिता लिएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक